Tag: कपिलवस्तु

  • माधवपक्षको कपिलवस्तु जिल्ला समानान्तर कमिटी एमालेमै रहने

    माधवपक्षको कपिलवस्तु जिल्ला समानान्तर कमिटी एमालेमै रहने

    रुपन्देही । माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले एमालेमै रहने घोषणा गरेका छन् ।

    नेपाल समूहमा लामो समय रहेका नेता पन्थीले कपिलवस्तुमा युवासंघको भेलालाई शनिबार सम्बोधन गर्दै पार्टी विभाजनमा कसैलाई साथ दिन नसकिने बताएका हुन् ।

    कपिलवस्तुमा युवासंघको भेलालाई सम्बोधन गर्दै पन्थीले माधव नेपालले पार्टी फुटाएर ठूलो भूल गरेको बताए । ‘पार्टीभित्रै रहेर अन्तरसंघर्षका लागि विगतमा साथ दिएका हौं, फुटेर एमालेको भलो हुँदैन,’ उनले भने ।

    पन्थीले पार्टीभित्रको अन्तरसंघर्ष पार्टी फोड्न नभई पार्टी बलियो बनाउने उद्देश्यले गरिएको बताएका थिए । लुम्बिनी प्रदेशसभामा माधव नेपाल समूहमा गनिदै आएका पन्थीले एमालेबाट छुटिएर नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभावसमेत नपर्ने ठोकुवा गरे ।

    पन्थीले अहिले जनतामा गठबन्धन सरकारले भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोले युवाहरुले प्रतिकार गर्न निर्देशन दिएका थिए । नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीको अध्यक्ष नै एमालेमै रहेपछि कपिलवस्तुमा माधव नेपाल समूह थप कमजोर भएको छ ।

  • परपुरुषसँग लागेकी श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

    परपुरुषसँग लागेकी श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

    रुपन्देही । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका- ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

    हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । महिमाले कपिलवस्तु नगरपालिका-१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी थिइन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

    कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए ।

    ‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका- २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

    दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्याका लागि सुपारी लिने, हतियार खरिद-बिक्री तथा ओसारपोसार गर्ने र अभियुक्तलाई संरक्षण गर्ने ७ जनाको पहिचान भएको छ । उनीहरू कपिलवस्तु नगरपालिका-१ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका-२ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका-४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा गाउँपालिका-४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका-५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका-१ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका-२ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् ।

    नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहित संलग्न सबै ९ जना पक्राउ परेका छन् ।

  • कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

    कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

    रूपन्देही । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर पाण्डे घाइते भएका छन् ।

    उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

    राती ११ बजे तौलिहवा-जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली प्रहार भएको उनले बताए ।

    पाण्डे तौलिहवाका बासिन्दा हुन् । उनको शरीरका दुई गोली लागेको जनाइएको छ । गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको थियो ।

    गोली किन र कसले हान्यो अझै खुल्न सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यता माओवादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव रामचन्द्र शाहले घटना आफूहरुले थाहा पाएको र यसको बारेमा थप बुझ्न खोजेको बताए । पाण्डे पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताए ।

  • कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा थपियो

    कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा थपियो

    रुपन्देही । कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा जेष्ठ १० सम्म लम्बिने भएको छ ।

    बुधबार बसेको जिल्लास्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी)ले थप १० दिनको लागि बन्दाबन्दी थप गरेको हो ।

    कोरोना भाइरसको दोस्रो चरण सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित थपिनेक्रम बढिरहेको छ । मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार जिल्लामा कोरोनाका संक्रिय संक्रमित १ हजार २४८ छन् भने ९१ जनाको मृत्यु भएको छ ।