Tag: ईपीएल

  • इपीएलका स्टार: यी हुन् बढी रन बनाउने र विकेट लिने टप टेन खेलाडी

    इपीएलका स्टार: यी हुन् बढी रन बनाउने र विकेट लिने टप टेन खेलाडी

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणले नयाँ च्याम्पियन पायो- चितवन टाइगर्स । बहुप्रतिक्षित ईपीएल असोज ९ देखि त्रिवि क्रिकेट मैदानमा सुरु भएर शनिबार समापन भयो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा विनोद भण्डारीको कप्ताानीमा रहेको पोखरा राइनोज र सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्सले भेट निश्चित गरेका थिए । र, बाजी चितवनले मार्यो ।

    कीर्तिपुरको मैदानले यसपालको इपीएलमा बलर र ब्याट्म्यान दुवैलाई अवसर दिएको थियो । केही ‘हाइ स्कोरिङ’ र केही ‘लो स्कोरिङ’ खेलहरु भए । अपेक्षा गरिएअनुसार ब्याटिङमा विदेशी खेलाडीहरुकै दवदवा रह्यो ।

    तर, विगतमा घरेलु टि–२० फ्रेन्चाइजको तुलनामा यो पाली नेपाली ब्याट्सम्यानहरुले सुधारिएको ब्याटिङ गरे । नेपाली ब्याट्सम्यानले विदेशी ब्याट्सम्यानसँग म्याच गरेर खेलेको थियो ।

    राष्ट्रिय टोलीका स्थापित ब्याट्सम्यानहरुको प्रदर्शन भने सोचेअनुसार भएन । राष्ट्रिय टिमका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले निराश बनाए । विनोद भण्डारी र रोहित पौडेल फ्लप भए ।

    शरद भेषवकरको प्रदर्शन मिश्रित रह्यो । उनले एउटा म्याचमा विष्फोटक ४९ रन बनाए भने अर्का एउटा म्याचमा अन्तिम बलमा छक्का हान्दै आफ्नो टिमको हार टारे ।

    राष्ट्रिय टिममा स्थान बनाउन नसकेका भिम सार्की यो आइपीएलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्यम्सान हुन् । यस्तै लामो समयदेखि राष्ट्रिय टिमबाट आफ्नो स्थान गुमाएका प्रदीप ऐरील पनि फर्म भेट्टाएका छन् ।

    यो संस्करणमा शाहिद अफ्रिदी, मोहम्मद शहाजाद, उपुल थरंगा, तमिम इकबल, रिचार्ड लेभी, सान्दुन भिराकोडी, साहान अराचिगे, केसरिक विल्यम्स जस्ता विश्व प्रख्यात विदेशी खेलाडीहरूको उपस्थिति थियो । सर्वाधिक रन बनाउने पाँच खेलाडीमध्ये चार खेलाडी विदेशी नै छन् ।

    बलिङतर्फ भने नेपाली बलरहरुकै बाहुल्य रह्यो । धेरै टिमहरूले विदेशी बलर हायर गरेका पनि थिएनन् । नेपाली टिमका प्रमुख दुई बलर सोमपाल कामी र करण केसीले भने निराश बनाए । सर्वाधिक विकेट लिने पाँच बलरको सूचीमा उनीहरू छैनन् ।

    सर्वाधिक रन बनाउने खेलाडीहरू

    १. मोहम्मद शहजाद: अफ्गानिस्तानका अनुभवी क्रिकेटर शहजादले चितवन टाइगर्सबाट प्रतियोगिता खेल्दै उपाधि पनि उचाले । उनले ईपीएल चौथो संस्करणमा सर्वाधिक २०७ रन बनाए । शहजादले विराटनगर वारियर्स विरुद्धको पहिलो खेलमा १ रन मात्रै बनाएका थिए ।

    दोस्रो खेलमा काठमाडौं किङ्स-११ विरुद्ध १७ रन जोडे । तेस्रो खेलमा पोखरा विरुद्ध ६३ रन बनाएर अविजित रहेका थिए । चौथोमा खेलमा ललितपुर प्याट्रिओट्सविरुद्ध ३५ रन, पाँचौ खेलमा भैरहवाविरुद्ध ३२ रन र क्वालिफायरमा पोखरा विरुद्ध ४८ सँगै फाइनलमा पुन: पोखराविरुद्ध ११ रन जोडे ।

    २. भीम सार्की: चितवनलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका भीमले प्रतियोगितामा निकै राम्रो प्रदर्शन गरे । प्रतियोगिताको उदीयमान खेलाडीसमेत घोषित भएका भीमले ईपीएलमा यो वर्ष दोस्रो सर्वाधिक १९६ रन बनाए । उनले पहिलो खेलमा विराटनगरविरुद्ध ३० रन, दोस्रो खेलमा काठमाडौंविरुद्ध ६, तेस्रोमा पोखराविरुद्ध ५४, चौथोमा ललितपुरविरुद्ध २७, पाँचौमा भैरहवाविरुद्ध १६, र फाइनलमा पोखराविरुद्ध ६३ रन बनाए । प्रतियोगितामा दुई अद्र्धसतक बनाउने नेपाली ब्याट्सम्यान उनी मात्रै हुन् ।

    ३. उपुल थरंगा: श्रीलंकन क्रिकेटर थरंगा भैरहवा ग्लाडिएटर्सबाट खेलेका थिए । उनले ईपीएलमा १ सय ८५ रन बनाउँदै प्रतियोगितामा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने । भैरहवाले पहिलो खेल पोखराविरुद्ध खेलेको थियो जुन खेल १० ओभरमा पनि परेका कारण स्थगित भएको थियो र दुवै टोलीले अंक बाँडेका थिए ।

    उक्त खेलमा थरंगाले ब्याटिङ गर्ने मौका पाएनन् । दोस्रो खेलमा विराटनगरविरुद्ध ३४ रन बनाए । तेस्रो खेलमा ललितपुरविरुद्ध ६७ रन, चौथोमा चितवनविरुद्ध ३९ रन बनाएका थिए । त्यस्तै पाँचौ खेल काठमाडौंविरुद्ध पानी परेकै कारण स्थिगित भएको थियो । र, अंक बाँड्दै इलिमिनेटर खेलेको थियो । इलिमिनेटरमा थरंगाले काठमाडौंविरुद्ध ३५ रन जोडेका थिए । थरंगाले दोस्रो क्वालिफायरमा पोखराविरुद्ध १० रन जोडेका थिए ।

    ४. रिचार्ड लेभी: दक्षिण अफ्रिकी क्रिकेटर लेभीले पोखरा राइनोजबाट ईपीएल खेल्दै प्रतियोगिताको उपविजेता बने । उनले तेस्रो संस्करण पनि पोखराबाटै खेलेका थिए । लेभीले यो सिजन कूल १ सय ८१ रन बनाउँदै प्रतियोगिताको सर्वाधिक रन बनाउने चौथो खेलाडी भएका छन् । लेभी पोखराका लागि भैरहवाविरुद्धको पहिलो खेलमा शून्यमा आउट भएका थिए ।

    उनले दोस्रो खेलमा ललितपुरविरुद्ध ३८ रन बनाएका थिए । तेस्रो खेलमा चितवनविरुद्ध २० रन, चौथो खेलमा विराटनगरविरुद्ध ४७ रन, पाँचौ खेलमा काठमाडौंविरुद्ध १७ रन र पहिलो क्वालिफायरमा चितवनविरुद्ध १९ र दोस्रो क्वालिफायरमा भैरहवाविरुद्ध १४ रन बनाए । फाइनलमा चितवनविरुद्ध २६ रन जोडेका थिए ।

    ५. सान्दुन विराकोडी: श्रीलंकन क्रिकेटर विराकोडीले साविक विजेता ललितपुर प्याटिरओट्सबाट यो संस्करणको ईपीएल खेलेका थिए । उनले प्रतियोगितामा कूल १ सय ६६ रन जोडेर तेस्रो सर्वाधिक रन बनाउने खेलाडी भएका छन् ।

    उद्घाटन खेलमा काठमाडौंविरुद्ध २, दोस्रो खेलमा पोखराविरुद्ध १९, तेस्रो खेलमा भैरहवाविरुद्ध ५८, चौथो खेलमा विराटनगरविरुद्ध ७३ रन र पाँचौ खेलमा चितवनविरुद्ध १४ रन जोडेका थिए ।

    सर्वाधिक विकेट लिने खेलाडी

    १. सागर ढकाल: नेपाल पुलिस क्लबका खेलाडी सागर चितवन टाइगर्सबाट प्रतियोगिता खेल्दै सर्वोत्कृष्टसमेत घोषित भए । उन्ले प्रतियोगितामा सार्वाधिक १४ विकेट लिए । विराटनगरसँगको पहिलो खेलमा सागरले २ विकेट लिएका थिए । दोस्रो खेलमा काठमाडौंविरुद्ध ४ विकेट, तेस्रो खेलमा पोखराविरुद्ध बिना विकेट रहेका सागरले चौथो खेलमा ललितपिुर विरुद्ध २, पाँचौ खेलमा भैरहवाविरुद्ध १ र क्वालिफायरमा पोखराविरुद्ध ४ विकेट लिए ।

    २. कमल ऐरी: चितवन टाइगर्सबाट बलिङ–ब्याटिङ् दुवैमा राम्रो प्रदर्शन गरि रहेका कमल प्रतियोगितामा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बने । उन्ले कुल १२ विकेट लिए । पहिलो खेलमा विराटनगरविरुद्ध २ विकेट लिएका कमलले दोस्रो खेलमा काठमाडौंविरुद्ध १ विकेट लिए । तेस्रो खेलमा पोखराविरुद्ध २ विकेट, चौथो खेलमा ललितपुरविरुद्ध ३ विकेट लिए । पाँचौ खेलमा भैरहवाविरुद्ध र क्वापलफायरमा पोखरा विरुद्ध विकेटविहीन रहे । तर, फाइनलमा कमलले पोखराविरुद्ध चार विकेट लिएका थिए ।

    ३. करिम जनत: अफ्गानी क्रिकेटर करिम चितवन टाइगर्सबाट ईपीएल खेल्दै कुल ११ विकेट लिए । सर्वाधिक विकेट लिने तेस्रो खेलाडी बनेका करिमले पहिलो खेलमा विराटनगरविरुद्ध २, दोस्रो खेलमा काठमाडौंविरुद्ध २ विकेट लिएका थिए । यस्तै, तेस्रो खेलमा पोखराविरुद्ध विना विकेट रहेका जनतले चौथो खेलमा ललितपुर विरुद्ध २, पाँचौ खेलमा भैरहवा विरुद्ध २ र क्वालिफायरमा पोखराविरुद्ध १ विकेट लिएका थिए । फाइनलमा पोखराविरुद्ध भने करिम विकेट लिन असफल रहेका थिए ।

    ४. जितेन्द्र मुखिया: काठमाडौं किङ्स–११ बाट ईपीएल खेलेका जितेन्द्र कुल ९ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने चौथो खेलाडी बने । उन्ले ललितपुर विरुद्धको उद्घाटन खेलमा ४ विकेट लिएका थिए । दोस्रो खेलमा चितवनविरुद्ध २ विकेट, तेस्रो खेलमा विराटनगरविरुद्ध शून्य, चौथो खेलमा पोखराविरुद्ध २ विकेट लिएका थिए । भैरहवा विरुद्धको पाँचौ खेल वर्षाका कारण स्थगित भएको थियो । र, जितेन्द्रले इलिमिनेटरमा भैरहव विरुद्ध १ विकेट लिए ।

    ५. नन्दन यादव: पोखरा राइनोटबाट चोथो संस्करण खेलेका नन्दन यादवले प्रतियोगितामा ९ विकेट लिए । भैरहवाविरुद्धको पहिलो खेल वर्षाले प्रभावित बन्दा उनले बलिङको अवसर पाएनन् । दोस्रो खेलमा ललितपुरविरुद्ध ३ विकेट लिएका नन्दनले चितवनविरुद्धको दोस्रो खेलमा सफलता हात पारेनन् । तेस्रो खेलमा विराटनगर, चौथो खेलमा काठमाडौं, पाँचौँ खेलमा चितवन र छैठौ खेलमा भैरहवाविरुद्ध १/१ विकेट लिएका नन्दनले फाइनलमा पोखराविरुद्ध २ विकेट लिएका थिए ।

  • ईपीएलः फाइनल खेलमा टस जितेर फिल्डिङ गर्दै चितवन

    ईपीएलः फाइनल खेलमा टस जितेर फिल्डिङ गर्दै चितवन

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको फाइनल खेलमा चितवन टाइगर्सले टस जितेर फिल्डिङ रोजेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ गतेदेखि सुरु भएको प्रतियागिताको आज फाइनल हुँदैछ । फाइनलमा सोम्पाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

    चितवनको प्लेइङ ११ः सोम्पाल कामी, दिलिप नाथ, मोहम्मद सहाजाद, साहव आलम, सागर ढकाल, कमल सिंह ऐरी, भिम सार्की, सेकुजे प्रशन्न, राजेश पुलामी मगर, हसिम अन्सरी

    पोखराको प्लेइङ ११ः रिचार्ड लेभी, विनेद भण्डारी, विपिन रावल, विक्रम शोव, लोकेस बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महत्तो, नन्दन यादव, साहन आराचिगे, असेला गुनरत्ने

  • ईपीएलको फाइनल आज, चितवन र पोखरा भिड्दै

    ईपीएलको फाइनल आज, चितवन र पोखरा भिड्दै

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् ।

    समूह चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पोखरालाई नै हराउँदै चितवनले फाइनल यात्रा तय गरेको थियो । दोस्रो स्थानमा रहेर क्वालिफायरसम्म पुगेको पोखरा पराजित भएको थियो । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता भैरहवा ग्लाडिएटर्सलाई हराउँदै पोखराले अन्तत: फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

    ‘फाइनल एउटा स्टेप हो । अर्को नराम्रो हाम्रो टोली राम्रो भन्न मिल्दैन । फाइनल सम्म पुग्यौ भनेपछी दुबै टोलि राम्रो छ,’ पोख राइनोजका कप्तान विनोद भण्डारीले भनेका थिए, ‘भोली जस्ले राम्रो क्रिकेट खेल्छ उसैले जित्छ । फाइनलमा पक्कै पनि प्रेसर हुन्छ । तेस्लाई कसरी ह्यान्डल गर्ने भन्ने हो । इपिएलको फाइनल पहिलो चोटी खेल्दै हो भन्ने सोचेर खेल्यौ भने झन प्रेसर थपिन्छ जस्तो लाग्छ । त्यसैले नर्मल गेम जस्तै खेल्न पर्छ ।’

    यस्तै चितवनका कप्तान सोमपाल कामी भने आज हुने फाइनल आफूलाई प्रमाणित गर्ने अवसर रहेको बताएका थिए ।

    ‘हामीले पोखरालाई प्रतियोगितामा यसअघि दुई पल्ट हराएको भए पनि त्यो हिजो हो । फाइनल भन्दा नि मेरो लागि एउटा गेम जस्तै हो,’ सोमपालले भने, ‘आफूलाई प्रमाणित गर्ने अवसर हो, जस्तो लाग्छ । क्रिकेटमा जति दायित्व बढ्छ, त्यति नै खेलाडीको प्रदर्शनमा निखार आउँछ । म मेरो टोली र आफैँप्रति पूर्ण कन्फिडेन्ट छु ।’

    प्रतियोगिताको विजेताले ५० लाख रूपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशी हो ।

  • इपीएल फाइनलपूर्व के भन्छन् दुई टिमका कप्तान ?

    इपीएल फाइनलपूर्व के भन्छन् दुई टिमका कप्तान ?

    काठमाडौं । बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनलमा भोलि दुई नयाँ टोली भिड्दै छन् । नयाँ टोली यो अर्थमा कि प्रतियोगिता चौथो संस्करणसम्म आइपुग्दा चितवन टाइगर्स र पोखरा राइनोज पहिलो पटक फाइनलमा पुगेका हुन् ।

    ईपीएलको समूह चरण र पलिहो क्वालिफायरमा पोखरालाई हराउको चितवन फेरि एक पटक हराउँदै पहिलो पटक च्याम्पियन बन्ने तयारीमा छ । तर, पोखरा भने ती सबै हारको बदला एकै खेलमा लिँदै ईपीएलको चौथो संस्करण च्याम्पियन बन्ने लक्ष्यमा छ ।

    ‘फाइनल एउटा स्टेप हो । अर्को नराम्रो हाम्रो टोली राम्रो भन्न मिल्दैन । फाइनल सम्म पुग्यौ भनेपछी दुबै टोलि राम्रो छ,’ पोख राइनोजका कप्तान विनोद भण्डारी भन्छन्, ‘भोली जस्ले राम्रो क्रिकेट खेल्छ उसैले जित्छ । फाइनलमा पक्कै पनि प्रेसर हुन्छ । तेस्लाई कसरी ह्यान्डल गर्ने भन्ने हो । इपिएलको फाइनल पहिलो चोटी खेल्दै हो भन्ने सोचेर खेल्यौ भने झन प्रेसर थपिन्छ जस्तो लाग्छ । त्यसैले नर्मल गेम जस्तै खेल्न पर्छ ।’

    चितवनविरुद्ध यसअघि दुबै खेलमा आफ्नो टोलीले ब्याटिङ गरेर राम्रो लक्ष्य दिन नसकेको बताउँदै हेरौं भोलि के हुन्छ भन्ने भोलि नै थाहा हुने कप्तान भण्डारीले बताए ।

    ओपनिङ पार्टनरसिपमा एक राष्ट्रिय खेलाडी हुने भएकाले शंका देखिएको बताउँदै विनोदले बताए ।

    ‘अर्को साइडमा रिचार्ड लेभी हुन्छ्न । नेपाली ब्याटरले टिकेर खेल्ने हो भने ओपनिङमा केहि समस्या छ जस्तो मलाई लाग्दैन,’ विनोदले भने, ‘लिगमा विदेशी खेलाडीको आगमन हुने हुँदा घरेलु खेलाडीले धेरै सिक्न पाउँछन् । खेलाडी जुन क्लबसँग जोडिएको भएपनि सबै खेलाडीले सिक्न पाउँछन् । इपिएलको पहिलो सिजनदेखि अहिलेसम्म आइपुग्दा धेरै परिवर्तन आएको छ । खेलाडीहरूको लेभल पनि बढिरहेको छ ।’

    यस्तै चितवनका कप्तान सोमपाल कामी भने भोलिको फाइनल आफूलाई प्रमाणित गर्ने अवसर रहेको बताउँछन् ।

    ‘हामीले पोखरालाई प्रतियोगितामा यसअघि दुई पल्ट हराएको भए पनि त्यो हिजो हो । फाइनल भन्दा नि मेरो लागि एउटा गेम जस्तै हो,’ सोमपालले भने, ‘आफूलाई प्रमाणित गर्ने अवसर हो, जस्तो लाग्छ । क्रिकेटमा जति दायित्व बढ्छ, त्यति नै खेलाडीको प्रदर्शनमा निखार आउँछ । म मेरो टोली र आफैँप्रति पूर्ण कन्फिडेन्ट छु ।’

    यसअघिका दुबै खेलमा सहज जित निकालेकाले पोखराको केही कमजोरी आफूलाई थाहा भएको सोमपालले बताए ।
    ‘प्रतियोगितामा भोलि फाइनल खेल बाँकी नै छ । जसरी पनि सबैभन्दा ठूलो कुरा सिक्ने हो । धेरै प्रेसर चै लिदैनौं,’ उनले भने, ‘भोलिको टिम अब पोखराको टिम कस्तो हुन्छ त्यही अनुरुप हुन्छ ।’

    ईपीएलको जारी संस्करण पछिल्लो सिजन जस्तो नभएको र पूर्ण फरक रहेको उनले बताए ।

    ‘शाहिद आफ्रीदी जस्ता खेलाडी आउनु र अरू विदेशी खेलाडीसँग ड्रेसिङ रूम सेयर गर्न पाउनुले निक्कै फरक पार्छ,’ उनले भने, ‘यो सकारात्मक कुरा हो । यसबाट सिक्ने मौका धेरै पाउछौ । हाम्रा विदेशी खेलाडीसँग सिक्ने कुरामा कुनै डर नरहेको जस्तो मैले महसुस गरेको छु ।’

    क्रिकेट ब्याट–बलको खेल भएकाले एउटा बल ले नै खेल परिवर्तन गर्न सक्ने बताउँदै सोमपालले भने– ‘प्रेसर लिएको छैन । धेरैपछि प्रतियोगिता खेलेकाले टोलिमा जितको भोक छ । यसअघिलो प्रदर्शनलाई निरन्तरता दिने कोसिस गर्नेछौ ।’

  • भैरहवाले दियो पोखरा राईनोजलाई १२० रनको लक्ष्य

    भैरहवाले दियो पोखरा राईनोजलाई १२० रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार गरेको थियो ।

    भैरहवाका लागि कप्तान शरद भेशवाकरले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाउँदै अविजित रहे । त्यस्तै ओपनर रोहित पौडेल १७ बलमा १८ रन र प्रदिप ऐरी ११ बलमा ११ रन जोडेर पेभिलेन फर्किएका थिए । उपुल थरंगा १२ बलमा १० रन र आरिफ शेखले २४ बलमा २७ रन बनाए । भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    पोखराको बलिङमा किशोर महतो र साहन आरचिगेले सर्वाधिक २/२ विकेट लिए । त्यस्तै असेल गुनरत्ने र नन्दन यादवले समान १ विकेट लिए ।

  • ईपीएल: क्वालिफायरमा भैरहवाविरुद्ध पोखराले टस जितेर फिल्डिङ रोज्यो

    ईपीएल: क्वालिफायरमा भैरहवाविरुद्ध पोखराले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सविरुद्ध पोखरा राइनोजले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा १२ः १५ बजे सुरु हुने खेलका लागि पोखराका कप्तान विनोद भण्डारीले भैरहवालाई ब्याटिङको निम्तो दिएका हुन् ।

    भैरहवा काठमाडौंलाई इलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो । अर्कातिर पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा भैरहवासँगको भेट निश्चित गरेको हो ।

    समूह चरणमा यी दुईबीच भएको खेल वर्षाका कारण पूरा हुन सकेको थिएन । त्यो खेलमा टस जितेर ब्याटिङ रोजेको पोखराले १०.१ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । यद्यपि, वर्षाका कारण त्यो खेल रद्द भएर दुवै टोलीले अंक बाँडेका थिए ।

    आजको खेलमा जित हासिल गर्ने टोलीले शनिबार हुने फाइनलमा चितवन टाइगर्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

    आज हुने खेलमा पोखराले दुई परिवर्तन गरेको छ । विपिन रावल र रित गौतम टोलीमा फर्कँदा सुनिल धमला र सुशन भारी बाहिरिएका छन् । भैरहवाले कृष्ण कार्कीको र तमिम इकबल स्थानमा भुवन कार्की र सार्विन मुनिआन्डी लाई खेलाएको छ ।

    आजको विजेता टोलीले फाइनलमा शनिबार चितवनसँग भिड्नेछ ।

    पोखराको प्लेइङ् ११: रिचार्ड लेभी, विनेद भण्डारी, विपिन रावल, विक्रम शोव, लोकेस बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महत्तो, नन्दन यादव, साहन आराचिगे, असेला गुनरत्ने

    भैरहवाको प्लेइङ् ११: सरद भेशवाकर, रोहित कुमार पौडेल, आरिफ सेख, कुशल मल्ल, अविनास बोहरा, प्रदिप ऐरी, उपुल थरंगा, धमिका प्रसाद, भुवन कार्की, दुर्गेश गुप्ता, सार्विन मुनिआन्डीलाई खेलाएको छ ।

  • ईपीएल : इलिमिनेटरमा काठमाडौंविरुद्ध भैरहवाले टस जितेर ब्याटिङ रोज्यो

    ईपीएल : इलिमिनेटरमा काठमाडौंविरुद्ध भैरहवाले टस जितेर ब्याटिङ रोज्यो

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को इलिमिनेटरमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किङ्ग्स-११ विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदानमा १ : ३० बजे सुरू हुने खेलमा भैरहवाका कप्तान शरद भेसावकरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् ।

    यो खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग भोलि फाइनल प्रवेशका लागि खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसेकेको छ ।

  • पोखरालाई ९ विकेटले हराउँदै चितवन पहिलोपटक ईपीएलको फाइनलमा

    पोखरालाई ९ विकेटले हराउँदै चितवन पहिलोपटक ईपीएलको फाइनलमा

    काठमाडौं । क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रनको योगफल तयार गरेको थियो ।

    पोखरालाई सस्तैमा समेटेको चितवनले ७.४ ओभरमा एक विकेट गुमाएर ६७ रनको लक्ष्य पूरा गर्‍यो । सुरुआती चार खेलमा जित निकाल्दै पहिलो चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।

    दोस्रो संस्करणमा स्थापित चितवनले यसअघिका दुई सिजनमा प्लेअफ यात्रा तय गर्न सकेको थिएन ।

    यद्यपि, यो सिजनमा भने चितवनले अपराजित रहँदै प्लेअफमा स्थान बनाएको थियो भने पाँचौं खेलमा पराजित भएको थियो ।

    यद्यपि, आज भएको क्वालिफायरमा शानदार जित दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । २६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए ।

    यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरूआत गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो ।

    त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए ।

    यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।

    कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए ।

    आजको खेलमा पराजित पोखराले भने आजै हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा मौका पाउने छ ।

    भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स-११ ले पनि बुधबार नै इलिमिनेटरमा भिड्दै छन् । त्यो खेलको विजेताले पोखरासँग खेल्ने छ ।

  • ईपीएलः पोखरा ६६ रनमा सीमित, सागर र साहबको चार/चार विकेट

    ईपीएलः पोखरा ६६ रनमा सीमित, सागर र साहबको चार/चार विकेट

    काठमाडौं । सागर ढकाल र साहब आलमको चार विकेटप्रेरित चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को क्वालिफायरमा पोखरा राइनोजलाई ६६ रनमा सीमित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरुआत गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो ।

    त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए ।

    यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।

    कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए ।

    पोखरालाई ६६ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६७ रनको लक्ष्य पाएको छ ।

    आजको खेलमा जित हासिल गर्ने टोलीले सोझै फाइनलमा स्थान बनाउने छ । यस्तै पराजित टोलीले पनि इलिमिनेटरको विजेतासँग मौका पाउने छ ।

    चितवन पहलिो चरणबाट शीर्ष स्थानमा रहँदै क्वालिफायरमा आइपुगेको हो भने पोखरा दोस्रो स्थानबाट आएको हो ।

    भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स-११ ले पनि बुधबार नै इलिमिनेटरमा भिड्दै छन् । त्यो खेलको विजेताले पोखरा र चितवनबीचको पराजित टोलीसँग खेल्ने छ ।

  • ईपीएल: भैरहवासँग अंक बाँड्दै काठमाडौं प्लेअफमा, साविक विजेता ललितपुर बाहिरियो

    ईपीएल: भैरहवासँग अंक बाँड्दै काठमाडौं प्लेअफमा, साविक विजेता ललितपुर बाहिरियो

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लडिएटर्स र काठमाडौं किङ्स-११ बीच मंगलबार बिहान तय भएको खेल स्थगित भएको छ । हिजो भएको भारी वर्षाका कारण मैदान चिसो भएकाले आज खेल हुन सक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।

    अंक बाँडेसँगै काठमाडौं प्ले अफमा पुगेको छ भने साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरिएको छ ।

    भैरहवा यस अघिनै प्ले अफमा पुगिसकेको छ । तर, भैरहवासँग १-१ अंक बाँडेपछि नेट रनरेटका आधारमा काठमाडौंले प्लेअफमा स्थान बनाएको हो । यससँगै विराटनगर वारियर्स र सविक विजेता ललितपुर प्रतियोगिताबाट बाहिरिएका छन् बाँकी ४ टोलीले प्लेअफ खेल्नेछन् ।

    बुधबार देखि प्ले अफका खेलहरु हुनेछन् ।

  • ईपीएलः वर्षाले प्रभावित खेलमा पोखरासँग १४ रनले हार्‍यो काठमाडौं

    ईपीएलः वर्षाले प्रभावित खेलमा पोखरासँग १४ रनले हार्‍यो काठमाडौं

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार भएको दोस्रो खेलमा पोखरा राइनोजसँग डकवर्थ लेविस (डीएल) नियममा १४ रनले पराजित भएसँगै काठमाडौं किङ्ग्स-११ प्लेअफमा पुग्नबाट रोकिएको छ । यद्यपि, भोलि भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा जित निकाल्न सके काठमाडौं शीर्ष चारमा पुग्नेछ ।

    दोस्रो इनिङको १५ ओभर सकिँदा काठमाडौंले ५ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । डीएल नियमअनुसार पोखरालाई १५ ओभरमा १ सय २८ रनको लक्ष्य हुन आउँथ्यो । तर, पोखराले १५ ओभरको खेल सकिँदा १४ रन धेरै बनाइसकेकाले नतिजामा पोखराको पक्षमा पर्‍यो ।

    वर्षाका कारण खेल अवरुद्ध हुँदा पोखराका विवेक यादव ४१ तथा लोकेश बम १८ रनमा अविजित थिए । त्यसअघि सहान अराचिगे ४३ तथा रिचार्ड लेभी १७ रन बनाएर पेभेलियन फर्किँदा रित गौतम, कप्तान विनोद भण्डारी र असेला गुणारत्ने पाँच रन पार गर्न नसक्दै आउट भएका थिए ।

    काठमाडौंका लागि जितेन्द्र मुखिया र गुल्शन झाले २/२ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए ।

    यसअघि रायन बर्ल र अमित श्रेष्ठको अर्धशतक मद्दतमा काठमाडौं किङ्ग्स-११ ले २० ओभरमा पोखरकालाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । खराब सुरुआत गरेको काठमाडौंले इनिङमा राम्रो पुनरागमन गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार गरेको थियो ।

    पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरेको काठमाडौं किङ्ग्स-११ का लागि रायन बर्ल र अमित श्रेष्ठले अर्धशतकीय इनिङ खेलेका थिए ।

    त्रिवि क्रिकेट मैदानमा चौथो नम्बरमा काठमाडौंका लागि क्रिजमा उत्रिएका बर्लले ४३ बलमा २ चौका र ३ छक्कासहित ५० रनको इनिङ खेलेका थिए । त्यस्तै, अमितले ४१ बलमा ६ चौका र २ छक्कासहित ५६ रन जोडेका थिए । तेस्रो ओभरमा १६ रन जोडेर दुवै ओपनरलाई गुमाएको काठमाडौंका लागि अमितले रायन बर्लसँग १०६ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ सम्हालेका थिए ।

    काठमाडौंका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा कप्तान सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २ चौका र ३ छक्कासहित ३१ रन जोडेर पेभेलियन फर्केका थिए । यस्तै, गुल्शन झा १ रनमा अविजित रहँदा राजु रिजाल शून्यमा पेभेलियन फर्के ।

    पोखराका लागि विवेक यादवले ३ तथा विक्रम शोब, किशोर महतो, नन्दन यादव र सहान अराचिगे ले १/१ विकेट लिएका थिए ।

    काठमाडौं आजको खेलमा जित हासिल गरे प्ले अफमा पुग्ने चौथो टोली बन्ने थियो । तर, वर्षाले खेल पूरा हुन नसकेपछि काठमाडौं दुर्भाग्यशाली सावित भयो । चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स यसअघि नै प्लेअफमा पुगिसकेके छन् ।

    आजको खेलमा काठमाडौं पराजित भएसँगै साविक विजेता ललितपुरको प्लेअफ पुग्ने सम्भावना जिवितै रहेको छ । भोलि हुने तय भएको खेलमा काठमाडौं पराजित भयो भने पनि ललितपुर प्लेअफमा पुग्नेछ ।

  • काठमाडौंका लागि अमितको अर्धशतक !

    काठमाडौंका लागि अमितको अर्धशतक !

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको काठमाडौं किङ्ग्स–११ का लागि अमित श्रेष्ठले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा वान् डाउनमा क्रिजमा उत्रिएका अमिले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन् । तेस्रो ओभरमा १६ रन जोडेर दुवै ओपनरलाई गुमाएको काठमाडौंका लागि अमितले रायन बर्लसँग ९५ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ सम्हालेका हुन् ।

    १३.४ ओभरको खेल सकिँदा काठमाडौं ११२÷२ को अवस्थामा छ । अहिले क्रिजमा रहेका अमित ५२ र बर्ल ३३ रन बनाएर खेलिरहेका छन् । काठमाडौं आजको खेलमा जित हासिल गरे प्ले अफमा पुग्ने चौथो टोली बन्ने छ ।

    चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स यसअघि नै प्लेअफमा पुगिसकेके छन् । आजको खेलमा काठमाडौंले जित निकाले साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरिने छ ।

  • चितवनविरुद्ध प्रदीप ऐरीको अर्धशतक !

    चितवनविरुद्ध प्रदीप ऐरीको अर्धशतक !

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याइरहेको भैरहवा ग्लाडिएटर्सका लागि ओपनर प्रदीप ऐरीले अर्धशतक बनाएका छन् ।

    आक्रमक ब्याटिङ गरेका ऐरीले २८ बलमा ५ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन् । तमिम इकबलसँग ८५ रनको साझेदारी गर्दै ऐरीले भैरहवालाई शानदार सुरूआत दिलाएका हुन् ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले पहिलो इनिङमा ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो ।

    प्रदीप ५७ र इकबल ३८ रन बनाएर खेलिरहँदा ९.३ ओभर सकिँदा साविक उपविजेता टोली भैरहवा ९९/० को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

  • ईपीएलः ललितपुरले दियो चितवनलाई १०९ रनको झिनो लक्ष्य

    ईपीएलः ललितपुरले दियो चितवनलाई १०९ रनको झिनो लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सलाई १ सय ९ रनको झिनो लक्ष्य दिएको छ ।

    कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० आभरमा ९ विकेट गुमाएर १ सय ८ रनको योगफल तयार गरेको थियो ।

    चौथो ओभरमा चार विकेट गुमाएको ललितपुरका लागि जयकिशान कोल्सावालले ३३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाएका थिए । ओपनर सान्दुन विराकोडि ९ बलमा १४ रन र कुशल भुर्तेल १ रनमा पेभिलियन फर्किए ।

    त्यस्तै सुर्य तामाङ ११ र ललित नारायण राजवंशि ९ रनमा अविजित रहँदा बाँकि कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । चितवनको बलिङ्मा कमल एरिले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । साहब अलाम १ तथा कारिम जनत र सागर ढकालले समान २ विकेट लिए ।

  • ईपीएल : विराटनगरसँग काठमाडौं ७ रनले पराजित

    ईपीएल : विराटनगरसँग काठमाडौं ७ रनले पराजित

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्ससँग काठमाडौं किङ्स-११ सात रनले पराजित भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाउन सफल भयो ।

    काठमाडौंका लागि ओपनर रमनुल्लाह गुर्वाजले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाउँदै पेभिलियन फर्किँदा अर्का ओपनर राजु रिजाल १५ बलमा २४ रन बनाएर अविजित रहे । रयान वर्ल ७ बलमा २३ रन र सुवास खकुरेलले १० बलमा २६ रन जोडे ।

    विराटनगरको बलिङमा रयान पठानले सर्वाधिक २ विकेट लिए । भने प्रतिस जीसीले १ विकेट लिए ।

    यो खेलपश्चात विराटनगर प्रतियोगिताबाट बहिरिएको छ । भने, काठमाडौं ३ खेलमा १ जितसहित लिग तालिकाको पाँचौ स्थानमा छ । काठमाडौंलाई प्ले अफ पुग्न बाँकी २ खेल जित्नु पर्ने दबाद छ ।

    आजै हुने दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र चितवन टाइगर्स भिड्दैछन् ।

  • ८ ओभरको खेलमा विराटनगरले काठमाडौंलाई दियो १०५ रनको लक्ष्य

    ८ ओभरको खेलमा विराटनगरले काठमाडौंलाई दियो १०५ रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारिरियर्सले काठमाडौं किङ्स-११ लाई १ सय ५ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।

    विराटनगरका लागि अनिल शाहले १६ बलमा २ चौका र ५ छक्कासहित ४५ रनको उत्कृष्ट इनिङ खेल्दै अविजित रहँदा ओपनर रयान पठनले ११ बलमा २ चौका र ३ छक्कासहित ३० रन र करण केसीले ११ बलमा १५ रन जोडे । भने, अन्य व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    काठमाडौंको बलिङमा गुल्सन झा, रयान वर्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

  • ईपीएल : काठमाडौं र विराटनगरको खेल ८ ओभरमा घटाइयो

    ईपीएल : काठमाडौं र विराटनगरको खेल ८ ओभरमा घटाइयो

    काठमाडौं । वर्षाका कारण प्रभावित भइरहेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबार बिहानको विराटनगर वारियर्स र काठमाडौं किङ्स-११ बीचको खेल ८/८ ओभरमा हुने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता मैदान चिसो भएर दुई घण्टा ढिलो गरी खेल ८ ओभरमा घटाइएको हो । उक्त खेलमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ ।

    आज हुने दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र चितवन राइनोज भिड्नेछन् ।

    हालसम्म काठमाडौंले खेलेका दुई खेलमा एक खेल जितेको छ । त्यस्तै विराटनगर चार खेलमा कुनै जित ननिकाल्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

    काठमाडौं प्लेईङ् ११

    सन्दीप लामिछाने, सुवास खकुरेल, अमित श्रेष्ठ, सिद्दान्त लोहनी, जितेन्द्र मुखिया, राजु रिजाल, अमर सिंह रौटेला, आसान प्रियन्जन, रयान वर्ल, गुल्सन झा ।

    विराटनगर प्लेईङ् ११

    करण केसी, आसिफ शेख, अनिल कुमार साह, अनिल खरेल, हरि चौहान, सौरभ खनाल, प्रतिश जिसि, सन्दीप रजालि, सिकन्दर राजा, रयान पठान, दिल्सन मुनाविरा ।

  • ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

    ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो ।

    वर्षाको कारण समयमा खेल हुन नसक्दा खेल स्थगित भएको हो । यद्यपि, पोखरा राइनोज र विराटनगर वारियर्सबीच हुने तय भएको दोस्रो खेल भने हुनेछ ।

    आज स्थगित भएको खेल नयाँ मितिमा हुने आयोजकले बताएको छ ।

  • लगातार तेस्रो जित निकाल्दै चितवन ईपीएलको प्ले अफमा

    लगातार तेस्रो जित निकाल्दै चितवन ईपीएलको प्ले अफमा

    काठमाडौं । मोहम्मद शहजादको अविजित अर्धशतकप्रेरित चितवन टाइगर्स शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो । १ सय २४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवनले १६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

    चितवनका लागि ओपनर इशान पाण्डे शून्यमा पेभेलियन फर्केका थिए । तर, शहजादले वान् डाउनमा आएका भीम सार्कीसँग उत्कृष्ट साझेदारी गर्दै चितवनलाई सहज जित दिलाए ।

    शहजादले ५२ बलमा ७ चौका र २ छक्कासहित ६३ रनको महत्त्वपूर्ण इनिङ खेल्दा भीमले पनि ४२ बलमा ५ चौका र २ छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले ।

    पोखराका लागि विक्रम शोबले एक विकेटबाहेक अन्य बलरले सफलता हात पारेनन् ।

    टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले १ सय २३ रनको योगफल तयार गरेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामै पहिलो पटक ब्याटिङ रोजेको पोखराले खराब सुरुआत गरेको थियो । तर, अपेक्षित ब्याटिङ गर्न नसक्दा पोखराले ठूलो लक्ष्य तयार गर्न सकेन ।

    ओपनर रित गौतमलाई दोस्रो ओभरमै चार रनको योगफलमा गुमाएको पोखराको माथिल्लो ब्याटिङ कर्डर ‘कोल्याप्स्ड’ भएसँगै ठूलो योगफलतर्फ लम्किन सकेन ।

    पोखराले ओपनर रिचार्ड लेभीबाहेक सुरूआती चार ब्याट्सम्यानलाई १० भन्दा कम रनमा गुमाएको थियो । यद्यपि, पोखराका लागि असेला गुणारत्ने र विवेक यादवले ५६ रनको साझेदारी गर्दै टोलीलाई १०० रन नजिक पुर्याएका थिए ।

    यादवले पोखराका लागि महत्त्वपूर्ण ५३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ३ चौका र ३ छक्कासहित प्रहार गरेका थिए ।

    यस्तै, चितवनका लागि साहब आलमले आफ्नो कोटाको चार ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सोमपाल कामीले पनि चार ओभरमा १२ रन खर्चेर १ मेडनसहित एक विकेट लिए ।

    अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले पनि ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

    भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेको थियो । यस्तै समयमा सुरु हुन नसकेको दोस्रो खेलमा भने पोखराले ७ ओभरको खेलमा ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले पराजित गरेको थियो ।

    त्यस्तै, सुरुआती दुई खेलमा जित निकालेको चितवन पनि लगातार तेस्रो जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सलाई २ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा काठमाडौं किङ्ग्स-११ लाई ३ विकेटले हराएको थियो ।

  • पोखराविरुद्ध मोहम्मद शहजादको अर्धशतक !

    पोखराविरुद्ध मोहम्मद शहजादको अर्धशतक !

    काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा राइनोजविरुद्ध १ सय २४ रनको लक्ष्य पछ्याइरहेको चितवन टाइगर्सका लागि मोहम्मद शहजादले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा चितवनका लागि ओपनिङमा आएका शहजादले ३५ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् । उनले भीम सार्कीसँग साझेदारी गर्दै चितवनलाई लक्ष्यतर्फ डोर्याइरहेका छन् ।

    १२ ओभरको खेल सकिँदा चितवन ७९/१ को अवस्थामा ब्याटिङ गरिरहेको छ । चितवनका लागि भीम २३ र शहजाद ५१ रनमा अविजित छन् । जितका चितवनलाई ४५ बलमा ४८ रन आवश्यक छ ।

    पोखराका लागि विक्रम शोबले एक विकेट लिएका छन् ।

  • ईपीएलः चितवनलाई पोखराले दियो १ सय २४ रनको लक्ष्य, विवेकको अर्धशतक

    ईपीएलः चितवनलाई पोखराले दियो १ सय २४ रनको लक्ष्य, विवेकको अर्धशतक

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा शुक्रबार जारी दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले १ सय २३ रनको योगफल तयार गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामै पहिलो पटक ब्याटिङ रोजेको पोखराले खराब सुरूआत गरेको थियो । तर, अपेक्षित ब्याटिङ गर्न नसक्दा पोखराले ठूलो लक्ष्य तयार गर्न सकेन ।

    ओपनर रित गौतमलाई दोस्रो ओभरमै चार रनमा गुमाएको पोखराको माथिल्लो ब्याटिङ कर्डर ‘कोल्याप्स्ड’ भएसँगै ठूलो योगफलतर्फ लम्किन सकेन ।

    पोखराले ओपनर रिचार्ड लेभीबाहेक सुरूआती चार ब्याट्सम्यानलाई १० भन्दा कम रनमा गुमाएको थियो । यद्यपि, पोखराका लागि असेला गुणारत्ने र विवेक यादवले ५६ रनको साझेदारी गर्दै टोलीलाई १०० रन नजिक पुर्‍याएका थिए ।

    विवेकले पोखराका लागि महत्त्वपूर्ण ५३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ३ चौका र ३ छक्कासहित प्रहार गरेका थिए ।

    यस्तै, चितवनका लागि साहब आलमले आफ्नो कोटाको चार ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सोमपाल कामीले पनि चार ओभरमा १२ रन खर्चेर १ मेडनसहित एक विकेट लिए ।

    अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले पनि ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

    भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेको थियो । यस्तै समयमा सुरु हुन नसकेको दोस्रो खेलमा भने पोखराले ७ ओभरको खेलमा ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले पराजित गरेको थियो ।

    त्यस्तै, सुरूआती दुई खेलमा जित निकालेको चितवन पनि लगातार तेस्रो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ । पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सलाई २ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा काठमाडौं किङ्ग्स-११ लाई ३ विकेटले हराएको थियो ।

  • ईपीएलः चितवनविरुद्ध पोखराले टस जितेर ब्याटिङ रोज्यो

    ईपीएलः चितवनविरुद्ध पोखराले टस जितेर ब्याटिङ रोज्यो

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को शुक्रबार हुने दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा पोखराका कप्तान विनोद भण्डारीले ब्याटिङ रोजेका हुन् ।

    भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेका थिए । यस्तै समयमा सुरु हुन नसकेको दोस्रो खेलमा भने पोखराले ७ ओभरको खेलमा ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले पराजित गरेको थियो ।

    त्यस्तै, सुरुआती दुई खेलमा जित निकालेको चितवन पनि लगातार तेस्रो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ । पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सलाई २ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा काठमाडौं किङ्ग्स-११ लाई ३ विकेटले हराएको थियो ।

  • कीर्तिमानी योगफल जोगाउँदै डिफेन्डिङ च्याम्पियन ललितपुरको पहिलो जित

    कीर्तिमानी योगफल जोगाउँदै डिफेन्डिङ च्याम्पियन ललितपुरको पहिलो जित

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को इतिहासकै सर्वाधिक ठूलो योगफल तयार गरेको ललितपुर प्याट्रिओट्सले यो संस्करणको पहिलो जित निकालेको छ ।

    शुक्रबार भएको पहिलो खेलमा ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो । पहिलो खेलमा काठमाडौं किङ्ग्स-११ सँग ७ विकेटको पराजयसँगै सिजनको खराब सुरुआत गरेको ललितपुर दोस्रो खेलमा पोखरा राइनोजसँग ९ विकेटले पराजित भएको थियो । यद्यपि, त्यो खेल समयमा सुरू हुन नसक्दा खेल सात ओभरमा घटाइएको थियो ।

    तेस्रो खेलमा भैरहवा ग्लाडिएटर्सविरुद्ध बराबरी खेल्दै अंक बाँडेको ललितपुरको यो पहिलो जित हो । दोस्रो इनिङ विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । जितसँगै ललितपुरको प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको छ ।

    पहिलो जितका लागि विशाल योगफलको रक्षा गरेको ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए । आफ्नो कोटाको पूरा ४ ओभर बलिङ गरेका ओमारजाईले ३४ रन खर्चेका थिए । यस्तै, ललित नारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै, योगेन्द्रसिंह कार्कीले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

    विराटनगरका लागि दिल्शन मुनाविराले ३९ बलमा ५ चौका र ४ छक्कासहित ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । विराटनगरका लागि वान् डाउनमा क्रिजमा उत्रिएका मुनाविराले ३३ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका थिए ।

    यसअघि चन्द्रपौल हेमराज र आशिफ शेखले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । त्यस्तै, आशिफले र मुनाविरासँग ५५ रनको साझेदारी गर्दै ३० बलमा ६ चौकासहित ३७ रन बनाएर पेभेलियन फर्केका थिए । त्यसपछिका ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ मात्र बनाउन सक्यो ।

    पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रनको योगफल तयार गरेको थियो । ललितपुरका लागि शानदार इनिङ खेलेका दुई विदेशी खेलाडी सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्कासहित ७३ रनको शानदार इनिङ खेलेका थिए ।

    यस्तै, अज्मतुल्लाह ओमारजाईले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ७ छक्कासहित ५८ रनको शानदार अर्धशतकीय इनिङ खेले । यस्तै, कप्तान कुशल भुर्तेल ३२ तथा योगेन्द्रसिंह कार्की २७ बनाएर पेभेलियन फर्किँदा पवन सरार्फ २ रनमा आउट भए ।

    ओमारजाई ५८ रनमा अविजित रहँदा नारायन जोशीले ४ बलमा ३ छक्कासहित अविजित १८ रन जोडेका थिए ।

    बलिङतर्फ विराटनगरका लागि कप्तान करण केसीले २ तथा सिकन्दर राजा, प्रतिश जिसी र दिल्शन मुनाविराले एक/एक विकेट लिए ।

    जारी ईपीएलको चौथो संस्करणमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको यो पहिलो खेल हो । ललितपुरले जितसँगै ४ खेलबाट तीन अंक जोडेको छ । यस्तै तीन खेलमा अंकविहीन विराटनगरको प्लेअफ छनोटको सम्भावना लगभग टुङ्गिएको छ । बाँकी सबै खेलमा जित निकाले पनि विराटनगरले अरुको नतिजामा निर्भर हुनुपर्नेछ ।

  • ईपीएल : विराटनगरका लागि मुनाविराको अर्धशतक

    ईपीएल : विराटनगरका लागि मुनाविराको अर्धशतक

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रिओट्सले दिएको २ सय २७ रनको लक्ष्य पछ्याइरहेको विराटनगर वारियर्सका लागि श्रीलंकाली खेलाडी दिल्शन मुनाविराले अर्धशतक बनाएका छन् ।

    विराटनगरका लागि वान् डाउनमा क्रिजमा उत्रिएका मुनाविराले ३३ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । यसअघि चन्द्रपौल हेमराज र आशिफ शेखले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । त्यस्तै, आशिफले र मुनाविरासँग ५५ रनको साझेदारी गर्दै ३० बलमा ६ चौकासहित ३७ रन बनाएर पेभेलियन फर्केका थिए ।

    मुनाविराले १३.१ ओभरमा एक रन जोड्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । अहिले विराटनगर १३.२ ओभरको खेल सकिँदा १३९/२ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

    जितका लागि विराटनगरलाई ४० बलमा ८८ रनको आवश्यकता छ । आजको खेलमा साविक विजेता ललितपुरले ईपीएलकै सर्वाधिक ठूलो योगफल तयार गरेको हो ।

  • ईपीएलमा अहिलेसम्मकै उच्च स्कोर, ललितपुरले बनायो २२६ रन

    ईपीएलमा अहिलेसम्मकै उच्च स्कोर, ललितपुरले बनायो २२६ रन

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफको आशा जीवितै राख्न जित्नै पर्ने दबाबमा भएको साविक विजेता ललितपुर प्याट्रिओट्सले शुक्रबार जारी खेलमा विराटनगर वारियर्ससामु प्रतियोगिताकै विशाल २ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रनको योगफल तयार गर्‍यो । ललितपुरका लागि सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्कासहित ७३ रनको शानदार इनिङ खेले ।

    यस्तै, अज्मतुल्लाह ओमारजाईले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ७ छक्कासहित ५८ रनको शानदार अर्धशतकीय इनिङ खेले । यस्तै, कप्तान कुशल भुर्तेल ३२ तथा योगेन्द्रसिंह कार्की २७ बनाएर पेभेलियन फर्किँदा पवन सरार्फ २ रनमा आउट भए ।

    ओमारजाई ५८ रनमा अविजित रहँदा नारायण जोशीले ४ बलमा ३ छक्कासहित अविजित १८ रन जोडे ।

    बलिङतर्फ विराटनगरका लागि कप्तान करण केसीले २ तथा सिकन्दर राजा, प्रतिश जिसी र दिल्शन मुनाविराले एक/एक विकेट लिए ।

  • विराटनगरविरुद्ध अज्मतुल्लाहको अर्धशतक, विशाल योगफलतर्फ ललितपुर

    विराटनगरविरुद्ध अज्मतुल्लाहको अर्धशतक, विशाल योगफलतर्फ ललितपुर

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले अर्धशतक बनाएका छन् ।

    पाँचौँ नम्बरमा ब्याटिङमा क्रिजमा उत्रिएका ओमारजाईले २० बलमा ६ छक्कासहित शानदार अर्धशतक बनाएका हुन् । यसअघि ललितपुरका लागि सान्दुन विराक्कोडीले पनि ७३ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्केका थिए ।

    दुई विदेशी खेलाडीको शानदार इनिङमा ललितपुरले यो संस्करणकै ठूलो योगफलतर्फ इनिङ लम्काएको छ । अहिले १८.२ ओभर सकिँदा ४ विकेट गुमाएरु १९४ रन बनाइसकेको छ ।

  • विराक्कोडीको लगातार दोस्रो अर्धशतक

    विराक्कोडीको लगातार दोस्रो अर्धशतक

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा श्रीलंकाली ब्याटर सान्दुन विराक्कोडीले ललितपुर प्याट्रिओट्सका लागि लगातार दुई खेलमा अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा ५८ रन बनाएका विराक्कोडीले आज जारी विराटनगर वारियर्सविरुद्धको खेलमा पनि अर्धशतक बनाइसकेका छन् ।

    टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका लागि ओपनिङमा आएका विराक्कोडीले आक्रामक इनिङ खेल्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका विराक्कोडीको शानदार इनिङमा ललितपुरले राम्रो ब्याटिङ गरिरहेको छ ।

    १३.५ ओभरको खेल सकिँदा ललितपुर १३५/३ को अवस्थामा छ भने विराक्कोडी ६८ र अज्मतुल्लाह ओमारजाई ४ रन बनाएर क्रिजमा छन् । विराटनरका लागि सिकन्दर राजा, प्रतिस जिसी र दिल्शन मुनाविराले एक/एक विकेट लिएका छन् ।

  • सान्दुन विराक्कोडिको अर्धसतकमा ललितपुरले भैरहवालाई दियो १७८ रनको लक्ष्य

    सान्दुन विराक्कोडिको अर्धसतकमा ललितपुरले भैरहवालाई दियो १७८ रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा सान्दुन विराक्कोडिको अर्धसतकमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडिएटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनको योगफल तयार गरेको थियो ।

    ललितपुरका लागि सान्दुनले ४१ बलमा ५ छक्का र २ चौकासहित सर्वाधिक ५८ रन जोडे । त्यस्तै अजमतुल्लाह ओमारजाईले २२ बलमा ४ छक्का र २ चौकासहित ४२ रनको उत्कृष्ट इनिङ खेले ।

    सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्कासहित ३८ रन, ओसादा फर्नान्डो १९ बलमा २० रन बनाए । कप्तान तथा ओपनर कुशल भुर्तेल २ रन बनाएर पेभिलियन फर्किँदा अरु व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    भैरहवाको बलिङमा अविनाश बोहराले सर्वाधिक २ विकेट लिए । त्यस्तै, धामिका प्रसाद, कृष्ण कार्की, आरिफ शेखले समान १ विकेट लिए ।

  • ईपीएल : काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य

    ईपीएल : काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमिएर लिग (ईपीएल) को जारी खेलमा काठमाडौं किङ्स-११ ले चितवन टाइगर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

    किर्तीपुरस्थित त्रिवि किकेट मैदानमा भइरहेको प्रतियोगितिमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार गरेको थियो ।

    काठमाडौंका लागि सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन, राजु रिजालले २० बलमा ३ चौका र २ छक्कासहित २८ रन र जनकप्रकाशले १६ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडे ।

    ओेपिनङमा आएका रहमनुलला गुर्वाज ५ रन बनाएर पेभिलयन फर्किएका थिए । भने सिद्धान्त लोहनी ८ र सन्दीप लामिछाने ७ रनमा अविजित रहे । अन्य व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    चितवनको वलिङमा सागर ढकालले सर्वाधिक ४ विकेट लिए । कारिम जन्नतले २, कमलसिंह एरि र सेकुगे प्रसुन्नाले समान १ विकेट लिए ।

  • ईपीएल: विराटनगरमाथि भैरहवाको सहज जित

    ईपीएल: विराटनगरमाथि भैरहवाको सहज जित

    काठमाडौैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो ।

    दोस्रो इनिङमा ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाका लागि ओपनरद्वय प्रदीपसिंह ऐरी र तमिम इकबलले पहिलो विकेटका लागि २७ रनको साझेदारी गर्दै भैरहवालाई राम्रो सुरुआत दिलाएका थिए ।

    प्रदीपले २३ बलमा ३ चौकासहित २२ रन जोडेर पेभेलियन फर्किँदा इकबलले १२ रन जोडेका थिए ।

    त्यस्तै, उपल थरङ्गा ३४ र कप्तान शरद भेसावकर ६ रनमा अविजित रहँदा रोहित पौडेल १२ तथा आरिफ शेख शून्यमा पेभेलियन फर्केका थिए । थरङ्गाले ३५ बलको सामना गर्दा चार चौकासमेत प्रहार गरेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    विराटनगरका लागि राम नरेश गिरीले दुई तथा करण केसी र बसन्त रेग्मीले १/१ विकेट लिए ।

    पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको छ । विराटनगरका लागि दिल्शान मुनविराले २० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन जोडे । सुमित महर्जन १३, अनिल साह र आशिफ शेख ११, रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वसन्त रेग्मी १० रनमा अविजित रहे ।

    शानदार बलिङ गरेको भैरहवाका लागि धमिका प्रसाद र आरिफ शेखले ३र३ विकेट लिए । धमिकाले ३ ओभरमा ६ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । यस्तै, आरिफले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका हुन् ।

    अविनाश बोहराले दुई तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १/१ विकेट लिए ।

    आइतबारको पहिलो खेलमा पोखरा राइनोजविरुद्ध राम्रो सुरुआत गरेको भैरहवा वर्षाले खेल रद्द भएपछि अंक बाँड्न बाध्य भएको थियो । सोही दिन विराटनगर चितवन राइनोजसँग २ विकेटले पराजित भएको थियो ।

    विराटनगरले शुक्रबारले शुक्रबार ललितपुर प्याट्रिओट्सको सामना गर्नेछ भने भैरहवाले भोलि ललितपुरसँगै खेल्नेछ ।

  • ईपीएलः भैरहवालाई ९० रनको लक्ष्य, विराटनगर १७.४ ओभरमा अल आउट

    ईपीएलः भैरहवालाई ९० रनको लक्ष्य, विराटनगर १७.४ ओभरमा अल आउट

    काठमाडौं । भैरहवा ग्लाडिएटर्सको कसिलो बलिङसामु टिक्न नसकेको विराटनगर एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा ८९ रनमा समेटिएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको छ । विराटनगरका लागि दिल्शान मुनविराले २० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन जोडे । सुमित महर्जन १३, अनिल साह र आशिफ शेख ११, रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बसन्त रेग्मी १० रनमा अविजित रहे ।

    शानदार बलिङ गरेको भैरहवाका लागि धमिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । धमिकाले ३ ओभरमा ६ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । यस्तै, आरिफले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका हुन् ।

    अविनाश बोहराले दुई तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १/१ विकेट लिए ।

    आइतबारको पहिलो खेलमा पोखरा राइनोजविरुद्ध राम्रो सुरुआत गरेको भैरहवा वर्षाले खेल रद्द भएपछि अंक बाँड्न बाध्य भएको थियो । सोही दिन विराटनगर चितवन राइनोजसँग २ विकेटले पराजित भएको थियो ।

  • राष्ट्रिय टोलीमा ‘झुल्किएर’ छुमन्तर हुन चाहन्नः नन्दन यादव

    राष्ट्रिय टोलीमा ‘झुल्किएर’ छुमन्तर हुन चाहन्नः नन्दन यादव

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलोपटक ‘म्यान अफ दी म्याच’ भएका नन्दन यादवले राष्ट्रिय टोलीमा आएर राम्रो प्रदर्शन गरेर टिक्ने लक्ष्य रहेको बताएका छन् । चिसो मैदानका कारण ७ ओभरमा छोट्याइएको खेलमा पोखरालाई विजयी बनाउन शानदार बलिङ गरेका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका थिए ।

    एक बोल्ड र दुई क्याच आउट गरेका नन्दनले पोस्ट म्याच कन्फरेन्समा बोल्दै राष्ट्रिय टोलीबाट खेल्ने सपना रहेको बताएका थिए ।

    ‘पहिलो पटक म्यान अफ दी म्याच भएको छु,’ नन्दनले भने, ‘एकदमै खुसी लागिरहेको छ मलाई ।’

    ‘सबै खेलाडीको गोल नै एउटै हुन्छ, राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेर खेल्ने,’ नन्दन भन्छन्, ‘म राष्ट्रिय टोलीबाट खेल्न मात्रै होइन, राम्रो प्रदर्शन गर्न चाहन्छु । एकपटक आएर छुमन्तर हुन चाहन्न ।’

    राष्ट्रिय टोलीसम्म नपुग्नु खराब दिन भएको बताउँदै नन्दनले भने, ‘आफूले मेहेनत गरिरहेको छु, राष्ट्रिय टोलीका ढोका ‘नक’ गरिरहेको छु, हेरौं कहिले खुल्छ ।’

    पोखराको टोलीमा भएका विदेशी खेलाडीहरू रिचार्ड लेभी, केसरिक विलियम्सहरू एकदमै सहयोगी भएको नन्दनले बताए ।

    ‘आजको खेलमा पनि विलियम्सले धेरै सहयोग गर्नुभयो, फिल्डिङ सेटअप कसरी गर्ने र ब्याट्सम्यानलाई कसरी रिड गर्ने भन्ने पनि सिकाउनु भयो,’ नन्दनले भने ।

  • ईपीएलः साविक विजेता ललितपुरको दोस्रो हार

    ईपीएलः साविक विजेता ललितपुरको दोस्रो हार

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को साविक विजेता ललितपुर प्याट्रिओट्स लगातार दोस्रो खेलमा पराजित भएको छ ।

    बुधबार बिहान ९:१५ बजे हुने तय भएको खेल मैदान चिसो भएर समयमा सुरु हुन नसकेपछि ७ ओभरमा छोट्याइको थियो । छोटो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले पोखरासामु ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    ४२ बलमा ५२ रनको लक्ष्य पछ्याएको पोखराले १ विकेट गुमाएर ६.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । पोखराका लागि ओपनर रित गौतम र रिचार्ड लेभीले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । लेभीले २२ बलमा ५ चौका र १ छक्कासहित ३८ रनको महत्त्वपूर्ण इनिङ खेले ।

    बलिङतर्फ ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले १ विकेट लिए ।

    पहिलो इनिङमा ब्याटिङ गरेको पोखराका कप्तान कुशल भुर्तेल ३ रन बनाएर पेभिलियन फर्किँदा विकेटकिपर ब्याट्सम्यान १९ रनमा आउट भए । यस्तै, पवन सरार्फ ५ तथा अज्मतुल्लाह ओमारजाई १ रनमा आउट हुँदा ओशादा फर्नान्डो १० रनमा अविजित रहे ।

    शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिनदेखि नै खेल प्रभावित भएका थिए । आइतबारको दोस्रो खेल नै वर्षाले प्रभावित भएपछि त्यसयता खेलहरू टस नै नभइ स्थगित हुँदै आएका छन् ।

    पहिलो खेलमा काठमाडौंसँग सात विकेट पराजित भएको ललितपुरको यो दोस्रो खेल हो । पोखराको भने सोमबार बिहान तय भएको काठमाडौं किङ्ग्स-११ सँगको खेल वर्षाले सुरु नै नभइ स्थगित भएको थियो ।

    केही बेरमा हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्स प्रतिस्पर्धा गर्नेछन् ।

  • ईपीएल : पोखरालाई सात ओभरमा ५२ रनको लक्ष्य

    ईपीएल : पोखरालाई सात ओभरमा ५२ रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर प्याट्रिओट्सले सात ओभरमा ६ विकेट गुमाएर ५२ रनको योगफल तयार गरेको छ । मैदान चिसो भएकाले समयसमा सुरू नहुँदा यो खेल सात ओभरमा घटाइएको थियो ।

    पोखराका कप्तान कुशल भुर्तेल ३ रन बनाएर पेभिलियन फर्किँदा विकेटकिपर ब्याट्सम्यान १९ रनमा आउट भए । यस्तै, पवन सरार्फ ५ तथा अज्मतुल्लाह ओमारजाई १ रनमा आउट हुँदा ओशादा फर्नान्डो १० र राशिद खान शून्यमा अविजित रहे । यसअघि नारायण जोशी ११ तथा सन्दीप जोरा शून्यमा पेभेलियन फर्केका थिए ।

    पोखराका लागि विक्रम शोव र नन्दन यादवले २/२ तथा केसरिक विलियम्सले १ विकेट लिए ।

    शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिनदेखि नै खेल प्रभावित भएका थिए । आइतबारको दोस्रो खेल नै वर्षाले प्रभावित भएपछि त्यसयता खेलहरू टस नै नभइ स्थगित हुँदै आएका छन् ।

    पहिलो खेलमा काठमाडौंसँग सात विकेट पराजित भएको ललितपुरको यो दोस्रो खेल हो । पोखराको भने सोमबार बिहान तय भएको काठमाडौं किङ्ग्स-११ सँगको खेल सुरू नै नभइ वर्षाका कारण स्थगित भएको थियो ।

  • वर्षाका कारण काठमाडौं र पाेखराबीचकाे खेल स्थगित

    वर्षाका कारण काठमाडौं र पाेखराबीचकाे खेल स्थगित

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएलमा ) मा आज हुने काठमाडौं किङ्स-११ र पाखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता दुई दिनदेखि वर्षाका कारण अवरुद्ध भइरहेको छ । आजको खेल एक बल पनि नखेली स्थागित भएको हो ।

    सोमबार पनि दुई खेल वर्षाकै कारण स्थगित भएको थियो । आइतबार भैरहवा ग्लाडियटर्स र पोखराबीचको खेल पहिलो इनिङको ११ ओभर जारी रहँदा रोकिएको थियो ।

    उक्त खेलमा दुवै टोलीले अंक बाँडेका थिए । त्यसपछिका खेलहरू वर्षाका कारण हुन सकेको छैन । सोमबार स्थगित भएको दुई खेल शुक्रबार बिहान र शनिबार बिहान हुने आयोजकले जनाएको छ ।