Tag: एन्टीजेन परीक्षण

  • अग्रपंक्तिमा खटिने सबै कर्मचारीले साताको दुईपटक एन्टीजेन परीक्षण गर्नुपर्ने

    अग्रपंक्तिमा खटिने सबै कर्मचारीले साताको दुईपटक एन्टीजेन परीक्षण गर्नुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने सबै व्यवसायी एवं कर्मचारीको साताको दुईपटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुईदिन एन्टीजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने भनिएको छ ।

    योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुईपटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

  • बैठकलाई लक्षित गर्दै सांसदहरूको कोरोना परीक्षण (भिडियो)

    बैठकलाई लक्षित गर्दै सांसदहरूको कोरोना परीक्षण (भिडियो)

    काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आव्हान भएसँगै सांसदहरूको कोरोना परीक्षण थालिएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले बैठकमा सहभागी हुन संघीय संसद भवन परिसरमा सांसदहरूको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । संघीय संसद भवन नयाँबानेश्वरमा प्रतिनिधीसभाका सांसदहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण थालिएको हो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासको विघटित प्रतिनिधिसभा पुन:स्थापनाको आदेशसँगै शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे संसद बैठक आव्हान गरेकी छन् ।

    सभामुख अग्नि सापकोटाले संसद बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा आज बिहान संसद भवनका सभाकक्षलगायतको स्थलगत अवलोकन गरेका छन् ।

     

     

  • भारतबाट फर्केका ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

    भारतबाट फर्केका ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

    कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ ।

    शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ ।

    शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

    उनका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ ।

    एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् ।

    सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हँुदै आएको छ ।

    सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् ।

    भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् । केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागिसमेत घर फर्केका हुन् ।

    सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावतको कार्य भइरहेकाले कोरोनाको सङ्क्रमणको खतरा बढेको छ ।

  • भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

    भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

    काठमाडौं । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ ।

    सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली सात सय र भारतीय एक सय ९७ मध्ये  छ सय २३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ ।

    यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८ सय २३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ ।

    दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या सातसयदेखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ ।

    शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३ सय ५ नेपाली र एक सय २५ भारतीय भारततर्फ गएका छन् । सीमानाका गड्डाचौकी भएर तीन सय भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या एक सय ५० रहेको छ ।