Tag: उदयपुर

  • उदयपुरका पनि टुंग्यायो एमालेले ८ वटा स्थानीय तहमा उम्मेदवार (सूचीसहित)

    उदयपुरका पनि टुंग्यायो एमालेले ८ वटा स्थानीय तहमा उम्मेदवार (सूचीसहित)

    काठमाडौं । एमाले उदयपुरले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आठ वटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको छ । त्यसैगरी बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) र उप प्रमुखमा जिरा राईलाई उठाइने भएको छ । चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ ।

    त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । त्यसैगरी कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्काको नाम टुंगो लगाएको छ ।

    त्यसैगरी रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारीज्यू ठकुरीको नाममा टुंगो लगाएको छ । उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरलाई टिकट दिइएको छ ।

    त्यसैगरी ताप्ली गाउँपालिकामा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धबसिंह थापाको श्रीमती मनकुमारी थापालाई टिकट दिइएको छ ।

    त्यसैगरी लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देवकुमारी कार्कीलाई दिइएको छ । उदयपुरमा एमालेले बेलका र कटारीमा पुरानैलाई टिकट दिएका छन भने अन्य छ पालिकामा नयाँ अनुहार ल्याएको छ ।

  • उदयपुरमा खोलामा डुबेर बालकको मृत्यु

    उदयपुरमा खोलामा डुबेर बालकको मृत्यु

    उदयपुर । उदयपुरको त्रियुगा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका गौर बहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन् ।

    विहीबार साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुवीरहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगीएको र उपचारको क्रममा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले  छ ।

  • बेलका नगरले नागरिकको साझेदारीमा अक्सिजन प्लान्ट बनाउँदै

    बेलका नगरले नागरिकको साझेदारीमा अक्सिजन प्लान्ट बनाउँदै

    इटहरी । अहिले देशभर मेडिकल अक्सिजनको माग उच्च छ । अक्सिजन सिलिन्डर धेरै भएको क्षेत्रबाट आवश्यक परेको क्षेत्रमा नेपाली सेनाले हवाई र स्थल दुवै मार्गबाट ढुवानी गरिरहेको छ । विदेशबाट नेपाललाई आएका अधिकांश सहयोगमा अक्सिजन अनिवार्य देखिन्छ ।

    यसै मेसोमा उदयपुरको बेलका नगरपालिकाले भने आफैं अक्सिजन प्लान्ट निर्माणको तयारी थालेको छ । बेलका नगरपालिका वडा नम्बर ९ को नगर अस्पतालमा प्लान्ट बनाउन मेयर दुर्गाकुमार थापाले काम थालेको बताएका छन् । बेलका अस्पताल मदन भन्डारी राजमार्गसँगै जोडिएको छ ।

    प्लान्ट बनाउन नगरपालिकाले २० लाखको कोष जम्मा गरेको छ । कुमारी बैंकको बेलका शाखाको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा फन्ड जम्मा भएको छ । बाँकी पैसा विभिन्न सहयोगी मनहरुबाट लिइने मेयर थापाले बताए ।

    ०७७०११३४३५२००००१ खाता नम्बरमा अहिले विभिन्न सहयोगी मनहरुले रकम जम्मा गरिरहेका छन् । नगरका नागरिक बाहेक बाहिरबाट पनि सहयोग आउन थालेको मेयर थापाले बताए । उनले भने, ‘हाम्रो अक्सिजन प्लान्ट उदयपुर, ओखलढुंगा, खोटाङदेखि सोलुखुम्बु क्षेत्र जोड्ने सगरमाथा करिडोरकै एकमात्र हुने भएकोले धेरैको सहयोग छ ।’

    प्लान्ट निर्माणको लागी संघीय सांसद प्रमुख सल्लाहकार रहेको र प्रदेशसभाका सबै सदस्यहरु सल्लाहकार रहेको मेयर थापाको संयोजकत्वमा १० सदस्यीय निर्माण समिति बनेको छ । सल्लाहकारमा जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी, जिल्ला जनस्वाथ्य कार्यालय, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ देखी सामुदायिक वन उपभोक्ता महासंघ लगायतका उदयपुरका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरु समेत अटाइएका छन । ‘सबैको सरोकार राख्ने परियोजना भएकोले सबैलाई समेट्ने हाम्रो लक्ष्य हो’, मेयर थापाले भने ।

    ‘अनमोल प्राणवायुः अभावमा नजाओस आयु’ भन्ने नाराको साथ भएको सुरु भएको अभियानले सय दिनमा आवश्यक एक करोड बढी रकम संकलनको लक्ष्य लिएको छ । रकम संकलन भएपछि सय दिनभित्रै शिलान्यास हुने र निर्माण प्रक्रिया अगाडि बढाउने मेयर थापाको तयारी छ । उनले भने, ‘कोभिड–१९ का पुरानादेखि नयाँ भेरियन्टको खतराको पराकम्पन अझै निकै समयसम्म जाने देखिन्छ । त्यहि कुरालाइ ध्यानमा दिएर हामीले दीर्घकालीन योजना ल्याएका हौं । काम द्रूत गतिमा अगाडि बढ्छ ।’

    मेयर थापाका अनुसार प्राविधिक सल्लाहकारहरुसँगको छलफल र प्लान्ट संचालनको संभाव्यता अध्ययनबाट आफू प्लान्ट संचालनको निर्णयमा पुगेको बताए । उनले भने, ‘अक्सिजन प्लान्टको उपयोग मान्छेले लिन स्वासमा मात्रै नभएर कृषिदेखि ग्यारेजसम्म हुने पाइएकोले यो बहुउपयोगी परियोजना हो ।’

  • कोरोनाको कारण उदयपुरमा कार्यालय प्रमुख सहित तीनको मृत्यु

    उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ३४, ५४ बर्षिय पुरुष र ५० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
    यो सँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार  कोरोना भाइरसको संक्रमणपछि काठमाण्डौँको टिचिङ्ग अस्पतालमा उपचारको क्रममा कृषी ज्ञान केन्द्र उदयपुरका प्रमुखको सोमबार मृत्यु भएको हो ।
    कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका ८ का ५४ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा र  त्रिनपा ५ की ५० बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

    यसैविच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या दुई सय ३९ पुगेको छ । त्यसमध्ये पुरुष एक सय ३५ र महिला एक सय ४ रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार सोमबार ३३ जना महिला र २७ जना पुरुषमा संक्रमण देखिएको हो ।

  • आगलागी हुदाँ पाँच घर जलेर नष्ट

    आगलागी हुदाँ पाँच घर जलेर नष्ट

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ८ स्थित बिरेन्द्र बजारमा आगलागी हुदाँ ५ घर जलेका छन ।

    स्थानीय भरत राईको घरमा आइतबार बिहान बिद्युतसट भई अचानक आगलागी हुँदा पदमा कुमारी मगर, भरत राई, शिसिर कुमार राई, बादल बिक्र राई र कृष्ण मगरको घर जलेर नष्ट भएको हो ।

    आगलागीबाट करिब १ करोड ३० लाख भन्दा माथीको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्ररम्भिक अनुमान रहेको छ ।

    घना बस्तीको विचमा लागेको आगो नियन्त्रण गर्न चौदण्डीगढी नगरपालिकाको दमकललाई दुई घण्टा लागेको थियो । स्थानीयवासी, प्रहरी कार्यालय बेल्टार, सशस्त्र प्रहरी बेस बेल्टारको सहयोगमा कारीब दुई घण्टापछि नियन्त्रणमा लिएको उदयपुरका प्रहरी उपरीक्षक भिमबहादुर दाहालले जानकारी दिए ।