Tag: इंग्ल्याण्ड

  • ट्वान्टी-२० विश्वकप: लगातार जितपछि इंग्ल्याण्ड सेमिफाइनल नजिक

    ट्वान्टी-२० विश्वकप: लगातार जितपछि इंग्ल्याण्ड सेमिफाइनल नजिक

    एजेन्सी । आईसीसी ट्वान्टी-२० विश्वकपमा इंगल्याण्डले गएराति अस्ट्रेलियामाथि ८ विकेटको जित हासिल गरेको छ । लगातार तेस्रो जितपछि ६ अंक बनाएको इंग्ल्याण्ड समूह १ बाट सेमिफाइनल नजिक पुगेको छ ।

    १२६ रनको लक्ष्य इंग्ल्यान्डले ११.४ ओभरमा भेट्टायो । ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए ।

    यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले इनिङको अन्तिम बलमा अलआउट हुनुअघि १२५ रनको योगफल खडा गरेको थियो । ओपनर तथा कप्तान आरोन फिन्चले ४४ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक थिएन ।

    बलिङमा इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १-१ विकेट लिए । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । यो समूहको शीर्ष स्थानमा रहेको उसले दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्न बाँकी छ ।

    अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो । अस्ट्रेलियाले बंगलादेश र वेष्ट इण्डिजसँग खेल्न बाँकी छ ।

  • इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा पराजित गरी इंग्ल्याण्डले इटलीसँगको फाइनल भेट निश्चित गरेको छ ।

    घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाबाट हासिल यो सफलताले इंग्ल्याण्डलाई ५५ वर्षपछि मुख्य फुटबल प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको छ । सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो ।

    मिक्केल ड्याम्सगार्डले शानदार फ्रिकिकमार्फत ३० औं मिनेटमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा बुकायो साकाको प्रहार क्लियर गर्न लाग्दा डेनिस कप्तान सिमोक कजायरले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि खेल बराबरीमा आयो ।

    निर्धारित समयमा दुवैले १–१ को बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो । १ सय ४ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पायो ।

    ह्यारी केनको प्रहार डेनिस गोलरक्षक कास्पर स्माइकल्सले रोकेका थिए । तर रिवाउण्ड बलमा केनले नै गोल गर्न सफल रहे । यही गोलले इंग्ल्याण्डलाई युरो इतिहासमै पहिलोपल्ट फाइनलमा पुर्‍यायो ।

    पहिलो खेलमै मुख्य खेलाडी क्रिष्टियन इरिक्सन हृदयघातबाट मैदानमै ढलेपछि धर्मराएको डेनमार्क सुरुआती दुई खेलमा पराजित रहे पनि समूह चरण पार गर्ने भाग्यमानी टोली बनेको थियो ।

    सन् १९९२ को च्याम्पियन टोलीबमे यस संस्करणमा अप्रत्यासित प्रदर्शनको यात्रा सेमिफाइनलमा आएर टुंगिएको छ । सेमिफाइनलमा पराजित रहे पनि उनीहरु शीर ठाडो पार्न सक्नेछन् । डेनिस टोलीको आक्रामक क्षमता र गोलरक्षक स्माइकल्सको प्रदर्शनलाई विश्वभरका फुटबल समर्थकले प्रसंसा गरेका छन् ।

  • युक्रेनमाथि प्रभावशाली जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनलमा

    युक्रेनमाथि प्रभावशाली जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनलमा

    एजेन्सी । युक्रेनलाई ४-० गोलअन्तरले पराजित गरी इंग्ल्याण्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले शानदार प्रदर्शन गरेको थियो । फाइनल प्रवेशका लागि उसले घरेलु मैदान वेम्बलीमा डेनमार्कसँग खेल्ने तय भएको छ ।

    इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको हो । गएराति नै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले हराएर डेनमार्क २९ वर्षपछि युरोको सेमिफाइनलमा पुगेको थियो ।

    ग्यारेथ साउथगेट प्रशिक्षित इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो । प्रतियोगिताको एकपछि अर्को खेलमा इंग्लिस टोली सन्तुलित र प्रभावशाली बन्दै आएको छ ।

    समूह चरणमा गोल गर्न नसकेका ह्यारी खेल आफ्नो लयमा फर्किएका छन् । जर्मनीविरुद्ध पहिलो गोल गरेका उनले खेल सुरु भएको चार मिनेटमै रहिम स्टर्लिङसँगको सुन्दर तालमेलमा गोलको खाता खोलेका हुन् ।

    त्यसपछि युक्रेनले खेलमा आफ्नो पकड फिर्ता ल्याउनै सकेन । सन् २०१८ को विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्याण्ड लगातार ठूला प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ । इंग्ल्याण्डको जित निश्चित गर्न केनले अर्को गोल थपे भने ह्यारी मगायरले सानदार हेडर गोल गर्दा लुक श ले फ्रिकिकमार्फत गोल गरेका हुन् ।

    इंग्ल्याण्ड र डेनमार्कबीचको सेमिफाइनल खेल बुधबार वेम्बलीमा हुनेछ ।

  • चेक रिपब्लिकलाई हराएपछि इंग्ल्याण्ड समूह विजेता

    चेक रिपब्लिकलाई हराएपछि इंग्ल्याण्ड समूह विजेता

    एजेन्सी । रहिम स्टर्लिङले निर्णायक गोल गर्दा चेक रिपब्लिकलाई पराजित गरी इंग्ल्याण्ड समूह विजेताका रुपमा युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा पुगेको छ ।

    समूह ‘डी’को विजेता बनेको उसले क्वाटरफाइनल प्रवेशका लागि समूह एफको उपविजेतासँग खेल्नेछ । यो समूहमा फ्रान्स, जर्मनी, पोर्चुगल र हंगेरी छन् ।

    समूहको पहिलो खेलमा क्रोएसियाविरुद्ध गोल गरेका स्टर्लिङको यो प्रतियोगिता दोस्रो गोल हो । १२ औं मिनेटमा ज्याक ग्रेलिसको क्रसलाई बुकायो साकाले सजिलो बनाइदिएपछि स्टर्लिङले गोल गरेका हुन् । ग्रेलिस र साकाले गएराति इंग्लयाण्ड टिमबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    इंग्लिस कप्तान ह्यारी केन भने युरो २०२० मा आफ्नो पहिलो गोलको खोजीमै छन् । सुरुआती तीन खेलमा २ गोल गरेको इंग्ल्याण्डले एउटा गोल पनि खाएको छैन । त्यो उसको सकारात्मक पक्ष हो ।

    तर अन्तिम १६ मै कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने अवस्थामा उनीहरु गम्भीर बन्ने अवस्था आइसकेको छ ।

  • इंग्ल्याण्डका सबै क्लबले विवादित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए

    इंग्ल्याण्डका सबै क्लबले विवादित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए

    एजेन्सी । समर्थकमाझ नै चर्को विरोध हुन थालेपछि प्रस्तावित युरोपियन सुपर लिगमा सहभागिता निश्चित गरेका इंग्लिस प्रिमियर लिगका ६ वटा क्लबले आफ्नो नाम फिर्ता लिएका छन् ।

    चेल्सीले नाम फिर्ता लिनका लागि आवश्यक कागजी प्रक्रिया सुरु गरेको संकेत दिएलगत्तै म्यानचेस्टर सिटीले पहिलोपल्ट प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । त्यसबाहेक आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनह्यामले पनि क्रमुसः प्रिमियर लिगलाई नै सर्वेसर्वा मान्ने निर्णय गरे ।

    आइतबार युरोपका १२ टोलीहरुबीचको सुपर लिग प्रतियोगिता आयोजना हुने घोषणा भएलगत्तै विश्वभरबाट सहभागी क्लबका समर्थहरुले विरोध गरिरहेका छन् भने युरोपेली फुटबल महासंघ र फिफाले समेत कटाक्ष गर्दै आएको छ ।