Tag: एएफसी महिला एसियन कप-२०२२

  • महिला एसियन कप छनोटका लागि महिला टोली उज्बेकिस्तान पुग्यो

    महिला एसियन कप छनोटका लागि महिला टोली उज्बेकिस्तान पुग्यो

    ताश्केन्त । महिला एसियन कप- २०२२ को छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको ताश्केन्त पुगेको छ । सोमबार राति ११ बजे काठमाडौँबाट ताश्केन्ततर्फ प्रस्थान गरेको ३३ सदस्य टोली स्थानीय समय अनुसार १४ सेप्टेम्बरको मध्यरातमा ताश्केन्त विमानस्थल आइपुगेको हो।

    ताश्केन्त पुगे लगत्तै टोलीको पीसीआरकालागि स्वावको नमुना सकलन गरिएको छ। पीसीआरको रिपोर्ट नाउञ्जेल, टोली होटेल क्वारेन्टिनमै रहने छ ।

    ‘खेलाडीहरूले लामो यात्रा तय गरेर आएका छन्, त्यसैले विश्राम जरुरी छ’ मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन्, ‘क्वारेन्टिन अवधिमा टोलीले पूर्ण रूपमा विश्राम लिनेछ ।’

    नेपालले सेप्टेम्बर १८ (शनिबार)मा फिलिपिन्स र २१ मा हङ-कङसँग खेल्ने छ । समूह विजेता टोली सन् २०२२ मा हुने महिला एसियन कप- २०२२ मा छनोट हुनेछ ।

    नेपाली टोलीकी महत्त्वपूर्ण खेलाडी- सावित्रा भण्डारी चोटका कारण अहिले उपचारका लागि कतारमा छिन् । नेपाली सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्रा बिना नेपालको टोलीले छनोट खेल्ने छ ।

  • नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेल फिलिपिन्ससँग खेल्ने

    नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेल फिलिपिन्ससँग खेल्ने

    काठमाडौं । नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेलमा फिलिपिन्ससँग खेल्ने भएको छ । नेपाल र फिलिपिन्सबीचको पहिलो खेल सेप्टेम्बर १८ मा उज्वेकिस्तानमा हुनेछ ।

    त्यस्तै नेपालले दोस्रो खेल सेप्टेम्बर २१ मा हङकङसँग खेल्ने छ । दुवै खेल नेपाली समयअनुसार ३:४५ बजे जार स्टेडियममा सुरु हुने एन्फाले जानकारी दिएको छ ।

    नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

    समूह एफमा नेपालसँगै हङकङ र फिलिपिन्स छन् । समूह एफको विजेताले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने छ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुने तालिका छ ।

  • नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

    नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

    काठमाडौं । नेपालमा तय भएको एएफसी महिला एसियन कप-२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिए ।

    ‘एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको छ’ महासविच इन्द्रमान तुलाधरले भने । यसअघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन् ।

    छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा हुने अभिलासाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो । तर, परिवर्तन भएको तालिकाले टोली केही निराश भएको छ । एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

    आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार-चार र अर्को चार समूहमा तीन-तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदैछ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।