Tag: एमाले प्रवेश

  • बृजेश गुप्तापछि कपिलवस्तुमा एमाले प्रवेशको लहर, कांग्रेस क्षेत्रीय सचिवसहित वडाध्यक्ष पनि लागे एमालेमा

    बृजेश गुप्तापछि कपिलवस्तुमा एमाले प्रवेशको लहर, कांग्रेस क्षेत्रीय सचिवसहित वडाध्यक्ष पनि लागे एमालेमा

    रुपन्देही । कपिलवस्तुका प्रभावशाली नेता तथा पूर्वमन्त्री बृजेशकुमार गुप्ता, धर्मबहादुर लाल श्रीवास्तव, पुराना नेता मंगलप्रसाद गुप्तालगायतको ठूलो समूह एमालेमा लागेसँगै प्रवेश गर्नेहरुको लहर चलेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली आफैं केही महिनाको अन्तरमा दुईपटक कपिलवस्तु पुगेर उनीहरुकोसहितको ठूलो समूहलाई पार्टी प्रवेश गराएका थिए ।
    क्षेत्र नं १ मा पहिलेदेखि बलियो रहेको एमाले क्षेत्र नं २ र ३ का प्रभावशाली नेताहरुलाई पार्टीमा भित्राएर थप बलियो भएको एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारी बताउँछन् ।

    मंगलबार उनै नेता बृजेशकुमार गुप्ताले नेपाली कांग्रेस कपिलवस्तुका प्रभावशाली दुई नेता एमालेमा प्रवेश गरोएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव रहेका गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का अध्यक्ष जगदिश तिवारी एमाले प्रवेश गरेका हुन् ।

    दुवै नेतालाई एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगन्ज नगरपालिकाका मेयरका आकांक्षी रामदास चौधरी लगायतले महाराजगन्ज निर्वाचन सम्पर्क कार्यालयमा पार्टी प्रवेश गराएका थिए ।

    कांग्रेसका युवाभित्र प्रभावशाली नेता मानिने तिवारीको प्रभाव महाराजगन्जसंगै बुद्धभूमिका केही वडामा राम्रो प्रभाव रहेको मानिन्छ ।

    पारिवारिक रुपमा राजनीतिमा सक्रिय रहदै आएको तिवारी परिवारको एमालेमा प्रवेशलाई त्यस क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

    तिवारी काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र हुन् । उनी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

    कांग्रेसको बर्चश्व रहेको महाराजगञ्जमा यसभन्दा अगाडि दुई जना वडाध्यक्ष पनि एमाले प्रवेश गरेका थिए ।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । एमालेप्रति मधेसमा जनलहर बढेको बताउँदै नेता गुप्ताले कपिलवस्तुमा एमालेले सबैभन्दा धेरै सिट जित्ने पनि दाबी गरे ।

    एमाले प्रवेशपछि बोल्दै तिवारीले कांग्रेसबाट निर्वाचित मेयरप्रति इंगित गर्दै राहतको नाममा धनीलाई २०–२५ हजार दिने र गरिब जनतालाई २-४ हजार दिएको दाबी गरे ।

  • कांग्रेसका क्षेत्रीय सदस्य तथा अधिवेशन प्रतिनिधि एमाले प्रवेश

    कांग्रेसका क्षेत्रीय सदस्य तथा अधिवेशन प्रतिनिधि एमाले प्रवेश

    कैलाली । नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा अधिवेशन प्रदेश प्रतिनिधि लक्ष्मण खड्का एमालेमा प्रवेश गरेका छन् । नेता खड्कालाई एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

    स्वागत कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनि राना,एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठक,केन्द्रीय निर्वाचन विभाग सदस्य रण बहादुर चन्दलगायत जिल्लाका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।

    काङ्ग्रेस परित्याग गरी एमाले प्रवेश गरेका खड्काले काङ्ग्रेस माओवादीसँग विलय भै आफ्ना मुद्दाहरुलाई प्रचण्डको पाउमा विसर्जन गरेकाले आफुले उक्त पार्टी परित्याग गरेको बताएका हुन् ।

  • नेकपा एस बाँकेका उपसचिवसहित पाँच सय नेता एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    नेकपा एस बाँकेका उपसचिवसहित पाँच सय नेता एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    सुर्खेत । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापा एमालेमै फर्कने भएका छन् । उनीसहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सयजनाको पार्टी प्रवेश कार्यक्रम तय गरिएको एमाले जिल्ला सचिव रत्न खत्रीले बताए । अध्यक्ष केपी शर्मा ओलीले आज उनीहरुलाई एमालेमा स्वागत गर्दैछन् ।

    ‘एसका उपसचिवको नेतृत्वमा पाँच सयभन्दा बढी नेकपा एसका कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ’, सचिव खत्रीले भने, ‘त्यसका अलावा मओवादी, अन्य दलबाट पार्टी प्रवेश गर्नेको संख्या उल्लेख्य हुनेछ ।’

  • रुपन्देहीको दक्षिणी भेगमा एमाले प्रवेशको लहर 

    रुपन्देहीको दक्षिणी भेगमा एमाले प्रवेशको लहर 

    रुपन्देही । नेकपा (एमाले)का लागि सबैभन्दा कमजोर जनाधार क्षेत्र मानिने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले प्रवेशको लहर चलेको छ ।

    रुपन्देहीका दुई पालिकाहरु रोहिणी र ओमसतिया गाउँपालिकाका निर्वाचित अध्यक्षहरु सोजकुमार यादव र हिरा केवट एमालेमा प्रवेश गरेयता आएको प्रवेशको लहर मायादेवीहुँदै समरीमाईसम्म पुगेको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।

    आइतबार भारतसँगको सिमानामा पर्ने समरीमाई– २ स्थित वनगाईमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडाका रजमन्ता कहाँर, साधु देवान, राजमति कहार, परशुराम हरिजन, अकवर अली, किसमति केवट सहित ५८ जना, वडा नं. ४ बाट पानमति हरिजन, विन्दा लोध, सुवास हरिजन, सन्तराम भुज, रामदेव लोध, सुराती हरिजनसहित ६० जना, वडा नं. ५ बाट बजीव अली, लालमन लोध, मिर्रे लोध, मिर्रे चौवे सहित ३६ जना, वडा नं. ६ बाट मकवुल लोध, शैलेन्द्र यादव, निदरद तेली, चीनक धोवी, मगरु पासी समेत ५५ गरी २ सय ९ जना एमाले प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस र मधेसी पार्टीहरुबाट प्रवेश गरेका उनीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य भूमिश्वर ढकाल, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, प्रदेश सदस्य बाबुलाल यादव, सांसद सुनिता ठटेरलगायतले अवीर र खादा लगाएर स्वागत गरेका थिए ।

    केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले एमाले नेतृत्वको समयमा सरकारले गरेका कामले अहिले देशैभरी एमालेप्रति लहर आएको प्रसंग कोट्याउँदै रुपन्देहीको मर्चवार क्षेत्रबाट सूर्योदय भएको र अब एमालेलाई परास्त गर्ने शक्ति कसैसंग नभएको दाबी गरे ।

    नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले रुपन्देहीमा नेकपा एमालेले बहुमत पालिकाहरुमा विजय प्राप्त गर्ने गरी रणनीति बनाइरहेको प्रसंग उल्लेख गर्दै विगतमा पराजय व्यहोर्नुपरेका स्थानहरु योपटक पहिलो हुने दाबी गरे । प्रदेश सदस्य बाबुलाल यादवले एमाले नेतृत्वको सरकारको पालामा सुरु गरेको सडक निर्माण मर्चवारको लागि महत्वपूर्ण आयोजना रहेको वताउँदै आगामी निर्वाचनमा खासगरी मधेसमा एमाले विजयलाई कुनै तागतले रोक्न नसक्ने विश्वास ब्यक्त गरे ।

