Tag: आईपीएल

  • गुजरात टाइटन्स आईपीएलको फाइनलमा

    गुजरात टाइटन्स आईपीएलको फाइनलमा

    नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो सहभागितामै फाइनलमा पुगेको छ। मंगलबार राति पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो।

    अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक रहेका बेला डेभिड मिलरले सुरुका लगातार तीन बलमा छक्का प्रहार गरेका थिए।

    एक सय ८९ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा ३ विकेट मात्र गुमाएर भेट्टाएको हो। मिलरले ३८ बलमा ६८ रन बनाए। कप्तान हार्दिक पान्ड्याले २७ बलमा ४०, सुबमन जिलले २१ बलमा ३५ र म्याथ्यु वेडले ३० बलमा ३५ रन बनाए।

    हार्दिक र मिलरबीच एक सय ६ रनको साझेदारी भएको थियो।।

    त्यसअघि पहिला ब्याटिङ गरेको राजस्थानका लागि जोस बटलरले ८९ रनको योगदान गरेका थिए। बटलरले ५६ बलमा दुई छक्का र १२ चौका प्रहार गरेका थिए। सन्जु सामसनले पनि २६ बलमा ४७ रन जोडे।

    रोयल्सले अब दोस्रो अवसर पाउने छ। लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैगलोरबीच हुने खेलको विजेतासँग रोयल्सले दोस्रो क्वालिफायर खेल्नेछ। त्यस खेलमा जित हात पार्ने टोलीले उपाधिका लागि टाइटन्ससँग खेल्नुपर्ने छ।

  • आईपीएल: मुम्बईको पहिलो जित

    आईपीएल: मुम्बईको पहिलो जित

    काठमाडौं । राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

    मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले  सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे ।

    यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

    राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे ।

    मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए ।

    जितसँगै मुम्बईले आठ खेलपछी पहिलो २ अंक जोडेको छ । राजस्थानले ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

  • पाँच विकेटले हरायो कोलकत्ताले मुम्बईलाई

    पाँच विकेटले हरायो कोलकत्ताले मुम्बईलाई

    काठमाडौं । मुम्बई इण्डियन्सलाई पाँच विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी– ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

    बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

    कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २–२ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।

    मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए ।

    जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

  • कोलकत्तालाई पन्छाउँदै चेन्नई सुपर किङ्सले चौथोपटक जित्यो आईपीएलको उपाधि

    कोलकत्तालाई पन्छाउँदै चेन्नई सुपर किङ्सले चौथोपटक जित्यो आईपीएलको उपाधि

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपरकिङ्सले जितेको छ । कोलकत्ता नाइट राइडर्सलाई हराउँदै महेन्द्रसिंह धोनी नेतृत्वको टिम चौथोपटक आईपीएलको च्याम्पियन बनेको हो ।

    हिजो राति भएको फाइनलमा चेन्नईले कोलकत्तामाथि २७ रनको जित दर्ता गर्‍यो । पहिलो ब्याटिङ गर्दै चेन्नईले नेफाफ डु प्लेसिसको ८६ रनको योगदानमा १९२ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा कोलकत्ताले १६५ रन मात्रै जोड्न सक्यो ।

    १९३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको कोलकत्ताले उत्कृष्ट सुरुआत गरेको थियो । ओपनरहरू सुभमन गिल र वैंकटेस ऐयरले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्‍याएका थिए । उनीहरू दुवैले अर्धशतक बनाए । तर ओपनिङ साझेदारी टुटेसँगै कोलकत्ताको ब्याटिङ धराशायी बन्यो । बिनाविकेट क्षति ९१ रनको अवस्थाबाट केहीबेरमै कोलकत्ता १२५/८ को अवस्थामा खस्किएको थियो ।

    कोलकत्ताका मध्यक्रमका ब्याट्सम्यानहरू क्रिजमा टिक्न नसकेपछि चेन्नईको जित सुनिश्चित भएको हो । कोलकत्तालाई धराशयी बनाउन चेन्नईका शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । यस्तै, जोस ह्याजलउड र रविन्द्र जडेजाले दुई-दुई विकेट बाँडे ।

    फाइनलमा चेन्नईका दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसीस प्लेयर अफ द म्याच बनेका छन् । प्रतियोगितामा ३२ विकेट लिएका रोयल च्यालेन्जर्स बैंगलोरका हर्षल पटेल प्लेयर अफ दि सिरिज बनेका छन् ।

  • आईपीएल- पोलार्डको विष्फोटक पारीमा चेन्नाईमाथि मुम्बईको सनसनी जित

    आईपीएल- पोलार्डको विष्फोटक पारीमा चेन्नाईमाथि मुम्बईको सनसनी जित

    एजेन्सी । किरोन पोलार्डले ३४ बलमा विष्फोटक ८७ रनको अविजित इनिङ खेलेपछि मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्समाथि २ सय १९ को लक्ष्य अन्तिम ओभरमा भेट्टाएको छ ।

    पाँचौं नम्बरमा पोलार्ड ब्याटिङमा आउँला मुम्बईलाई जितका लागि ६२ बलमा १ सय ३८ रनको आवश्यकता थियो । यस्तोमा उनले ८ छक्का र ६ चौका प्रहार गरी टिमलाई ४ विकेटको जित दिलाए ।

    मुम्बईलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो । पोलार्डले दुई चौका र एक छक्का प्रहार गरे । अन्तिम बलमा २ रन लिँदै टिमलाई सनसनी जित दिलाए । यो आईपीएल इतिहासमै दोस्रो सर्बाधिक रनचेज हो ।

    यसअघि इंग्ल्याण्डका अनराउण्डर मोइल अलीले ३६ बलमा ५८ तथा अम्बाती रायडुले २७ बलमा ७२ रको विफोटक इनिङ्स खेलेपछि प्रतियोगिताको शीर्ष स्थानमा रहेको चेन्नाईले २१८-४ को योगफल खडा गरेको थियो ।

    ‘यो मैले अहिलेसम्म देखेको ट्वान्टी–२० खेलमध्येको उत्कृष्ट हो,’ मुम्बईका कप्तान रोहित शर्माले भने, ‘मैले यसरी लक्ष्य पछ्याएको देखेको छैन । पोलार्कका लागि पनि यो करिअरकै उत्कृष्टमध्येको एक इनिङ हुनुपर्छ ।’

    यो जितपछि साविक विजेता मुम्बई ७ खेलबाट ४ जितका साथ चौथो स्थानमा उक्लिएको छ । शीर्ष तीन स्थानमा रहेका क्रमसः चेन्नाई, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको समान १० अंक छ ।

  • आईपीएलः पञ्जावमाथि चेन्नाईको ६ विकेटको जित

    आईपीएलः पञ्जावमाथि चेन्नाईको ६ विकेटको जित

    एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपर किंग्सले पञ्जाव किंग्समाथि ६ विकेटको शानदार जित हासिल गरेको छ ।

    पञ्जावले दिएको १ सय ७ रनको झिनो लक्ष्य चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । चेन्नाईका लागि मोइन अलीले ४६ र फाफ डू प्लेसिसले ३६ रनको योगदान गरे ।

    यसअघि मुम्बईको वाङखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाव दीपक चहरको धारिलो बलिङसामू १०६/८ को स्थितिमा रोकियो । खेलको म्यान अफ द म्याचसमेत बनेका दीपकले करिअरकै उत्कृष्ट बलिङ गर्दा ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ४ विकेट लिएका थिए ।

    पञ्जावका लागि साहरुख खानले सर्बाधिक ४७ रनको पारी खेले । क्रिश गेल (१०), दीपक हूडा (१०) र जे रिचर्डसनले (१५) रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चेन्नाईका दीपकबाहेक साम करनले पनि एक विकेट लिए । जारी सिजन चेन्नाईको पहिलो जित र पञ्जावको पहिलो हार हो ।

  • कप्तान सन्जुको शतकका बाबजुद हार्‍यो राजस्थान, पन्जावको विजयी सुरुआत

    कप्तान सन्जुको शतकका बाबजुद हार्‍यो राजस्थान, पन्जावको विजयी सुरुआत

    एजेन्सी । कप्तान तथा युवा ब्याट्सम्यान सन्जु साम्सनले शानदार शतक प्रहार गरे पनि राजस्थान रोयल्स पन्जाव किंग्सलाई हराएर आईपीएलको नयाँ सिजनमा सुखद सुरुआत गर्न असफल भएको छ ।

    मुम्बईको वाङखेडे रंगशालामा २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक थियो । अर्षदीप सिंहको बलमा उनले डीप कभरको क्षेत्रबाट छक्काको प्रयास गरेका थिए । दीपक हूडाको हातबाट क्याचआउट भएपछि पन्जाव किंग्स ४ रनले विजयी भयो ।

    त्यसअघि सन्जुले कप्तानी पारी खेले । एउटा एण्डबाट लामो साझेदारी बन्न नसकिरहेको समयमा उनले १ सय १९ रनको शानदार शतक जोडे । जहाँ ६३ बलमा १२ चौका र ७ छक्का सामेल छ । सन्जु खेलको म्यान अफ द म्याचसमेत चुनिए । उनीबाहेक रियान पराग र जस बटलरले समान २५ तथा शिभम दूवेले २३ जोडेका थिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले कप्तान लोकेस राहुलको ९१ रनको शानदार इनिङको सहयोगमा २२१/६ को स्कोर खडा गरेको थियो । ओपनर राहुलले ५० बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । राहुलले दोस्रो विकेटका लागि क्रिस गेल (४० रन)सँग मिलेर ६७ र तेस्रो विकेटका लागि दीपक हूडासँग मिलेर १ सय ५ रनको साझेदारी गरेका थिए ।

    हूडाको विष्फोटक पारीकै कारण पन्जावले २ सय रनको आँकडा पार गरेको हो । १८ औं ओभरमा आउट हुनुअघि उनले २८ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय पारी खेले । राजस्थानका चेतन साकारियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

  • आईपीएल: बेङ्लोरसँग साविक विजेता मुम्बई पराजित

    आईपीएल: बेङ्लोरसँग साविक विजेता मुम्बई पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।

    शुक्रबार राति चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५९ रनको योगफल तयार गरेको थियो ।

    १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । बेङ्गलोरका लागि एबी डि भिलियर्सले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन जोड्दा ग्लेन मेक्सवेलले ३९ रनको योगदान गरे । कप्तान विराट कोहली ३३ रन जोडेर पेभेलियन फर्किएका थिए भने अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    मुम्बईका लागि जसप्रित बुमराह र मार्को जान्सेनले २/२ तथा ट्रेन्ट बोल्ट र क्रुनाल पान्डेयले १/१ विकेट लिए ।

    त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९, सुर्यकुमार यादवले ३१, इशान किशानले २८ र कप्तान रोहित शर्माले १९ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

    बेङ्गलोरका लागि हर्षल पटेलले सर्वाधिक ५ तथा काइल जेमिसन र वासिङ्टन सुन्दरले १/१ विकेट लिएका थिए ।

  • चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने

    चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने

    काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा ठूलो ट्वान्टी–२० फ्रेन्चाइज– इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करण आजदेखि सुरु हुँदैछ । चेन्नईस्थित चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरको सामना गर्नेछ । आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले यसअघि नै पाँच पटक उपाधि उचालिसकेको छ ।

    तर, बैङ्गलोर तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहँदै आएको छ । आजको खेलमा मुम्बईले छैटौं पटक उपाधि रक्षा अभियान सुरु गर्नेछ भने बेङ्गलोर अहिलेसम्मको असफलतालाई पछाडि छोडेर विजयी सुरुआत गर्न चाहन्छ ।
    वर्षौंदेखि नेपाली दर्शकका लागि पनि बहुप्रतिक्षित प्रतियोगिता बन्दै गइरहेको छ, आईपीएल । तर, विगतका तीन वर्षको तुलनामा यो वर्ष नेपालीका लागि आईपीएल कम महत्त्वको बन्ने अनुमान गर्न सकिन्छ, कारण सन्दीप लामिछाने ।

    नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य तथा स्टार स्पिनर सन्दीप लामिछानेले यसअघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । इतिहासमै आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपको दिल्लीसँगको सम्झौता गत वर्ष समाप्त भएको थियो । र, यो सिजनका लागि अक्सनमा समावेश भएका सन्दीपलाई कुनै पनि टोलीले भित्र्याउन नचाहेपछि उनी यो वर्ष आईपीएलमा अनुपस्थित रहने छन् । यसबाट नेपाली क्रिकेट समर्थकका लागि यो वर्षको आईपीएल विगतको तुलनामा केही हदसम्म कम चासोको विषय बन्न सक्छ ।

    तर, सन्दीप लामिछानेको उपस्थिति भन्दा अगाडिदेखि आईपीएलका दर्शकका लागि भने उनको उपस्थितिले खासै असर पार्नेछैन ।

    गत वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण यूएईमा भएको थियो भने यो वर्ष भारतमै हुनेछ । तर, आईपीएलका खेलमा दर्शक भने उपस्थित हुनेछैनन् ।

  • क्रिस मोरिस बने आईपीएलका सर्वकालीन महंगा खेलाडी

    क्रिस मोरिस बने आईपीएलका सर्वकालीन महंगा खेलाडी

    काठमाडौं । दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग  (आईपीएल)का सर्वाधिक महंगा खेलाडी बनेका छन् । बिहीबार चेन्नईमा जारी अक्सनमा राजस्थान रोयल्सले १६.२५ करोडमा खरिद गरेसँगै यसअघिको युवराज सिंहको कीर्तिमान तोडिएको हो ।

    यसअघि युवराज १६ करोडमा बिक्री भएका सबैभन्दा महंगा खेलाडी थिए । सुरुआती मूल्य ७५ लाखदेखि सुरु भएको बोलबोलाई १६.२५ करोडमा पुगेर टुङ्गिएको हो ।

    दायाँहाते फास्ट बलर तथा लो अर्डर ब्याट्सम्यान मोरिसले आईपीएलमा हालसम्म ७० खेलमा ५५१ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५७.८७ छ भने बलिङतर्फ ८० विकेट लिएका छन् ।