Tag: इश्वर पोखरेल

  • ईश्वर पोखरेलेको निष्कर्ष- पार्टी विभाजनले एमालेलाई दुई प्रतिशत पनि असर गर्दैन (भिडिओ)

    ईश्वर पोखरेलेको निष्कर्ष- पार्टी विभाजनले एमालेलाई दुई प्रतिशत पनि असर गर्दैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले क्रमश: एकीकृत समाजवादीमा लागेकाहरु पनि एमालेमै फर्कने क्रम बढेको बताएका छन् । उनले केही समयपछि एमालेका दुई प्रतिशत नेता कार्यकर्ता पनि एकीकृत समाजवादीमा नहुने दावी गरे ।

    शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित ब्हद् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताए । राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको उनको टिप्पणी छ ।

    ‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरुसँग जुध्ने आँट गर्नुपर्छ’, उनले भने, ‘हामी यो लडाइँमा कहिल्यै थाक्नेछैनौँ ।’

    महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

  • भ्रमको खेती नगर्न उपप्रधानमन्त्रीको आग्रह

    भ्रमको खेती नगर्न उपप्रधानमन्त्रीको आग्रह

  • अक्सिजन आपूर्ति सहज बनाउन कार्यदल गठन

    अक्सिजन आपूर्ति सहज बनाउन कार्यदल गठन

    काठमाडौं । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारार्थ अक्सिजन अभाव भएपछि सरकारले आपूर्ति सहज बनाउन कार्यदल गठन गरेको छ ।

    अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक संलग्न कार्यदल गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    कार्यदलले अस्पतालमा सङ्क्रमितका लागि अक्सिजन उपलब्ध गराउने छ ।
    नेपालमा अहिले अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिण्डर ल्याउने तयारी गरेको छ ।

    सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    रासस

  • उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २३५ उद्योगपति एमालेमा प्रवेश (भिडियो)

    उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २३५ उद्योगपति एमालेमा प्रवेश (भिडियो)

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत छन् ।

    उनी गत निर्वाचनमा महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका थिए । उनी कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । त्यस्तै गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गरेका छन् । स्वर्गीय दिवाकर नेपाली कांग्रेसबाट संविधानसभा सदस्य थिए ।

    त्यस्तै उद्योगी ललित अग्रवाल,नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सिताराम अग्रवाल,कृष्ण प्रसाई लगायत एमाले प्रवेश गरेका छन् । विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल,जुगल किशोर धनावत लगायत विशेषगरि मारवाडी समुदायका व्यवसायी एमाले प्रवेश गरेका हुन् ।

    उनीहरुलाई प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोति दुगडको अगुवाईमा एमाले प्रवेश गराइएको हो । एमाले प्रवेश गर्नेलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले खादा र माला लगाएर स्वागत गरेका थिए ।

     

     

  • हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा विकास गर्छौं: उपप्रधानमन्त्री पोखरेल

    हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा विकास गर्छौं: उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हाँडिगाउँ स्थित पुन:निर्मित भिमसेन मन्दिरको आज एक समारोहबीच उद्‍घाटन गरेका छन् । वाग्मती प्रदेश सरकार, पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा निर्मित मन्दिरको उद्‍घाटन गर्दै पोखरेलले हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको बताए ।

    विगतमा लिच्छविकालीन समयको राजधानी थलोको रूपमा रहेको हाँडिगाउँ क्षेत्रलाई विकास गर्नेगरी आफुले अठोट गरेको स्मरण गर्दै उपप्रधानमन्त्री पोखरेले इतिहासको केन्द्रभागको रूपमा दुनियाँलाई चिनाउने गरी यस क्षेत्रको विकास गर्ने अध्ययन र उत्खनन्को काम भैरहेको बताए ।

    पुरातत्व विभागबाट यस क्षेत्रको अध्ययनको काम जारी रहेको बताउँदै पोखरेलले तत्पश्चात यस क्षेत्रलाई कसरी विकास गर्ने भन्ने बारेमा टुँगोमा पुग्ने बताए ।

    सरकारले यस क्षेत्रको अध्ययन र अन्वेषणका निम्ती आफ्नो नीति कार्यक्रममा प्राथमिकतापूर्वक कार्यक्रम समाविष्ट गरिसकेको छ । ‘यो कुनै एउटा विषयमा मात्रै अध्ययन गर्ने कुरा होइन, धेरै कुरा ख्याल गरेर अध्ययनको काम भैरहेको छ, तत्पश्चात सरकारको मातहतमा रहने गरी विशेष किसिमको समिति बनाएर यस्को संरक्षण, उत्खनन् र विकासको काम गर्ने हाम्रो योजना छ’-उनले भने ।

    पुराना ऐतिहासिकता झल्किने, धार्मिक र सांस्कृतिक परम्परा र विशिष्टता झल्काउने सम्पदाको पहिचान, उत्खनन् र विकास गर्ने सरकारको मान्यता रहेको बताउँदै हाँडिगाउँ क्षेत्रलाई कुन स्वरूपमा अगाडि बढाउने हो त्यसवारेमा विज्ञ सहितको टोलीले काम गर्ने बताए । उनले पुरातत्व विभागको अध्ययनको काम सकिएपछि त्यसको आधारमा अन्य कामको टुङ्गो लाग्ने बताए ।

    जनताको सहभागितामा मात्रै पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाहरूको संरक्षण हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले जनताको स्वामित्व र सहभागीतामा नै सवैभन्दा महत्वपूर्ण कुरा रहेको बताए ।

    राजनीतिक स्थायित्वले मात्रै विकास र सम्वृद्धि दिन सक्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले अहिले फेरी सरकार ढाल्ने, अस्थिरताको रोग निम्त्याउन खोजिएको बताए । ‘राजनीतिक अस्थिरताको भूतप्रेतले अहिले पनि लखेटिरहेको छ, सरकार ढाल्ने र बनाउने खेलोमा रङमगिने लामो समय देखिको एउटा अभ्यास र रोग जनु थियो त्यो अहिले पनि बेलामा बेलामा देखापर्ने खोज्दै छ,’उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यसैले जनताको बीचमा गएर यी सवै चिजको फैसला गर्नुपर्छ भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो ।’