Tag: आगो नियन्त्रणमा

  • बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी (भिडियो)

    बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी (भिडियो)

    काठमाडौं। बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो ।

    आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

     

  • चौधरी उद्योग ग्रामको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा

    चौधरी उद्योग ग्रामको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा

    रुपन्देही । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

    तीन घण्टा बढीको प्रयासपछि आगालागी नियन्त्रणमा आएको हो । आगालागी नियन्त्तण गर्न दुई वटा दमकल, सेना, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीले लगातार प्रयास गरेका थिए ।

    उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार बुधबार बिहान ८ बजेबाट उद्योगको वियर प्लान्ट र गोदाममा आगलागी भएको थियो । वियरका कार्टुनहरु भएका कारण आगो छिटो फैलिएको थियो । आगलागीबाट ठूलै क्षति भएको छ ।

    आगलागीको कारण अहिलेसम्म थाहा नभएको पौडेलले बताए । तर विद्युत सर्ट भएको अनुमान गरिएको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।