Tag: एमाले कर्णाली

  • एमाले कर्णालीले चार पालिकाको उम्मेदवार छान्न सकेन, अध्यक्ष र इन्चार्जलाई दिइयो जिम्मा

    एमाले कर्णालीले चार पालिकाको उम्मेदवार छान्न सकेन, अध्यक्ष र इन्चार्जलाई दिइयो जिम्मा

    सुर्खेत । वैशाख ३० गतेको निर्वाचनको मिति नजिकिँदै आएपछि कर्णाली एमालेमा उम्मेदवार छनौटमा सकस देखिएको छ । दुई दिन बसेको एमालेको टिकट समन्वय समितिको बैठकले तीन पालिकाको प्रमुख र उपप्रमुख एवम एक पालिकाको उपप्रमुखमा उम्मेदवार चयन गर्न नसकेको हो ।

    ७९ ओटा पालिका मध्ये चार पालिकामा अध्यक्ष विनोद कुमार शाहलगायतका केहि पदाधिकारीको स्वार्थ बाँझिदा उम्मेदवार चयन हुन नसकेको बताइएको छ ।

    दैलेखको आठबीस नगरपालिकामा नगरप्रमुखको उम्मेदवार मध्ये सबैभन्दा बढि मत तर्क बडुवाल र उपप्रमुखमा कल्पना थापाले ल्याएका थिए । दुईदिनसम्म चलेको बैठकमा बढी मत ल्याउने मात्रै कुरा हेर्न नहुने भन्दै बैठकमा विवाद भएको थियो । अध्यक्ष लगायतका केहि पदाधिकारीहरु अरुको नाममा पनि छलफल चलाउनुपर्ने भन्दै विवाद गरेको एमाले स्रोतले बताएको छ ।

    विवाद गर्ने पदाधिकारीले खड्गराज उपाध्यायलाई नै टिकट दिनुपर्ने भन्दै लविङ गरेको थियो । यस्तै, दैलेखकै ठाँटीकाँध गाउँपालिकाको उम्मेदवार छनौटमा पनि विवाद देखिएको छ । यहाँ अध्यक्ष विनोद कुमार शाहकी श्रीमती लक्ष्मी शाह अध्यक्षको दावेदारको रुपमा छिन् ।

    दुल्लु नगरपालिकाको उपप्रमुखमा पनि पदाधिकारीहरुको स्वार्थ बाँझिएको छ । त्यहाँ पनि उपप्रमुखमा नेताहरुले गोजीको उम्मेदवार बनाउन चलखेल गर्दा वैठकले सहमति जुटाउन सकेन ।

    सुर्खेतको सिम्ता गाउँपालिकामा पनि विवाद देखिएको छ । सिम्ता गाउँपालिका सहित कर्णालीका चार ओटा पालिकामा नेताहरुले लोकप्रिय एवम जनाधार भएका नेताहरु भन्दा पनि आफू निकटकालाई टिकट दिने प्रयास गरेको पाइएको हो । अन्य सबैपालिकाको टिकट पाउनेहरुको नामावली तयार भइसकेको छ ।

    ‘हामीले केहि पालिकाको विवाद मिलाउन र उम्मेदवार चयन गर्नका लागि एमालेका अध्यक्ष शाह र इन्चार्ज यामलाल कंडेलको जिम्मा दिएका छौं ।’ एमाले प्रदेश कमिटिका उपसचिव टेकबहादुर पछाईले भने, ‘उहाँहरुले टुंगो लगाउनु हुन्छ होला ।’

    उनले बैठकमा केहि पालिकाका बारेमा सामान्य विवाद देखिएको स्वीकारे । ‘तपाईले भनेको जस्तो दैलेखका केही पालिकामा सामान्य विवाद देखिएको हो । मतदान गरेर सबैभन्दा बढि मत पाउनेलाई टिकट दिने भन्ने सहमति नभएका कारण सिफारिस भएर आएका तीन जना मध्ये छान्नु पर्ने भन्ने कुरा उठेको हो ।’ उनी भन्छन्, ‘सकभर ती पालिकाको पनि आजै टुंगो लाग्छ होला ।’

  • भोलिदेखि एमालेकाे कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम, बादल र ज्ञवाली आउने

    भोलिदेखि एमालेकाे कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम, बादल र ज्ञवाली आउने

    सुर्खेत । नेकपा एमाले केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ शनिबार सुर्खेत आउने भएका छन् । एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश कमिटीका इन्चार्ज यामलाल कंडेलका अनुसार कार्यक्रमलाई सम्बोधन गर्न पार्टी केन्द्रीय सचिव प्रदीप ज्ञवाली पनि सुर्खेत आउँदैछन् ।

    करिब २१५ जनाभन्दा बढीको सहभागिता रहने उक्त कार्यक्रमलाई चुनावलक्षित प्रशिक्षण कार्यक्रमको रुपमा लिइएको छ ।

    कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, पालिका तथा जिससका निर्वाचित प्रमुख–उपप्रमुख र पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहनेछ ।

     

  • कर्णालीबाट शाहीको उम्मेदवारी फिर्ता, केन्द्रीय सदस्यमा ६ जना नै निर्विरोध

    कर्णालीबाट शाहीको उम्मेदवारी फिर्ता, केन्द्रीय सदस्यमा ६ जना नै निर्विरोध

    सौराहा । नेकपा एमाले कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा छ जना निर्विरोध चयन भएका छन । ओलीको सूचीमा नअटाएका योगेन्द्रबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।

    उम्मेदवारी फिर्तासँगै गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य र विष्णु रिजाल निर्विरोध भएका छन् ।

    कर्णालीबाट केन्द्रीय सदस्यमा तीनजना महिला पनि निर्विरोध भएका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

  • एमाले कर्णालीका ७३ स्थानीय तहको नतिजा सार्वजनिक, दुई पालिका अध्यक्षमा महिला (सूचीसहित)

    एमाले कर्णालीका ७३ स्थानीय तहको नतिजा सार्वजनिक, दुई पालिका अध्यक्षमा महिला (सूचीसहित)

    सुर्खेत । कर्णाली प्रदेशका ७९ मध्ये ७३ स्थानीय तहमा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । तीमध्ये दुईवटा स्थानीय तहको नेतृत्वमा महिला आएका छन् ।

    अधिवेशनबाट सल्यानको सिद्धकुमाख गाउँपालिकामा पुष्पकुमारी बोहोरा र रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ब्युझना पुन देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    नेकपा एमालेका नेता गोरख बोगटीका अनुसार दैलेख र सुर्खेतमा केही विवाद छ भने सल्यानको वनगाड कुभिण्डे नगरपालिकामा अधिवेशन भएको छैन । यहाँका मेयर तथा एमाले जिल्ला अध्यक्ष गोविन्द पुनः विरामी भएका कारण अधिवेशन सम्पन्न हुन नसकेको हो ।

    हेर्नुहोस्, कुन स्थानीय तहको एमाले नेतृत्वमा को आए ?

    १. दैलेख

    नारायण नगरपालिका – चन्द्रप्रसाद उपाध्याय
    नौमुले गाउँपालिका – शशिराम विक
    गुराँस गाउँपालिका – हेम ओली
    महावु गाउँपालिका- मिन बहादुर बुढा
    भगवतीमाई गाउँपालिका – नरेन्द्रबहादुर शाही
    डुंगेश्वर गाउँपालिका – मानबहादुर विष्ट
    दुल्लु नगरपालिकामा- हर्कबहादुर खड्का
    ठाँटीकाँध गाउँपालिका – कुमार विक्रम शाही

    २. जाजरकोट

    छेडागाड नपा – गणेश बहादुर थापा
    नलगाड नपा – जनकबहादुर शाही
    कुशे गापा -जयबहादुर बिक
    बारेकोट गापा – भक्तबहादुर बस्नेत,
    शिवालय गापा- रंगनाथ योगी
    जुनिचादे गापा- कृष्ण बहादुर शाही

    ३. मुगु

    छायानाथ रारा नपा – परेकराज चौलागाईं
    खत्याड गापा – डिलबहादुर थापा
    सोरु गापा – दानबहादुर बुढा
    मुगुम कार्मारोङ गापा – रतनबहादुर बुढा

