Tag: इन्टर मिलान

  • इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

    इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

    काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४(२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो ।

    निर्धारित समयको खेल २(२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो ।

    इन्टरका लागि निकोला बरेला,हाकन गोल गरे । अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे । युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे ।

    इन्टरले सन् २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो ।

  • च्याम्पियन इन्टरको लगातार दोस्रो जित, कोरेयाको दुई गोल

    च्याम्पियन इन्टरको लगातार दोस्रो जित, कोरेयाको दुई गोल

    काठमाडौं । योहाक्विन कोरेयाको दुई गोलप्रेरित इन्टर मिलानले इटालियन सिरी एमा शुक्रबार राति भेरोनाविरुद्ध १–३ गोलको नतिजामा जित निकालेको छ ।

    भेरोनाको मैदानमा भएको खेलको १५औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । इभान इलिचले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० को अग्रता कायमै राखेको भेरोनाले दोस्रो हाफमा अग्रता बचाउन नसक्दा पराजित हुनुपर्यो ।

    दोस्रो हाफको सुरुआतमै लौटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई बराबरीमा ल्याएका थिए । भ्रमणकारी टोलीको निरन्तर दबाबमा रहेको भेरोनाले थप दुई गोल अन्तिम १० मिनेटको समयमा खाएको थियो ।

    माटेओ डर्मियानले दिएको पासमा कोरेयाले ८३औं मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै कोरेयाले इन्टरको पक्षमा १–३ को रोमाञ्चक जित सुनिश्चित गरे ।

    जितसँगै साविक विजेतासमेत रहेको इन्टर मिलान दुई खेलबाट ६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । पराजित भेरोना भने दुई खेलमा अंकविहीन रहँदै १९औं स्थानमा छ ।

  • सिरी एको शीर्ष स्थानमा इन्टरलाई ६ अंकको अग्रता

    सिरी एको शीर्ष स्थानमा इन्टरलाई ६ अंकको अग्रता

    एजेन्सी । एटालान्टामाथि १–० को जितका साथ इन्टर मिलान इटलियन सिरी ए फुटबलको शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ ।

    दोस्रो हाफ सुरु भएको नवौं मिनेटमा मिलान स्क्रिनायरले कर्नरबाट पाएको बल सदुपयोग गरी गरेको गोल नै इन्टरको जितमा निर्णायक बन्यो ।

    उनीहरुलाई खेलको अन्त्यतिर निकै नै रक्षात्मक बन्नुपरेको थियो, तर ३ अंक जोड्न सफल भए । यो जितले दोस्रो स्थानको एसी मिलानभन्दा ६ अंकले अगाडि पु¥याएको छ । दुवैले समान २६ खेल खेल्दा इन्टरको ६२ र एसी मिलानको ५६ अंक छ ।

    एन्टोनियो कोन्टे प्रशिक्षित इन्टरले लगातार ७ लिग खेलमा अंक गुमाएको छ । यो टोली सन् २०१० यता पहिलोपल्ट लिग उपाधि जित्ने लक्ष्यमा छ ।

    पराजित भएपछि एटालान्टाले पनि आफ्नो जितयात्रामा पूर्णविराम लगाएको छ । उसले लगातार चार खेल जितेको थियो । यो हारले एटालान्टा पाँचौं स्थानमा पुगेको छ ।

     

  • रोनाल्डोको २ गोलमा युभेन्टसद्वारा इन्टर मिलानमाथि पुनरागमन जित

    रोनाल्डोको २ गोलमा युभेन्टसद्वारा इन्टर मिलानमाथि पुनरागमन जित

    एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले २ गोल गरेपछि कोपा इटालियाको सेमिफाइनल पहिलो लेगमा युभेन्टसले इन्टर मिलानमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

    अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले युभेन्टसका गोलरक्षक जिानलुइगी बुफोनलाई छक्याउँदै खेलको नवौं मिनेटमै इन्टरलाई अग्रता दिलाएका थिए । बुफोनको यो सिनियर करिअरमा ११ सयौं खेल थियो ।

    तर २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याए । इन्टरका एस्ले योङले जुहान कार्डाडोलाई फल गरेपछि पाएको पेनाल्टीलाई उनले सदुयोग गरेका हुन् ।

    ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो र टिमका लागि विजयी गोल गरेका हुन् । इन्टरको रक्षात्मक कमजोरीको फाइदा रोनाल्डोले उठाएका थिए ।

    खेल अवधिभर एक अर्काले गोल गर्ने प्रयास गरिरहे । दुवैले खराव मनोबृत्ति प्रदर्शन गरेका थिए । खेलमा ९ पहेलो कार्डको प्रयोग भएको थियो । तीमध्ये युभेन्टसका खेलाडीले मात्र ६ वटा पाएका थिए । युभेन्टसले सिरी ए अन्तर्गत अघिल्लो महिना व्यहोरेको २–० को हारको बदला पनि लिएको छ ।

    कोपा इटालिया उपाधि युभेन्टसले १३ पल्ट जितेको छ । फाइनल प्रवेशका लागि निर्णायक मानिने दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा अर्को साता हुनेछ ।