Tag: एमाले सांसद

  • प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

    प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ ।

    तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका नारा लगाए ।

    आइतबार रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रहरी र अतिक्रमणकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । केही सुरक्षाकर्मी घाइते भएका थिए ।

    राष्ट्रियसभामा पनि एमालेले मोतिपुर घटनामा प्रहरी दमनको विरोध गर्दै सरकारसँग जवाफ मागेको थियो ।

  • लुम्बिनीका २ सहित एमालेका १६ सांसद पदमुक्त गर्ने मुद्दा हेर्दाहेर्दैमा

    लुम्बिनीका २ सहित एमालेका १६ सांसद पदमुक्त गर्ने मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं । नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको छ ।

    न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि आज टुंगो नलागेको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।

    एमालेले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले जोगाएपछि एमाले अदालत गएको हो ।

    रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता महेश नेपाल, विजयकान्त मैनाली, पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित बाबुराम दाहाल, श्रीकान्त बराल, भोजराज आचार्यलगायतले बहस गर्दैछन् ।

    त्यस्तै विपक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, गोविन्द बन्दी लगायत छन् । रमन श्रेष्ठलगायतले बहस गर्न बाँकी रहेकाले सो मुद्दा हेर्दा हेर्दैमा छ ।

  • दुई सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेद्वारा लुम्बिनी सभा अवरुद्ध

    दुई सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेद्वारा लुम्बिनी सभा अवरुद्ध

    रूपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक शुरू भएलगत्तै नेकपा एमालेले बैठक अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारवाही सुरु गरेलगत्तै एमालेले विरोध गर्न थालेका थिए ।

    नेकपा एमालेले कारवाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

    निर्धारित समयभन्दा करिब पौने घण्टा ढिलो शुरू भएको बैठकको शुरूमै एमाले सांसद आरती पौडेलले एमालेले कारवाहीका लागि निर्णय गरेर पठाएका दुई सांसद पदमुक्त भएको सूचना टाँस नबढाउँदासम्म सदन चल्न नदिने जनाएलगत्तै एमाले सांसदहरू उठेर रोष्टमतिर गएका थिए ।

  • प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध (लाइभ)

    प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध (लाइभ)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र विरोध गर्दै आएको छ ।

    आज बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् । सभामुखले एमालेको नारावाजीकै बीच बैठक अघि बढाएका छन् ।   सदन नियमित गर्न हिजो सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाए पनि एमाले अध्यक्ष केपी ओली बैठकमा गएनन् ।

    एमालेले आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टाँस्न या राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सभामुखसमक्ष दुई सर्त अघि सारेको छ ।

  • राष्ट्रियसभामा पनि एमालेले माग्यो सभामुखको राजीनामा

    राष्ट्रियसभामा पनि एमालेले माग्यो सभामुखको राजीनामा

    काठमाडौं । आजको राष्ट्रियसभा बैठकमा एमालेका सांसदले सभामुख अग्नि सापकोटाको राजीनामा मागेका छन् । एमालेकी सांसद कोमल वलीले सभामुख अग्नि सापकोटाले राजीनामा नदिइ बैठक सुचारु गर्न नदिने अडान राखिन् ।

    उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको जिकिर गरिन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक-२०७८ पारित गरेको छ ।

    एमाले सांसदको अवरोधका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अर्को बैठक भदौ ३० बिहान ११ बजे आव्हान गरेका छन् ।

  • एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिक हैसियतविरुद्धको रिट हेर्न नभ्याइनेमा

    एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिक हैसियतविरुद्धको रिट हेर्न नभ्याइनेमा

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमाथिको आजको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

    न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि बेञ्च-बार समन्वय समितिको बैठक परेकोले हेर्न नभ्याइनेमा राखिएको हो । सो समितिमा वरिष्ठतम न्यायाधीशद्वय कार्की र खड्कासमेत छन् ।

    नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

    एमालेले साउन २५ को केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

    तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछिमात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस्यो ।

    यसअघि सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको थियो ।

    कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।

    संवैधानिक इजलासमा रहेर असार २८ को फैसला गर्ने न्यायाधीशहरू ओलीप्रति पुर्वाग्रही रहेको आरोप लागिरहेको बेला यसअघि प्रधानन्यायाधीश आफैंले राखेर हेरेको मुद्दा आज भने दीपक कार्की र मीरा खड्काको इजलासमा पारिनुलाई अर्थपूर्णरूपमा लिइएको थियो । त्यसयता प्रायः ती न्यायाधीशको इजलासमा पेसी परेका बेला रिट निवेदक वकिलले सार्ने गरेका छन् ।

  • एमालेसँग सहमति प्रयास असफल, उच्चस्तरमा संवाद गर्न सभामुखलाई कानूनमन्त्रीको सुझाव

    एमालेसँग सहमति प्रयास असफल, उच्चस्तरमा संवाद गर्न सभामुखलाई कानूनमन्त्रीको सुझाव

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद बैठक निरन्तर अवरुद्ध पारेपछि सभामुख अग्निप्रसाद सापकोटाले संवाद थालेका छन् । आइतबार पहिलो बैठकमा संवादका लागि एमालेलाई आग्रह गरेका थिए ।

    एमालेले विरोधमा निरन्तरता दिएपछि सभामुखले एमालेसँग संवाद थालेका हुन् । छलफलमा सभामुख एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारी सहभागी थिए । उक्त छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

    छलफमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।

    कानूनमन्त्री कार्कीले भने उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिएका छन् ।

  • प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

    प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

    काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि अवरोध कायमै राखेको छ । एमाले सांसदहरूले गैरसांसदहरूको उपस्थिति भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरिरहेका छन् ।

    सभामुख अग्नि सापकोटाले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकोले पटक-पटक अवरोध गर्नु उचित नभएको भन्दै बैठक संचालनमा सहयोग गर्न अनुरोध गरिरहेका छन् । जनताका समस्या उठाउन अन्य प्रतिनिधिले समय दिन आग्रह गरेको भन्दै उनले सभा संचालनमा सहयोग गर्न आग्रह गरे ।

    यसअघि २३ गतेको बैठक पनि एमालेले अवरोध गरेको थियो ।

  • सभामुखप्रति एमालेको प्रस्तुतिले वातावरण बिगार्न मद्दत गर्‍यो : सचिवालय

    सभामुखप्रति एमालेको प्रस्तुतिले वातावरण बिगार्न मद्दत गर्‍यो : सचिवालय

    काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा प्रमुख विपक्षी नेकपा एमालेको व्यवहारप्रति असन्तुष्ट बनेका छन् । १४ जना सांसदलाई गरिएको कारवाहीलाई अघि नबढाएकोमा एमाले नेतृत्वले दिएका अभिव्यक्तिप्रति सभामुखको सचिवालयले आपत्ति जनाएको हो । ।

    सभामुखका प्रेस सल्लहकार श्रीधर न्यौपानेले नेपाल प्रेससँग कुरा गर्दै बिहीबार प्रमुख सचेतक विशाल भट्टराईसहित सांसदहरुले सभामुखसँग गरेको व्यवहार र अध्यक्ष ओलीका अभिव्यक्तिले वातावरण वातावरण बिगार्न मद्दत गर्यो गरेको बताए ।

    उनले भने-सभामुखको च्याम्बरमा माननीयज्यूहरुको हिजोको प्रस्तुति,उहाँहरुको व्यवहार र शब्दचयन तथा त्यसै दिन विपक्षी दलका नेताको सभामुखप्रतिको सार्वजनिक अभिव्यक्तिले वातावरणलाई अप्ठेरोतिर धकेलेको छ ।

    शुक्रबार एमालेका सांसदहरुले सभामुखको कक्षमा १ घण्टा बसेर फर्किएको सन्दर्भमा पनि न्यौपानेले सभामुख पूर्व निर्धारित कार्यक्रममा जानु परेकाले भेट नभएको बताए ।

    सिन्धुपाल्चोकको लिसंखुपाखरका समाजसेवी पदबज्र लामाको निधनका कारण सभामुख श्रद्धान्जलीको लागि मण्डिखाटार गएका बेला एमाले सांसदहरुले अन्यथा प्रतिक्रिया दिएको सचिवलायले जनाएको छ ।

  • टेलिफोनमा सभामुखले भने- म आउँदिन, एमाले सांसदको आरोप- फेस गर्न नसकेर कहिलेम्म भाग्ने ?

    टेलिफोनमा सभामुखले भने- म आउँदिन, एमाले सांसदको आरोप- फेस गर्न नसकेर कहिलेम्म भाग्ने ?

