Tag: अस्पतालमा तनाव

  • बिरामीको मृत्यु भएपछि पद्मा अस्पतालमा तनाव, एम्बुलेन्ससमेत तोडफोड

    बिरामीको मृत्यु भएपछि पद्मा अस्पतालमा तनाव, एम्बुलेन्ससमेत तोडफोड

    कैलाली । बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरिया स्थित अत्तरियाको पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागि अस्पताल आएका गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोद कुमार बोहराको उपचारको क्रममा मृत्यु भएको थियो ।

    अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले अस्पतालमा तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले अस्पतालको एम्बुलेन्ससमेत तोडफोड गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिए ।