Tag: आईसीसी विश्वकप क्रिकेट

  • विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुआत

    विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुआत

    काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । शनिबार भएको सुपर-१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

    दक्षिण अफ्रिकाले दिएको एक १ सय १९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर पूरा गर्‍यो ।

    अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले २४ रन जोड्दा ग्लेन म्याक्सवेलले १८ र म्याथु वेडले १५ रनको योगदान गरे ।

    दक्षिण अफ्रिकाका एनरिक नर्टजीले दुई विकेट लिँदा कागिसो रवाडा, केसव महाराज र तवरेज साम्सीले समान १/१ विकेट लिए ।

    यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै ११८ रनको योगफल बनायो । दक्षिण अफ्रिकाका आइदेन मार्करामले सर्वाधिक ४० रन जोडे । त्यस्तै कगिसो रवाडाले १९ र डेभिड मिलरले १६ रन बनाए ।

    अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले समान दुई विकेट हात पारे ।

     

  • अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

    अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका विरुद्धको खेलमा अमेरिकाले टस जितेर व्याटिङ् रोजेको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ४ः१५ बजे शुरू हुनेछ ।

    नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, विक्रम सोब, रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सुसन भारि छन् ।