Tag: ईश्वर पोखरेल

  • गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्यायो: ईश्वर पोखरेल

    गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्यायो: ईश्वर पोखरेल

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाएका छन् ।

    पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय सीमा सुरक्षा बलले तुईन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुईक्क बोल्न नसकेको भन्दै राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको दावी समेत गरे ।

    बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकताको महाधिवेशनमा बोल्दै उनले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले जुनसुकै विचारधारमा उभिएको भएपनि राजनीतिक दलहरुले राष्ट्रलाई सर्वोपरी ठानेर अघि बढनुपर्ने बताए । उनले भने, ‘वर्तमान सरकार र सत्तारुढ दलहरुले संविधानको पालना गर्ने कुराको मतलव राख्नु पर्दैन । कानूनको बर्खिलापमा गए हुन्छ । जारी भएका विकासका योजनाहरुलाई समाप्त पार्ने कुरा गरे हुन्छ । राष्ट्रिय स्वाभिमान नामको चीजलाई लत्याए हुन्छ । यस खालको स्थिति हामीले देखिराखेका छौं । म यहाँहरुलाई यो महाधिवेशन सफलहोस् भनेर शुभकामना दिईरहँदा एउटा निवेदन मैले गर्नै पर्दछ कि हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएको हौं । एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ । देशभन्दा ठूलो अरु केही हुन सक्दैन । देश हाम्रो लागि सर्वोपरी हो ।’

    वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र स्वभामानको रक्षाका लागि आफ्नो पार्टीसँग सहकार्य गरेर अघि बढन पनि राप्रपाका नेताहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दावी समेत गरे ।

     

  • ‘ती महाधिवेशन, यो महाधिवेशन’

    ‘ती महाधिवेशन, यो महाधिवेशन’

    काठमाडौं । प्रमुख प्रतिपक्षमा रहेको देशको सबैभन्दा ठूलो दल नेकपा एमालेको महाधिवेशन चितवनमा भोलिबाट सुरू हुँदैछ । पार्टीभित्रको विरोधि खेमा विभाजित भएर गइसकेकाले यसपालीको महाधिवेशनमा नेतृत्वको लडाइँ त्यति धेरै पेचिलो छैन ।

    भीम रावलले कुनै ‘चमत्कार’ नगरे पार्टी अध्यक्षमा केपी शर्मा ओली दोहोरिने लगभग निश्चित देखिन्छ । दुईपटक एमाले महासचिवको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेलको अध्यक्षमा दाबेदारी अपेक्षित थियो । सुरूमा उनी इच्छुक पनि देखिएका थिए, तर ओलीको दोहोरिने चाहना बुझेपछि मौन बसेका छन् ।

    एमालेमा विगतदेखि नै ‘किङमेकर’ का रूपमा चिनिँदै आएका छन् महासचिव पोखरेल । प्रायः संस्थापन पक्षको दरिलो खम्बाका रूपमा उनले आफूलाई उभ्याउँदै आएका छन् । नवौं महाधिवेशनमा उनले ओलीलाई साथ दिए र त्यसयता निरन्तर ओलीको पक्षपोषण गर्दै आए । यद्यपि पछिल्लो समय अध्यक्ष ओलीबाटै उनीमाथि एकपछि अर्को पूर्वाग्रही व्यवहार भएको महसुस पोखेरलका समर्थकहरूले गरेका छन् ।

    एमालेमा पोखरेलको राजनीतिकसँगै व्यवस्थापकीय भूमिका उत्तिकै महत्वपूर्ण छ । लामो समय ‘लो प्रोफाइल’ मा रहेर पार्टीको व्यवस्थापकीय जिम्मेवारीहरू उनले कुशलतापूर्वक निर्वाह गर्दै आए । पार्टीका महत्वपूर्ण बैठक, सम्मेलन, अधिवेशन र महाधिवेशनमा व्यवस्थापनका लागि उनको खोजी हुने गरेको छ ।

    महासचिव पोखरेलले पहिलोपटक २०३५ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्रको तेस्रो राष्ट्रिय सम्मेलनको व्यवस्थापन सम्हालेका थिए । उक्त राष्ट्रिय सम्मेलन र त्यसयताका विभिन्न महाधिवेशनमा पोखरेलको अनुभव यस्तो छ :

    म २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्य भएको हुँ । त्यसबेला एसएलसी पढ्दै थिएँ । तत्कालीन कम्युनिष्ट पार्टीका स्थानीय नेता लेखनाथ शर्माले सदस्य बनाउनुभएको सम्झनामा छ ।

    धेरै बुझेर कम्युनिष्ट पार्टीमा लागेको होइन म । यसले जनताको हित गर्छ, चीनमा पनि कम्युनिष्टले विकास गरेका छन् भन्नेलगायतका सतही कुरा सुनेर सदस्य भएको थिएँ । विस्तारै धेरै कुराहरू बुझ्दै गएँ । क्याम्पसमा पढ्ने क्रममा खुलेर राजनीतिक गतिविधिमा क्रियाशील हुन थालेँ ।

    त्यसबेला विद्यार्थी राजनीतिमा प्रतिबन्ध थियो । अनेरास्ववियु, नेविसंघ भनेर क्याम्पसमा औपचारिक गतिविधि गर्न पाइँदैन थियो । सबै काम गुपचुप रूपमा गर्नुपर्थ्यो ।

    पछि अनेरास्ववियुको आन्दोलनको बलमा त्यस्तो प्रतिबन्ध हट्यो । म जनकपुरको रारा बहुमुखी क्याम्पसमा पढ्थेँ । सम्भवतः पहिलोचोटि अनेरास्ववियुबाट स्ववियू चुनाव लडेर सबैभन्दा धेरै मत ल्याएर मैले सदस्यमा जितेको हुँ । त्यसपछि कीर्तिपुरमा बीएड पढ्न आएँ । त्यसबेलासम्म म झापा संघर्षबाट आएका साथीहरूसँग जोडिइसकेको थिएँ । त्यही संघर्षबाट प्रभावित भएर बनेको कोअर्डिनेसन केन्द्र (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी) मा म आबद्ध भएँ ।

    २०३२ सालको जेठमा कोअर्डिनेसन केन्द्रको गठन भएको हो । गठन हुँदाको कार्यक्रममा म उपस्थित थिइनँ । संगठनमा म नयाँ नै थिएँ । २०३३ सालमा म केन्द्रको सदस्य बनेँ । त्यसबेला उमेरले २३ वर्ष लागेको थिएँ । केन्द्रका संस्थापक महासचिव सीपी मैनाली जेलमा हुनुहुन्थ्यो । झलनाथ खनाललाई कार्यवाहक महासचिव तोकिएको थियो ।

    तेस्रो सम्मेलनको आयोजना

    २०३३ सालको चैतमा सीपी मैनाली नख्खु जेल ब्रेक गरेर निस्किनुभयो । त्यसपछि पार्टीको सम्मेलन गर्नुपर्ने भयो । मेरो कार्यक्षेत्र धनुषा जिल्लाको ठेरा कचुरी भन्ने गाउँमा सम्मेलन गर्ने निर्णय भएको थियो । त्यसैले सम्मेलनको आयोजना र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी मलाई दिइयो ।

    यो मेरो राजनीतिक जीवनको पहिलो ठूलो चुनौती थियो । म आफैं भूमिगत अवस्थामा थिएँ । २०३२ साल वैशाखबाट भूमिगत भएर हिँडेको म १५ वर्षपछि २०४७ साल जेठ १० गते तत्कालीन नेकपा मालेको आमसभामार्फत खुल्ला भएको हुँ । त्यसबेला भूमिगत अवस्थामा परिवार, नातागोता, इष्टमित्र कसैसँग भेटघाट र सम्पर्क हुन्थेन । न त हामी भारतमा नै आश्रय लिन पुगेका थियौं । देशभित्रै, नेपाली जनताकै घरमा आफूलाई लुकाएर राजनीतिक संघर्ष अगाडि बढाएका थियौं ।

    खैर, पार्टीले दिएको जिम्मेवारीलाई मैले अत्यन्तै संवेदनशीलताका साथ निभाएँ । २०३५ साल साउन ४ देखि ९ गतेसम्म तेस्रो सम्मेलन आयोजना भएको थियो । यो सम्मेलन मेरो राजनीतिक जीवनका लागि मात्र नभएर पार्टी जीवनमा पनि अविस्मरणीय छ । पहिलोपटक कोअर्डिनेसन केन्द्र (कोके) गठन गर्दाको भेलालाई पहिलो सम्मेलन भनिएको रहेछ । बीचमा एउटा सानो मिटिङ राखेर दोस्रो भनिएछ । मैले आयोजना गरेको तेस्रो सम्मेलन चाहिँ वास्तविक सम्मेलन थियो ।

    सम्मेलन आयोजना भएको स्थान हाम्रो जनआधारित क्षेत्र थियो, जहाँ राजनीतिकरूपमा सचेत श्रमजीवी र भूमिहिनहरू बस्थे । त्यसबेला पार्टीमा एकातिर नख्खु जेल ब्रेक गरेर आउने सीपी मैनालीहरू थिए भने अर्कोतिर मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित लगायतको मुक्तिमोर्चा समूह थियो ।

    एउटा क्रान्तिकारी संगठन निर्माण भएर नयाँ झिल्का निस्किदै थियो । उज्यालो छर्दै थियो । हामी केही जिल्लामा मात्रै थियौं । तर, नयाँ तरंग ल्याउन सफल भएका थियौं । नख्खु जेल ब्रेक भएकाले त्यसै तरंग थियो । मुक्तीमोर्चा समूहका नेताहरू मिसिँदा अर्को हलचल भयो ।

    पुलिस प्रशासन खोजीमा हामी थियौ नै । टाउकोमा इनाम ठोकिएका नेताहरू थिए । मदन भण्डारीलाई मोरङका इटहरीमा गएर दुई दिन पर्खेर रिसिभ गरिएको थियो । म आफैं भारतको मोजफ्फरपुरमा गएर मोदनाथ, जीवराज, प्रदीप नेपाललगायतलाई रिसिभ गरेर ल्याएको थिएँ । हामी बोर्डरसम्म आइसकेपछि पैदल नै हिँडेर कार्यक्रम स्थलसम्म पुगेका थियौं ।

    त्यो सम्मेलनमा हामीलाई स्थानीय जनताले साथ दिएका थिए । जनताबाटै खाद्यान्नहरू संकलन भयो । पार्टी सचिवालयसँग सम्बन्धित कामहरूमा बाहेक अरु खर्च नगण्य नै थियो । व्यवस्थापकीय हिसाबले हेर्दा अहिलेको महाधिवेशन र त्यस सम्मेलनको कुनै तुलना हुँदैन ।