    वरिष्ठ पत्रकार डी.आर. घिमिरेले लामो समयसम्म मर्चवारको सत्ता चलाउनेले एउटा क्याम्पस र एउटा अस्पताल किन बनाउन सकेनन् ? एमाले नेतृत्वको सरकारले वनाउनसक्ने सडकलाई किन उनीहरुले प्राथमिकता दिन सकेनन् ? भनेर यहाँका नागरिकले अब प्रश्न उठाउनुपर्ने बताए । सो अवसरमा सांसद सुनिता ठटेर, मुस्लिम मुसलमान, रहिम मुसलमान लगायतले मधेसबाट एमालेको सूर्य उदाउन थालेको र तराईमा एमाले विरोधी भ्रमलाई चिर्न सकिएको बताएका थिए ।

  • दुई कर्णाली प्रदेश सदस्यसहित नेकपा समाजवादीका दर्जन बढी एमाले प्रवेश

    दुई कर्णाली प्रदेश सदस्यसहित नेकपा समाजवादीका दर्जन बढी एमाले प्रवेश

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटिका सदस्यसहित दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले)को पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समाजवादीका कर्णाली प्रदेश सदस्य एवम वीरेन्द्रनगर १० का वडाअध्यक्ष रत्नबहादुर विसि, प्रदेश कमिटि सदस्य जागुराम चौधरी सहितको टोलीलाई आज एमाले कर्णाली प्रदेश इन्चार्ज एवम स्थायी कमिटि सदस्य यामलाल कंडेलले प्रवेश गराएका हुन् ।

    एमालेमा प्रवेश गर्नेहरुमा नेकपा एसकै जिल्ला कमिटि सदस्य विमला थापा, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, नगर युवा अध्यक्ष हरि विसी, नगर सदस्य प्रविण शाही, मिनबहादुर थापा, दलित महिला सदस्य सुनिता चौधरी लगायत रहेका एमाले नेता डम्वर तिवारीले बताए ।

    पार्टी प्रवेशका क्रममा प्रदेश सदस्य विसिले एमाले नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताए । उनले भने– ‘विगत केहि समय हामीले बाटो विराएपनि आजै देखि हामी मूल घरमै समाहित भएका छौं ।’ उनले भने, ‘एमालेको नेतृत्वमा मात्रै दश विकास र समृद्धि सम्भव छ भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

    पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता कंडेलले एमालेको विकल्प एमाले नै भएको बताउँदै नवप्रवेशी सहित सबैलाई चुनावी अभियानमा होमिन निर्देशन समेत दिएका छन्।

  • माओवादी र नेपाली कांग्रेसका पाँच सय नेता कार्यकर्ता एमाले प्रवेश

    माओवादी र नेपाली कांग्रेसका पाँच सय नेता कार्यकर्ता एमाले प्रवेश

    कावासोती । नेकपा ( माओवादी केन्द्र ) र नेपाली काँग्रेस परित्याग गरी पाँच सय नेता कार्यकर्ता नेकपा ( एमाले ) मा प्रवेश गरेका छन् । नेकपा ( एमाले) नवलपुरको कार्यालय उद्घाटन तथा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

    नेकपा ( माओवादी केन्द्र) नवलपुरका सचिवालय सदस्य नारायण प्रसाद लोहनी, पूर्वपिएलएका सदस्यहरुसहित माओवादीका तीन सयको संख्यामा कार्यकर्ताहरु र त्यस्तै नेपाली काँग्रेसबाट दुई सयको संख्यामा एमाले प्रवेश गरेका हुन् ।

    एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रविन्द्र अधिकारी, कृष्ण पौडेल, प्रदेश सचिवालय सदस्य रोशनबहादुर गाहामगरले उनीहरुलाई टीका खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।

    कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका र गैंडाकोट नगरपालिकाबाट उनीहरु एमाले प्रवेश गरेका गरेको एमालेका युवा नेता एवम् जिल्ला कमिटि सदस्य विद्रोही गिरीले जानकारी दिए ।

