Tag: एमाले संसदीय दल

  • महाअभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

    महाअभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय लिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ ।

    बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

    बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने जनाएको छ ।

    सत्तागठबन्धनले प्रधानन्यायाधीशविरुद्ध ल्याएको प्रस्तावको काउन्टरमा एमालेले अरु केही न्यायाधीश र सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सम्भावना छ ।

  • सदन सुरू हुनुअघि एमाले संसदीय दलको बैठक बस्दै

    सदन सुरू हुनुअघि एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

    उनका अनुसार बैठकमा आजदेखि सुरू हुने संसद बैठकमा आफ्ना सांसदहरू कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल हुनेछ ।

    पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरूले संसद बैठक अवरोध गर्दै आएको छ । पार्टीले कारवाही गरेका सांसदहरू बैठकस्थल प्रवेश गर्न दिएसम्म सदन चल्न नदिने एमालेको अडान कायम छ ।

    संसद बैठक दिउँसो २ बजेदेखि सुरू हुँदैछ ।

  • एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

    आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्दा काँचमा नचढ्न पनि निर्देशन दिए । संसदमा निरन्तर अवरोध गरिरहेका एमाले सांसदहरूले आफ्ना सहकर्मी सांसदको काँधमा चढेर रोष्टमा पुग्ने प्रयास गरेका थिए ।

    ‘हामीले संसदीय मर्यादाभित्र तोकिएका नारा लगाउँ, हामी वेलमा जान्छौं, वेलमा नाराबाजी गर्छौं,’ ओलीले भने, ‘काँध चढेर माथि जान खोज्ने नगरौं । मर्यादापालकको घेरा तोड्न खोजेको होइन । यदि त्यस्तो हुन्थ्यो भने अर्कै ढंगले प्रस्तुत हुन्थ्यौं ।’

    एमाले सांसद रेखा झाले गृहमन्त्रीको माइक खोसेकी थिइन । उनले मिडिया आफूले सभामुखमाथि नै प्रहार गर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् । ओलीले भने पार्टीको त्यस्तो कुनै नीति नभएको बताए। संसदमा जिम्मेवाररूपमा प्रस्तुत हुन र मिडियामा गएर बोल्दा पनि जिम्मेवारीपूर्वक बोल्न निर्देशन दिए ।

    ‘कतिपय साथीहरूले बोलेको सुनेँ, सभामुखलाई माइक हान्ने योजना थियो भनेर,’ ओलीले भने, ‘त्यसो योजना थिएन । हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छ ।’

  • एमाले सांसदहरूको सुझाव- सभामुखको राजीनामा माग्नुपर्छ, एमसीसीमा स्पष्ट हुनुपर्छ

    एमाले सांसदहरूको सुझाव- सभामुखको राजीनामा माग्नुपर्छ, एमसीसीमा स्पष्ट हुनुपर्छ

    काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नुपर्नेमा जोड दिएका छन् । बानेश्वरमा जारी संघीय संसदीय दलको बैठकमा सांसदहरूले सुझाव राख्दै एमसीसीबारे पनि पार्टीको धारणा स्पष्ट हुनुपर्ने सुझाव दिए ।

    ‘सभामुखकोमा जाँदा उहाँले जे चरित्र देखाउनु भयो त्यो सभामुख हुन लायक छैन,’ सांसद निरुदेवी पालले भनिन्, ‘त्यसैले सभामुखको राजीनामा माग्नुपर्छ ।’

    एमसीसी पारित गर्न नहुने उनको सुझाव छ। ‘एमसीसीलाई समर्थन गर्नुहुन्न,’ उनको माग छ, ‘एमसीसी लागू गर्नुपर्छ भन्ने कुरामा कुनै पनि हालतमा निर्णय गर्न हुन्न ।’

    सांसद राजबहादुर बुढाले एमसीसीबारे किटानीका साथ पार्टीको स्पष्ट धारणा मागे । ‘एमसीसी गाउँ तहसम्म गइसकेको छ,’ उनले बैठकमा भने, ‘किटानीका साथ एमसीसीबारे धारणा नदिने हो भने अप्ठ्यारो हुन्छ । सरकारमा को छ भन्ने हेरेर धारणा बनाउने होइन । यसबारे हाम्रो स्पष्ट धारणा ल्याउनुपर्छ । ठीक हो भने यसकारण ठीक हो, बेठीक हो भने यसरी बेठीक भन्नुपर्‍यो ।’

    सांसद शिवमाया तुम्वाहाम्फेले सभामुखले गैरकानुनी काम गरेको बताइन् । ‘अहिलेको सभामुख अग्नि सापकोटाले जे गतिविधि गर्नु भएको छ, त्यो गैरकानूनी छ,’ उनले भनिन्, ‘ आजको सभामा त्यसको विरोध गर्नुपर्छ ।’

    एमसीसीमा पार्टीको भूमिका स्पष्ट हुनुपर्ने सुझाव दिइन् । सांसद भगवती न्यौपानेले सभामुखको विरोधमा आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नु पर्ने बताइन् ।

    बैठकमा २५ जना सांसदहरूले सुझाव राखेका छन् । अधिकांशले सभामुखको आलोचना गरेका छन् । धेरैको धारणा एमसीसीबारे स्पष्ट हुनुपर्छ भन्ने छ भने केहीले एमसीसी पास गर्न नहुने सुझाव दिएका छन् । सांसदहरूको सुझावपछि संसदीय दलका नेता केपी ओलीले सम्बोधन गरिरहेका छन् ।

  • एमाले संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने

    एमाले संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने

    काठमाडौं । नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ।

    सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन् । नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी नेपाल प्रेसलाई दिए।

    पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
    बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए ।

  • तस्विरमा एमाले संसदीय दलको बैठक, दुवै सदनको नेता ओली र उपनेता नेम्वाङ

    तस्विरमा एमाले संसदीय दलको बैठक, दुवै सदनको नेता ओली र उपनेता नेम्वाङ

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले विधान संशोधन पारित गर्दै संसदीय बोर्डमार्फत माधव नेपाल लगायत गुटगत भेला गर्ने नेताहरुमाथि कारवाही प्रक्रिया अघि बढाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गुट छाडेर व्यक्तिगत रुपमा आफ्ना गुनासा लिएर आउन सांसदलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरुले विधान संशोधन मस्यौदामाथि आफ्ना धारणा राखेका थिए ।

     
     
     
     

    अब एमालेमा संसदीय दलको उपनेता दलका नेताले चयन गर्ने र राष्ट्रियसभामा दलको नेता नरहने व्यवस्था गरेको छ । संघीय संसदीय दलको नेता केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङ भएका छन् ।

    
     
     
     
    तस्विरहरु : राजन काफ्ले