Tag: एमालेमा प्रवेश

  • मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय एमालेमा प्रवेश

    मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय एमालेमा प्रवेश

    काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम एकता समाज काठमाडौंको सिंगो समिति एमालेमा प्रवेश गरेको छ ।

    शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजसम्वद्ध सबै सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

    समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष कमालले एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरु एमाले समाहित भएको बताए ।

    समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा समाजबाहेक अन्य जनजाति संस्थामा आवद्ध रहेका क्रियाशील अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेविरुद्ध अहिले निर्माण भएको गठबन्धनलाई आगामी वैशाख ३० गते हुने निर्वाचनमार्फत जवाफ दिने बताए ।

  • सुनकोशी- ७ का तरुण दल अध्यक्ष कार्कीसहितको टोली एमालेमा प्रवेश

    सुनकोशी- ७ का तरुण दल अध्यक्ष कार्कीसहितको टोली एमालेमा प्रवेश

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- ७ का तरुण दल अध्यक्ष सैलेन्द्र कार्कीसहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । आज बिहान एक कार्यक्रमबीच कार्कीसहितको टोली एमालेमा प्रवेश गरेको हो ।

    उनीहरुलाई एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका टपिन्द्र तिमल्सिना र वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार ईश्वर तिमल्सिनाले एमालेमा स्वागत गरेका थिए ।

    नवप्रवेशीहरुलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने अध्यक्षका उम्मेदवार तिमल्सिनाले बताए ।

    सुनकोशीमा एमाले र माओवादीले चुनावी तालमेल गरेका छन् ।

  • चौताराका १४ युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

    चौताराका १४ युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

    काठमाडौं । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १४ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका– १२ का १४ युवा आज एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई नेकपा एमालेका नेता दावा तामाङले पार्टीमा स्वागत गरेका हुन् ।

    चौतारामा एमाले, कांग्रेस र माओवादी–नेकपा एसको त्रिपक्षीय प्रतिस्पर्धा छ ।

  • नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

    नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

    काठमाडौं । नेकपा एस स्याङ्जाका पार्टी सचिव टीकाराम नेपाली र अनेरास्ववियूका केन्द्रीय उपमहासचिब मेघनाथ चापागाईँसहित दजनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

    हिजो एक कार्यक्रमबीच नेकपा एसका गण्डकी प्रदेश समिति सदस्य नेत्रबहादुर थापासहितको टोलीको एमालेमा प्रवेश गरेको हो । एमाले प्रवेश गर्नेहरुमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल, जिल्ला कमिटी सदस्यहरु मिलन सुवेदी र दिपक नेपाली, एस निकट युवा संघका केन्द्रीय सदस्य बरुण चौधरी, युवा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार, सचिव बुद्धीमान श्रेष्ठ, संगम कुमाल, नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपालीलगायत रहेको एमालेले जनाएको छ ।

    उनीहरुलाई एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सीता सुन्दासलगायतले पोखरामा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए ।

  • काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

    माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई सोमबार बिहान एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौं जिल्लाका र्इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वाम आन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए । आफू २०३६ सालदेखि वाम आन्दोलनमा लागेको भन्दै उनले माओवादीमा आबद्ध भएको २५ वर्षपछि कांग्रेससँग गठबन्धन गरेकोमा चित्त नबुझेर उम्मेदवारी नै छाडेर एमालेमा प्रवेश गरेको बताए ।

    महर्जनले केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ स्थापितको टीमलाई जिताउन हिँड्ने बताए । एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटी सदस्य रहेको एमालेका काठमाडौं जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिए ।

    केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल पनि एमालेमा प्रवेश गरेका थिए ।

  • नेकपा एस दैलेखका उपसचिव लामिछाने एमालेमा प्रवेश

    नेकपा एस दैलेखका उपसचिव लामिछाने एमालेमा प्रवेश

    सुर्खेत । नेकपा एस दैलेखकी जिल्ला कमिटी उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एस दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएकी हुन् ।

    उनीसहित नेकपा एसका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रवीन्द्र प्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन् ।

