Tag: एनसेल

  • एनसेलले ल्यायो नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

    एनसेलले ल्यायो नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

    ग्राहकले अब कर सहित मात्र १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिदै प्रति दिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

    यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ ।

    यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए ।

    अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र  २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए ।

    त्यसैगरि एनसेलका ग्राहकले अब मात्र  ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

    यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार ९चैत्र २० बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् ।

    दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

  • एनसेलले ल्यायो क्यास ब्याक अफर

    एनसेलले ल्यायो क्यास ब्याक अफर

    काठमाडौं। एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याक पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० रुपैयाँदेखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

    गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ९) देखि लागु भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।

    ७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरि ग्राहकले कर सहित मात्र २६९ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।

    त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन् ।

    यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ ।

    गज्जबको डेलि जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

  • एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब कुनको कति ?

    एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब कुनको कति ?

    काठमाडौं । एनसेलले सबै लोकल कलको महशुल दर घटाएको छ । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् ।

    एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

    प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

    यो परिमार्जित नयाँ महशुल दर शुक्रबार ९माघ २८० बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स् १७१०७ ह्यास डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

    नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन-नेट र अफ-नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ ।

  • एक्सक्लुसिभः एनसेलद्वारा बिनालाइसेन्स भिडिओ सामग्रीको व्यापार, करोडौंको कर छली

    एक्सक्लुसिभः एनसेलद्वारा बिनालाइसेन्स भिडिओ सामग्रीको व्यापार, करोडौंको कर छली

    काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले इजाजतपत्रबिना टेलिभिजन कार्यक्रमको अवैध व्यापार गरिरहेको खुलासा भएको छ । नेपालमा ओटीटी प्लेटफर्ममार्फत विदेशी टेलिभिजन सामग्रीहरूको तस्करीमाथि रोक लगाउन माग उठिरहेका बेला एनसेल पनि यो धन्दामा सामेल भएको पाइएको हो ।

    एनसेलले आफ्नो प्लेटफर्मबाट भारतीय टिभी कार्यक्रमलगायत भिडिओ सामग्री हेर्न सकिने भनेर बकाइदा सूचना नै निकालेको भेटियो । सूचनामा जनाइएअनुसार दुईवटा प्याकेजमार्फत एनसेलले विदेशी भिडिओ कन्टेन्टहरू बेचिरहेको छ । पहिलो प्याकेजमा भारतीय डिजिटल कम्पनी ‘सेमारु’का भिडिओ सामग्रीहरु हेर्न सकिने अफर एनसेलले अघि सारेको छ । दोस्रोमा, नेपालकै जीएफएस एरिना नामक डिजिटल प्लेटफर्ममा उपलब्ध हुने ‘सोनी लिभ’ का टिभी कार्यक्रम र अन्य सामग्रीहरू हेर्ने सकिन्छ । दुवै प्याकेजको बिक्री एनसेल आफैंले गर्छ ।

    एनसेलको वेबसाइटमा कसरी ती सामग्रीहरू हेर्ने भनेर विस्तृत जानकारीसमेत दिइएको छ । जसअनुसार मोबाइलमा सेमारु एप डाउनलोड गरेपछि एनसेलले तोकेको शुल्क तिरेर बलिउड, बंगाली चलचित्रदेखि गीत र भिडिओ गसिपहरू हेर्न पाइन्छ । सेमारुका भिडिओ सामग्री हेर्नका लागि ९ वटा सब्सक्रिप्सन प्लान छन् । एक दिनदेखि एक महिनासम्मका फरक-फरक शुल्कहरू तोकिएको छ । एनसेलको प्रिपेड र पोष्टपेड दुवैबाट यो सुविधा उपभोग गर्न पाइने बताइएको छ ।

    यस्तै जीएफएस एरिनाले ‘एनसेलबाट सोनीलिभ एक्टिभेट गरौं’ भन्दै विज्ञापन हालेको छ । विज्ञापनमा उल्लेख गरिएअनुसार मासिक ४६९ रुपैयाँ शुल्क एनसेलमार्फत तिरेर सोनी लिभको ग्राहक बन्न सकिन्छ । ग्राहक बन्दा आफ्नो एनसेल ब्यालेन्सबाट सीधै पैसा काटिने जनाइएको छ ।

    एनसेलले आफ्नै वेबसाइटमा राखेको जानकारीअनुसार सोनी लिभमा सबै टिभी शोहरू, वेब सिरिज, लाइभ स्पोर्ट्स, फिल्म तथा अन्तर्राष्ट्रिय कन्टेन्टहरू उपलब्ध हुन्छन् । एकपटक ग्राहक बनेपछि पाँचवटा प्रोफाइल बनाएर पाँचजनाले सोनीलिभ हेर्न सकिने बताइएको छ ।

    एकसाथ अनेक कानून उल्लंघन

    विदेशी श्रव्यदृष्य सामग्रीको व्यापार गर्दा एनसेलले एकसाथ धेरै कानूनको उल्लंघन गरेको छ । एनसेल एउटा दूरसञ्चार सेवा प्रदायक कम्पनी हो । यस्तो कम्पनीले भिडिओ सामग्रीको बिक्रीवितरण गर्न पाउँदैन ।

    राष्ट्रिय प्रसारण ऐन २०४९ अनुसार नेपालमा श्रव्यदृष्य कार्यक्रम प्रसारण/वितरण गर्नका लागि ‘प्रसारण संस्था’ का रूपमा सरकारबाट इजाजतपत्र लिनुपर्छ । यस्तो इजाजतपत्र लिन मात्रै एक करोड रुपैयाँ शुल्क लाग्छ ।

    ऐनको दफा ४ मा भनिएको छ, ‘कसैले पनि यस ऐनबमोजिम इजाजतपत्र नलिइ कुनै पनि कार्यक्रम प्रसारण गर्नु हुँदैन । दफा २ को ख मा ‘कार्यक्रम’ भन्नाले ‘श्रव्य वा श्रव्यदृष्यको माध्यमबाट प्रसारण हुने कुनै पनि किसिमको कार्यक्रम सम्झनुपर्छ’ भनि परिभाषित गरिएको छ । एनसेलले त्यस्तो लाइसेन्स अहिलेसम्म लिएको छैन । लाइसेन्सका लागि निवेदनसमेत नदिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूले बताएका छन् । यसर्थ एनसेलले राष्ट्रिय प्रसारण ऐनको ठाडो उल्लंघन गरेको छ ।

    यस्तै, राष्ट्रिय प्रसारण नियमावलीमा कुनै विदेशी प्रसारण संस्थाले आफ्नो मुलुकबाट प्रसारण भएको कुनै कार्यक्रम डाउनलिंक गरी नेपालभित्र प्रसारण गराउन चाहनेमा आवश्यक दस्तुरसहित डाउनलिंक अनुमतिपत्रका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ । नियमावलीको दफा ६ मा डाउनलिंक अनुमतिका लागि आएको निवेदनमा मन्त्रालयले आवश्यक जाँचबुझ गरी तोकिएको दस्तुर लिएर अनुमतिपत्र दिन सक्ने जनाइएको छ । तर, एनसेलले यसका लागि पनि कुनै निवेदन दिएको छैन ।

    अर्को पनि विचारणीय पक्ष के छ भने एनसेलका तर्फबाट एपीआई (एप्लिकेसन प्लानिङ इन्टरफेस) इन्टिग्रेसनबिना कसैले पनि एनसेलको पैसा कुनै प्याकेजको भुक्तानीमा प्रयोग गर्न सक्दैन । सोनी लिभका कार्यक्रम एनसेलले प्रसारण गर्नका लागि सोनीलिभले उसलाई आफ्नो एपीआई दिएको हुनुपर्छ । यसको अर्थ सोनीलिभको जानकारी र स्वीकृतिमा नै एनसेलले उसका भिडिओ कन्टेन्ट बेचिरहेको पुष्टि हुन्छ ।

    कर छली बेहिसाब

    विदेशी श्रव्यदृष्य सामग्रीको व्यापार गर्दा एनसेलले राज्यलाई एक पैसा कर तिरेको छैन । राष्ट्रिय प्रसारण ऐनअनुसार कुनै पनि श्रव्यदृष्य कार्यक्रम प्रसारण/वितरण गर्ने संस्थाले आफ्नो कारोवारको २ प्रतिशत रोयल्टी राज्यलाई बुझाउनुपर्छ । एनसेलले भिडिओ कन्टेन्टको व्यापार गरेको प्रमाणित भइसकेपछि उसलाई दण्ड-जरिवानाका साथै, रोयल्टीसमेत उठाउने राज्यको दायित्व हो ।

    सन् २०२० मा एनसेलको मातृ कम्पनी एक्जिआटाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एनसेलले एक वर्षमा ४१.९३ अर्ब कारोबार गरेको थियो । यस्तै, हामीलाई प्राप्त सन् २०२१ को तीन चौमासिकको आम्दानीले यस वर्षको कुल आम्दानी पनि यही अनुपातमा हुने आँकलन गर्न सकिन्छ । यसको अर्थ एनसेलले कानूनबमोजिम २ प्रतिशत अर्थात एक वर्षको करिब ८४ करोड रुपैयाँ सरकारलाई रोयल्टी बुझाउनुपर्ने स्पष्ट देखिन्छ । यति ठूलो रकम कर छल्नु भनेको राष्ट्रिय ढुकुटीमा ठूलो नोक्सानी हो ।

    दण्ड-सजायको व्यवस्था

    एनसेल नेपालमा दूरसञ्चार सेवा प्रदायकका रूपमा स्थापना भएको निजी कम्पनी हो । यसले दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर नेपालमा मोबाइल सेवा सुरू गरेको हो । यस्तो कम्पनीले मोबाइलमार्फत टिभी कार्यक्रम बेच्ने हो भने डिजिटल मोबाइल ब्रोडकास्टिङको लाइसेन्स लिनुपर्ने हुन्छ, जबकि यस्तो लाइसेन्स दिने व्यवस्था नेपालमा अहिलेसम्म गरिएको छैन ।

    एनसेलले पाएको अनुमतिपत्रका निश्चित शर्तहरू हुन्छन् । यदि ती शर्तहरूको उल्लंघन गरेको खण्डमा उसको अनुमतिपत्र खारेज गर्नेसम्मको अधिकार दूरसञ्चार प्राधिकरणलाई रहन्छ ।

    दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा २ मा लेखिएको छ- अनुमतिप्राप्त व्यक्तिले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम र अनुमतिपत्रमा उल्लेखित शर्तविपरीत कुनै काम गरेमा प्राधिकरणले त्यस्तो काममा सुधार गर्न निश्चित अवधिसमेत तोकी सम्बन्धित अनुमतिपत्रप्राप्त व्यक्तिलाई आदेश दिन सक्नेछ । यस्तै, उपदफा ३ मा लेखिएको छ- उपदफा २ बमोजिम तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्तिले सुधार नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिले पाएको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।

    एनसेलले पाएको अनुमतिपत्रमा कतै पनि भिडिओ कन्टेन्टको व्यापार गर्ने छुट दिइएको छैन । यसर्थ उसले अनुमतिपत्रको शर्त उल्लंघन गरेको स्पष्टै छ । त्यसैले एनसेललाई दिएको अनुमतिपत्र खारेज गर्नेसम्मको कदम चाल्न सकिने कानूनी आधार दूरसञ्चार प्राधिकरणलाई छ ।

    यता, राष्ट्रिय प्रसारण ऐनले इजाजनपत्रबिना कुनै कार्यक्रम प्रसारण गर्नेलाई सजायको व्यवस्था गरेको छ । ऐनको दफा १७ मा उल्लेख भएअनुसार यस्ता संस्थालाई इजाजतपत्र तथा अनुमतिपत्र दस्तुर र ऐनबमोजिम लाग्ने शुल्क असुल गरी सो दस्तुर र शुल्क बराबरको रकम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    महानिर्देशक हमाल भन्छन्- तत्काल एक्सन लिन्छौं

    यस विषयमा हामीले सरकारका जिम्मेवार अधिकारीहरूसँग कुरा गर्दा उनीहरूले एनसेलले यस्तो व्यापार गर्नु गैरकानुनी हुने स्वीकार गरे । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले एनसेलले यस्तो कार्य गरिरहेको भए त्यो कारबाहीको विषय हुने बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘राष्ट्रिय प्रसारण ऐनअनुसार दुरसञ्चार सेवा प्रदायकले भिडिओ सामग्रीको व्यापार गर्न पाउँदैन । हामी तत्काल यस विषयमा छानबिन गरेर आवश्यक कदम चाल्नेछौं ।’

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले एनसेलले गरिरहेको भिडिओ सामग्रीको व्यापारबारे सूचना प्राप्त भएको बताए ।

    उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘यो विषय जानकारीमा आएको छ । यसबारेमा बुझ्दैछौं । अहिले धेरै कुरा भन्न मिल्दैन ।’

    ‘ओटीटीको लुट सरकारको छुट’ श्रृंखलाका यी सामग्री पनि पढ्नुस् : 

    भाग १- देशको ढुकुटी रित्याउने खेल ! नेटफ्लिक्सहरूले लग्दैछन् बर्सेनि सात अर्ब

    भाग २- फेसबुकमार्फत ओटीटीको विचौलिया धन्दा, ‘पोर्न’ को समेत व्यापार (प्रमाणसहित)

  • एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको आदेश

    एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको आदेश

    काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले ठूला करदाता कार्यालयले पुस २९ गते जारी गरेको पत्रअनुसार कर नउठाउन आज अन्तरिम आदेश जारी गरेको हो।

    सर्वोच्चले यसअघि सबै प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको र कर कार्यालयबाट पत्र गएको दिन एउटै परेको भन्दै हाललाई सबै प्रक्रिया यथास्थानमा राख्न पनि आदेश दिएको छ।

    ठूला करदाता कार्यालयले एनसेललाई ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको जानकारी पुस २९ गते गराएको थियो। एनसेलको स्वामित्व बिक्रीमा आयकर ऐनको दफा ५७ अनुसारको कर निर्धारण गर्दै ठूलाले कर तिर्न पत्र काटेको हो।

  • थप कर नमाग्ने आदेश खोज्दै एनसेल सर्वोच्चमा, आजै सुनुवाइ

    थप कर नमाग्ने आदेश खोज्दै एनसेल सर्वोच्चमा, आजै सुनुवाइ

    काठमाडौं । दायित्व चुक्ता गरिसकेको आयकरमा समेत पुनः कर निर्धारण भएको भन्दै मोबाइल सेवा प्रदायक कम्पनी एनसेल ठूला करदाता कार्यालयविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ ।

    ठूला करदाता कार्यालयले २०७७ पुस १० गते जारी गरेको संशोधित कर निर्धारणको सूचना बदर गर्न माग गर्दै एनसेल अदालत गएको हो । एनसेलको रिटमाथि आजै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ  हुने गरी पेशीमा चढेको छ ।

    एनसेलले स्वामित्व बिक्रीबाट आउने आयकर नतिरेपछि लामो समय विवाद भएको थियो । सर्वोच्च अदालतको आदेशपछि २३ अर्ब रुपैयाँ दायित्व चुक्ता गरिसकेको भन्दै एनसेलले ठूला करदाता कार्यालयबाट सोही आयमा पुनः कर निर्धारण गरी जारी भएको सूचना अन्तरिक आदेशबाट रोक्न माग गरेको हो ।

    रिटमा भनिएको छ– एनसेलको सम्पत्ति र दायित्वको वास्तविक मूल्यांकनलाई आधार नलिई शेयर कारोबारको समयको व्यवसायको मूल्यको आधारमा कायम भएको अंकमा आधारमा एनसेललाई आफ्नो सम्पत्ति र दायित्वको निसर्ग भएको मानी गणना गरिएको आयमा ठूला करदाता कार्यालयले कर लगाउन खोज्नु कानुनसम्म छ कि छैन ?

    आयकर ऐनको अन्य कुनै दफाअन्तर्गत एनसेलको नाममा कुनै कर निर्धारण नगर्न, नगराउन र कुनै कर नमाग्न आदेश माग गरेको छ ।