Tag: आशिफ शेख

  • ओडीआईमा आशिफको पहिलो अर्धशतक!

    ओडीआईमा आशिफको पहिलो अर्धशतक!

    काठमाडौं । विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि युवा ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।

    वैशाखमा नेपालमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट ओपनरको भूमिका निर्बाह गर्दै पहिलो पकट एकदिवसीय टोलीमा परेका आशिफले ओडीआईमा करिअरको पहिलो अर्धशतक बनाएका हुन् । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि ओपनिङमा आएका आशिफले ६२ बलमा ५ चौकासहित ५० रन पूरा गरेका हुन् ।

    मंगलबार भएको अमेरिकाविरुद्धको खेलमा कुशल भुर्तेलसँग ६६ रनको साझेदारी गर्दै आशिफ २३ रन बनाएर पेभेलियन फर्केका थिए । तर, ओमानविरुद्ध अहिले जारी खेलमा ओपनर जोडी कुशललाई खाता नखोल्दै गुमाएका आशिफले कप्तान ज्ञानेन्द्र मल्लसँग ५८ र रोहित पौडेलसँग ३० रनको साझेदारी गर्दै अर्धशतक पूरा गरे ।

    अहिले १९.३ ओभरको खेल सकिँदा नेपाल ८८/२ को अवस्थामा छ । नेपालका लागि आशिफ ५२ र रोहित १२ रन बनाएर खेलिरहेका छन् ।

  • नेपाललाई पहिलो झट्का, ३ रन बनाएर आशिफ आउट!

    नेपाललाई पहिलो झट्का, ३ रन बनाएर आशिफ आउट!

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट गुमाएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा ब्याटिङ रोजेको नेपालका ओपनर आशिफ शेख ६ बलमा तीन रन बनाएर पेभेलियन फर्केका छन् ।

    पहिलो खेलमा पनि नेपालका लागि ओपनिङमा आएका आशिफले ४६ बलमा ४ चौकासहित ३० रनको योगदान गरेका थिए ।

    तर, आजको खेलमा भने तेस्रो ओभरको पहिलो बलमा पिएनजीका कौना भागीको बलम सेसे बाउको हातबाट क्याच आउट भए । अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

    शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

  • नेपालको दोस्रो विकेट पतन, ३० रन बनाएर आशिफ आउट!

    नेपालको दोस्रो विकेट पतन, ३० रन बनाएर आशिफ आउट!

    काठमाडौं । पिएनजीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनर गुमाएको छ ।

    अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि डेब्यूट्यान्ट कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गरेका थिए ।

    १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि २८ बलमा २ चौकासहित १५ रन बनाएर ओपनर कुशल भुर्तेल पेभेलियन फर्केका थिए ।

    उनलाई पिएनजीका चाड सोपरले एलबी डब्लु धरापमा पारेर आउट गरेका थिए । त्यस्तै, १३औं ओभरको पाँचौं बलमा नेपालले अर्का ओपनर आशिफलाई पनि ३० रनमा गुमाएको छ ।

    ४६ बलमा ४ चौकासहित ३० रन बनाएर आशिफ आउट भएसँगै अहिले १४.१ ओभरको खेल जारी रहँदा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ५ र आरिफ शेख शून्यसहित क्रिजमा छन् ।

    ओमान-अमेरिका र नेपालबीच हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाल ओमान पुगेको हो । तयारी स्वरुप आयोजित एकदिवसीयको दोस्रो खेलमा नेपाल र पिएनजी शुक्रबार पनि भिड्नेछन् ।