    ४. जुम्ला

    चन्दनाथ नपा – धर्मेन्द्र रोकाया
    तिला गापा- धनसिंह बुढा
    तातोपानी गापा – पुर्ण पाण्डे
    हिमा गापा – वीरबहादुर रोकाया
    सिंजा गापा – युवराज वम
    पातारासी गापा – विस्णु बुढा
    कनकासुन्दरी गापा – प्रेम पछाइ
    गुठीचौर गापा – जङ्ग महत

    ५. डोल्पा

    ठुलीभेरी नपा – धनलाल बोहरा
    त्रिपुरासुन्दरी नपा – धर्मसिङ्ह रोकया
    मुड्केचुला गापा -अमरबहादुर शाही
    जगदुला गापा – कमल रोकाया
    शेफोक्सुण्डो गापा -धावासम्डुक गुरुङ्ग
    काइके गापा – राजकुमार रोका
    डोल्पोबुद्ध गापा – पाल्जाङ्ग लामा
    छार्काताङ्सोङ गापा – खमसङ गुरुङ

    ६. सल्यान

    कालिमाटी गापा – केसर बुढा
    बाग्चौर नपा – घनश्याम शर्मा
    ,शारदा नपा – मधुशुदन शर्मा
    कपुरकोट गापा -द्रोण बहादुर केसी
    त्रीबेणी गापा – लोकेन्द्र खड्का
    छत्रेस्वरी गापा – ज्ञान बहादुर खड्का
    कुमाख गापा- भैरबबहादुर शाह
    सिद्ध कुमाख गापा – पुष्पकुमारी बोहरा
    दार्मा गापा- बलबहादुर ओली

    ७. रुकुमपश्चिम

    मुसिकोट नपा- थलबहादुर ओली
    आठबीसकोट नपा- दिनेश चन्द
    चौरजहारी नपा- अतिराम ओली
    बाफिकोट गापा- ब्युझना पुन देवकोटा
    त्रीबेणी गापा- डिल्ली बहादुर ओली
    सानीभेरी गापा- लोकबहादुर खड्का

    ८. हुम्ला

    ताजाकोट गाउँपालिका – नरदीप थापा
    अदानचुली गाउँपालिका- बुध भण्डारी
    चंखेली गाउँपालिका – टेकबहादुर शाही
    सर्केगाड गाउँपालिका- भीमबहादुर सिंह
    खार्पुनाथ गाउँपालिका- प्रकाश बहादुर शाही
    सिमीकोट गाउँपालिका- चिन रावत
    नाम्खा गाउँपालिका – टोप छिरिङ्ग तामाङ

    ९. सुर्खेत

    वीरेन्द्रनगर नगरपालिका – निलकण्ठ खनाल
    गुर्भाकोट नगरपालिका – देवबहादुर खत्री
    भेरीगंगा – नरबहादुर थापा
    लेकबेशी नगरपालिका – देवबहादुर राना
    बराहताल गाउँपालिका – हरिलाल सलामी
    पन्चपुरी नगरपालिका – धनबहादुर थापा
    चौकुने गाउँपालिका- हरिप्रसाद अधिकारी
    चिंगाड गाउँपालिका – लोकबहादुर जिसी

    १०. कालिकोट

    सान्नी त्रिवेणी गाउँपालिका-जनक केसी
    रास्कोट नगरपालिका- जसी रोकाया
    शुभकालिका गाउँपालिका – प्रदिप प्रसाद चौलागाई
    नरहरीनाथ गाउँपालिकाः- टेकबहादुर बुढा
    पचाल झरना गाउँपालिका – ऐनबहादुर शाही
    महावै गाउँपालिका – हरि शाही
    पलाता गाउापालिका – हर्ष वम
    खाँडाचक्र नगरपालिका – पुष्पराज गिरी
    तिलागुफा गाउँपालिका – विर्ष विश्वकर्मा

  • एमाले कर्णालीले पार्टी फुटाउने अध्यादेशको प्रतिकार गर्ने, भूमि आयोग पुनर्गठन गर्न माग

    एमाले कर्णालीले पार्टी फुटाउने अध्यादेशको प्रतिकार गर्ने, भूमि आयोग पुनर्गठन गर्न माग

