Tag: ईश्वर पाेखरेल

  • स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    काठमाडौं । पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज तत्कालै बस्ने भएको छ । बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच परामर्श भइरहेको छ ।

    कार्यदलले सम्झौता अनुमोदनका लागि स्थायी कमिटी बैठक राख्न अध्यक्ष र महासचिवलाई आग्रह गर्ने लिखित सहमति गरेको थियो । कार्यदलका सदस्यहरुले ओलीलाई भेटेर बैठक आज विहानै राख्न आग्रह गरेका थिए ।

    एमाले स्रोतका अनुसार वैठक विहान ११ बजेभित्रै बस्नेगरी अध्यक्ष र महासचिवबीच छलफल भइरहेको छ । माधव नेपालसँग समेत अध्यक्ष ओलीले बैठकका सन्दर्भमा कुराकानी गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    यसअघि आइतवार डाकिएको बैठक सहमतिमा हस्ताक्षर हुन ढिला भएकाले आज साँझ ५ बजेसम्मलाई स्थगित भएको थियो । पार्टी एकताको सहमति भएपछि बैठक तत्कालै बोलाएर सम्झौता अनुमोदन गर्ने तयारी भइरहेको छ ।

    माधव नेपालले भने सम्झौताप्रति अशन्तुष्टि जनाएका छन् । उनी सर्वोच्चको फैसलाअघि बैठकमा सहभागी हुने सम्भावना नरहेको उनी निकट स्रोतले जनाएको छ ।

  • सरकारबाट बाहिरिएपछि पोखरेलले भने- महासचिवको हैसियतमा पार्टी बलियो बनाउन केन्द्रित हुन्छु

    सरकारबाट बाहिरिएपछि पोखरेलले भने- महासचिवको हैसियतमा पार्टी बलियो बनाउन केन्द्रित हुन्छु

    काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन् ।

    सरकारबाट बाहिरिएपछि आइतवार वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन् ।

    पोखरेलले तत्कालीन नेकपा एकताप्रति व्यंग्य गर्दै भनेका छन्,  ‘म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव, तर ‘महान र ऐतिहासिक’ भनिएको एमाले-माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले-माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुन: एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।

    पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन् । पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन् ।

    पोखरेलले मन्त्री हुँदा आफूले सुबिधाबापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिवार नै खाली गरिसकेको बताएका छन् ।

    पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सात महिनाको पारिश्रमिक बराबर ४ लाख ५६ हजार ४ सय रुपैयाँ कोभिड कोषमा बुझाएका छन् । त्यस्तै पार्टीको कोषमा लेवीबापत ६ लाख ५ हजार रुपैयाँ बुझाएको पोखरेलले जनाएका छन् ।

  • मनमोहनलाई सम्झिँदै एकढिक्का हुन एमाले पंक्तिलाई महासचिव पोखरेलको आह्वान

    मनमोहनलाई सम्झिँदै एकढिक्का हुन एमाले पंक्तिलाई महासचिव पोखरेलको आह्वान

    काठमाडौं । नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मनमोहन अधिकारीको आदर्श र मूल्य मान्यताबाटै एमालेका नयाँ पुस्ताका कार्यकर्ता अघि बढ्नुपर्ने बताएका छन् ।

    २३ औं मनमोहन स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका पोखरेलले विज्ञप्ति जारी गरी पार्टी एकताको पक्षमा एकढिक्का भएर उभिन मनमोहन सबैको प्रेरणाको स्रोत बन्ने बताएका छन् ।

    नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम राखिएको छैन् ।

    स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका हुन् ।

    ‘सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्,’ उपप्रधानमन्त्री पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

    स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको उल्लेख गर्दै पोखरेलले भनेका छन्, ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’

    पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेकोसरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए । ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो ।

    तत्कालीन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।,’ विज्ञप्तिमा भनिएको छ ।

    पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।