    त्यो बेलाको बैचारिक लडाइँ पनि कम्ति पेचिलो थिएन । कोकेलाई उग्रवामपन्थताबाट मुक्त गर्नुपर्छ भन्ने एकथरि विचार थिए । भारतको नक्सलाइटको सिको गरेर मात्र हुँदैन आफ्नो मौलिकता चाहिन्छ भन्ने धारणा यस पक्षको थियो । अर्कोथरि नेताहरू पार्टी दक्षिणपन्थी भयो र क्रान्तिक्रारी लाइन छोड्यो भनेर असन्तुष्ट हुनुहुन्थ्यो ।

    यसप्रकार दुई विपरित ध्रुवबाट पार्टी हेडक्वाटरमा गोलावारी भयो । त्यसलाई प्रतिवाद गरेर कोअर्डिनेसन केन्द्रलाई मझधारमा कायम राखियो । पार्टीले सुधारको लाइन लियो ।

    सीपी मैनालीको विस्थापन

    तत्कालीन समयमा हाम्रा पार्टीको नेतृत्व सीपी मैनालीले सम्हाल्नुभएको थियो । त्यसबेला उहाँको छवि कुनै दन्त्यकथाको राजकुमारभन्दा कम थिएन । वायूपंखी घोडा चढेर तरबार चलाउँदै दुश्मनहरू ढाल्दै हिँड्ने राजकुमारजस्तो । खानदानी परिवारको सदस्य, एसएलसीको बोर्डमा आएको, आकर्षक र प्रभावशाली व्यक्तित्व, जेल ब्रेकको अगूवाइ गरेको आदि कारणले पार्टीबाहिर उहाँको ‘करिस्म्याटिक’ खालको छाप थियो ।

    तर, पार्टीभित्र चाहिँ उहाँले आफ्नो प्रभाव गुमाउँदै जानुभयो । पार्टीको आकार ठूलो हुँदै जाँदा यसलाई आफ्नो पकडमा राख्ने नेतृत्व क्षमता उहाँमा रहेन । सबैले आफूले भनेको मानिदिउन् भन्ने सोच्ने, तर अरुलाई विश्वासमा लिन नसक्ने । यसले गर्दा सीपी मैनाली कमजोरमात्र हुनु भएन, केन्द्रीय समितिमा नितान्त एक्लो हुन पुग्नुभयो । अरु सबै केन्द्रीय सदस्य एकातिर उहाँ अर्कोतिर ।

    तर, समस्या के भने पार्टीमा सीपीको विकल्पमा को भन्ने प्रश्नको उत्तर थिएन । उहाँको जस्तो हाइट अर्को कुनै नेताले बनाउन नसकेको अवस्था थियो । मदन भण्डारी पनि त्यो बेलासम्म सीपीको उचाइमा पुग्नुभएको थिएन ।

    आज म एमालेको चौंथो महाधिवेशन पनि सम्झिरहेको छु । नेपालमा प्रजातन्त्र आउनुअअघि २०४६ साल भदौमा यो महाधिवेशन सिराहाको एउटा गाउँमा भएको थियो । राजमार्गभन्दा उत्तर डेढ-दुई घन्टा दूरीमा पर्ने त्यो गाउँ मेरो कार्यक्षेत्र अन्तर्गत पर्थ्यो । त्यसैले महाधिवेशनको मुख्य व्यवस्थापन समूहमा म पनि थिएँ ।

    यस्तो पृष्ठभूमिमा मालेको केन्द्रीय समितिको सातौं वैठक अति महत्वपूर्ण थियो, जसको आयोजना र व्यवस्थापन मैले गरेको थिएँ । यो वैठक २०३९ सालको असोज महिनामा भएको हो । भूमिहीन किसानको बस्तीमा मै आयोजना गरिएको थियो । त्यस बैठकमा सीपी मैनालीले महासचिवबाट राजीनामा दिनुभयो । र, उहाँको ठाउँमा झलनाथ खनाललाई महासचिव बनाइयो ।

    सीपीले त्यसबेला पार्टीले कारवाही गरेर आफूलाई हटाएको बताउने गर्नुभएको छ । तर, त्यस्तो होइन । पार्टीभित्रको आलोचना र विरोध थाम्न नसकेपछि उहाँ आफैंले राजीनामा दिनुभएको थियो । यो घटनाले वास्तवमा नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो महत्व राख्छ । यसले तत्कालीन भूमिगत पार्टी मालेभित्र विभाजनको तरंग ल्याइदिएको थियो ।

    चौथोदेखि नवौं महाधिवेशनसम्म

    आज म एमालेको चौंथो महाधिवेशन पनि सम्झिरहेको छु । नेपालमा प्रजातन्त्र आउनुअअघि २०४६ साल भदौमा यो महाधिवेशन सिराहाको एउटा गाउँमा भएको थियो । राजमार्गभन्दा उत्तर डेढ-दुई घन्टा दूरीमा पर्ने त्यो गाउँ मेरो कार्यक्षेत्र अन्तर्गत पर्थ्यो । त्यसैले महाधिवेशनको मुख्य व्यवस्थापन समूहमा म पनि थिएँ ।

    त्यही महाधिवेशनबाट एमालेमा मदन भण्डारीको जबरजस्त उदय भएको हो । उहाँ पार्टीको महासचिव छानिनुभयो । उहाँलाई कसैले चुनौति नै दिन सकेन । सीपी मैनाली कमजोर भइसक्नुभएको थियो ।

    त्यस महाधिवेशनका तीनवटा पक्ष महत्वपूर्ण छन् । नेपालमा विभिन्न साना-ठूला कम्युनिष्ट समूहको मोर्चा बन्नुपर्छ भन्ने अवधारणा त्यस महाधिवेशनबाट पास गरियो । राजाको निदर्लीय निरंकुश व्यवस्थाको विरुद्धमा सम्भव भएसम्म सबै शक्तिसँग मिलेर जानुपर्छ भन्ने लाइनमा माले उभियो । त्यस क्रममा राजतन्त्रको साझा सत्रुविरुद्ध प्रतिस्पर्धी पार्टी कांग्रेससँग मिलेर जाने नीति पारित गरियो ।

    तेस्रो, चाहिँ हामीले त्यही महाधिवेशनबाट बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्थालाई पहिलोपटक अंगिकार गर्‍यौं । सोही सैद्धान्तिक प्रस्तावना २०४९ सालको पाचौं राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलिय जनवादका रूपमा विकसित भएको हो । पाँचौं महाधिवेशनमा मदन भण्डारी फेरि भारी मतले महासचिव निर्वाचित हुनुभयो । त्यही महाधिवेशनमार्फत पार्टीको न्यूनतम कार्यक्रमका रूपमा जबज विधिवत पारित भयो ।

    पाचौं महाधिवेशन काठमाडौंमै भएको थियो । प्रजातन्त्र आइसकेको हुँदा भूमिगत व्यवस्थाजस्तो चुनौती थिएन । जनसंगठनहरू सबै परिचालित गरिएका थिए । म काठमाडौंको काम हेर्थेँ । तर पहिलेजस्तो व्यवस्थापनको गह्रुंगो जिम्मेवारी जिम्मवारी भएन ।

    २०५० साल जेठ ३ मा दासढुंगा दुर्घटना भएपश्चात माधव नेपाल महासचिव मनोनीत बन्नुभयो । छैटौं महाधिवेशन नेपालगञ्जमा भयो । त्यसले माधव नेपाललाई महासचिव छनोट गर्‍यो । जनकपुरमा भएको सातौं महाधिवेशनबाट पनि उहाँ नै महासचिव रहनुभयो । आठौं बुटबलमा र नवौं काठमाडौंमा भयो । दसौं अब चितवनमा हुन गइरहेको छ ।

    विगतका महाधिवेशनको स्मृतिपछि पोखरेलसँग भोलिबाट सुरू हुन गइरहेको दसौं महाधिवेशनका सन्दर्भमा गरिएको वार्तालापः

    -पार्टीको सुरूआती महाधिवेशन र पछिल्ला महाधिवेशनहरूलाई तुलना गरी हेर्दा व्यवस्थापकीय हिसाबले ज्यादै भड्किलो भएको र क्रान्तिकारी धार भुत्ते हुँदै गएको महसुस हुँदैन ?

    हिजो र आजको काम गर्ने तौरतरिका अवश्य पनि फरक हुन्छ । त्यो स्वाभाविक हो । प्रविधिमा आएको परिवर्तन र भौतिक सुविधाहरूलाई हामीले पनि आत्मसात् गर्नैपर्छ । हिजो पैदल हिँडेर जाने ठाउँमा आज मोटरमा गइन्छ वा जहाजमा गइन्छ । क्रान्तिकारी हुने भनेर पैदल नै हिँड्ने कुरा हुँदैन ।

    माधव नेपालले १५ वर्ष अविच्छिन्न रूपमा पार्टी हाँक्नुभयो । तर, केपी ओली सर्वोच्च पदमा पुग्नुभएको थिएन । उहाँले पनि त जाँचिने मौका पाउनुपर्‍यो । मैले माधव नेपाललाई पनि यही कुरा भनेँ । उहाँलाई पनि जाँचिने मौका दिउँ । राम्रो गर्नुभयो भने पार्टीलाई र देशलाई पनि फाइदा हुन्छ । ह्वाइ नट वान्स भनेर एकदमै जोडतोडले लागेको हो । केपी ओली स्टेचरमा बसेर भए पनि यो पार्टीको प्रमुख बन्नुपर्छ भन्ने मान्छे हौं हामी ।

    हिजो झोलाझोलामै अफिस हुन्थे । सीपी मैनालीले जेल तोडेर आउनुभएपछि काठमाडौंमा साथीहरूको डेरालाई अफिसको रूपमा प्रयोग गर्न थालियो । उहाँ केही दिन एउटा साथीकोमा, फेरि अर्को साथीकोमा सर्दै जाँदा अफिस पनि उहाँसँगै सर्थ्यो । महासचिव जहाँ बस्यो, त्यहीँ यसो चाँजोपाजो मिलायो ।

    अब अहिलेको कुरा गर्दा सुविधासम्पन्न पार्टी कार्यालय छ । मोबाइल, इन्टरनेटका सुविधाहरू छन् । यस्ता सुविधाहरूले हाम्रो कामगराइलाई अझ प्रभावकारी र छरितो बनाउने हुन् । यसलाई बुर्जुवाकरण भएको भन्न मिल्दैन ।

    – तपाईंको व्यक्तिगत कुरा गर्दा हरेक महाधिवेशनमा तपाईंले संस्थापन पक्षलाई साथ दिनुभएको देखिन्छ । कतिपयले यसलाई शक्तिको भक्ति गरेको अर्थमा लिएर आलोचना पनि गर्छन् । यो संयोग मात्रै हो वा संस्थापनसँग नजिक हुने तपाईंको प्रवृत्ति हो ?

    पार्टीमा संस्थापन कहाँ छ भनेर म खोज्दै जान्न । म जहाँ सही ठानेर उभिन्छु, त्यो संस्थापन भएको छ । यसलाई संयोग भन्नुस् वा जे भन्नुस् । आधिकारिक नेतृत्व जो हो त्यसलाई त सबैले मान्नैपर्छ । हिजो सीपी मैनाली, झलनाथ खनाललाई मानियो । मदन कमरेड आएपछि उहाँलाई मानियो । त्यसपछि माधव नेपाललाई पनि डटेर साथ दिएकै हो । पछिल्लो महाधिवेशनमा केपी ओलीको पक्षमा दृढतापूर्वक उभिएँ । म जहाँ उभिन्छु, त्यो संस्थापन बन्छ भने त्यो मेरा लागि सुखद कुरा नै हो ।

    – नवौं महाधिवेशनमा किन केपी ओलीतिर लाग्नुभयो ?

    केपी ओली झापा संघर्षबाट पैदा भएको नेता हो । माधव नेपालले १५ वर्ष अविच्छिन्न रूपमा पार्टी हाँक्नुभयो । तर, केपी ओली सर्वोच्च पदमा पुग्नुभएको थिएन । उहाँले पनि त जाँचिने मौका पाउनुपर्‍यो । मैले माधव नेपाललाई पनि यही कुरा भनेँ । उहाँलाई पनि जाँचिने मौका दिउँ । राम्रो गर्नुभयो भने पार्टीलाई र देशलाई पनि फाइदा हुन्छ । ह्वाइ नट वान्स भनेर एकदमै जोडतोडले लागेको हो । केपी ओली स्टेचरमा बसेर भए पनि यो पार्टीको प्रमुख बन्नुपर्छ भन्ने मान्छे हौं हामी ।

    – तपाईं स्वयम् पनि त पार्टीको पुरानो र संस्थापक नेतामा पर्नुहुन्छ । आफैं प्रमुख भएर पार्टी हाँक्ने लक्ष्य किन राख्नु भएन ?

    यसमा दुईवटा कुरा हुन्छ । एउटा तत्काल आफूसँग केन्द्रित विषयहरू हुन्छन् । मैले पाउँछु कि पाउँदिन भन्ने । अर्को चाहिँ केन्द्रीय राजनीतिको दिशा हुन्छ । देशको केन्द्रीय राजनीतिलाई कसरी र कसले निर्देशित गर्ने भन्ने पक्षबाट हेर्नुपर्छ । मैले कहिले पनि आफूलाई केन्द्रमा राखेर सोचिनँ । आफूलाई धुरी मानिनँ । म पार्टीको लागि, आन्दोलनका लागि अधिकतम कसरी उपयोग हुनसक्छु भन्ने मात्रै मेरो चिन्ता रह्यो । व्यक्तिगतरूपमा मलाई कति कम्फर्टेबल भयो, भएन भन्ने महत्वपूर्ण होइन । केन्द्रीय महत्वको अभियानमा म सही ठाउँमा छु कि छैन भन्ने महत्वपूर्ण कुरा हो मेरा लागि ।

    के देखियो भने केपी ओली एमालेका लागि मात्रै नभएर देशको लागि आवश्यक हुनुभयो । यतिबेला केपी ओलीको अनुपस्थितिमा मुलुकको राजनीतले सही दिशा लिनसक्ने अवस्था देखिँदैन ।

    जिम्मेवारीको कुरा गर्दा ३३ सालमा कोअर्डिनेसन केन्द्रको सदस्य भएँ । ३५ सालमा माले बन्यो । त्यसको केन्द्रीय सदस्य भएँ । ४७ सालमा एमाले बन्दा त्यसको पनि केन्द्रीय सदस्य भएँ । त्यसयता पाचौं, चौंथो, छैटौं, सातौ, आठौं, नवौंसम्म केन्द्रीय सदस्य रहेँ । केन्द्रीय कार्यालयको, सचिवालयको, संगठन विभागको प्रमुख भएँ । दुईपटक महासचिव भएँ । अब तेस्रोपटक महासचिव हुन्नँ ।

    कति सफल भएँ भन्ने अलग्गै विश्लेषणको पाटो हो, तर इमान्दारीतापूर्वक जिम्मेवारी निभाउने प्रयास गरेको छु । आफ्नो इमानमा प्रश्न उठ्ने ठाउँ मैले कहिले पनि छोडिनँ । मेरो योग्यता थोरै हुन सक्छ, तर इमान थोरै हुन दिइनँ । यसर्थ अहिलेसम्म पाएको जिम्मेवारी र कार्यसम्पादनमा खुसी छु । अझै भनेअनुसार गर्न पाइएन भन्ने त लाग्छ । तर, इमान छाडेको छैन भन्नेमा गर्व लाग्छ । उद्देश्यप्रति समर्पित हुनुपर्‍यो । पद मुख्य होइन । यो विषयलाई म एकदम इजी लिन्छु । जहिलेसम्म सक्छु, आन्दोलनको पक्षमा, पार्टीको पक्षमा दृढतापूर्वक उभिन्छु ।

    – यो महाधिवेशनमा अध्यक्ष उठौं भन्ने चाहना कहीँ कतै मनमा आएन ?

    मैले दुईवटा कुरा गरेको थिएँ । यतिबेला राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान म कहाँ उभिदा राम्रो हुन्छ भन्ने निर्णय लिने हो । दोस्रो, पहिले नै म अध्यक्ष वा यो भनेर घोषणा गर्नु पनि उचित होइन । सल्लाह, परामर्शमा हुने हो । मलगायत हाम्रो नेतृत्वमा रहेका साथीहरू परिस्थितिले जुनसुकै जिम्मेवारी पनि योग्यतापूर्वक बहन गर्न सक्छौं । ममात्रै होइन अरु साथीहरू पनि हुनुहुन्छ । हाम्रो पार्टीमा नेतृत्वको हानाथाप छैन ।

    – पार्टी संस्थापनलाई दरिलो साथ दिँदा दिँदै पनि पछिल्लो समय तपाईंलाई संस्थापनबाटै किनारामा पार्ने श्रृंखलाबद्ध घटनाहरू देखिन्छन् । तपाईं स्वयम्ले त्यस्तो महसुस गर्नुभएको छ कि छैन ?

    बाहिरबाट हेर्दा, देख्दा, सुन्दा कस्तो लाग्छ थाहा भएन । म एकतर्फी हिसाबले गन्तव्यतर्फ हिँडिरहेको हुन्छु । मैले आफ्नो गन्तव्य हेरेर हिँड्नुपर्छ । आन्दोलनमा लाग्दा कतिपय गाँसिएका प्रश्नहरू आउँछन् । कतिपय प्रश्नको उत्तर भविष्यले दिन्छ । त्यहीबला उत्तर खोजिरहनुपर्दैन । मेरो बारेमा किन भनेर बहस गर्न चाहन्नँ । आफ्नो उद्देश्यप्रति एकटकले समर्पित भएर हिँडिरहनुपर्‍यो । क्षमता, क्रियाशिलता रहुञ्जेल त्यही लक्ष्य रहन्छ मेरो ।

    – पार्टीमा लामो समयदेखिका सहयात्रीहरू माधव नेपाल, झलनाथ, वामदेव लगायतहरू यो महाधिवेशनमा छुट्नुभएको छ । उहाँहरू कत्तिको मिस हुनुहुनेछ ?

    उहाँहरू गलत बाटोमा हिँड्नुभयो । आन्दोलनमा लागेका साथीहरू अलग्गिँदा नोक्सानै हुन्छ । उहाँहरू झन् सुरूदेखिका साथीहरू हो, अलग हुनुभएकोमा दु:ख नै लागेको छ । तर, उहाँहरूले एउटा अत्यन्त गलत बाटो समात्नुभो । उहाँहरूभित्रको इमानले उहाँहरूलाई चिमोटिरहनेछ । जुन तरिका र रवैया अपनाएर जानुभयो, त्यसले अहिलेसम्म गरेको योगदानलाई ठूलो नोक्सानी पुर्‍याउने देख्छु ।

    – भविष्यमा फेरि सँगै हुन सक्ने झिनो सम्भावना देख्नुहुन्छ ?

    तत्काल त्यो सम्भावना देख्दिनँ । तर, राजनीतिमा सम्भावनाका ढोकाहरू खुल्ला नै हुन्छन् ।

    – अहिलेको बिन्दुबाट फर्केर हेर्दा एमालेको सबैभन्दा राम्रो समय वा भनौं ‘स्वर्णकाल’ का रूपमा कुन अवधिलाई लिनुहुन्छ ?

    एमाले पार्टीको अग्रगति र प्रगति निरन्तर छ । तर, जुन उचाइमा अग्रगति छ त्यही उचाइमा चुनौती पनि छन् । जबितेलादेखि मदन भण्डारीले एमालेमा नेतृत्वदायी भूमिका खेल्न थाल्नुभयो, हामीले धेरै सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरूको उत्तर दिँदै अगाडि बढ्यौं । त्यो एउटा महत्वपूर्ण कालखण्ड थियो । ०४६ सालको जनआन्दोलनमा वाममोर्चा बनाउने कुरा, कांग्रेससँग कार्यगत एकता गर्ने कुरा, बहुदलीय जनवादलाई आत्मसात् गर्ने कुरा पार्टी जीवनमा अत्यन्त महत्वपूर्ण छन् । त्यो बेलाको चुनावमा एकैपटक सेकेन्ड लार्जेस्ट पार्टी भएर आयौं । चानचुने सफलता थिएन त्यो ।

    माधव, झलनाथ, वामदेव लगायतका नेताहरू गलत बाटोमा हिँड्नुभयो । आन्दोलनमा लागेका साथीहरू अलग्गिँदा नोक्सानै हुन्छ । उहाँहरू झन् सुरूदेखिका साथीहरू हो, अलग हुनुभएकोमा दु:ख नै लागेको छ । तर, उहाँहरूले एउटा अत्यन्त गलत बाटो समात्नुभो । उहाँहरूभित्रको इमानले उहाँहरूलाई चिमोटिरहनेछ ।

    त्यसपछि सम्झिनुपर्दा हामीले चलाएको पहिलो ९ महिने सरकार पनि अविस्मरणीय छ । संसारमा कम्युनिष्टहरू सरकारमा गएपछि बदनाम हुन्छन् भन्ने धारणा थियो । तर, हामीले लोकप्रिय सरकार चलायौं । छोटो समयमा हामीले केही उल्लेख्य कामहरू गर्यौं । पछिल्लो समयमा चुनौती आएका छन् । अहिले चुनौतीको सामना गर्ने हिसाबले अगाडि बढ्दैछौं ।

    – एमालेको अबका मुख्य चुनौती के हुन् ?

    वास्तवमा जेठ ३ को एकतापछि पार्टीमा विश्रृंखलता आयो । विचारमा, संगठनमा, नेतृत्वमा विश्रृंखलता आए । त्यसले सबैतिर पार्टी देखिने तर कहीँ पनि नभेटिने खालको अवस्था बन्यो । अब विचारमा ‘कन्सोलिडेट’ गर्नुपर्ने आवश्यकता छ । त्यसको प्रारम्भ भइसकेको छ । एकै दिन वडा अधिवेशन, एकै दिन पालिका अधिवेशन गर्‍यौं । निर्धारित समयमा विधान महाधिवेशन गर्यौं र दसौं राष्ट्रिय महाधिवेशन तोकिएको मितिमा गर्दैछौं । एमालेको कतै जुइना खुस्केको, किलाकाँटा खुस्केको छ, त्यसलाई कस्दैछौ । अझै प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित हुनेछौं ।

    – यो महाधिवेशनबाट केपी ओली अध्यक्षमा दोहोरिने निश्चितजस्तो देखिएको छ । के उहाँको नेतृत्व निर्विकल्प हो एमालेका लागि ?

