Tag: एमाले स्थायी कमिटी बैठक

  • तस्बिरमा हेर्नुस् महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

    तस्बिरमा हेर्नुस् महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले जारी छ । मंसिर १०-१२ चितवनमा तय गरिएको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक डाकिएको हो ।

    सोमबार बोलाइएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तता भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

    महाधिवेशन प्रतिनिधि मनोनयन आजको बैठकको मुख्य एजेण्डा छ ।

    विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनीत गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

    बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे पनि छलफल हुनेछ ।

    यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशनकेन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

  • एमालेको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरू

    एमालेको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरू

    काठमाडौं । हिजोदेखि जारी नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।

    हिजोको बैठकले एमालेको १० औं महाधिवेशन स्थल तोक्दै रामबहादुर थापाको नेतृत्वमा मुल व्यवस्थापन कमिटी गठन गरेको थियो ।

    आजको बैठकमा १० बुँदेलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीपछि सिर्जना भएको विवादमाथि छलफल हुने बताइएको छ ।

    अध्यक्षको टिप्पणीमा ‘१० भाइ नेता’ हरू असन्तुष्ट बनेपछि यसबारे त्यसको कार्यन्वयन सहजीकरण गर्न बनाइएको कार्यदलमा छलफल भएको थियो ।

    उक्त कार्यदलले आजको बैठकमा सुझाव पेस गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

  • एमाले स्थायी कमिटी बैठकका लागि च्यासल पुगे नेताहरू (तस्बिरहरू)

    एमाले स्थायी कमिटी बैठकका लागि च्यासल पुगे नेताहरू (तस्बिरहरू)

    काठमाडौं । नेकपा (एमाले) को दोस्रो दिनको स्थायी कमिटी बैठक भर्खरै शुरू भएको छ । हिजोदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल थालिएको छ ।

    विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथिको छलफलमा बैठक केन्द्रित छ । यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि आइतबार स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।

    आज बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । केन्द्रीय कमिटीबाट पनि आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस गरिनेछ ।

    राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा र समग्र कामको मूल्यांकन पनि बैठकका एजेण्डा छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • एमाले बैठकपछि एकताको सन्देश दिँदै सामूहिक फोटोसेसन

    एमाले बैठकपछि एकताको सन्देश दिँदै सामूहिक फोटोसेसन

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी वैठक विभिन्न निर्णय गर्दै सकिएको छ । माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित पूर्वमाओवादी समूहसमेत यो बैठकमा सहभागी भएको थियो ।

    बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरियो । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमश: उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।

    एमाले पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिकअगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् ।

    गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा पहिलोपटक माधव नेपाल समूहको ठूलो हिस्सा सहभागी भएको हो ।

  • पुस ७ मा छुटेकाहरू भदौ ८ मा जुटे, नेकपाकालीन कमिटीको निरन्तरता (भिडियोसहित)

    पुस ७ मा छुटेकाहरू भदौ ८ मा जुटे, नेकपाकालीन कमिटीको निरन्तरता (भिडियोसहित)

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा नेकपाकालमा छुटेका नेताहरू पहिलोपटक जुटेका छन् । पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते औपचारिकरूपमा नेकपा विभाजित भएको थियो ।

    विभाजित नेकपाको प्रचण्ड-माधव समूहका गएका १० स्थायी कमिटी सदस्य ८ महिनापछि केपी अ‍ोली नेतृत्वमा फर्किएका छन् । त्यतिबेलै प्रचण्डलाई छाडेर अ‍ोली रोजेका ४ स्थायी कमिटी सदस्यसहित एमालेको ऐतिहासिक स्थायी कमिटी बैठक बसेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    १० बुँदे सहमति कार्यान्वयनका लागि बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागाी भएनन् । स्थायी कमिटी सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले भने नेकपा एकीकृत समाजवादी गठनका लागि प्रक्रिया अघि बढाइसकेका छन् ।

     
     
     
    
    
     
    
     
    
    
  • एमाले स्थायी कमिटी बैठक भोलि पुन: बस्ने

    एमाले स्थायी कमिटी बैठक भोलि पुन: बस्ने

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक भोलि पुन: बस्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा आज बसेको बैठकले भोलि अपरान्ह ३ बजे पुन: बैठक तय गरेको हो ।

    आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । माधव नेपाल पक्षका नेताहरू भने बैठकमा उपस्थित भएनन् । हिजोको बैठक माधव पक्षकै आग्रहमा आजका लागि सारिएको थियो ।

    विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरणमा बैठक केन्द्रित भए पनि आज यो विषयमा ठोस निर्णय भएको छैन ।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभाग गठन र विधान महाधिवेशन एजेन्डा

    एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभाग गठन र विधान महाधिवेशन एजेन्डा

    काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् ।

    दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता दिने बताइएको छ । त्यस्तै बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

    माधव नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन । यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको उनले बताए ।

  • बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै, एकता पक्षधर नेताहरूलाई समेट्ने उपाय खोजिँदै

    बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै, एकता पक्षधर नेताहरूलाई समेट्ने उपाय खोजिँदै

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटतर्फ लागेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठकका लागि उनीहरू बालकोटतर्फ लागेका हुन् ।

    पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।

    २४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारवाही गर्ने भन्ने बारे स्थायी कमिटीमा छलफल हुने बताइएको छ । यसका साथै माधव नेपाल समूहका रहेका तर शेरबहादुर देउवालाई विश्वासको मत नदिई पार्टी एकताको पक्षमा उभिएका नेताहरूलाई कसरी समेट्ने भन्ने बारेमा पनि नेताहरू छलफलमा जुटेका छन् ।

  • एमाले बैठक: देउवालाई मत दिनेहरू पार्टीमा नरहने, माधव नेपाल नफर्किने निष्कर्ष (भिडियो)

    एमाले बैठक: देउवालाई मत दिनेहरू पार्टीमा नरहने, माधव नेपाल नफर्किने निष्कर्ष (भिडियो)

    काठमाडौं । नेकपा एमालेले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताए । सम्भव भएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उनले बताए ।

    ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिए । उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताए ।

    ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’

    एमाले बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए । नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ ।

    पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने ज्ञवालीले बताए ।

     

  • एमाले स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

    एमाले स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री शेरबहदुर देउवाले आजको संसद बैठकमा विश्वासको मत लिन सचिवालयमा पत्र दर्ता गराएका छन् ।  नेकपा एमालेको यसअघिको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर, देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव पक्षका २३ सांसदले भने विश्वासको मतमा के गर्छन् भन्ने सर्वत्र चासो छ ।

    जारी स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरू भने सहभागी छैनन् । पहिले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएर सहमतिमा बैठक बोलाउन नेपाल समूहले आग्रह गर्दै आएको छ ।

    स्थायी कमिटी बैठक शुरू हुनुअघि एमालेको विघटित वार्ता टोलीका संस्थापन पक्षका नेताहरू पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्केका थिए ।

  • तस्बिरमा एमाले स्थायी कमिटी बैठक

    तस्बिरमा एमाले स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

    सर्वोच्चको परमादेशसँगै सरकारबाट बाहिरिएपछि एमालेको यो पहिलो बैठक हो । यसअघि अधिकांस बैठक बालुवाटारमा बस्दै आएकोमा आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक बसेको हो ।

    एमालेले परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसहित शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

    प्रवक्ता प्रदीप ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

    बैठकले कार्यदलाई धन्यवाद दिँदै प्रतिवेदन ग्रहण गरेर कार्यदल भंग गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । १० सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो ।

    बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले बैठक निर्धारित कार्यसूची अनुसार नै अघि बढ्ने बताएका थिए ।

  • एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने

    एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने

    काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

    स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।

    एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

    ज्ञवालीले भने–पार्टीले प्रतिपक्षमा उभिने निर्ण गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ । तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ । कोही उता जानु भयो भने व्यक्तिगत निर्णय हुन्छ ।

    आजको संसदीय दलको बैठक पनि नरोकिने उनले प्रष्ट पारे ।

  • एमाले स्थायी कमिटी बैठक स्थगित

    एमाले स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । आज साँझ ५ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाही गर्ने बताइएको थियो ।

     

     

  • एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल

    एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल चलेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताए ।

    अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ । आज रिट निवेदनमा २३ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भइरहेको बताइएको छ ।

  • एमाले स्थायी कमिटी बैठकले के-के निर्णय गर्‍यो ? (भिडियोसहित)

    एमाले स्थायी कमिटी बैठकले के-के निर्णय गर्‍यो ? (भिडियोसहित)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा बसेको छ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेकपा एमाले स्थायी समितिले बरिष्ठ नेता माधव कुमार नेपाल लगायत ४ नेता माथि गरेको कारवाही फिर्ता गरेको छ ।

    बालुवाटारमा बिहीबार विहान बसेको स्थायी समिति बैठकले बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

    पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै ४ नेतामाथि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    साथै पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्षलाई प्रत्यायोजन गरेको पनि उनले जानकारी दिए ।

    बैठकले बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मानमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको छ ।

    बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कोभिड महामारीको बढ्दो चुनौति र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारी बारे जानकारी गराएको थियो । बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभाव लगायतका समस्या सम्बोधन गर्न राज्यको सम्पुर्ण क्षमता र सम्पुर्ण कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ ।