Tag: एनएमबी बैंक

  • एनएमबी बैंकको साधारण सभाले पास गर्‍यो बोनस

    एनएमबी बैंकको साधारण सभाले पास गर्‍यो बोनस

    काठमाडौं । एनएमबी बैंकको २६ औं बार्षिक साधारण सभा मार्फत लाभांस पारित गरेको छ । साधारण सभाबाट आर्थिक २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ ।

    साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रुपैयाँ रहेको छ ।

    एनएमबी बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा साधारण सभा सम्पन्न भएको थियो ।

     

     

     

  • एनएमबी बन्यो बैंक अफ ‘द इयर एसिया २०२१’

    एनएमबी बन्यो बैंक अफ ‘द इयर एसिया २०२१’

    काठमाडौं । एनएमबि बैंकलाई लण्डनबाट प्रकाशित हुने म्यागजिन ‘दि बैंकर’ ले ‘बैंक अफ द इयर एसिया २०२१’ बाट सम्मानित गरेको छ ।
    चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानलगायतका मुलुकबाट प्रतिनिधित्व गरेका बैंकहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।

    एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीले पछिल्ला ५ वर्षमा चारपटक अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।

  • नेपाली बैंकिङ क्षेत्रमा एनएमबी बैंकको नवीन अभ्यास, भिडियो कल मार्फत केवाईसी फारम भर्न सकिने

    नेपाली बैंकिङ क्षेत्रमा एनएमबी बैंकको नवीन अभ्यास, भिडियो कल मार्फत केवाईसी फारम भर्न सकिने

    काठमाडौं । एनएमबी बैंकले भिडीयो केवाईसी अर्थात भिडियो कल मार्फत ५ मिनेटमै देश वा विदेशबाट खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंकले सुरुवात देखि नै प्रबिधिमा आधारित बैंकिङ प्रणालीमा जोड दिदै आइरहेको छ ।
    यस बैंकका ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग मार्फत परम्परागत बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधि संचालन गर्न सक्नेछ्न् । यसका साथै बैंकले अभिनेत पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।
    बैंकले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । बैंकका १ सय ८१ शाखा, १ सय ३७ एटीएम, नाै एक्सटेन्सन काउन्टर मार्फत बैकिङ सेवा प्रदान गदै आइरहेको छ ।