    के देखियो भने केपी ओली एमालेका लागि मात्रै नभएर देशको लागि आवश्यक हुनुभयो । यतिबेला केपी ओलीको अनुपस्थितिमा मुलुकको राजनीतले सही दिशा लिनसक्ने अवस्था देखिँदैन ।

    – महासचिव फेरि हुन्न भनिसक्नुभयो । अब तपाईंको उम्मेदवारी चाहिँ बरिष्ठ उपाध्यक्षमा हो ?

    हामीले कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने गरी विधान बनाएका छौं । त्यसैले म तेस्रोपटक महासचिव हुने कुरा आएन । चाहना पनि छैन । अरु कुरामा सल्लाह/परामर्श भइरहेको छ । पार्टी अध्यक्ष र अन्य साथीहरूको परामर्शमा उचित निर्णय लिनेछु ।

  • एमाले महासचिवको घोषणा- महाधिवेशनमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौं

    एमाले महासचिवको घोषणा- महाधिवेशनमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौं

    काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल नबनाउने र सूची पनि नबाँड्ने बताएका छन् ।

    महाधिवेशनमा जनपरिचालनबारे बुधबार वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले सहमतिमै नेतृत्व चयन हुने बताए ।

    ‘हाम्रोमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौं,’ हामीलाई व्यक्तिगतरूपमा साथीहरूले मत दिनुहुन्छ ।’

    पोखरेलले देशको राजनीति अहिले दुई ध्रुवमा ध्रुवीकृत भएको भन्दै एउटा ध्रुवको नेतृत्व केपी ओलीले गरेको बताए । अर्को ध्रुवको नेतृत्व सत्ता गठबन्धनले गरेको भन्दै उनले उक्त गठबन्धन विचार र सिद्धान्तहीन भएको अरोप लगाए ।

  • एमाले टोखा नगर कमिटी अधिवेशन जारी

    एमाले टोखा नगर कमिटी अधिवेशन जारी

    काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्लाअन्तर्गत टोखा नगर कमिटीको अधिवेशन पनि सुरू भएको छ । अधिवेशनको उद्घाटन एमाले महासचिव ईश्वर पोखरेलले गरे ।

    आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट गर्ने भए पनि काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू भएको हो ।

    अधिवेशन उद्घाटनपछि पोखरेलले ‘पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ गर्ने यो महाअभियानमा उत्साहपूर्वक जुट्न’ अनुरोध गरेका छन् ।

    पालिका अधिवेशनबाट चयन हुने नेतृत्व आगामी चैतमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी पनि हुने भएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • ईश्वर पोखरेलको घोषणा- केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी गर्दिनँ

    ईश्वर पोखरेलको घोषणा- केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी गर्दिनँ

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने गरी कुनै गतिविधि नहुने प्रष्ट्याएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विधानले पनि नमिल्ने भन्दै आफू तेस्रोपटक महासचिवको उम्मेदवार नबन्ने बताए । अहिले केपी ओली एकातिर र ओलीविरोधी सबै अर्कोतिर भएर मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएको भन्दै पोखरेलले ओलीलाई झन् बलियो पार्न पार्टीमा एकमतका साथ सबै अघि बढ्नुपर्नेमा जोड दिए ।

    वरिष्ठ उपाध्यक्ष वा अध्यक्षमध्ये के बन्नुहुन्छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘गठबन्धन एकातिर छ, अध्यक्ष ओली एकातिर हुनुन्छ । यो बेला उहाँलाई सबैको साथ चाहिन्छ । ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौं ‘, पोखरेलले भने ।

    एमाले हटाउने र अर्को प्रधानमन्त्री तोक्ने परमादेशको निर्णयले मन्त्रिपरिषद्‍मा अदालत भागबण्डामा बसेको विषयले एमालेविरुद्धका चलखेल पुष्टि हुँदै गएको पोखरेलको भनाइ थियो । ‘व्यक्तिलाई प्रधानमन्त्री बनाउने परमादेशदेखि अहिलेसम्मको घटनाक्रम हेर्दा एमालेविरुद्ध कसरी अदालत प्रयोग भएको खुल्दै गएको छ, यसको फैसला जनताले गर्छन्’, उनले भने ।

    महासचिव पोखरेलले यो गञ्जागोलभन्दा ताजा जनादेशमा जानुपर्ने एमालेको एकमात्र जोड रहेको बताए । कसैसँग गठबन्धन गरेर नभइ एमाले एक्लै लड्ने र जनादेशबाट पुन: आउने उनको दाबी छ ।

  • ईश्वर पोखरेलको आरोप- पार्टी फुटाएर माधव नेपालले अपराध गरे (भिडिओ)

    ईश्वर पोखरेलको आरोप- पार्टी फुटाएर माधव नेपालले अपराध गरे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटाएर माधव नेपालले बेइमानी मात्रै होइन, अपराध गरेको बताएका छन् । आज नेकपा एमाले विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विपक्षी एवम् विरोधीसँग मिलेर माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएका हुन् ।

    विगतमा पनि पार्टी विभाजनका घटना भएको भन्दै उनले पार्टी फुटाउने कसैको पनि राजनीतिक भविष्य राम्रो नभएको उनको भनाइ छ । ढिलोचाँडो अहिले पार्टी फुटाउनेले पनि पछुताउनुपर्ने भन्दै उनले माधव नेपालले अक्षम्य गल्ती गरेको बताए ।

    ‘प्रतिकुलतासँग लडेरै यहाँ आइपुगेका हौं, आगामी दिनमा पनि प्रतिकुलतासँग जुध्नसक्ने आँट चाहिन्छ’, पोखरेलले भने, ‘हाम्रो पार्टी स्वर्गमा बनेको होइन, यहाँ असल–खराब दुवै छन् ।’

     

  • निजामति कर्मचारीलाई एमाले महासविचको निर्देशन : बफादार कार्यकर्ता र राष्ट्रसेवकको भूमिका खेल्नुहोस्

    निजामति कर्मचारीलाई एमाले महासविचको निर्देशन : बफादार कार्यकर्ता र राष्ट्रसेवकको भूमिका खेल्नुहोस्

    काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निजामति कर्मचारीलाई पार्टीप्रति बफादार र राष्ट्रसेवकका रुपमा भूमिका खेल्न निर्देशन दिएका छन्।

    शनिबार राजधानीमा आयोजित नेपाल निजामति कर्मचारी संगठनको कार्यक्रमम पोखरेलले त्यसलाई ‘टु इन वान’को भूमिकाको रुपमा अर्थ्याए । एमालेका बफादार कार्यकर्ता र सँगसँगै सबै नागरिकलाई सेवा दिने राष्ट्रसेवक कर्मचारीका रुपमा प्रस्तुत हुनुपर्छ, उनले भने।

    कतिपयले पेशाप्रति मात्रै बफादार हुँदा पार्टी भुल्ने गरेको र कतिपयले पार्टीप्रति मात्रै बफादार हुँदा पेशा भुल्ने गरेको भन्दै पोखरेलले त्यसलाई बदल्नुपर्नेमा जोड दिए।

  • एकता प्रक्रियासहितको एमाले जेठ २ मा सीमित हुँदैन: महासचिव पोखरेल (भिडिओ)

    एकता प्रक्रियासहितको एमाले जेठ २ मा सीमित हुँदैन: महासचिव पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जेठ २ मा फर्किने कुरालाई यान्त्रिक ढंगले नबुझ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आजको एमाले माओवादीसँगको एकता प्रक्रियासहितको पार्टी हो भनेर बुझ्नुपर्ने बताए ।

    महासचिव पोखरेलले भने, ‘जेठ २ लाई राजनीतिक र कानूनी मर्मका आधारमा बुझ्नुपर्छ । आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र होइन, विकसित एमाले हो । एकता प्रक्रियासहितको एमाले हो । जेठ २ लाई हामीले सिर्जनात्मक प्रयोग गर्ने हो ।’

    पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने र भइरहेको भन्दै माओवादीसहितको एकताको एमाले हो भनेर नबुझ्ने हो भने पार्टी बलियो नहुने प्रष्ट पारे ।

    महासचिव पोखरेलले आजको मुलुक एमाले र एमाले विरोधी दुई ध्रुवमा विभाजित भएकाले सुदृढ एमाले आवश्यक रहेको बताए ।

  • भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले, महासचिव पोखरेल भेटघाट र छलफलमा

    भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले, महासचिव पोखरेल भेटघाट र छलफलमा

    काठमाडौं । नेकपा एमालेले भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन थालेको छ । पार्टीमा विभाजन आएसँगै एमालेले भातृ संगठनलाई थप सक्रिय बनाउन लागेको हो ।

    महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका भ्रातृ संगठनका नेता कार्यकर्तासँग भेटघाट र छलफल थालेका छन् । मंगलबार महासचिव पोखरेलले नेपाल खेलकुद महासंघ काठमाडौं महानगरपालिका वडा नम्बर ५, अखिल नेपाल महिला संघ वडा नम्बर ५ र युवा संघ वडा नम्बर ५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरेका हुन् ।

    भेटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, एमाले स्थानीय नेता गणेश श्रेष्ठलागयतको उपस्थिति थियो ।

    नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय संगठनको भेला आयोजना गरिएको हो ।

    भेटमा महासचिव पोखरेलले महिला नेतृहरुलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरे ।

    कार्यक्रममा प्रदेश सांसद सिलवालले सबै किसिमका सहयोगको लागि आफू तयार रहेको बताए । उनले नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न हौसला दिए । कार्यक्रममा नेपाल खेलकुद महासंघ वडा नम्बर ५ का अध्यक्ष मनिष डंगोलले खेलकुदलाई प्राथमिकता दिन आग्रह गरे ।

    त्यस्तै, युवा संघका वडा नम्बर ५ का अध्यक्ष सुशील प्रजापतिले युवालाई सीपमूलक काममा लगाउनुपर्ने बताए । त्यसैगरी, वडा कमिटी अध्यक्ष प्रजापतिले सबै किसिमका समस्या समाधानमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अखिल नेपाल महिला संघकी वडा कमिटी अध्यक्ष हरिकला केसीले महिलालाई सबै क्षेत्रमा विशेष प्राथमिकता दिन आग्रह गरिन् ।

  • माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौं:महासचिव पोखरेल

    माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौं:महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी र माधव नेपालको पार्टीसँग कुनै किसिमको सहकार्य नहुने बताएका छन् ।

    सोमबार पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने प्रतिगामीहरूसँग सहकार्य वा गठबन्धन नहुने प्रष्ट पारे ।

