Tag: आईसीसी टी-२० विश्व कप

  • ट्वान्टी-२० विश्वकप फाइनल: एक नजर यी पाँच स्टारमाथि

    ट्वान्टी-२० विश्वकप फाइनल: एक नजर यी पाँच स्टारमाथि

    काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को उपाधि भिडन्तमा आज आइतबार न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् । सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर न्युजिल्याण्ड फाइनल पुगेको थियो भने अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    यस खेलमा विश्वले नयाँ टी-२० च्याम्पियन पाउनेछ । सन् २००७ मा सुरु भएको टी-२० विश्वकपमा यी दुवै टोलीले उपाधि उचाल्न सकेका छैनन् । सन् २०१० मा अस्ट्रेलिया फाइनलमा पुगेको थियो, तर इंग्ल्यान्डसँग पराजित भएको थियो ।

    न्युजिल्यान्डको कुरा गर्ने हो भने यसका लागि यो टी-२० विश्वकपको पहिलो फाइनल हो । यो महत्वपूर्ण खेलमा केही यस्ता खेलाडी छन्, जसमाथि विश्वभरका क्रिकेट प्रेमीहरूको नजर रहनेछ । जानौं यी खेलाडीको बारेमा:

    डेभिड वार्नर

    टी-२० विश्वकप २०२१ सुरू हुनुअघि अष्ट्रेलियाका ओपनर डेभिड वार्नरको फर्म चिन्ताको विषय बनेको थियो । तर, कप्तान एरोन फिन्चले उनीमाथि विश्वास गरे ।

    वार्नरले फिन्चले आफूप्रति देखाएको विश्वासको मान गर्दै प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरे। वार्नर टी-२० विश्वकप २०२१ मा आफ्नो टोलीका लागि २ सय ३६ रन बनाएर सर्वाधिक स्कोररसमेत बनेका छन् । उनले छ खेलमा ४७.२० को प्रभावशाली औसतमा यो रन बनाएका हुन् ।

    सेमिफाइनलमा वार्नरले पाकिस्तानविरुद्ध ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको फाइनलमा वार्नरबाट यस्तै प्रदर्शनको अपेक्षा गर्नेछ।

    ग्लेन म्याक्सवेल

    आईपीएल २०२१ मा धमाकेदार ब्याटिङ गरेर फेरि एक पटक सबैको ध्यानाकर्षण गरेका ग्लेन म्याक्सवेलले यस प्रतियोगितामा आफ्नो आगो अझै फैलाउन सकेका छैनन् । यी स्टार खेलाडीले ६ खेलमा ३६ रन मात्र बनाएका छन् ।

    यी तथ्याङ्कहरू म्याक्सवेल जस्तो ठूला खेलाडीलाई सुहाउँदैनन्, तर विश्वलाई उनी कुन स्तरको खेलाडी हुन् भन्ने कुरा थाहा छ । फाइनल खेलमा म्याक्सवेलको ब्याट चल्यो भने भने उनी एक्लै खेल जिताउने सामर्थ्य राख्छन् ।

    केन विलियमसन

    न्युजिल्यान्डका कप्तान केन विलियम्सन उनको टोलीका महत्त्वपूर्ण कडी हुन्। उनले टुर्नामेन्टमा आफ्नो ब्याटबाट ठूलो पारी खेल्न नसके पनि जसरी उनले आफ्नो ब्याटिङ अर्डर सन्तुलित बनाएका छन्, त्यो उल्ल्खनीय छ ।

    विलियम्सनको काम प्रारम्भिक विकेटको अवस्थामा तल्लो क्रमका ब्याट्सम्यानसँग टोलीलाई सम्हाल्नु हो भने अर्कोतर्फ माथिल्लो क्रमका ब्याट्सम्यानले दिएको द्रूत सुरुआतलाई ठूलो स्कोरमा परिणत गर्नु हो ।

    विलियम्सन यी दुवै कुरा गर्न माहिर छन् । टी-२० विश्वकप २०२१ मा हालसम्म खेलेका ६ खेलमा उनले १३१ रन बनाएका छन् । आइतबारको फाइनलमा विलियम्सनको ब्याटबाट फ्यानहरूले ठूलो इनिङ्गको अपेक्षा गरेका छन् ।

    मिचेल स्टार्क

    न्युजिल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कको भूमिका महत्त्वपूर्ण हुनसक्छ। स्टार्कले सुरुआती ओभरमा अस्ट्रेलियाका लागि विकेट लिनुका साथै डेथ ओभरमा कसिलो बलिङ गर्न सक्छन् ।

    गप्टिल र मिचेलको ओपनिङ जोडीका लागि स्टार्क मात्र खतरा बन्न सक्छन् । स्टार्कले यो प्रतियोगितामा अहिलेसम्म ९ विकेट लिएका छन् र अस्ट्रेलियाकालागि एडम जाम्पापछि दोस्रो सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन् ।

    ट्रेन्ट बोल्ट

    फाइनल खेलमा बायाँ हाते फास्ट बलर ट्रेन्ट बोल्ट पनि सबैको नजर रहनेछ । आइतबार बोल्ट र अस्ट्रेलियाका कप्तान एरोन फिन्चबीच राम्रो प्रतिस्पर्धा देख्न पाइनेमा आशावादी हुन सकिन्छ ।

    फिन्च बलिङ गर्न आएपछि ब्याट्सम्यान हैरान हुन्छन्। उनको नजर आइतबार यही कमजोरीलाई आक्रमण गर्नमा हुनेछ। बोल्ट प्रतियोगिताको चौथो सबैभन्दा सफल बलर हुन् । जारी विश्वकपमा उनले अहिलेसम्म १४ को औसत बलिङ गर्दै ११ विकेट लिएका छन् ।

  • ट्वान्टी-२० विश्वकप फाइनल: न्युजिल्यान्डको इतिहास बदल्ने प्रयास

    ट्वान्टी-२० विश्वकप फाइनल: न्युजिल्यान्डको इतिहास बदल्ने प्रयास

    काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्व कपको फाइनलमा आज अस्ट्रेलिया र न्युजिल्यान्ड मैदानमा उत्रिँदा सन् २०१५ को ५० ओभर विश्वकपको झल्को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आउने छ । दुवै देशको संयुक्त आयोजनामा भएको त्यो विश्वकपको मेलवर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले बाजी मारेको थियो ।

    आजको फाइनलमा अस्ट्रेलियाविरुद्ध मैदानमा उत्रिँदा न्युजिल्यान्डको टोलीमा त्यो हारको सम्झना पक्कै हुनेछ । तर, पछिल्लो समय विश्व क्रिकेटमा सानदार लयमा रहेको इङ्ल्यान्डविरुद्ध रोमाञ्चक जित निकाल्दै फाइलन यात्रा तय गरेकाे न्युजिल्यान्डले आज इतिहास बदल्ने पूर्ण प्रयत्न गर्नेछ ।

    सन् २०१९ मा भएको एक दिवसीय विश्व कपको पनि फाइनलसम्म पुगेर इङ्ल्यान्डसँग पराजित भएको न्युजिल्यान्ड लगातार आईसीसी विश्व कपको फाइनलमा पुगेको हो । तर, न्युजिल्यान्ड सन् २०१५ को टी-२० र १९ को ५० ओभर विश्व कप दुवैमा घरेलु टोलीसँग पराजित भएको थियो । यद्यपि, आजको खेल दुवै टोलीको रंगशाला नभएकाले आज न्युजिल्यान्डको दिन हुन सक्नेछ ।

    यसै वर्ष जुन महिनामा विश्व टेस्ट च्याम्पियनसिपमा भारतमाथि जित हासिल गरेको न्युजिल्यान्डमा कुनै कुराको परिवर्तन आएको छ भने त्यो अझै सुधारिएको प्रदर्शन मात्रै हो ।

    अर्कातिर सन् २००७ बाट सुरु भएको टी–२० विश्व कपको उपाधि हालसम्म जित्न नसेको अस्ट्रेलियाले आफ्नो ट्रफी क्याबिन्टमा यो उपाधि लानका लागि कुनै कसर बाँकी राख्ने छैन । लगातार तीन टी–२० शृंखलामा पराजित हुँदै विश्व कप खेल्न मिडिल इस्ट पुगेको अस्ट्रेलियाले महत्त्वपूर्ण समयमा भने उत्कृष्ट टीम वर्क देखाउँदै फाइनल यात्रा तय गरिसकेको छ ।

    प्रतियोगिता अगाडि बढ्दै जाँदा सुध्रिँदै गएको अस्ट्रेलियाले सुपर–१२ मा इङ्ल्यान्डविरुद्ध फराकिलो हार बेहोरेपछि लगातार तीन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    पाँच वर्षपछि आज हुन लागेको यो संस्करणको फाइनलमा दुई छिमेकी टोलीको रोमाञ्चक प्रदर्शन दिनेमा सम्पूर्ण समर्थक आशावादी छन् ।

    पाँच पटक एक दिवसीय विश्व कप च्याम्पियन बनिसकेको अस्ट्रेलियाले छोटो फर्म्याटमा पनि उपाधिको खडेरी एकथरीको विश्वास छ । अर्कातिर लगातार तेस्रोपल्ट आईसीसीको प्रतियोगिताको फाइनलमा पुगेको न्युजिल्यान्डले यसपटक उपाधि जित्नेमा धेरै विश्वस्त छन् ।

    इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा आउट भएपछि निराश भएर ब्याटमा मुक्का हानेका न्युजिल्यान्डका डेभोन कोनवेले आजको फाइनल गुमाउने छन् । आाजको खेलमा उनको स्थानमा न्युजिल्यान्डले टिम सेइफर्टलाई टोलीमा समावेश गर्ने आशा गरिएको छ । टिमले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानविरुद्ध खेलेका थिए । उक्त खेलमा न्युजिल्यान्ड पराजित भएको थियो ।