    एमालेको राष्ट्रियता प्रतिको अडान र विकासको मोडेल मन परेर एमाले प्रवेश गरेको नारायणप्रसाद लोहोनीले बताए । फागुन सम्म एमाले प्रवेशको अभियान सञ्चालन गर्ने पार्टीको निर्देशन अनुसार एमाले नवलपुरले पार्टी प्रवेश अभियानलाई निरन्तरता दिने एमाले नवलपुर अध्यक्ष मुक्तिराम पाण्डेले बताए । सोही अवसरमा जनवर्गीय संगठनहरुले रक्तदान कार्यक्रम गरेका थिए ।

  • मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

    मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेकपाका मकवानपुर जिल्ला सचिव बलराम वल एमालेमा प्रवेश गरेका छन् ।

    एमाले वागमती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच माओवादीका अन्य जिल्लास्तरीय नेता कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन् । वललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

    तत्कालीन जनमोर्चाको जिल्ला अध्यक्ष हुँदै माओवादीको जिल्ला नेतृत्वमा पुगेका थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका थिए ।

  • कालीकोटका कांग्रेस नेता मल्ल एमालेमा प्रवेश

    कालीकोटका कांग्रेस नेता मल्ल एमालेमा प्रवेश

    सुर्खेत । नेकपा एमाले कालीकोटले पार्टी प्रवेश अभियान सुरू गरेको छ । कालीकोट खाडाच्रक नगरपालिका- ८ साविक पाँखा गाविसका नेपाली कांग्रेसका पूर्वसभापति मानबहादुर मल्ल एमाले प्रवेश गरेका छन् ।

    उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरे ।

    केन्द्रीय सदस्य नागेन्द्र शाही नेशनलका अनुसार एक महिने अभियानअन्तर्गत काली ब मल्ल, बाटु मल्ल, नन्द बहादुर मल्ल, कृष्ण मल्ल, हर्षबहादुर मल्ल, तुलसी मल्ललगायत उनका परिवारका सदस्यलाई पनि स्वागत गराउने कार्यक्रम छ ।

  • जिल्ला कमिटी सदस्यसहित दैलेखका आधा दर्जन माओवादी एमालेमा

    जिल्ला कमिटी सदस्यसहित दैलेखका आधा दर्जन माओवादी एमालेमा

    दैलेख । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मासहित आधा दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

    एमाले जिल्ला कमिटी दैलेखले आज आयोजना गरेको जिल्ला भेलामा उनीहरु माओवादी त्यागेर एमालेमा लागेका हुन् ।

    एमाले प्रवेश गर्दै नेता विश्वकर्माले भने– नेकपा एमालेको नीति, विचार र सिद्धान्त सही लाग्यो, देशमा एमालेबाहेक अरुले समृद्धि ल्याउन नसक्ने बुझेर एमाले प्रवेश गरेको हुँ ।

    गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार समेत रहेका विश्वकर्मा आज एमाले प्रवेश गरेसँगै आठबीस नगरपालिकामा एमाले थप बलियो भएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।

  • माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य जबेगु एमालेमा

    माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य जबेगु एमालेमा

    विराटनगर । नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगु माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका जगेबुले माओवादीको पार्टी सञ्चालन शैलीप्रति असहमति जनाउँदै माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।

    जबेगु संविधानसभा सदस्य समेत हुन् । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री भएका थिए ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारीविहीन थिए ।

    माओवादीले जिम्मेवारीविहिन बनाएपछि एमाले प्रवेश गरेको उनले नेपाल प्रेसलाई बताए ।

    जबेगुले माओवादी केन्द्रनिकट लिम्बुवान मुक्ति मोर्चाको अध्यक्षको रूपमा तीन कार्यकाल नेतृत्व गरेका थिए । एमाले प्रवेश गरेका जबेगुको जिम्मेवारीबारे एमालेमा निर्णय भइसकेको छैन ।