    ‘हामी बाटो बिराएर सत्ताविना एकक्षण बाहिर बस्न नसक्ने समूहमा गएका थियौं’, अमृताले भनिन्, ‘ढिलै भएपनि हामी आफ्नै मूलघरमा फर्किएका छौं ।’

    उनले बाटो बिराएर अन्यत्र गएकाहरुलाई पनि एमालेमै फर्किन आग्रह गरिन् ।

  • रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश

    रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश

    रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाका मुस्लिम अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खान एमालेमा प्रवेश गरेका छन् । पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व.काशिम खानका छोरा उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिइ ५ सय ८० मात्र मतले पराजित भएका थिए ।

    उनको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खान लगायत करिब ६० जनाको संख्यामा पार्टी प्रवेश गरेको पार्टीको गाउँपालिकाका सचिव लाला लोधले बताए ।

    मायादेवी गाउँपालिका वडानम्बर ५ निवासी खानसहितको टीमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन् ।

    मुस्लिम समुदायको हक अधिकारको लागि अन्य पार्टीको तुलनामा एमालेको भूमिका महत्वपूर्ण रहेकाले आफुले नेकपा एमाले रोजेको रियाजुद्धिन खानले बताए ।

    एमाले सचिव छविलाल विश्वकर्माले मायादेवी गाउँपालिकामा खानको पार्टी प्रवेशले एमाले थप बलियो भएको बताए । तराईमा एमालेको जनलहरले सबैतिर उत्साह आएको उनको भनाइ थियो ।

    गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाला लोधले यसअघि यहाँको स्थानीय सरकारले सम्झनलायक एउटा पनि काम नगरेको बताउँदै आफुले निर्वाचन जिते जनताले अनुभव पाउनेगरी काम गर्ने दावी गरे ।

    यसअघि एमाले अध्यक्ष केपी ओली आफै रुपन्देहीको लुम्बिनीमा आएर ठूलो संख्यामा एमाले प्रवेश गराएका थिए भने एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा प्रवेश गराएका थिए ।

  • नुवाकोट माओवादीलाई झट्का, नेता ओझासहित ठूलो समूह एमालेमा प्रवेश

    नुवाकोट माओवादीलाई झट्का, नेता ओझासहित ठूलो समूह एमालेमा प्रवेश

    नुवाकोट । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नुवाकोट माओवादीलाई ठूलो झट्का लागेको छ । नेता नमराज ओझासहितको ठूलो समूह एमालेमा प्रवेश गरेपछि माओवादीलाई झट्का लागेको हो ।

    जिल्ला अध्यक्ष हिरानाथ खतिवडाका निकट मानिएका नुवाकोट प्रदेश २ ‘ख का संयोजक ओझासहितको टोली हिजो एमाले प्रवेश गरेको हो । ओझा विदुर नगरपालिकामा निकै प्रभाव पार्नसक्ने नेताका रुपमा चिनिन्छन् ।

    ओझासहित १०९ जना नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

  • कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सयजना एमालेमा प्रवेश

    कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सयजना एमालेमा प्रवेश

    रुपन्देही । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीको गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

    नेता चौधरीको नेतृत्वमा दुई सय जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका जिल्ला सदस्य सन्दिप गुप्ताले बताए । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायत विभिन्न परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको गुप्ताले जानकारी दिए । उनले गैडहवा एमालेको बलियो आधार क्षेत्र बन्दै गएको दाबी गरे ।

    एमाले गैडहवा गाउँपालिका कमिटीको आयोजनामा भएको स्थानीय निर्वाचन परिचालन कमिटी प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए ।

    कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । एमालेकै नेतृत्वमा मात्र मुलुकमा विकास हुने उनको भनाइ थियो । उनले एमालेको देशव्यापी जनलहरबाट सत्तारुढ गठबन्धन दलहरु अत्तालिएको बताए ।

  • रौतहटको राजपुरका मेयर अख्तर दुई वडाध्यक्षसहित कांग्रेस छाडेर एमालेमा प्रवेश

    रौतहटको राजपुरका मेयर अख्तर दुई वडाध्यक्षसहित कांग्रेस छाडेर एमालेमा प्रवेश

    काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर शुक्रबार नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकोट पुगेर कांग्रेसबाट निर्वाचित मेयर अख्तर दुई वडाध्यक्षसहित एमालेमा प्रवेश गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा रौतहटका नेता प्रभु साहले अख्तरको टोलीसँग वार्ता गरेका थिए ।

