Tag: इसेवा

  • ईसेवाबाट एयरलाइन्स् टिकट काट्दा शत–प्रतिशत क्यास ब्याक पाउन सकिने

    ईसेवाबाट एयरलाइन्स् टिकट काट्दा शत–प्रतिशत क्यास ब्याक पाउन सकिने

    काठमाडौं । ईसेवामार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक दिने भएको छ । ईसेवामार्फत आन्तरिक तर्फको एअरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागिता जनाउन सक्नेछन्।

    ईसेवामार्फत टिकट खरिद गर्ने ग्राहकमध्ये हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शत–प्रतिशत क्यास ब्याक पाउने र यो त्यसभन्दा माथिको टिकटमा तीन हजार रूपैयाँ छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    उक्त योजना ३१ चैतसम्म सञ्चालन आउने छ । यस्तै ‘जाउँ है पोखरा’ अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट समेत दिने इसेवाले जनाएको छ ।

    यात्रुहरुले ईसेवामार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट लिन सकिनेछ । होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि ईसेवाबाट प्रि बुकिङ गरेको अथवा हवाइ टिकट खरिद गरेको बिबरण प्रस्तुत गर्नेपर्ने ईसेवाले जनाएको छ ।

  • इसेवाले शुरु गर्यो दुईसयभन्दा बढी देशबाट मनिग्राम सेवा

    इसेवाले शुरु गर्यो दुईसयभन्दा बढी देशबाट मनिग्राम सेवा

    काठमाडौं । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।

    सम्झौतासंगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने इसेवाले जनाएको छ ।

    भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ र छिटै नै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था समेत गरिने इसेवाले जनाएको छ ।

    यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्टेलिया, युरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ ।

    मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विपे्रषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । मनिग्राम मार्फत २०० भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।

    मनिग्राम उच्च स्तरीय प्रविधिको प्रयोग गरि मोबाइल तथा सञ्चालित प्लेटफर्मको माध्यमबाट हरेक वर्ष लाखौ सेवाग्राहीहरुलाई डिजिटल तथा अन्य माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।

    इसेवा मनि ट्रानसफरले आफ्नोसेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

    सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

  • इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि समझदारी

    इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि समझदारी

    पोखरा । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यसहित उद्योग वाणिज्य संघ पोखरा र इसेवाविच सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका हुन् ।

    सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र तीन हजार ५ सय भन्दा बढी व्यवसाय तथा फर्म इसेवाको भुक्तानी प्रणालीमा आवद्ध भएका छन् । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ ।

    हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट इसेवा जोन तथा पोइन्ट र मर्चेन्टको संख्या करिब दुइ लाख रहेका छन् ।

    इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

    इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।