    काठमाडौं । नेकपा एमालेका सांसदहरू पार्टीले कारवाही गरेका १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्न दबाब दिँदै कार्यालय शुरू हुनासाथ आफ्नो कार्यकक्षमा पुगेको खबर पाएपछि सभामुख अग्नि सापकोटा आज कार्यालयमै गएनन् ।

    एक घण्टा पर्खिँदा पनि सभामुख नआएपछि एमाले सचेतक शान्ता चौधरीले फोन गरेकी थिइन् । चौधरीसँगको कुराकानीमा सापकोटाले आज कार्यालयमै नआउने जानकारी दिएपछि आफूहरू बाहिरिएको एमाले सांसद गोकुल बास्कोटाले बताए ।

    उनले भने, ‘सभामुख हामीसँग फेस गर्न नसकेर बाहिर-बाहिरै एमालेविरुद्धको षडयन्त्रमा सामेल भएको पुष्टी भएको छ । एमाले विभाजनको षड्यन्त्र उहाँका लागि आगागी दिनमा महँगो पर्नेछ । प्रमुख प्रतिपक्षबाट भागेर उहाँले संसद कसरी चलाउनुहुन्छ ? हामी हेर्छौं ।’

    एमालेले माधव नेपालसहित १४ जनालाई कारवाही गरेर सांसदबाट पदमुक्तको सूचना संसद सचिवालय र निर्वाचन आगयोमा भदौ १ गते पठाएको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐन अनुसार संसद अधिवेशन नचलेको बेला दलले गरेको कारवाहीको सूचना तत्काल संसदको सूचना पाटीमा टाँस्नुपर्नेमा सभामुखले गैरकानूनी काम गरेर एमाले फुटाउने मतियारको भूमिका खेलिरहेको सांसद कृष्णभक्त पोखरेलले बताए ।

  • १४ सांसद पदमुक्तिको सूचना तत्काल टाँस्न एमालेको दबाब, सभामुखले भने- म बुझेर प्रक्रियामा लैजान्छु

    १४ सांसद पदमुक्तिको सूचना तत्काल टाँस्न एमालेको दबाब, सभामुखले भने- म बुझेर प्रक्रियामा लैजान्छु

    काठमाडौं । नेकपा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई तत्काल प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको छ ।

    एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका नेताहरूले आज सभामुखलाई भेटेर माओवादी र जसपाले कारवाही गरेका सांसदलाई २४ घण्टाभित्रै पदमुक्त गरेको नजिर पेस गर्दै एमालेविरुद्ध नलाग्न चेतावनी दिएका हुन् ।

    सभामुखले एमाले नेताहरूसँग शुरूमा आफू कसैको दबाबमा काम नगर्ने भन्दै आफूसँग चर्का कुरा नगर्न भनेका थिए । तर, एमाले नेताहरूले सभामुखलाई कानूनको कार्यान्वयन गर्नेबाहेक अरु विकल्प नरहेकोले विलम्ब नगर्न आग्रह गरेका थिए ।

    एमाले प्रमुख सचेतक भट्टराईले भने, सभामुले के गर्ने वा नगर्ने भन्ने कुरै छैन । कानूनले जे भनेको छ त्यो गर्ने हो । कारवाही पार्टीले गरेपछि ठीक बेठीक अदालतले भन्ला । तर, सभामुखले हिजोका उदाहरण समेत हेरेर खुरुक्क सूचना टाँस्नुपर्छ । नत्र एमालेले सभामुखलाई सहयोग गर्न सक्दैन ।’

    एमाले नेताहरूले तत्काल कारवाही प्रक्रिया अघि बढाउन चेतावनी दिएपछि सभामुख सापकोटाले आफूले बुझेर अघि बढाउने आश्वासन दिएका छन् । सापकोटले सचिवलायसँग परामर्श गर्ने बताएका छन् ।

    सभामुखलाई भेट्न एमालेका नेताहरू खगराज अधिकारी, कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी, महेश बस्नेत, निरु पाल, पार्वत गुरुङ, राजेन्द्र गौतम, भगवती न्यौपाने, गंगा चौधरीलगायत सांसद गएका थिए ।

  • अजय शाही र विमला वलीलाई पदमुक्त नगरेकोमा लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध

    अजय शाही र विमला वलीलाई पदमुक्त नगरेकोमा लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध

    रूपन्देही । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध गरेको छ । एमाले सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् ।

    एमालेले आफूले कारवाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ ।

    एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन् ।

    उनले संसदको नियमानुसार नै कारवाहीही अघि बढ्ने बताए ।

  • एमालेले पदमुक्त गरेका १४ सांसदबारे कानून के भन्छ ? सभामुखको भूमिका निर्णायक

    एमालेले पदमुक्त गरेका १४ सांसदबारे कानून के भन्छ ? सभामुखको भूमिका निर्णायक

    काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरी पदमुक्त गर्न संसद सचिवलालाई सूचना दिएको छ । कारवाही गरिएको व्यहोरा निर्वाचन आयोगमा समेत पुगिसकेको छ ।