    ‘मुलुक केपी ओली र ओलीविरोधी सबै शक्तिको दुई ध्रुवमा ध्रुवीकरण भएको भन्दै एमालेविरुद्धको गठबन्धनलाई परास्त गर्नेछौं’, पोखरेलले भने । माधव नेपालले जीवनमा एकपटक मात्र आन्तरिक प्रतिस्पर्धा गरेको र अध्यक्ष हारेपछि अर्को महाधिवेशन पर्खिन नसकी अध्यक्ष पद मागेर चोइटिएको उनको दावी थियो ।

    एमालेको महाधिवेशनमा कार्यकर्ताले चाहे आफू नेतृत्व लिन सक्षम रहेको भन्दै अहिले केपी ओलीविरुद्धको ध्रुवीकरणलाई परास्त गर्न एमाले एकजुट हुने नेता पोखरेलले बताए ।

     

  • महाधिवेशन र स्थानीय चुनावलक्षित गतिविधि अघि बढाउन एमाले महासचिवको निर्देशन

    महाधिवेशन र स्थानीय चुनावलक्षित गतिविधि अघि बढाउन एमाले महासचिवको निर्देशन

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब महाधिवेशन र स्थानीय चुनावलाई लक्षित गरेर तलैसम्म गतिविधि सञ्चालन गर्न कार्यकर्तापंक्तिलाई निर्देशन दिएका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले माधव नेपालको माओवादीकरण र जसरी पनि एमाले सिध्याउने उद्देश्य रहेका कारण एउटा सानो समूह पार्टीमा अटाउन नसकेर बाहिरिएको बताए ।

    पोखरेलले पार्टी आमरूपमा एकढिक्का रहने र १० बुँदे सहमति कार्यन्वयन गर्दै अघि बढ्ने बताए । अब एमालेको दशौं महाधिवेशन र स्थानीय चुनावलाई केन्द्रित गरिने र पार्टी अझ बलियो बन्ने र लाखौं लाख नयाँ मान्छेहरू थपिने दावी उनको थियो ।

    विधान महाधिवेशनका लागि प्रस्तावित विधान मस्यौदामा सुझाव संकलन गर्न आयोजित भेलामा क्षेत्रीय संयोजक तथा प्रदेश सभाका प्रमुख सचेतक दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायत जिल्ला र नगर कमिटीका पदाधिकारीहरूको सहभागिता थियो ।

    भेलामा केन्द्रीय सदस्य तथा काठमाण्डौ सह इन्चार्ज नारायण सिलवाल र दीपक निरौलाले सदस्यता विवरण, नवीकरण र स्थानीय तहका निर्वाचनलक्षित कार्यक्रम अघि बढाइने बताए ।

  • एमाले एकताबारे भीम रावल र ईश्वर पोखरेलबीच छलफल

    एमाले एकताबारे भीम रावल र ईश्वर पोखरेलबीच छलफल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पार्टीको आन्तरिक एकतालाई सवल बनाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

    पोखरेल निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने धारणा राखेका छन् ।

    महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरूसँग निरन्तर संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले बताए । प्रतिनिधिसभाको विघटन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थनजस्ता विषयमा एमालेभित्र मतभेद छ ।

    अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म मिल्न नसकिने बताउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने चर्चा भइरहँदा माधव पक्षकै केही नेता भने पार्टी एकतामा जोड दिइरहेका छन् ।

  • ‘समृद्धिप्रतिको संकल्प’ सार्वजनिक गर्दै पोखरेलले भने : युवामा अध्ययन कमी भयो

    ‘समृद्धिप्रतिको संकल्प’ सार्वजनिक गर्दै पोखरेलले भने : युवामा अध्ययन कमी भयो

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युवा पुस्तामा अध्ययन र लेखनप्रति चासो घट्नु दुर्भाग्यपूर्ण रहेको भन्दै राजनीतिमा लाग्ने युवाहरुलाई बौद्धिक विकासमा केन्द्रित हुन सुझाव दिएका छन् ।

    अनेरास्ववियुकी उपाध्यक्ष तथा युवा नेतृ सुनिता बरालको पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ शनिवार लोकार्पण गर्दै महासचिव पोखरेलले बरालको पुस्तकका केही अंश पढ्दा आफूले उनमा भविष्यको नेतृत्व गर्न सक्ने सम्भावना देखेको बताए ।

    बरालको पहिलो पुस्तक समृद्धिप्रतिको संकल्पमा राजनीतिक,प्रशासनिक,विकास तथा आर्थिक सामाजिक पक्षहरुको बारेमा गहन अध्ययनपछिका निष्कर्ष समेटिएको कार्यक्रमका वक्ताहरुले बताए ।

    कार्यक्रममा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक तथा अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराई,अनेरास्ववियुका अध्यक्ष ऐन महर लगायतका वक्ताहरुले पुष्तकमाथि टिप्पणी गरेका थिए ।

  • स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने एमालेको निर्णय, केन्द्रीय कमिटी बैठक आह्वान

    स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने एमालेको निर्णय, केन्द्रीय कमिटी बैठक आह्वान

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

    त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुन: स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् ।

    महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।

  • सहमतिको नाममा एमाले विवाद लामो समयसम्म रहनु हुँदैन : महासचिव पोखरेल

    सहमतिको नाममा एमाले विवाद लामो समयसम्म रहनु हुँदैन : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सहमतिको नाममा पार्टीभित्रको विवाद अनन्तः कालसम्म रहन नहुने बताएका छन् ।

    शुक्रबार पार्टी कार्यालयमा एमालेले आयोजना गरेको खीर खाने कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले भने, ‘हामी अधिकतम कोसिस गर्छौं । अधिकतम कोसिस गर्ने नाममा यो अनन्त कालसम्म अनिश्चिताको स्थिति रहनु हुँदैन ।’

    पोखरेलले १० बुँदे सहमतिका आधारमा चाँडै निर्णय गरेर अघि बढ्ने बताए। ‘पार्टीका कार्यकता र शुचिन्तकहरूले पनि अनन्तकालसम्म यो रहनु हुँदैन भन्ने भावना प्रकट गर्नु भएको छ,’ उनले भने, ‘त्यस आधारमा हामी एउटा टुंगोमा चाँडै पुग्छौं । कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ, हाम्रो जोड त्यसमै छ ।’

    उनले शनिबार बोलाइएको स्थायी कमिटीमा यसबारे थप निर्णय गरेर जाने बताए । पार्टी अध्यक्ष ओलीसमेत अब धेरै कुर्ने पक्षमा नरहेको पोखरेलको भनाइ छ । एमालेको स्थायी कमिटी बस्नुअघि ओली पक्षीय नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद बढाएका छन् ।

    शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल उनकै निवास कोटेश्वर पुगेका थिए । अध्यक्ष ओलीले भोलि स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका बेला संस्थापनतर्फका नेता पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न गएका हुन् । यसअघि हिजो स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि नेपाललाई भेटेका थिए ।

  • देउवालाई मत दिनेहरूलाई माफी दिन सकिँदैन: ईश्वर पोखरेल

    देउवालाई मत दिनेहरूलाई माफी दिन सकिँदैन: ईश्वर पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् ।

    आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताएका हुन् ।

    सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।

    महासचिव पोखरलले भने,‘हाम्रो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा यति अप्रिय घटनाहरु पनि घटदैछन् हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णय विपरित विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमाले भित्रका कतिपय व्यक्तिहरुले गर्नु भएको छ । यो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भिर रुपमा लिएका छौं ।’

    महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा जोड दिए ।

  • एमाले महासचिव पोखरेल र स्वीस राजदूतबीच भेटवार्ता

    एमाले महासचिव पोखरेल र स्वीस राजदूतबीच भेटवार्ता

    काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ ।

    एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीटजरल्याण्ड सरकारलाई धन्यवाद दिएका छन् ।

    आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताए ।

  • अस्पतालको बेडबाट ईश्वर पोखरेललाई झलनाथको आग्रह- पार्टी मिलाउनुस् कमरेड

    अस्पतालको बेडबाट ईश्वर पोखरेललाई झलनाथको आग्रह- पार्टी मिलाउनुस् कमरेड

    काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘पार्टी मिलाउनुस् कमरेड’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

    लगातार ज्वरो आएपछि खनाललाई जेठ ३१ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गयो । उनमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले बताएको छ ।

    गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो ।

  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न पोखरेलको निर्देशन

    स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न पोखरेलको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिएका छन् ।

    कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेका छन् ।
    -रासस

  • सीसीएमसी खारेज भएको छैन : उपप्रधानमन्त्री पोखरेल

    सीसीएमसी खारेज भएको छैन : उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज नगरिएको स्पष्ट गरेका छन् ।

    सिंहदबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीसीएमसी खारेज नभई थप सशक्त बनाइएको स्पष्ट पारे । ‘सीसीएमसी खारेज भएको होइन । कोभिड-१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सीसीएमसीको नै हो ।’ उनले भने, ‘सीसीएमसीलाई थप व्यवस्थित मात्र बनाइएको हो । सीसीएमसी छँदैछ ।’

    उनले केही सञ्चारमाध्यमले सीसीएमसी खारेज गरेको हल्ला फिजाएको भन्दै त्यस्तो नभएको स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा गठन गरिएको निर्देशक समितिले देशभरी कोभिड-१९ व्यवस्थापन कार्यलाई निर्देशन दिने जानकारी दिए ।

    सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश-२०७८ बाट यही जेठ ६ गते कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समिति समेत गठन गरेको थियो ।

    उनले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेकोले नेता माधवकुमार नेपाल समूहलाई कारबाही गरिएको बताए। ‘आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त नबुझे पार्टीभित्र छलफल र महाविधेशनबाट हटाउन सकिन्छ,’ उनले भने, ‘तर पार्टीभित्र छलफल नगरी आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा पार्टी हित विपरीत छ ।’

    उनले पार्टीमा अहिले देखिएको अन्तरविरोध साम्य पार्नतिर लाग्नुपर्ने तथा पार्टी र आन्दोलनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता गर्दा ताका भएका भ्रुणहरु विकसित भएर अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ ।

  • उपप्रधानमन्त्री पोखरेलबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ शुभारम्भ

    उपप्रधानमन्त्री पोखरेलबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ शुभारम्भ

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् ।

    काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले संचालन गरेको ८८ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाभाइरसाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए ।‘हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं ।

    जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’

    बिभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उनले बताए । कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गर्नुभएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

    ‘अहिले फैलिरहेका बिभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह पनि गरे । ‘अहिले जति पनि भ्रमपूर्ण कुराहरु फैलिएका छन्, त्यसमा कुनै सत्यता छैन’ उनले भने ।तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

    आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्न सकिने आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

    आइसोलेशन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायत उपस्थित थिए ।

  • एमाले महासचिवले भने- माधव समूहका निकृष्ट अपराधले एकताको वातावरण धमिलियो

    एमाले महासचिवले भने- माधव समूहका निकृष्ट अपराधले एकताको वातावरण धमिलियो

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल पक्षले लज्जास्पद नाटक देखाएको भन्दै ती क्रियाकलापमा क्षमा नहुने चेतावनी दिएका छन् ।

    महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका छन् ।

    पोखरेलले माधव पक्षले अपराधपूर्ण काम गरेको भन्दै यी कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो उदांगो भएको जनाएका छन् ।

    पोखरेलले भनेका छन्- आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीयर लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।

    महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् ।

  • उपत्यकासहित सातै प्रदेशमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै (भिडियो)

    उपत्यकासहित सातै प्रदेशमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै (भिडियो)

    काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताएका छन् ।

    मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा संचालन गरेको निःशुल्क आइसोलेसन सेवा शुभारम्भ गर्दै उनले ७ प्रदेशमा एक/एक वटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी दिए ।

    उनले भने, ‘होल्डिङ सेन्टरहरू, सेमि पर्मानेन्ट टाइपका ७ वटा प्रदेशमा ७ ठाउँ र काठमाडौं उपत्यकामा एउटा १/१ हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ । त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याईसकेको छ । नेपाली सेनाले ८ ठाउँमै निर्माण कार्य प्रारम्भ गर्दैछ ।’

    अक्सिजन अभाव हटाउन सरकारले गरिरहेको कामको जानकारी गराउँदै उनले पोखरेलले भने, ‘अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएको छ । हामी त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पूरा गर्न चाहन्छौं । जनताको उपचार गर्ने कुरा, संक्रमणबाट जनतालाई बचाउने, जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो । त्यसको लागि सरकारले जि टू जि वा बि टू बि लेभलबाट होस् । त्यो सबै खरिद गर्ने कुरामा पनि औपचारिक रूपले मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र आवश्यक पहल र प्रयत्न प्रारम्भ गरेका छौं ।’

    मित्रपार्कस्थित नेपाल-भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा मारवाडी सेवा समितिले पाशुपत क्षेत्रमा ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । त्यहाँ ल्याब परीक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरूको सेवा निःशुल्क उपलब्ध गराइने अध्यक्ष कैलाशचन्द्र गोयलले बताए । आइसोलेसनको सेवा लिन ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

  • बादललाई मत दिन एमाले महासचिवको ह्वीप (पत्रसहित)

    बादललाई मत दिन एमाले महासचिवको ह्वीप (पत्रसहित)

    काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ।

    महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाएका हुन् ।

    एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले सम्बन्धित सबैलाई आजै पत्र पठाइएको जानकारी दिए।

    पत्रमा बादल एमाले उम्मेदवार रहेको र उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

    ‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराईन्छ,’ पत्रमा भनिएको छ, ‘ पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

    बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको एकल बहुमत छ । पार्टीको ह्विप अनुसार मतदान भएपछि बादलले जित्ने लगभग निश्चित भएको छ।

    बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपचुनाव ६ जेठमा हुँदै छ।

    उपचुनावमा विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले खिमलाल देवकोटालाई अघि सारेका छन्।

  • जननेतासँग १४ वर्ष, १० महिना

    जननेतासँग १४ वर्ष, १० महिना

    यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन लागि नै सकेको हुनुपर्छ । मध्य वर्षातमा हराभरा वनेका खेतवारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका-नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङ्को इटहरा गाउँ खोज्दै हिंडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भई ‘को-अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका एक जना क्रान्तिकारी ‘जीवन शर्मा’लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।

    कुरा के थियो भने- पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको ‘मोर्चा संगठन’सित सम्वन्धित अधिकांश नेता-कार्यकर्ताले भर्खरै विद्रोह गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरुले ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को-अर्डिनेशन केन्द्र’मा सामेल हुने घोषणा गरेका थिए । उनीहरुको संगठन ‘मुक्ति–मोर्चा’ नामले चिनिन्थ्यो ।

    ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म वहाँलाई सम्पर्क गरी २०३५ साउन ४-९ गते हुन लागेको ‘कोके’ को ‘तेश्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ । सोध्दै-खोज्दै, रात-साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगेको थिएँ । एकदिनको पखाईपछि कालो टोपी, फिक्का आकासे रंगको टेलिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटेँ । आखिर ‘जीवन शर्मा’को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ !

    ०००

    ‘कोके’ को ‘तेश्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका बीचमा भइरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पन्चायती व्यवस्थाका पुलिसहरू बाहिर वाक्लो गस्तीमा खटिएका थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो त्यस्को ठेगान थिएन, कुनै पनि वेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह तहमा सुरक्षा प्रवन्ध त हामीले गरेका थियौं तर पनि पुलिसहरूको अस्वाभाविक आक्रमणको सम्भावनालाई टार्न सकिन्नथ्यो ।

    हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षाको विशेष व्यवस्था गर्‍यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दुक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनेट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र संखुवासभाबाट आउनु भएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो ।

    रत्न र वासुका वारेमा त साथीहरूले केही केही वुझ्नुभएको थियो तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सवै चकित भए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो- बैचारिक रुपमा प्रखर नेता त उहाँ हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाईँका निम्ति पनि तयार नेताका रुपमा हामीले उहाँलाई चिन्यौं ।

    ०००

    ‘कोके’ को संगठन विस्तारमा मदनको भूमिका वेगवान थियो । मेची-कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व-दक्षिण क्षेत्र’ नामको सांगठनिक संरचना खडा गरियो, जसको प्रमुख स्वयम् मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुर्नव्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो ।

    २०३५ साल पुस ११-१४ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदनले गर्नु भएको थियो । सम्मेलन चलिरहँदा नै एकातिर संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या गर्‍यो भने अर्का तिर पार्टीभित्र धनुषा जिल्ला कमिटी सदस्य रामचन्द्र र अशेश्वर यादवले उग्रवामपन्थताको वकालत गरे । त्यसैको समानान्तर केही साथीहरुले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै विर्सजन उन्मुख विचार पनि अघि सारेका थिए ।

    ‘राष्ट्रिय सम्मेलन’ स्थलमै केही साथीहरुले बाहिर कतै प्राप्त गरेको एउटा लामो पर्चा ल्याउनुभयो- पर्चाको शिर्षक नै ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलावारी करें !’ थियो । त्यसवेला चन्द्रप्रकाश (सीपी) मैनाली पार्टी महासचिव हुनुहुन्थ्यो र, उहाँ बहुचर्चित हुनुहुन्थ्यो । हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई अत्यन्त आक्रोशित वनायो । पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र-अशेश्वरहरूको उग्रवामपन्थी चिन्तन र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपर्ने भयो । त्यसको प्रतिवादमा मदनले सकृयताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निस्प्रभावी वनायौं ।

    ०००

    २०४६ भदौमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनबाट मदन सर्वसम्मत महासचिवमा निर्वाचित हुनुभयो । त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलन पश्चात खुला भएका राजनीतिक पार्टीहरु वैधानिक ढंगले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालीन नेताहरूमध्ये पृथक उचाईका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गढेको तथ्यलाई त्यसवेला सहजै वुझ्न सकिन्थ्यो ।

    विभिन्न वामपन्थी समूहहरूलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो मदनको । सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एक ठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत वहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो- मदनको ।

    छरिएका वाम पार्टीरूलाई गोलवन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो उहाँ । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालीन माले पार्टीले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्यो ।

    मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसवेला वहाँ केवल ३९ वर्षको मात्र हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले एमाले भित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी वुझ्नसकेका छन् जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्वन्धमा आ-आफ्नै धारणा राख्नेहरूको काफी संख्या छ ।

    अझ कतिपयले त वहाँलाई भावनात्मक हिसावले मात्र वुझिरहेका छन् जस्तो लाग्छ । मदन भण्डारीलाई वुझ्नु एउटा व्यक्तिलाई वुझ्ने जस्तो मात्र कुरा होइन । यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकास क्रमलाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो ।

    मदन कम्युनिष्ट आन्दोलन भित्रको व्यक्ति मात्र नभएर, विचार-प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो ।
    पूर्वीय साहित्य, दर्शन तथा मार्क्सवादी साहित्यको गहन एव समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिवद्धताले विकसित भएको व्यक्तित्व थियो- मदन भण्डारीको । नेकपा (एमाले)को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले वहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त वेजोड मानेको छु ।

    २०४० सम्म मदन केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । तर, वैठकहरूमा वहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र बन्दै जानुभयो । २०३९ मा सिपीसँगको विवादपछि महासचिव वन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिटव्यूरो र मदनको अगुवाइमा जस्तो भएको थियो केन्द्रीय कमिटी । वैठकमा वहस छलफल हुँदा म लगायतका अरू कति साथीहरू मदनले अगुवाइ गर्ने वहसमा पक्ष भएर उभिदा गौरववोध हुन्थ्यो । पछिपछि त वहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी वन्दै जानथाल्यो कि उहाँलाई पोलिट्व्युरोमा ल्याउनै पर्ने भयो ।

    मदन पोलिटव्यूरोको सदस्य बनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रुपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त बन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण गर्ने र कार्यक्रमिक विषयहरूलाई अध्यावधिक गर्ने सवालमा वहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभएको थियो ।

    ०००

    मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामन्जस्यता, पार्टी शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका वीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले काँग्रेस र वामपन्थी वीच सहकार्यको मार्गचित तय गर्‍यो । उहाँको यहि वस्तुनिष्ट विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल वनाउन निर्णायक भूमिका खेल्यो ।

    आन्दोलन अगाडि बढाउन हामीबीचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर, प्रकृयाको ढिलाईले र विषयलाई वोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैन्थ्यो । कतिपय वेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन, केपी शर्मा ओली, माधव नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो ।

    म त्यसवेला काठमाण्डौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ । २०४६ चैत्र २६ गतेको राजा, कांग्रेस र वाम मोर्चासँगको त्रिपक्षीय सम्झौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी अवसरवादी रूझान राखेको भन्ने हामीलाई लागेको थियो ।

    हाइकमाण्डसँग परामर्श नगरी वा दिइएको निर्देशन विपरित सम्झौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित नै बन्नुभयो । यही ‘सेण्टिमेण्ट’मा चैत्र २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो, बाेल्न दिइएन । अहिले मलाई एउटा प्रश्नले सँधै लखेटिरहन्छ- त्यसवेला मदन सहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्‍याउन सकेका थियौं कि थिएनौं ? मदन आफैं यसबेला रहनुभएको भए यो प्रशंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?

    २०४७ मा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको मार्क्सवादी समूहका बीचमा एकीकरण हुने स्थिति वन्यो । मदन यी दुई समूहका बीचमा एकीकरण गराएर कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पूरा गरी छाड्ने संकल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष वनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा वहाँ संकल्पवद्ध हुनुहुन्थ्यो ।

    यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकीकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सूदुर पूर्वदेखि सूदुर पश्चिमसम्म मनमोहन अधिकारी लगायतका नेताहरुलाई साथमा लिएर वहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनु भएको थियो । नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा एउटा अभियान बनेर देशव्यापी रुपमा निस्केको थियो, मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरंग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गर्‍यो ।

    तीव्र वैचारिक वहसकै बीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक वहुमतले पारित गरेको थियो, त्यसले मुलुकको प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उद्घोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनु भयो ।

    ०००

    आम निर्वाचनमा भर्खरै कांग्रेसका लोकप्रिय नेता एवम् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्ने मदनले वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर मार्क्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो ।

    मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसंगको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र काठमाण्डौंको दशरथ रंगशालामा वीसौं हजार जनताका बीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, वहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालयित देखिन्थेँ ।

    तर अचम्म ! मदनलाई हजारौंको त्यो उपस्थितिमा बाेल्न पाउनु भएन । त्यहाँ मनमोहनले बाेल्नुभो, माधव, झलनाथ र सिपीसमेतले बाेल्नुभो तर मदनले बाेल्न पाउनु भएन । मदनले बाेल्नुपर्छ भनेर मैदानमा वस्नेहरू कराइरहेका थिए, तर पनि उहाँले बाेल्ने अवसर जुरेन । यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नी ? उद्घाटनसभा सकेर मदन र म सँगै फर्केका थियौं । वहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि बस्न आग्रह गर्नुभयो । उद्घाटन सभामा आफूलाई वोल्न नदिएको वारेमा मुखै खोलेर त केही बोल्नु भएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दैगरेको अस्वस्थ्यताका वारेमा केही संकेत भने गर्नुभयो । यी सबै कुराका वावजूद पनि महाधिवेशनको वन्द सत्रमा वहाँले प्रस्तुत गर्नु भएका विचार, योजना र नेतृत्वको शानदार विजय भएको थियो ।

    ०००

    २०४८ को आम निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा वहुमत प्राप्त गरेको थियो, जसले ऊभित्र भनिनसक्नुको उन्माद जन्मायो । कांग्रेसको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने र त्यस हिसावले मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति वन्यो ।

    गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरूद्ध एमाले लगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयम् कांग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ कांग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमान जी कै आग्रहमा यस मोर्चावन्दीको एउटा महत्वपूर्ण भूमिकामा मदन भण्डारी रहनु भएको थियो ।

    यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफलहरू भए । र, मलाई लाग्छ, केही महत्वपूर्ण योजनाहरू समेत वनेका थिए । २०५० जेठ १ गते मदन र मेरो लगभग एक घण्टा जतिको भेटमा वहाँले यही जानकारी तथा अन्य केही संभावित विषयहरू तर्फ पनि संकेत गर्नुभएको थियो ।

    गणेशमानजीहरुसित त्यसवीच पटकपटक भएका भेटघाटवारे जानकारी गराउँदै आफू काठमाडाैं बाहिर रहेका वेला मलाई सम्पर्क विन्दूका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्याण्डलाईन टेलिफोन नम्वर गणेशमान जीलाई दिएको र कुनै पनि वेला वहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिवारे विवरण सहितको एउटा टिपोट दिनुभएको थियो । मैले त्यसवेला मदनले भन्नु भएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहें, आवश्यक केही केही कुराहरू नोट गरें र आफूलाई लागेका केही विषयका वारेमा जिज्ञासा राखेँको थिए ।

    मदनको निर्देशन थियो- यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन्, गोपनियता वचाउनु होला, मैले दिएको मेरो कार्यक्रमको चीट पनि सुरक्षित राख्नुहोला । हामीबीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशनको उद्घाटनका लागि हिड्ने तयारीमा लाग्नुभयो । म एकछिनपछि मदनलाई शुभ-यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागे ।

    २०३५ असार अन्तिममा पहिलोपटक भेटेको मदनलाई २०५० साल जेठ १ गते विहान साढे आठ वजेपछि कहिल्यै भेट्न पाइनँ  । मदन भण्डारीसितको चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध र सहकार्य तथा मित्रता र सानिध्यतामा अत्यन्त विश्वास, आत्मियतामा एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रुपमा बिताएँ । मदनसित विताएको ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन्, जसलाई म कहिल्यै विर्सन सक्दिन ।

    हार्दिक श्रद्धान्जली जननेता मदन भण्डारी !!

    (ईश्वर पोखरेलको अप्रकाशित पुस्तक ‘जननेता मदन भण्डारी’बाट साभार)

  • उपप्रधानमन्त्रीद्वारा राधास्वामी आइसोलेसन निरीक्षण

    उपप्रधानमन्त्रीद्वारा राधास्वामी आइसोलेसन निरीक्षण

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।

    निरीक्षणकै क्रममा तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा। शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिए ।

    उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ ।

    तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ ।

    आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी एिको छ । यो आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

    काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए ।

    निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए ।

  • एमाले जोगाउन महासचिव पोखरेललाई योगेश र गणेश पहाडीको आग्रह

    एमाले जोगाउन महासचिव पोखरेललाई योगेश र गणेश पहाडीको आग्रह

    काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षका नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका छन् ।

    सिंहदरवारस्थित उपप्रधानमन्त्री पोखरेलको कार्यकक्षमा बुधबार अपरान्ह भट्टराई र पहाडी छलफलका लागि गएका हुन् । माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुले सामुहिक राजिनामा दिएर संसदमा विपक्षको बहुमत पुर्याइदिने चर्चा चलिरहेका बेला नेताहरुबीच छलफल भएको हो ।

    महासचिव पोखरेललाई भेटेर सकेसम्म एमाले विभाजित हुन नदिन अन्तिम प्रयासको पहल गरेको केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीले नेपाल प्रेसलाई बताए ।

    व्यक्ति-व्यक्तिलाई भेटेर तान्ने भन्दा पनि माधव नेपाल, झलनाथ खनाल लगायतका नेतासँग कुरा गर्न र नेताहरुबीच कुरा मिलाउन आग्रह गरेको उनले बताए ।

    पहाडीले भने- हामीले महासचिवलाई पार्टी एकताको पहल गर्न र एमाले जोगाउन आग्रह गरेका छौं । उहाँ र अध्यक्ष नै एकताको पक्षमा नरहेको भन्ने चर्चा चले पनि महासचिवमा एकता जोगाउँ भन्ने नै भावना रहेको पाइयो । हामीले प्रयास गर्नुस्,व्यक्तिगत रुपमा हामी एक दुई जनालाई कन्भिन्स गर्नुको अर्थ छैन भन्यौं ।

  • उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

    उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन् ।

    कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन् ।

    संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको पोखरेलको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए ।

    उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका थिए ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको जानकारी उनले गराए ।

    उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सीसीएमसीले सहयोग गर्ने बताए ।

    खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिनुभयो ।

    उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

  • कोरोनासँग जुध्न सरकार-नागरिकबीच हातेमालो जरुरी : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

    कोरोनासँग जुध्न सरकार-नागरिकबीच हातेमालो जरुरी : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

    काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले कोरोनालाई परास्त गर्न नागरिक र सरकारबीच हातेमालो हुनुपर्नेमा जोड दिएका छन् ।

    महामारीविरुद्धको कार्यमा सबैको साझा दायित्व भएको बताए ।

    सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरेका छन् । । शुक्रबार एक भिडियो अपिलमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा दोस्रो लहरमा व्यवस्थापन सहज हुने बताए ।

    ‘अहिले लागू भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न हो । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर व्यवस्थापनको कस्तो विधि अपनाउने हो त्यो गर्न अधिकार दिएका छौं’, उनले भने ।

    उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरेका छन् । अहिले जनता आफैंपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेकोमा उनको जोड छ ।

    सरकारले परिस्थितिको गम्भिरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

     

  • एमाले महासचिव भन्छन्- कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ

    एमाले महासचिव भन्छन्- कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्रको सरकार जोगाउने सांसदहरुमाथि तत्कालै कारवाही प्रक्रिया शुरु हुने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै महासचिव पोखरेलले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पार्टी विधान र देशको विद्यमान ऐन कानुन बमोजिम कारवाही हुने बताए ।

    महासचिव पोखरेलले भने- यो कुरालाई पार्टीले गम्भीर रुपमा लिएको छ । विधान र कानुन बमोजिम सम्बन्धित व्यक्तिहरु कारवाहीमा पर्छन् ।

    एमालेको संशोधिन बिधानले प्रदेशसभाका सदस्यहरुलाई कारवाही गर्ने अधिकार समेत अध्यक्ष केपी ओलीलाई नै दिएको छ ।

    विधान र ऐनका प्रक्रिया पूरा गरेर प्रकाश ज्वाला, कुर्मराज शाही, अम्बर बहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिने एमालेले जनाएको छ ।

    अन्तिममा मत सच्याएकी देवी ओलीलाई पनि स्पष्टिकरण सोधेर कारवाहीको प्रक्रिया अघि बढाइने भएको छ ।

  • निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेन: ईश्वर पोखरेल

    निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेन: ईश्वर पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् ।

    बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताएका हुन् ।

    समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उनले बताए । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए ।

    उनले भने, ‘अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएतापति समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

    कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको सुनाए ।

    उनले थपे ‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदा पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐजरुहरु कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दुरी बढाउँदै लगेको छ ।’

    म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले गुनासो पोखे ।

    कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलिद्धारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने बताए। कर्मचारी प्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौति भएको पनि बताए ।

    उनले भने ‘निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन । यसलाई सकारात्मक बनाउने काम हाम्रो हो । अनुशासित, मार्यादित रुपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शि ढङ्गले विना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । कर्मचारीतन्त्र प्रतिको नकारात्मक दृष्टिकोण हामीले बदल्नै पर्छ । यो हाम्रो साझा चुनौति हो । हामी त्यसमा लाग्नै पर्छ ।’

    निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र कर्मचारीको मनबोल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने बताए । ज्ञान र सीपमा लगानी नगरी प्रतिस्पर्धामा उत्रन नसक्ने पनि मुख्यसचिव बैरागीले बताए ।

     

  • निजी क्षेत्रसँगको छलफलले यहाँका समस्या समाधान हुन्छन्: उपप्रधानमन्त्री पोखरेल

    निजी क्षेत्रसँगको छलफलले यहाँका समस्या समाधान हुन्छन्: उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजी क्षेत्रसँगको छलफलले यो क्षेत्रको समस्या समाधान हुने बताएका छन्।

    प्रधानमन्त्री र उद्योगीबीचको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले हाम्रो देश नेपाल गरिब हुनै नपर्ने देश भएको र प्रधानमन्त्रीले पनि देशको समृद्धिका लागि काम गरिरहेको बताए

    ‘देशमा पूर्वाधारको विकास भइरहको छ । हामी समृद्ध नेपाल, खुशी नेपाली बनाउन के-के कुरा परिवर्त गर्न आवश्यक रहेको भन्ने बुझेर  त्यस विषयमा काम भइरहेको छ,’ उनले भने, ‘समृद्ध नेपाल, खुशी नेपाली भन्ने नारा मात्रै होइन् । यसलाई हामीले ठोस तरिकाले अगाडि बढाएका छौं ।’

    निजी क्षेत्रले के-के कुरा ठोस तरिकाले अगाडि बढाउन पर्छ भन्ने कुराको छलफल भइरहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

  • ‘माओवादीसँग मिलेकै कारण एमालेमा अहिलेको स्थिति आयो’ (भिडियो)

    ‘माओवादीसँग मिलेकै कारण एमालेमा अहिलेको स्थिति आयो’ (भिडियो)

    नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन एमालेको निर्देशनविपरीत एमालेको माधव नेपाल पक्षले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गरेपछि विवाद झन् चुलिएको छ । संस्थापन पक्षले भेलामा सहभागी भए कारबाही गर्ने चेतावनीबीच भेला हुनुले विवादलाई थप उत्कर्षमा पुर्याएको हो । माधव नेपाल पक्ष भेलामा केन्द्रित भइरहेका बेला संस्थापन पक्षले भने बिहीबार संसदीय दलको बैठक बोलाएको छ । राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकसमेत बहिष्कार गरेको माधव नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी नहुने बताइसकेको छ । प्रस्तुत छ, यसै परिस्थितिबीच नेकपा एमालेका महासचिव ईश्वर पोखरेलसँग गरिएको कुराकानी ।

    नेकपा एमालेभित्र बढेको विवादको चुरो के हो ?

    सबै कुरा सार्वजनिक भएकै छन् । यद्यपि, मूलतः यसमा दुई पाटा छन् । पहिलो, हिजो नेकपा एमाले र माओवादी केन्द्रबीचमा जुन किसिमले पार्टी एकीकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो । किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने । राजनीनिक स्थायीत्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो । तर सारमा विचारलाई व्यवस्थित गर्ने काम भएन । दोस्रो, संगठन र नेतृत्व व्यवस्थित गर्ने काम भएन । जसको असरस्वरुप अहिलेको स्थिति सिर्जना भयो ।

    भनेपछि त्यतिबेला आलोकाँचो निर्णय भएछ, होइन त ?

    पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरु थिए, त्यहाँ आग्रह, पूर्वाग्रह हावी भयो । जसले त्यो महान र पवित्र एकता परिपक्व हुन नपाइ सकियो । एकताको भ्रणमा नै समस्या थियो । त्यहीं उत्कर्षमा पुगेको हो अहिले ।

    नेकपा एमालेभित्र हिजोदेखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा पक्षधरता, गुटबन्दीको स्थिति थियो । त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो । त्यसलाई व्यवस्थित गरिसकेका थिएनौं ।

    त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयौं । एकतावद्ध भएपनि पूर्व घटकहरु भित्र रहेको अन्तरविरोधहरु चलायमान नै थिए । त्यही अन्तरविरोधको दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो ।

    त्यसकारण अहिले जे भएको छ यसको पृष्टभूमिमा यो कारण हो भनेर बुझ्नु पर्छ । कारण ठीक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ ? भन्न सकिँदैन ।

    अब एकताको विकल्प सकिएकै हो त ?

    अहिले जुन उचाइमा हामी पुगेका छौ । यहीं उचाइमा चुनौतिहरु पनि छन् । चुनौतिको सामना गर्ने सामर्थ्य  पनि हामीले आर्जन गर्नुपर्छ । त्यो सामथ्र्यको लागि एउटा भावनात्मक आधार भनेको कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भन्ने हो । यो राष्ट्रको आवश्यकता पनि हो । जनताको चाहना पनि हो ।

    विगतमा हामी जो जसले कमी कमजोरी गरेको भए पनि त्यसलाई एउटा वस्तुनिष्ट भएर आत्मसमीक्षा गर्नुपर्छ । कमजोरी स्वीकार्दा गल्ती हुँदैन, कमजोर भइँदैन । झन शक्ति प्राप्त हुन्छ ।

    यतिबेला नेकपा एमालेको नाममा जे जस्ता काम भइरहेका छन्, त्यो दुखद छ । ती जनता र कार्यकर्ताले मन नपराउने कुराहरु हुन् । जुन बन्द गर्नु पर्छ । र, नयाँ उचाइमा एकताको अठोट गर्नुपर्छ । यो अहिलेको आवश्यकता हो ।

    आफूहरुले चाहिँ केही गल्ती गर्यौं जस्तो लाग्दैन ?

    यो गल्ती कमजोरीको कुरा मात्रै होइन । पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि शतप्रतिशतमा बुझ्नु हुँदैन । सापेक्षतामा बुझ्नुपर्छ । प्रतिशतमा बुझ्नुपर्छ ।

    कमीकमजोरीहरु भएका हुनसक्छन् । कहीं धेरै मात्रामा कमजोरी भएका हुनसक्छन् । कहीं कमी होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भएपनि त्यो नेकपा एमालेभित्रकै साथीहरुबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । त्यो साहस गर्नुपर्छ ।

    कमजोरी सच्याएर मान्छे सानो भइँदैन । यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिको पनि ‘मोरल हाई’ हुन्छ ।

    पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो । पूर्व पार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो । अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो । यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्यौ ।

    महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौं । त्यो भन्दा अझै छिटो हो भने माघमै गरौं । अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ । महाधिवेशनको तयारी गरौं भन्दा अहिले नै अध्यक्ष हट्नु पर्छ भन्नु कस्तो खालको गल्ती हो ? त्यस्तै पाँच वर्षका लागि चुनिएको प्रधानमन्त्रीलाई अहिले नै छाड्नुस्, भरे नै छाड्नुस् भन्ने पनि के हुन्छ ? बुझ्न जरुरी छ ।

    माधव नेपाल पक्षले त एकता विथोल्ने काम अध्यक्ष ओलीबाटै भइरहेको आरोप लगाएका छन् नि !

    कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाईयो । त्यो अभियोग अत्यन्तै संघीन छ । त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनका लागि मात्रै नालायक होइन, केपी ओली पार्टी सदस्य पनि रहन नसक्ने ।

    त्यत्तिमात्रै होइन फौजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने माग राख्नु भयो । त्यो जग कसरी टिक्न सक्थ्यो ? त्यस्तोबेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफैं खुमलटारमा पुष्पकमल दाहालाई भन्नुभयो ‘तपाईले जुनखालको अभियोग लगाउनुभएको छ यो अभियोगलाई म अस्वीकार गर्छु, तपाईंले फिर्ता लिनुहोस् । पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौं । यदि गर्नुहुन्न भने आधा सताब्दीको मेरो राजनीतिक जीवनमाथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ । जनता न्यायाधीश हुन् । न्यायदिने जनतासंग मैले जानुपर्छ’ भनेर उहाँले बताउनुभयो । तर त्यसलाई गम्भीरताका साथमा लिइएन ।

    अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त प्रचण्डले एमालेभित्र पनि खेले । यो कुरा माधवजीहरुले बुझ्नुपर्छ । योस्थितिमा अध्यक्षले पार्टी फुटाउन खोजेको भन्न मिल्दैन ।

    हिजो नेकपा भएको कालमा जे सुकै भएको होस् । अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौ । अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो । त्यो पूर्व अवस्थामा आईसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्नका लागि कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ ।

    परिआउँदा सल्लाहमै छुट्नपर्ने परिस्थिति पनि हुनसक्छ । तर हामीले त्यसो गर्नु भन्दा पनि अहिलेको अवस्थामा भरसक आत्मीक्षा गरेर, मिलेर नै अघि बढ्नुपर्छ । अब तनाव, ईश्र्या र द्वेषभावले होइन, सल्लाहमै अघि बढ्दा मनको चैन हुन्छ । पार्टी मिल्छ । जुन देश र कम्युनिष्ट आन्दोलनका लागि लाभदायक हुन्छ ।

    आजको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद नआउने कुरा छ । तपाईंहरु के गर्नु हुन्छ ?

    नेकपा एमालेको नवौ महाधिवेशले निर्वाचित गरेको अध्यक्ष केपी ओली । निर्वाचित गरेको महासचिव म । हाम्रो विधानले अध्यक्ष र महासचिवले कार्यकारी हैसियतले भूमिका खेल्छन् ।

    संसदीय दलको बैठक दलको नेताका तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्रीले बोलाउनुभएको हो । त्यो बैठकमा आउनु सबैको कर्तव्य हो । बैठकमा हामीले बोलाएका छौ, उहाँहरु आउनुहुन्छ । त्यस विषयमा पनि आवश्यकताअनुसार छलफल हुन्छ ।

    विशेष बैठक भनेर हामीले २८ गते(फागुन) गरेका थियौं । विशेष बैठक किन जरुरी थियो भने नेकपा एमालेको विधानलाई जस्ताको तस्तै राखेर बैठक नै गर्न सकिदैन्थ्यो । त्यसकारणले पनि विशेष बैठक भनेर गर्नुपर्यो । बाधा अड्काउ फुकाउन केही बैठक नगरी नहुने थियो ।

    त्यो गरिसकेपछि बैठक औपचारिक ढंगले जानसक्थ्यो । अध्यक्ष र महासचिवको हैसियतमा त्यो बैठकको आयोजना भयो । त्यो बैठकले मूलतः ७ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरु तयार गरेको हो । प्रस्ताव ७ गतेको बैठकमा प्रस्तुत हुन्छ ।

    तपाईंहरुलाई जनता, कार्यकर्तामाथि अन्याय गयौं जस्तो लाग्दैन ?

    पार्टी जीवनमा हामीले अनेक उतारचढाव झेलेका छौं । हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन् । एकता टुटेर दुख पाएको अनुभव पनि छ । हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ । संयमता अपनाउनु पर्छ । त्यसैले अहिले निराश हुनुपर्ने स्थिति छैन ।

  • गुटगत भेलामा नजान एमाले महासचिवको चेतावनी

    गुटगत भेलामा नजान एमाले महासचिवको चेतावनी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले चैत ४ र ५ गते पार्टीले कुनै भेला आयोजना नगरेको बताएका छन् । एमालेको नाममा राष्ट्रिय भेला आयोजना गर्ने भनि सूचना प्रचारित गरिएको भन्दै उनले त्यसमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
    महासचिव पोखरेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनिाधिकृत गुटगत भेला नगर्न-नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता-कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।’
    भेलामा सहभागी हुनेहरुलाई कारवाही हुन सक्ने संकेत पोखरेलले गरेका छन् ।
    विज्ञप्तिमा उनले भनेका छन्, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ ।’
    नेकपा एमालेको माधव नेपाल समूहले भोली राजधानीमा आफ्नो गुट भेला बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सो गूट भेलामा जानेहरुलाई कारवाही हुन सक्ने बताइसकेका छन् ।
  • प्रतिनिधिसभा सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ: ईश्वर पोखरेल

    प्रतिनिधिसभा सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ: ईश्वर पोखरेल

    पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थताको अन्त्य र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्। उनले भने,‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।’

    प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भने।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे ।

    उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्‍याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए ।

    उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितीको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे उनले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिए ।