Tag: ईपिएल

  • ईपिएल सुरु हुनुअघि टियू क्रिकेट मैदानमा जे देखियो (तस्बिरहरु)

    ईपिएल सुरु हुनुअघि टियू क्रिकेट मैदानमा जे देखियो (तस्बिरहरु)

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने पहिलो खेलमा काठमाडौं किङ्ग्स–११ र ललितपुर प्याट्रिओट्स भिड्दै छन् ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं ललितपुरविरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।

    काठमाडौंको टोलीमा यो सिजनको ईपीएलका आकर्षणको केन्द्र– पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी पनि रहेकाले क्रिकेट मैदान परिसरमा चहलपहल बढेको छ ।

    दर्शकहरू टिकट काट्ने र प्रवेश गर्ने क्रम बाक्लिँदो छ ।