    एमालेले विश्वासको मत दिने बेला माधव पक्षमा गएका प्रेम आले, किसान श्रेष्ठसहित ८ जनालाई जोगाएर माधव नेपालसहित १४ जनालाई मात्र कारवाही गरेको छ ।

    यसबीचमा माधव नेपालपक्षीय सांसदले संसदीय दलको ह्वीप उल्लंघन दुईपटक गरिसकेकाले कारवाहीको कानूनी आधार पुगेको दावी एमाले नेताहरुको छ ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा कुनै सांसदलाई निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।

    सो कारवाहीको सूचना सचिवालयले सभामुख समक्ष पेस गर्नुपर्छ । सभामुखले सो सूचना दर्ता भएको मितिले १५ दिनभित्र सदनलाई दिनुपर्ने कानूनी व्यवस्था छ ।

    तर, संसद अधिवेशन अन्त्य भएको अवस्थामा सचिवालयले सूचना पाटीमा टाँस गर्नुपर्छ ।

    सभामुखले चाहेमा कारवाहीको सूचना दर्ता भए लगत्तै सम्बन्धित दलको कारवाहीमा परेका सांसद पदमुक्त हुन्छन् । लुम्बिनी र गण्डकीका सभामुखले यही प्रक्रिया अपनाएर राजमो र जसपाको महन्थ पक्षका सांसदलाई तत्कालै पदमुक्त गरेका थिए ।

  • एमाले सांसद थारुको दावी-पार्टी निर्णयविरुद्ध लाग्न मलाई प्रलोभन दिँदैछन्

    एमाले सांसद थारुको दावी-पार्टी निर्णयविरुद्ध लाग्न मलाई प्रलोभन दिँदैछन्

    काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाकी एमाले सांसद गंगा चौधरी सतगौंवाले आफूलाई एमालेको आधिकारिक निर्णयको विपक्षमा उभिन प्रलोभनमा पार्ने प्रयास भइरहेको दावी गरेका छन् ।

    उनले शनिवार फेसबुकमा आफ्ना कुरा राख्दै पार्टीलाई जेठ २ मा फर्काउने लगायतका सबै माग पूरा भइसक्दा पनि बैठक बहिस्कार गर्ने र विपक्षीसँग अनैतिक साँठगाँठ गरेर आफ्नै सरकार ढालेको भन्दै माधव नेपाल पक्षको आलोचना गरेकी छन् ।

    थारुले भनेकी छन्- अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरिरहनु भएको छ । कृपया दुःख नगर्नु होला मित्रहरु । म कुन पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन ।

    उनले पार्टीले जे निर्णय गर्छ त्यसको अक्षरशः पालना गर्ने बताएकी छन् ।

  • सुदूरपश्चिमका एमाले सांसदले सोधे- हामीलाई बस्ने ठाउँ खोइ ?

    सुदूरपश्चिमका एमाले सांसदले सोधे- हामीलाई बस्ने ठाउँ खोइ ?

    कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन सुरू भएको छ । शुक्रबारको दोस्रो बैठकमा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले आफूहरूलाई प्रतिपक्षी रोमा बस्ने ठाउँको व्यवस्था हुनुपर्ने बताएका छन् ।

    उनले संसद् सचिवालयमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको जानकारी समेत गराएको भन्दै प्रतिपक्षमा बस्ने ठाउँका हुनुपर्ने माग गरे ।

    ‘यो सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसेको छ’ उनले भने, ‘नेकपा एमाले प्रतिपक्ष भएको छ । प्रतिपक्ष बेन्चमा बसाइको व्यवस्थापनको लागि पनि म आग्रह गर्दछु । ’

    उनले एमालेले समर्थन फिर्ता लिइसकेका कारण सरकार अल्पमतमा परेको समेत बताए । सांसद बोहराले अल्पमतमा रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा समेत माग गरे ।

    ‘पार्टीले समर्थन फिर्ता लिइसकेका कारण यो सरकार स्वभाविक रुपमा अल्पमतमा परेको छ । अल्पमतका सरकारका प्रमुख मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ’ उनले भने ।

    जेठ १० गते बसेको स्थायी कमिटीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्र निर्देशनविपरीत माधव पक्ष भने माओवादी सरकारमा सहभागी भएको छ ।

  • माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

    माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

    दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताए ।

    ‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका लागि म जनमतको अपमान म गर्दिन,’ केसीले नेपालप्रेससँग भने ।

    पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको विरोध गरे पनि आफू पार्टी हित विपरित नलाग्ने उनले बताए ।

    घनश्याम भुसालले आज फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसी बताए । उनले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राजीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने बताए ।

    आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजीनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी छ । नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुूचीमा केसीको नाम पनि छ ।

  • लुम्बिनी प्रदेश : एमाले सांसद डाँगीको राजीनामा स्वीकृत

    लुम्बिनी प्रदेश : एमाले सांसद डाँगीको राजीनामा स्वीकृत

    रूपन्देही । लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुनले डाँगीको राजीनामा स्वीकृत भएको बताए । माओवादीमा प्रवेश गरेको भनिएका डाँगी केही दिनयता सम्पर्कमा आएका थिएनन् ।

    माओवादी सांसद दामा शर्माले डाँगी माओवादी केन्द्रमा आएको र १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बताइन् ।

  • कोरोना परीक्षण माग गर्दै एमाले सांसदले गरे गण्डकी प्रदेशसभा अवरुद्ध

    कोरोना परीक्षण माग गर्दै एमाले सांसदले गरे गण्डकी प्रदेशसभा अवरुद्ध

    पोखरा । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् ।

    कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक शुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ ।

    कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरेपनि एमाले सांसदहरूले इन्कार गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    सांसद राजीव पहारीले भने ‘कोरोना भाइरसकिो दोस्रो चरण फैलिइरहेको छ । यो एकैचोटी ५०/६० जनामा सर्ने अवस्था छ । कास्कीले हिजोमात्रै निषेधाज्ञा जारी गरेको छ । गम्भीरतापूर्वक लिइयोस् ।’

  • स्पष्टीकरण सोधिएका एमाले सांसद अध्यक्ष ओलीसँग ‘वान टु वान’ संवादमा

    स्पष्टीकरण सोधिएका एमाले सांसद अध्यक्ष ओलीसँग ‘वान टु वान’ संवादमा

    काठमाडौं । पार्टीको पक्षमा उभिने कि कारवाही भोग्न तयार हुने भनेर स्पष्टिकरण सोधिएका नेकपा एमालेका सांसदहरु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सम्पर्कमा पुग्ने क्रम बढेको छ ।

    एमालेको आधिकारिक निर्णयको पक्षमा उभिन अन्तिम मौका भन्दै अध्यक्ष ओलीले स्पष्टिकरण सोधिएपछि पनि सांसदहरुसँग व्यक्तिगत रुपमा संवाद जाारी राखेका छन् ।

    माधव नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीकरणको पत्र काट्नुअघि सामेबार अबेरसम्म ओलीले व्यक्तिग रुपमा हरेक सांसदलाई फोन गरेका थिए ।

    ‘यो तपाईंहरुका लागि अन्तिम मौका हो, आजै कित्ता क्लियर गर्नुहोस्’ भन्दै ओली केही सांसदलाई बालुवाटारै बोलाएर संम्झाएका थिए भने केहीलाई फोनमै सम्झाएका थिए । ओलीले त्यो क्रमलाई पष्टीकरणपछि पनि जारी राखेका छन् ।

    नेता योगेश भट्टराईले बुधबार बालुवाटारमा गएर ओलीलाई भेटेका छन् । भट्टराईले ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

    भेटपछि नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने- ‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु । सायद शीर्ष तहमै संवाद सकारात्मक हुनेछ ।

    प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोधिएका अर्का सांसद सोमप्रसाद पाण्डेले पनि बुधवार भेटेका छन् ।

    अर्का सांसद नारायण खतिवडा काठमाडौं आएर ओलीसँग भेट्ने जानकारी दिए । गणेश पहाडी लगायतका सांसदहरु पनि सम्पर्कमा रहेका छन् । बालुवाटार नपुग्ने सांसदसँग ओलीले फोनमै पनि कुराकानी गरिरहेका छन् ।

    प्रायः सबै सांसदलाई ओलीले गरेको आग्रह र दिएको सन्देश एउटै छ- अब गुटसँग कुनै डिल हुँदैन । तपाईंहरुलाई व्यक्तिगत रुपमा सम्मानजनक व्यवहार र उचित जिम्मेवारी दिइन्छ ।

    व्यक्तिगत रुपमा आउने सबैसँग संवाद हुने र पार्टी हित अनुसार काम गर्ने प्रतिवद्धता जनाएर आउनेलाई कुनै कारबाही नुहने कुरा ओलीले पुनः दोहोर्‍याएका छन् । पछिल्लो समय ओलीले अब एमालेमा कुनै गुट स्वीकार नगरिने अडान दोहोर्‍याइरहेका छन् ।

    व्यक्तिगत ‘डिलिङ’ले सानालाई असुरक्षा

    ओलीसँगको ‘डिलिङ’मा नेपाल पक्षका प्रभावशाली नेताहरु एक्ला एक्लै लाग्न थालेपछि स्पष्टीकरण सोधिएका सांसदहरुले भने असुरक्षा महसुस गर्न थालेका छन् ।

    ओलीसँगको संवादपछि नेपाल पक्षका सांसदहरू ध्रुव शाही, राजबहादुर बुढा, बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेले पार्टी विभाजन हुँदा नेपाल पक्षमा नलाग्ने प्रतिबद्धता जनाएका छन् ।

    केही यसअघि गरिसकेको निर्णयबाट समेत पछाडि हट्न समेत थालेका छन्। ‘माथिका नेताहरुले हाम्रो टाउको गनेर केपी ओलीसँग बार्गेनिङ गर्दैछन्, भोलि उनीहरुको लेनदेन मिल्यो भने नेताले भागबण्डा पाइहाल्छन्, हामीलाई टिकट समेत दिदैनन्’ एक सांसदले भने ‘बरु नेताहरु भन्दा पहिले व्यक्तिगत रुपमै प्रधानमन्त्रीसँग भेटेर साथ दिइयो भने अर्को पटक टिकट सुरक्षित त हुन्छ’ ।

    कर्णाली प्रदेशसभाका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएकी प्रदेश सांसद देवी ओलीले मतदानका क्रममा आफू झुक्किएको स्पष्टीकरण दिएकी छिन् ।

    प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेललाई बुझाएको स्पष्टिकरणमा सांसद ओलीले आफू नेकपा एमालेको नीति, निर्णय र ह्वीप पालना गर्न प्रतिबद्ध रहेको समेत प्रष्ट पारेकी छिन् ।

    कारबाही परिने डरले नेपाल पक्षका धेरै सांसदले यस्तै प्रतिवद्धता जाहेर गर्ने ठानिएको छ।

    नेपाल र रावलप्रति नकारात्मक

    भट्टराईसँगको आजको छलफलपछि ओली कारबाहीको मामिलामा केही लचक बन्ने अपेक्षा नेपाल पक्षको छ । भट्टराईले ओलीलाई भेटेर ‘उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न’ आग्रह गरेका थिए ।

    व्यक्तिगत रुपमा सबै नेताहरुलाई समेटेर लैजान आफू तयार रहेको ओलीले बताएका छन् । तर माधव नेपाल र भीम रावलका गतिबिधि र अभिव्यक्ति भने कारवाहीयोग्य रहेको आशय ओलीको छ ।

    स्रोतले भन्यो- माधव नेपालसँग संवाद शुरु भएको छ । तत्कालै परिणाम त नआउला । यसबीचमा तीन चारजनालाई मात्र कारवाही गरेर अरु सांसद ओलीले नै समेट्ने सम्भावना पनि देखिन्छ ।

  • एमाले सांसद जानकीदेवी रामको सपथ ग्रहण

    एमाले सांसद जानकीदेवी रामको सपथ ग्रहण

    काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले आइतबार पद तथा गोपनियताको सपथ लिएकी छन् ।

    सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई सपथग्रहण गराउँदै बधाइ दिएका छन् ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उनलाई एमालेको सिफारिसमा निर्वाचित गरिएको हो । सिरहाकी राम सानु शिवाको निधनपछि रिक्त रहेको स्थानमा निर्वाचित भएकी हुन ।

    यो पनि पढ्नुस् :

    जानकीदेवीको संघर्षशील जीवन : ५ वर्षको उमेरमा बिहे, ६५ वर्षमा संयोगले सांसद

    प्रतिनिधिसभाको समानुपातिक सांसदमा जानकीदेवीलाई निर्वाचित गर्ने एमालेको निर्णय

    जानकीदेवी एमालेको सांसद निर्वाचित, संसद सचिवालयलाई जानकारी गराउने आयोगको निर्णय

  • माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नत्र स्पष्टीकरणसहित कारबाही थालिने

    माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नत्र स्पष्टीकरणसहित कारबाही थालिने

    काठमाडौं । नेकपा एमालेले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ ।

    बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

    माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ ।