Tag: उम्मेदवारी दर्ता

  • कुल एक लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता, कुन पदमा कति ? (सूचीसहित)

    कुल एक लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता, कुन पदमा कति ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

    यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

    स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

    कुन पदमा कति उम्मेदवार ?

    मेयरः ३ हजार २६१

    अध्यक्षः ३ हजार २५४

    उपमेयरः २ हजार ३

    उपाध्यक्षः २ हजार २९२

    वडाध्यक्षः ३२ हजार ५९

    महिला सदस्यः २३ हजार ३ सय ७५

    दलित महिला सदस्यः २१ हजार ११५

    सदस्यः ४८ हजार ९१०

    आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

    १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

  • सुरु भयो निर्वाचन प्रक्रिया, आज उम्मेदवारी दर्ता

    सुरु भयो निर्वाचन प्रक्रिया, आज उम्मेदवारी दर्ता

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज देशभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्दैछन् । मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

    १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।

    १५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६  १६ वैशाखमा  उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

    निर्वाचन आयोगले मनोनय दर्ताका लागि दुई दिन तोकेका कारण अधिकांश स्थानमा ठूलो राजनीतिक दलले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । उम्मेदवार टुंग्याउन विवाद भएका कारण पनि ठूला दलले भोलि मात्रै मनोनयन दर्ता गर्नेछन् । यद्यपि, विवाद नभएका स्थानीय तहमा आजै मनोनयन दर्ता हुनेछ ।

    मनोनय दर्ता गर्नुपर्ने दिन आइसकेपछि सत्तागठबन्धन दललाई उम्मेदवार टुंग्याउनै सकस परिरहेको छ ।

  • एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, रावल र ओलीबीच चुनाव हुने निश्चितप्रायः

    एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, रावल र ओलीबीच चुनाव हुने निश्चितप्रायः

    चितवन । यसअघिका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षकै लागि यसअघिका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । यससँगै ओली र रावलबीच चुनाव हुने निश्चितप्रायः छ ।

    ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थनमा शंकर पोखरेल रहेका छन् । उनीहरु महासचिवका दाबेदार थिए ।

    एमालेको जारी १० औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी फिर्ता नलिने बताइसकेका छन् ।

    त्यस्तै उपाध्यक्षमा हिजो राति ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्यम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् ।

  • युवराज ज्ञवालीको उपाध्यक्ष र प्रदीप ज्ञवालीको उपमहासचिवमा उम्मेदवारी दर्ता

    युवराज ज्ञवालीको उपाध्यक्ष र प्रदीप ज्ञवालीको उपमहासचिवमा उम्मेदवारी दर्ता

    चितवन । एमालेको जारी महाधिवेशन अन्तरगत उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोही पदमा घोषणा गरेका थिए ।

    एमाले महाधिवेशनअन्तरगत अहिले चुनावी प्रक्रिया सुरु भएको छ । चुनावी प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।

    यसअघि एमाले अध्यक्षका लागि भीम रावलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

  • लुम्बिनीतर्फको राष्ट्रियसभा सदस्य उपचुनावको उम्मेदवारी जेठ ४, मतदान १७ गते

    लुम्बिनीतर्फको राष्ट्रियसभा सदस्य उपचुनावको उम्मेदवारी जेठ ४, मतदान १७ गते

    रुपन्देही । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रमानुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

    त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावीविरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

  • बादलको उम्मेदवारी दर्ता : मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकासमन्त्री समर्थक

    बादलको उम्मेदवारी दर्ता : मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकासमन्त्री समर्थक

    काठमाडौं । गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

    वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।

    उनी एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।

    एमालेका मत विभाजित हुँदा अन्य दलसहित मिलेकाले बादल भन्दा देवकोटा बलियो देखिएका छन् ।

    यसबीचमा एमाले एकता प्रयास जारी रहे पनि अन्य दलले उम्मेदवार नदिएकाले राष्ट्रियसभा उपचुनावमा एमालेको मत एकै ठाउँमा नजाने देखिएको छ ।

     

  • राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि जेठ ६ गते हुने आज मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ ।

    राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ११ अनुसार उम्मेदवार बन्न संघीय कानूनले अयोग्य नभएको तथा लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।

    उम्मेदवार बन्न एकजना प्रस्तावक र एकजना समर्थक अनिवार्य हुनुपर्नेछ । उम्मेदवारले धरौटीवापत १० हजार रुपैयाँ शुल्क समेत बुझाउनुपर्नेछ ।

    राजनीतिक दलका तर्फबाट मनोनयन दर्ता गर्नेले दलको आधिकारिक व्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्नेछ । राजनीतिक दलका उम्मेदवारले सम्बन्धित दलको र स्वतन्त्र उम्मेदवारले तोकिए बमोजिमको चुनाव चिन्ह पाउनेछन् ।

    राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । देवकोटालाई एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको बताइन्छ ।

    याे पनि पढ्नुहाेस्
    राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)