Tag: एमाले अध्यक्ष ओली

  • चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउँदै

    चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउँदै

    रूपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्।

    नेकपा एमाले रुपन्देही आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली आउन लागेका हुन् । बिहान साढे १० बजे काठमाडौंमा पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत ओली बुटवल आउने छन् ।

    बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

    एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले समय छोटो भएकाले धेरै नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नबनाइएको जानकारी दिए ।

  • एमाले अध्यक्ष ओलीले आज कैलाली र कञ्चनपुरको चुनावीसभालाई सम्बोधन गर्दै

    एमाले अध्यक्ष ओलीले आज कैलाली र कञ्चनपुरको चुनावीसभालाई सम्बोधन गर्दै

    कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउन लागेका छन् । कैलाली र कञ्चनपुरमा हुन लागेको एमालेको चुनावीसभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम आउन लागेका हुन् ।

    आज एकै दिन कैलाली र कञ्चनपुरका तीन स्थानमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ११ बजे कैलालीको बर्दगोरीया गाउँपालिकामा १ बजे कञ्चनपुरको बेलौरी नगरपालिकामा र ३ः३० बजे कैलालीको धनगढी उपमहानगरपालिकामा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भले जानकारी दिए ।

    चुनावी आमसभालाई सम्बोधन गर्न ओली अध्यक्ष भएपछि पहिलोपटक कैलाली र कञ्चनपुर आउन लागेका हुन् ।

  • एमाले अध्यक्ष ओली भन्छन्– मैले चलाएका अभियानको जस देउवाले लिन खोज्दैछन्

    एमाले अध्यक्ष ओली भन्छन्– मैले चलाएका अभियानको जस देउवाले लिन खोज्दैछन्

    नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप लगाएका छन् । नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत्को खपत बढाउन आग्रह गर्न थालेको भन्दै उनले भने– हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको सरकार ।

    नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको दाबी पनि गरे । ‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो’ उनले भने, ‘तर, हामीले गरेको विकासविरोधी गठबन्धनलाई मन परेन ।’

    ‘सुरुङ खनिँदै थियो, विद्युत्को ट्रान्समिसन लाइन बन्दै थियो, पानीका नहर बन्दै थिए’, ओलीले भने, ‘अहिले हामीलाई विकास गर्नबाट रोकिएको छ, तर फेरि पालो आएपछि अधुरा योजना पूरा गर्छौ ।’

  • चितवनमा पालैपालो शीर्ष नेताः एमाले अध्यक्ष ओली पनि आउँदै, पार्टीको महाधिवेशनस्थल अवलोकन गर्ने

    चितवनमा पालैपालो शीर्ष नेताः एमाले अध्यक्ष ओली पनि आउँदै, पार्टीको महाधिवेशनस्थल अवलोकन गर्ने

    चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आउन लागेका छन् । एमाले भरतपुर महानगर कमिटिको अधिवेशन उद्घाटन र केन्द्रीय महाधिवेशन स्थल अवलोकन गर्न चितवन आउन लागेका हुन् ।

    एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार कात्तिक १५ गते ओली चितवन आउन लागेका हुन् । भरतपुर हाकिमचोकमा रहेको सिएमटी रिसोर्टमा महानगरको अधिवेशन १५ गते बिहान ११ बजेदेखि सुरु हुनेछ ।

    ‘अध्यक्ष ओली पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहा पनि पुग्ने कार्यक्रम छ’, रावलले भनिन्, ‘माडी अयोध्याधाम पनि जाने सम्भावना छ।’

    एमालेको यही मंसिर १०–१२ गते चितवनमा केन्द्रीय महाधिवेशन हुँदैन । महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख जनता उतार्ने एमालेको तयारी छ । बन्दसत्रमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

    एमाले चितवन क्षेत्र नम्बर ३ का अध्यक्ष श्याम विष्टले अध्यक्ष ओलीले माडीको अयोध्याधाम पनि भ्रमण गर्नेछन् ।