    मेयरसँगै वडा नम्बर ३ र ९ नम्बर वडाका वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरुसँगै कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मन्जुर पनि एमालेमा प्रवेश गरेका छन् ।

    मधेसका विभिन्न जिल्लाका पालिकामा यसअघि कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित जनप्रतिनिधिहरु एमाले प्रवेश गर्ने क्रम बढेको छ । रौतहटका कांग्रेसबाट निर्वाचित अरु जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने कार्यक्रम आयोजना हुन लागेको साहले बताएका छन् ।

  • नुवाकोट कांग्रेसका पूर्वउपसभापति थापा एमालेमा प्रवेश

    नुवाकोट कांग्रेसका पूर्वउपसभापति थापा एमालेमा प्रवेश

    काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनी बिहीबार बिहान एमाले प्रवेश गरे हुन् । उनीसहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले बताए ।

    कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुन् । नुवाकोटमा २०५४ मा अधिकांश स्थानमा एमाले र राप्रपाले जित्दा उनी कांग्रेसबाट विजयी भएका थिए ।

  • माधव नेपालको निर्वाचन क्षेत्रका वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश

    माधव नेपालको निर्वाचन क्षेत्रका वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । मंगलबार बिहान एक कार्यक्रमबीच काठमाडौंस्थित कागेश्वरी मनहरा नगरपालिका– ७ का वडाध्यक्ष जीवन थापासहित ५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

    थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    त्यस्तै नेकपा एसका काठमाडौं जिल्ला कमिटी सदस्य एवम् कागेश्वरी मनहरा– ९ का वडा सदस्य डोलनाथ पोखरेल पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र मणिराम फुयाँलले पार्टीमा स्वागत गरेका थिए ।

  • सांसद बृजेश गुप्तासहित विभिन्न दलका नेता एमालेमा प्रवेश गराउन ओली कपिलवस्तु जाँदै

    सांसद बृजेश गुप्तासहित विभिन्न दलका नेता एमालेमा प्रवेश गराउन ओली कपिलवस्तु जाँदै

    काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् ।

    एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लागेका हुन् ।

    एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावीसभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ ।

    एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले सोमबारको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने वताए ।

    चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ वाट पाँच हजार वढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने सो पार्टीले जनाएको छ ।

    यसअघि समाजसेवी मंगलप्रसाद गुप्तासहित चार हजार बढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली तीन महिना पहिले कपिलवस्तु आएका थिए ।

    अध्यक्ष ओलीले सोमबार बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भैरहवाको कार्यक्रम सकेर दिउँसो उनी तौलिहवा जानेछन् । साँझ फर्केर बुटवल बस्ने एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

    त्यस्तै मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उदघाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडासदस्यका जनप्रतिनिधिसहित ठूलो संख्यामा एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

  • अभिनेत्री करिश्मासहित दर्जनौ नेता-कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    अभिनेत्री करिश्मासहित दर्जनौ नेता-कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौं नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दैछन् । एक कार्यक्रमबीच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन् ।

    दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरुलाई स्वागत गर्नेछन् ।

    चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छन् । उनी यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् ।

  • वीरगञ्ज महानगरका मेयरपछि दुई वडाध्यक्षसहित दजनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश (सूचीसहित)

    वीरगञ्ज महानगरका मेयरपछि दुई वडाध्यक्षसहित दजनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश (सूचीसहित)

    काठमाडौं । वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेको केही दिनपछि थप दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

    महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

    एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।

    उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।

    हेर्नुहोस् विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताको सूची

  • माओवादीका प्रमुख सचेतक विष्टसहित १५० नेता कार्यकर्ता एमालेमा प्रवेश, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

    माओवादीका प्रमुख सचेतक विष्टसहित १५० नेता कार्यकर्ता एमालेमा प्रवेश, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

    सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

    एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो।

    प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

  • समाजवादीनिकट अनेरास्ववियू दाङका अध्यक्ष एमालेमा प्रवेश

    समाजवादीनिकट अनेरास्ववियू दाङका अध्यक्ष एमालेमा प्रवेश

    दाङ । दाङमा नेकपा ‍(एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । अनेरास्ववियू दनङका अध्यक्ष तुलसीपुर-१६ निवासी धर्मराज (डि.आर.) भण्डारी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

    अनेरास्वीयू दाङका अध्यक्ष भण्डारीलाई एमाले दाङका सचिव मनोहर बुढाथोकी, तुलसीपुर नगर अध्यक्ष माधव वली, नगर इन्चार्ज मानवहादुर रावत लगायतले टीका लगाई एमालेमा स्वागत गरेका थिए ।

    पार्टी विभाजन अघि पनि पनि अनेरास्वीयुमा सक्रिय रहेका भण्डारी पार्टी विभाजन पछि समाजवादीमा सक्रिय भएका थिए ।

  • गुल्मीका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश, गोकर्ण विष्टले गरे स्वागत

    गुल्मीका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश, गोकर्ण विष्टले गरे स्वागत

    रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारामा विभिन्न पार्टी परित्याग गरेका दर्जनौं स्थानीयलाई एमालेमा प्रवेश गराएका छन् ।

    विष्टले शनिबार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिका अध्यक्ष बाबुराम खड्कासहितको ठूलो समूहलाई एमालेमा प्रवेश गराएका हुन् ।

    उनीसहित कांग्रेस, माओवादी केन्द्र र विवेकशील साझा पार्टीबाट दर्जनौं नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले नेता हरि पोखरेलले बताए । पार्टी प्रवेश गर्ने खड्कासहितका अगुवा कार्यकर्तालाई एमाले केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्ट, एमाले जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछासहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत तथा सम्मान गरेका थिए ।

    सो अवसरमा बोल्दै नेता विष्टले एमसिसी सत्ता गठबन्धनलाई तातो दूध निल्नु न ओकल्लु भएको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दुई जिब्रे प्रवृत्तिको कारण एमसीसीको विवाद बल्झाएर गठबन्धनले अराजकता सृजना गरेको बताए ।

    उनले एमसिसीको विषयमा प्रचण्डले अमेरिका सहमतिको पत्र पठाएर सदनमा असमति र सडकमा आन्दोलन गरिएकोले दुई मित्र राष्ट्र अमेरिका र चीनका विरुद्धमा नागरिकमा भ्रम फैलिरहेको बताए । नेकपा एमालेको उद्देश्य नै जनताको समृद्धि भएकाले सत्ता बाहिर हुँदा पनि एमालेप्रतिको जनलहर बढिरहेको विष्टले बताए ।

    कार्यक्रममा जिल्ला इन्चार्ज दिनेश पन्थीले देशभर एमाले पार्टी प्रवेश गर्नेहरूको जनलहर देखेर कांग्र्रेस माओवादी अत्तालिएको बताए । उनले अब जनता झुक्याएर र सत्ताको दुरुपयोग गरेर चुनाव जित्ने अवस्था नरहेकाले माओवादी, काङ्ग्रेस र समाजबादी लगायतका पार्टीबाट नेता कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेको बताए ।

    त्यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले आगामी निर्वाचनहरुमा पिपलधारामा एमालेको लालझन्डा फहराउने बताए । उनले गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको राम्रो अभिमत हुँदाहुँदै काङ्ग्रेस माओवादी चुनावी समीकरणको कारण आफूहरु पराजित भएको बताए ।

    उनले सबै प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता जनाए । एमाले प्रवेश गर्ने एकीकृत समाजवादीका नेता खड्काले पार्टीको आन्तरिक जीवनमा केहि असहज परिस्थिति देखापरेकाले केही समय पार्टीबाट टाढा भएपनि अब अझ अठोट र ऊर्जाका साथ काम गर्ने बताए ।

  • इनरुवाको मेयरका प्रत्यासी प्रभावशाली कांग्रेस नेता मेहता एमालेमा प्रवेश

    इनरुवाको मेयरका प्रत्यासी प्रभावशाली कांग्रेस नेता मेहता एमालेमा प्रवेश

    काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेशका हस्तिहरु धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् ।

