Tag: आईसीसी टी-२०

  • नेपाललाई पहिलो सफलता

    नेपाललाई पहिलो सफलता

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तरगत जारी संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

    अल अमेरत क्रिकेट स्टिेडियममा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि साहब आलमले पहिलो विकेट लिएका छन् । उनले ओनर मुहम्मद वासेमको विकेट लिएका छन् ।

    युएई ४.४ ओभरमा ४४/१ को अवस्थामा छ ।

  • युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

    युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित चारदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टडियममा १ः४५ मा सुरु हुने खेलका लागि नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । अविनास बोहरा, सागर ढकाल र प्रदिप एरिलाई बेन्चमा राख्दै लोकेश बम, साहब अलाम र जितेन्द्र मुखियालाई मौका दिइएको छ ।

    पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

    नेपालका ११ खेडालीमा आसिफ शेख, लोकेश बम, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विवेक यादव, सन्दीप लामिछाने, कमलसिंह एरी, जितेन्द्र मुखिया र साहव आलम रहेका छन् ।
  • चारदेशीय शृङ्खलामा युएईको सामना गर्दै नेपाल

    चारदेशीय शृङ्खलामा युएईको सामना गर्दै नेपाल

    काठमाडौं । आईसीसी टी–२० विश्वमप छनोट खेलको तयारीस्वरुप आयोजित चारदेशीय शृङ्खला अन्तर्गत दोस्रो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

    पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपाल युएईविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

    युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एक हार बेहोरेको छ ।

    नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।

  • नेपालविरुद्ध हङकङले टस जितेर फिल्डिङ रोज्यो

    नेपालविरुद्ध हङकङले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला टोलीले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाली समयअनुसार ११:१५ बजे सुरू हुने खेलमा हङकङकी कप्तान केरी चानले पहिले फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

    दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुने खेलमा जित निकाल्दै नेपाल विश्वकप छनोटको सुखद् सुरुआत गर्न चाहन्छ । छनोटको तयारीस्वरुप कतारमा टी-२० शृंखला खेलेको नेपालले क्लिनस्वीप निकालेको थियो । उच्च मनोबलसहित विश्वकपको तयारीमा रहेको नेपाल एसियाली छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ ।

    छनोटको दोस्रो खेलमा नेपालले भोलि मंगलबार भुटान, बिहीबार कुवेत र शुक्रबार मलेसियासँग खेल्ने छ । यस्तै, छनोटको अन्तिम खेलमा आगामी आइतबार नेपालले घरेलु टोली युएईको सामना गर्नेछ ।

    एसियाली छनोटबाट शीर्ष एक टोली ग्लोबल छनोटमा पुग्ने छ ।