Tag: उद्दार

  • मुम्बईबाट उद्दार गरी स्वदेश फर्काइएका १२ बालकको परिवारमा पुनर्मिलन

    मुम्बईबाट उद्दार गरी स्वदेश फर्काइएका १२ बालकको परिवारमा पुनर्मिलन

    काठमाडौं । भारतको मुम्बईबाट उद्दार गरी स्वदेश फिर्ति भएका १२ जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ को महामारी सँगै बिद्यालय बन्द र घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी खोज्ने सिलसिलामा उनीहरु विभिन्न माध्यमबाट मुम्बइ पुर्याइएका थिए ।

    १३ देखि १७ वर्ष उमेर समुहका १२ जना नेपाली बालकहरु भारतको मुम्बईमा बाल कल्याण समिति मुम्बइ, राष्ट्रिय बाल अधिकार परिषद, शक्ति समुह, जेसीवाईसीएन, सीबीसीको समन्वय, सहकार्य र संयुक्त पहलमा उद्दार गरिएका थिए ।

    उनीहरुलाई स्वदेश फिर्ति गरी शुक्रवार राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा पारिवारिक पुर्नमिलन गरिएको हो । स्वदेश फिर्ति गरी पुर्नमिलन गराएका १२ जना बालकहरु मध्ये १० जना रौतहट जिल्ला, १ जना सर्लाही र १ जना महोतरी जिल्लाका छन् ।

    बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बाल अधिकार परिषदकी बाल संरक्षण अधिकृत नमूना भुषालले बालबालिकाहरूको विषेश हेरचाह गर्ने मुख्य जिम्मेवारी परिवारको रहेको बताइन् ।

    बालबालिका खोजतलास केन्द्रमा कार्यरत प्रहरी निरीक्षक रुद्र बहादुर गिरीले बिभिन्न बहानामा हराएका र भेटिएका बालबालिका धेरैजसो रौतहट जिल्लाका रहेका समेत बताए ।

    कोभिड १९ को बेला बिद्यालय बन्द हुनु , बालबालिको विशेष हेरचाह नहुनु जस्ता कारणले हाल धेरै बालबालिकाहरु बालश्रम, मानब बेचबिखन तथा अन्य उत्पिडनका जोखिममा परेका कुरा शक्ति समुहको कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले जानकारी दिए ।

     

  • भारतद्वारा दुईजना नेपालीको काबुलबाट उद्दार, ३१७ जना नेपाली उद्दार पर्खाइमा

    भारतद्वारा दुईजना नेपालीको काबुलबाट उद्दार, ३१७ जना नेपाली उद्दार पर्खाइमा

    काबुल । भारतले आज दुईजना नेपालीलाई काबुलबाट उद्दार गरेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार ८७ जना भारतीयसहित ती दुई नेपालीलाई पनि उद्दार गरेको हो ।

    काबुलमा अहिले ३१७ जना नेपाली उद्दारको पर्खाइमा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    नाम टिपाएका नेपाली लाई अमेरिका, जर्मनी, बेलायत र भारतसङ्ग समन्वय गरेर ल्याइने मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म ५०४ जना नेपालीलाइ काठमाडौ मा ल्याइएको छ । साथै सरकार ले बाह्य सहयोग लिएर अफ्गानिस्तानमा रहेका नेपाली को स्थलगत विवरण संकलन पनि सुरु गरेको छ ।

  • मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    काठमाडौं । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ ।

    मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।

    होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

    बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

  • ९९ स्पेनी पर्वतारोहीलाई उद्दार उडानमार्फत देश फर्काइयो

    ९९ स्पेनी पर्वतारोहीलाई उद्दार उडानमार्फत देश फर्काइयो

    काठमाडौं । लकडाउनको कारण नेपालमा अलपत्र परेका एकसय स्पेनी नागरिकलाई शुक्रबार उद्दार उडानमार्फत देश फर्काइएको छ ।

    स्वास्थ्य सामाग्री लिएर विहिबार काठमाडौं आइपुगेको चार्टर्ड जहाजबाटै उनीहरुलाई लगिएको हो ।

    स्पेनी सरकारले व्यवस्थापन गरेको जहाजमा ९९ जना स्पेनी पर्वतारोहीलाई फिर्ता लगिएको जनाइएको छ । अप्रिल २९ मा पुनः लकडाउन हुनुअघि ती पर्वतारोही र पदयात्री नेपालमा आइपुगेका थिए ।