Tag: एपिएफ

  • आरबीबी-एनभीए भलिबल लिगमा एपिएफ र न्यू डायमण्ड विजयी

    आरबीबी-एनभीए भलिबल लिगमा एपिएफ र न्यू डायमण्ड विजयी

    काठमाडौं । जारी आरबीबी-एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा महिला तर्फ नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब विजयी भएका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले भरतपुर मेट्राे खेलकुद परिषदलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

    दोस्रो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । पहिलो खेलमा एपीएफले भरतपुर विरुद्ध २५-१३,२५-७,२५-९ को नतिजा निकाल्यो ।

    दोस्रो खेल्मा न्यू डायमण्डले पुलिसलाई २५-२२,२५-२२,२५-१६ ले पराजित गर्‍यो ।

    एपीएफ ४ खेल बाट १० अंकसहित लिग तालिका को दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंकसहित सेटको आधारमा न्यू डायमण्ड लिग तालिकाको शीर्ष स्थानमा छ । पुलिस र आर्मीको बराबर ८ अंक छ ।

    पुलिसले अर्को खेलमा बुधबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । न्यू डायमण्डले एपिएफसँग प्रतिष्पर्धा गर्नेछ ।

  • एपीएफ र हेल्प नेपाल शीर्ष स्थानमा

    एपीएफ र हेल्प नेपाल शीर्ष स्थानमा

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् । एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।

    यस्तै हेल्प नेपालले पनि ३ खेलमा तीनै खेल जित्दै एपिएफ संग समान अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । ७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् ।

    नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन् । राष्ट्रिय बाणिज्य बैंकको प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ सेनाको त्रिभुवन आर्मी क्लब र पुलिसको एनपिसी ३ खेलमा तीनै खेल जित्दै समान ८-८ अंकका साथ शिर्ष स्थानमा रहेका छन् ।

    आर्मीले ह्वाङ्गजी न्यू डायमण्डसंग र पुलिसले एपिएफसंग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँट्न बाध्य भएका थिए । यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ ।

    भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् । शिर्ष दुई टोलीले फाईनलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । आज भएको महिलातर्फको खेलमा पुलिस र सेनाले जित हात पार्यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-९, २५-५, २५-५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५-९, २५-८, २५-१३ ले पराजित गरेको हो । यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५-१८, २५-१९, २५-११ ले पराजित गर्यो । तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१-२५, २५-१८, २६-२४ र २५-२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।

  • तस्वीरमा हेर्नुहोस् एपिएफको उपाधि ‘सेलिब्रेसन’

    तस्वीरमा हेर्नुहोस् एपिएफको उपाधि ‘सेलिब्रेसन’

    काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको राष्ट्रिय महिला लिगमा ‘इन्भिन्सिबल’ रहँदै एपिएफ क्लब च्याम्पियन बन्यो । सतप्रतिशत नतिजासहित लिग लिडर रहेको एपिएफले दुई खेल अगावै उपाधि सुनिश्चित गरिसकेको थियो ।

    र, शुक्रबार भएको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० को नतिजामा पराजित गर्दै लिगको सुखद् सुरुआत गर्‍यो । पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् ।

    दोस्रो हाफमा थप आक्रमक बनेको एपिएफका लागि ८६औं मिनेटमा अनित केसीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । लिगको मोस्ट भ्यालुएबल खेलाडीसमेत घोषित भएकी सरुले इन्जुरी समयमा व्यक्तिगता दोस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरिन् ।

    लिगमा एकतर्फी नजिता निकाल्दै च्याम्पियन बनेको एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ ।

    त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ । फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गरे ।

    लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गरे ।

        
           
  • महिला राष्ट्रिय लिग फुटबलमा एपिएफको अपराजित यात्रा कायमै

    महिला राष्ट्रिय लिग फुटबलमा एपिएफको अपराजित यात्रा कायमै

    काठमाडौं । उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न सोमबारको पहिलो खेलमा एपिएफले पुलिसलाई २–१ ले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो ।

    पहिलो हाफ गोल रहित बराबरी खेलेका विभागीय डर्बीमा पुलिसले ६९औं मिनेटमा उपहार गोल दिएपछि आफै दबाबमा परेको थियो । घिम कुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो । दबाब दिँदै खेल पस्किएको पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन् ।

    अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविना गोलले गोल गर्दै एपिएफको अग्रता २–१ मा पु¥याइन् । त्यसपछि दबाबमा परेको पुलिसले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र एपिएफले पुलिसमा संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

    रोमाञ्चक जित निकालेको एपिएफले १० औं खेलमा अपराजित यात्रालाई निरन्तरता दिँदा उपाधि नजिक पुगेको छ । १० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ शीर्ष स्थानमा यथावत रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ । पराजयसँगै पुलिसको उपाधि उचाल्ने समिकरण समाप्त भएको छ ।

    लिग अन्तर्गत सोमबार नै सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई १–० ले स्तब्ध बनाएको छ । ३५औं मिनेटमा भारतीय खेलाडी आशा कुमारीले गरेको गोल निर्णायक बनेको थियो । विपक्षी खेलाडीले लडाएपछि प्राप्त फ्रिकिकमा आशा कुमारीले बललाई जाली चुमाउन सफल भएकी थिइन् । पहिलो हाफ लिएको अग्रता पछि दोस्रो हाफमा खेलमा फर्किने संघर्ष गरेको वालिङले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो ।

    जितसँगै विराटनगरले १० खेलबाट १३ अंक जोडेको छ । विराटनगर तालिकाको पाँचौ स्थानमा रहँदा अंक सुम्पिएको वालिङको १४ अंक छ । वालिङ तालिकाको तेस्रो स्थानमा छ । पुुलिससँग समान अंक भए पनि गोल अन्तरका आधारमा वालिङ तेस्रो स्थानमा अटाएको हो ।

  • आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा

    आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा

    काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिगको उपाधि दाबेदार मानिएका दुई विभागीय टोली हुन्, एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब । तर, मंगलबार भएको यी दुई टोलीको खेलमा  एपिएफ क्लबले २–० को जित दर्ता ग¥यो ।

    सुरुआतमा प्रतिस्पर्धात्मक देखिएको खेल एपिएफले गोल गर्ने बित्तिकै उसैको पक्षमा देखियो । अञ्जली योञ्जनले २७औं मिनेटमा गरेको गोलसँगै खेलमा अग्रता लिएको एपिएफका लागि पहिलो हाफको इन्जुरी समयमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् ।

              
  • सावित्राको ह्याट्रिकमा एपिएफको शानदार जित

    सावित्राको ह्याट्रिकमा एपिएफको शानदार जित

    काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकालाई ६–० ले पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफका लागि सावित्राले १४औं, ६२औं र ७२औं मिनेटमा गोल गरिन् ।

    सावित्राको गोलबाट अग्रता लिएको एपिएफका लागि २२ औं मिनेटमा अन्जली योन्जनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । चन्द्रपुरमाथि हाबी बनेको एपिएफले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

    दोस्रो हाफमा पनि दबदबा कायम राखेको एपिएफका लागि सावित्राले ६२औं मिनेटमा व्यक्तिगत दोस्रोा गोल गरिन् । त्यसको दुई मिनेट बित्न नपाउँदै एपिएफकी कप्तान अनिता बस्नेतले टोलीका लागि चौथो गोल गरेकी थिइन् ।

    सावित्राले ७३औं मिनेटमा ह्याट्रिक पूरा गरेसँगै ५–० को अग्रता बनाएको एपिएफका लागि सब्स्टिच्युड खेलाडी प्रिती राईले ८९औं मिनेटमा अन्तिम गोल गरिन् ।

    जितसँगै उपाधि दावेदार एपिएफले तीन अंक जोडेको छ । बुधबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका थिए ।