    स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कार्यकाल सकिने पूर्वसन्ध्यामा एमाले प्रवेश गरिरहेका बेला सुनसरीको इनरुवा नगरपालिकाका पराजित मेयर उम्मेदवार मनोज कुमार मेहता शुक्रवार एमालेमा प्रवेश गरेका हुन् ।

    इनरुवाका प्रभावशाली युवा नेता तथा व्यवसायी मेहता एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टीी प्रवेश गरेयका हुन् ।
    एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गरेका थिए ।

    नेपाली काँग्रेसको राजनीतिमा लामो समय विताएका मेहता पछिल्लो स्थानीय तह निर्वाचनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरको उम्मेदवार भई २ हजार ७ सय मत प्राप्त गरेर तेस्रो स्थानमा थिए ।

    फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएसँगै उनी पुनः कांग्रेसमा क्रियाशील थिए ।पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालीन सभापति स्व।गिरिजा प्रसाद कोइराला, काँग्रेसका प्रभावशाली नेता बिजय गच्छदारसँग नजिक रहेर काम गरेका मेहताको एमाले प्रवेशले इनरुवामा करीव एक हजार मतले पराजित भएको एमालेलाई जित सहज भएको नेताहरुले बताएका छन् ।

     

  • नवलपरासी बुलिङटारका ४३५ युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

    नवलपरासी बुलिङटारका ४३५ युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

    कावासोती । बुलिङटार गाउँपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेस परित्याग गरी ४ सय ३५ जना एमालेमा प्रवेश गरेका छन् । भोला लुङ्गेलीमगर, पारस थापा र गोपाचन्द्र ठाडाको नेतृत्वमा यूवाहरु एमाले प्रवेश गरेका हुन् ।

    एमालेका जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति रोनशबहादुर गाहामगरले उनीहरुलाई टीका अबिर र खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।

    २०४८ सालदेखि नेपाली कांग्रेसको एकछत्र रहेको गाउँका युवाहरु एमाले प्रवेश गरेका हुन् । ‘कांग्रेसको कुशासन’ सहन नसकेर एमालेमा प्रवेश गरेको भोला लुङ्गेलीमगरले बताए ।

    एमालेमा प्रवेश गरेका युवा युवा गोपालचन्द्र ठाडाले भने, ‘विकास र सामाजिक न्यायका लागि एमाले रोजेका हौं ।’

    कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रचार विभागका सदस्य एवम् युवा नेता विद्रोही गिरीले बुलिङटारमा एमालेको लहर बढेको भन्दै एमालेमा सबैको उचित जिम्मेवारी हुने बताए ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र काँग्रेस महामन्त्री डां शशांक कोइरालाको निर्वाचन क्षेत्रबाट विकास र न्यायको आशा मरेकाले एमाले प्रवेश गरेको गिरीले बताए ।

    देउराली, पेलेगा, रामकोट, भेलौरी, छरछरे, कोटा, बोझा, बरिमल भाङवारीलगायका ठाउँका काँग्रेस कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । सोही अवसरमा अर्खलाबाट ३२ जना , बुलिङटार –३ बाट १५ जना, कोटथरबाट २८ जना र भारतीपुरबाट एक जनासमेत प्रवेश भएका थिए ।

    कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु कृष्ण घिमिरे, टंकनाथ गिरी, टंक माकिम, बुलिङटार गाउँ कमिटी अध्यक्ष मनवीर पुलामी, स्थानीय कोशराज पौड्याल, बलराम लामिछाने, सर्गबहादुर पुलामी र टंकप्रसाद आलेले मन्तव्य राखेका थिए ।

  • सिन्धुपाल्चोकमा एमालेको आक्रामक अभियान, सिंगो बस्तीका सबै एमालेमा प्रवेश

    सिन्धुपाल्चोकमा एमालेको आक्रामक अभियान, सिंगो बस्तीका सबै एमालेमा प्रवेश

    सिन्धुपाल्चोक । कात्तिक ६ गते सिन्धुपाल्चोकका १०३ वडामा एकैसाथ अधिवेशनको तयारीमा रहेको नेकपा एमालेले त्यसको पूर्वसन्ध्यामा विभिन्न वडाका बस्ती–बस्तीमा पुगेर भेटघाट तथा छलफल गरिरहेको छ । जसक्रममा बलेफी गाउँपालिका– ७ चिम्लीङमा भएको भेलामा सिंगो बस्तीका सबै नै एमालेमा प्रवेश गरेका छन् ।

