Tag: एमसीसीविरोधी

  • सत्तागठबन्धनका एमसीसीविरोधी नेताको बैठक सकियो

    सत्तागठबन्धनका एमसीसीविरोधी नेताको बैठक सकियो

    काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताबीच बसेको बैठक सकिएको छ ।

    यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायत नेताबीच बैठक बसेको थियो । माओवादी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बैठक बसेको हो ।

    माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निष्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

    केहीबेरमा सत्तागठबन्धनको बैठक बस्दैछ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

    सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

    पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ ।

  • क्याम्पसको क्यान्टिनबाट एमसीसीविरोधी पक्राउ

    क्याम्पसको क्यान्टिनबाट एमसीसीविरोधी पक्राउ

    काठमाडौं । थापाथली क्याम्पसको क्यान्टिनबाट एमसीसी विरुद्धका अभियन्ता निर्ग नवीन र खुमाकुमार बर्तौलालाई प्रहरीले पक्राउ गरेको छ ।

    क्यान्टिनमा चिया खाइरहेको बेला उनीहरूलाई पक्राउ गरिएको अभियन्ता गोविन्द भण्डारीले जानकारी दिए ।

    पक्राउ परेका दुई जनालाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

    निर्ग नवीन एमसीसी खारेज राष्ट्रिय अभियानका संयोजक हुन् भने बर्तौला मोहन वैद्यनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन् ।

    यसअघि हिजो एमसीसीविरूद्ध प्रदर्शनको क्रममा बानेश्वरबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।