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले दल विभाजन गराउनका लागि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ । भदौ तीन गतेदेखि बसेको प्रदेश कमिटी बैठकले तत्काल भूमि आयोग पुनर्गठन गर्न पनि माग गरेको एमाले अध्यक्ष गोरख बोगटीले जानकारी दिए ।

    ‘गठबन्धन सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले देशको संविधान, राजनीतिक स्थिरता र लामो समयदेखिको संघर्ष मार्फत स्थापित संसदीय बहुदलीय प्रणाली, राजनीतिक मूल्य तथा मान्यतामाथि गरिएको नांगो हस्तक्षेपको रुपमा लिइ उक्त अध्यादेशको सशक्त रुपमा विरोध गर्न पार्टी पंक्तिलाई आह्वान गर्दछ’ एमालेको निर्णमा भनिएको छ, ‘यो अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग पनि गर्दछ ।’

    बैठकले एमालेका सबै नेता तथा कार्यकर्ताहरुलाई पार्टी जीवनमा देखापरेका चुनौतीहरुको सामना गर्दै पार्टीमा गोलबन्द हुन र फुटपरस्त क्रियाकलापबाट प्रभावित नहुन पनि आग्रह गरेको छ ।

    पार्टी ईन्चार्ज यामलाल कंडेलले भने, ‘सबै कामरेडहरुलाई एमालेमा गरेको योगदान र बहन गरेको जिम्मेवारीलाई सम्झँदै पूर्ववत् जिम्मेवारीमा फर्कन आग्रह गर्दछौं ।’

    उनका अनुसार बैठकले मध्यपश्चिम विश्वविद्यालयमा विगत केही समयदेखि प्राज्ञिक मर्यादाविपरीतका घटना सिर्जना भएकोप्रति एमालेले चिन्ता व्यक्त गरेको छ ।

  • एमाले कर्णालीको बैठक बस्दै, पालिका अधिवेशन र सदस्यता नवीकरण एजेण्डा

    एमाले कर्णालीको बैठक बस्दै, पालिका अधिवेशन र सदस्यता नवीकरण एजेण्डा

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी बैठक भदौ तीन गते बस्ने भएको छ । सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि एमालेको पहिलो बैठक बस्न लागेको हो ।

    नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलका अनुसार एमाले प्रदेश कमिटी बैठकका मुख्य एजेण्डा पालिकाका अधिवेशन तथा पार्टी सदस्यता नवीकरण हुनेछ ।

    एमालेले असोज तीन गते वडा र नौ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

    कँडेलले बैठकमा १५० जना भन्दा बढी सदस्यको सहभागिता रहने जानकारी दिए ।

  • एमाले कर्णालीद्वारा तत्काल बजेट अधिवेशन बोलाउन माग

    एमाले कर्णालीद्वारा तत्काल बजेट अधिवेशन बोलाउन माग

    सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले तत्काल प्रदेश सभाको बजेट अधिवेशन बोलाउन माग गरेको छ ।

    दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बसेको दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट बारे छलफल गर्नका लागि तत्काल अधिवेशन आव्हान गर्न माग गरेको हो ।

    एमाले संसदीय दलका नेता यामलाल कडेलका अनुसार बैठकले संविधान तथा प्रदेश सभा नियमावलीको व्यवस्था तथा सार्वभौम प्रदेश सभालाई जनउत्तरदायी बनाई प्रदेशको भविष्यसँग जोडिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आव्हान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरिएको हो ।

    नेपालको संविधान अनुसार प्रदेश सभाले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरेको नेता कंडेलले बताए । उनले प्रदेश सभा नियमावलीको परिच्छेद १७ को नियम १३२ को दुई बमोजिम बजेट ल्याउनुपूर्व १५ दिन अघि नै विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा छलफलका लागि संसदमा प्रस्ताव गर्नुपर्ने र त्यो छलफल १५ दिन पहिले नै सम्पन्न गर्ने व्यवस्था रहेको स्मरण गराए ।

    कानूनले नै स्पष्ट कार्यतालिका निर्देशन गरेतापनि जेष्ठ १६ गतेसम्म छलफलका लागि कर्णाली सरकारबाट बजेट अधिवेशन आव्हान नभएको उनको भनाई थियो ।