    यसअघि माओवादी केन्द्रमा रहेका दलित बस्तीका सबै स्थानीय एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार बिहान दलित बस्तीमा भएको भेटघाट र छलफलपछि सबै नै एमालेको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदै एमालेमा प्रवेश गरेको नेकपा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बलेफी गाउँपालिका अध्यक्षसमेत रहेका केदार क्षत्रीले जानकारी दिए ।

    दलित बस्तीमा रहेका करिब ५० जना एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रमा रहेका उनीहरु सबै एमालेमा प्रवेश गरेपछि बलेफी–७ मा आफूहरुको संगठन अब पहिलाको भन्दा झन् बलियो भएको क्षेत्रीले बताए ।

    नवप्रवेशीहरुलाई क्षत्रीले खादा, अबिर लगाएर एमालेमा प्रवेश गराएका थिए । एमाले भित्रको अन्तरविरोध साम्य भएपछि बलेफीका विभिन्न वडाहरुबाट कांग्रेस, माओवादीलगायतका दलबाट एमालेमा हालसम्म करिब ३ सय प्रवेश गरेको क्षत्रीले दाबी गरे ।

    वडा अधिवेशनमा पनि सबै वडाहरुबाट विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको सूची लामो रहेको अध्यक्ष क्षत्रीले बताए ।

    पार्टीमा समस्या हुँदा केही समय आफूहरु पार्टीको काममा सक्रिय हुन नपाएको र अहिले नेकपा एमाले एकताबद्ध भएपछि एकताको सन्देश लिएर गाउँगाउँमा पुग्दा स्थानीय उत्साही भएको क्षत्रीले बताए ।

  • सुर्खेत माओवादी जिल्ला कमिटी सदस्यसहित दर्जनौं एमालेमा प्रवेश

    सुर्खेत माओवादी जिल्ला कमिटी सदस्यसहित दर्जनौं एमालेमा प्रवेश

    सुर्खेत । नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, हरिकला चपाई, पवित्रा चपाई, अम्विका आचार्य, भवानी पौडेल, नेपाली कांग्रेसका क्रियाशील सदस्य लक्ष्मीप्रसाद लामिछाने र लक्ष्मीप्रसाद सापकोटालगायतले आजबाट एमाले रोजेका हुन् ।

    एमाले वीरेन्द्रनगर नगरपालिका-२ नम्बर वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा नवप्रवेशीलाई एमाले अनुशासन आयोगका सदस्य बालाराम शर्माले स्वागत गरे ।

    नव प्रवेशी सुनारले माओवादीले सुकुम्बासी र गरिव जनताको एजेन्डा छाडेर वर्ग शत्रु मान्दै आएको कांग्रेसको पछि लागेकोले आफू सो पार्टी छाडेको बताए ।

  • प्रचण्ड चितवन आएकै दिन माओवादी केन्द्रका नेतासहित ४५ जना एमालेमा प्रवेश

    प्रचण्ड चितवन आएकै दिन माओवादी केन्द्रका नेतासहित ४५ जना एमालेमा प्रवेश

    चितवन । प्रचण्ड चितवन आएकै दिन नेकपा माओवादी केन्द्रसहितका ४५ जना नेता एमालेमा प्रवेश गरेका छन् ।

    एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका नेता, वाईसियल, एकिकृत समाजवादीका वडा सदस्य,नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

    माओवादी क्रान्तिकारी जिल्ला उपाध्यक्ष शिवराज कँडेल, राप्ती २ वाईसियल सहइन्चार्ज सागर चाम्लिङ राई, एकिकृत समाजवादी वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतान, नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समावादीका वडा सदस्य पुकार राई, पवन राई, प्रसुन राई, काँग्रेस प्रतिनिधी रमा उप्रेती वन्जरा लगायत एमाले प्रवेश गरेका छन् ।

    उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं पूर्व मन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गरे ।