काठमाडौं– ९३ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक भएको छ । भर्चुअलरुपमा सोमबार बेलुका नोमिनेसन घोषणा भएको हो ।
प्रियंका चोपडा र उनका पति निक जोनसले २३ वटै विधाको मनोनयन घोषणा गरे ।
नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘म्यांक’ सर्वाधिक १० विधामा मनोनित भएको छ । अर्को प्रतीक्षित फिल्म नोमल्यान्ड ६ विधामा मनोनित भएको छ । शताब्दी लामो अस्कर इतिहासमा पहिलोपटक समावेशी मनोनयन घोषणा भएको जनाइएको छ ।
काठमाडौं । अप्रिल २५ तारिखमा कोरोनाकालको अस्कर अवार्ड वितरण हुदैछ । बुधबार बिहान अस्कर आयोजक द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एन्ड साइन्सेजले नौ विधाको मनोनयन घोषणा गरेको छ ।
डकुमेन्ट्री, इन्टरनेसनल फिचर, ओरजिनल स्कोर, ओरजिनल सङ, मेकअप एन्ड हेयरस्टाइलिङ, भिजुअल इफेक्ट्स, डकुमेन्ट्री– लाइभ एक्सन र एनिमेटेड सट् फिल्मको लागि मनोनयन सार्वजनिक गरिएको हो ।
छानिने १५ मध्ये डकुमेन्ट्री फिचरतर्फ २३८ डकुमेन्ट्री र ९३ वटा अन्तराष्ट्रिय फिचर प्रतिस्पर्धामा थिए । कोरोना महामारीका कारण अधिकांश फिल्मले २०२० देखि २०२१ लाई रिलिज डेट पोस्टपोन्ड गरेका थिए । १५ मार्चमा अन्य विधाको पनि मनोनयन सार्वजनिक हुनेछ । महामारीले गर्दा भीएफएक्स विधालाई समावेश गरिएको छैन ।
डकुमेन्ट्री फिचर २३८ फिल्ममध्ये १५ फिल्म डकुमेन्ट्री फिचर विधामा सीधै प्रवेश गर्न पाउनेछन् । अल इन : द फाइट फर डेमोक्रासी ब्वाइज स्टेट कलेक्टिभ क्रिभ क्याम्प डीक जोन्सन इज डेड गुन्डा एमएलके एफबीआइ द मोल एजेन्ट माइ अक्टोपस टिचर नट्टुर्नो ७६ डेज टाइम द ट्रफल हन्टर्स वेलकम टु चेचेन्या
इन्टरनेसनल फिचर फिल्म ९३ औं अस्कर अवार्डका लागि यो विधामा १५ फिल्मले सीधै मतदानको लागि प्रवेशको अवसर पाउनेछन् । यो विधामा ९३ फिल्म प्रतिस्पर्धामा छानिएका थिए । नेपालले यो विधामा यसपटक भाग लिएको थिएन ।
काठमाडौं । गतवर्ष दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले सर्वोत्कृष्ट फिल्म बनेर अस्कर अवार्डमा इतिहास रच्यो । विश्व मिडियाले यसलाई एसियाको उदयको रुपमा व्याख्या गरे ।
भलै, नेपालले यसवर्षको संस्करणमा भाग लिने त छैन तर, केही एसियाली प्रतिस्पर्धी छन् जसले अस्करमा पुनः छलाङ मार्न सक्छन् ।
यसपटक एसिया महादेशबाट २७ फिल्म अन्तराष्ट्रिय विधातर्फ समावेश छन् । यसअघि एसियाले १२ पटक अस्करमा जितेको इतिहास छ । जापानले मात्र चारपटक जित्यो । यसवर्षदेखि अस्करले अन्तराष्ट्रिय फिचर विधातर्फ फिल्मको संख्यामा वृद्धि गरेर १५ पुर्याउँदैछ ।
फेब्रुअरी ९ मा यस विधाको मनोनयन घोषणा हुनेछ । पुरस्कार वितरण भने २५ अप्रिलमा हुनेछ । यस संस्करणमा १० एसियाली फिल्मले बाजी मार्न सक्ने अनुमान गर्न सकिन्छ ।
१) एसिया –इजरायल लेखक एवं निर्देशक रुथी प्राइबरको फिल्म ‘एसिया’ले एउटी एकल आमाले बिरामी किशोरी छोरी हुर्काउन जेरुसेलेम सहरमा गरेको संघर्ष पेश गर्छ । इजरायली एकेडेमी अवार्डमा यसले ९ विधामा जितेको थियो । इजरालले १० पटक अस्करमा मनोनयन जनायो तर, एउटा पनि जितेको छैन ।
२) बेटर डेज –हङकङ हङकङेली निर्देशक डेरेक साङको फिल्म ‘बेटर डेज’ले दक्षिणपश्चिम चीनको चोङकिङ नगरस्थित एउटा विद्यालमा हुने विद्यार्थीमाथि हुने बुलिङ र परिक्षाको दबाबको कथा भन्छ । चिनियाँ स्टारद्धय झोउ दोंगु र ज्याक्सन यीले अभिनय गरेका छन् । चिनियाँ भाषामा फिल्म छ । हङकङ फिल्म अवार्डमा यसले उत्कृष्ट फिल्मसहित आठ अवार्ड जितेको थियो ।
३) ब्रोकन किज –लेबनान यो विधामा मध्यपूर्वी फिल्मले औषत प्रदर्शन गरिरहेका छन् । जिम्मी किरोज निर्देशित फिल्मले संगीतलाई बर्जित गरिएको समुदायमा एउटा पियानोबादकले गरेको संघर्ष चित्रण गर्छ । कान्समा छानिएको यो फिल्मले विश्व राजनीति र मानवीय जितलाई सन्तुलनपूर्वक चित्रण गर्छ । मानवीय आधारभूत पक्षमा भएकाले अस्करका मतदातालाई यसले आकर्षित गर्न सक्छ ।
४) जालीकट्टु –भारत लिजो जोस निर्देशित भारतीय फिल्म ‘जाली कट्टु’ अर्को एउटा बलियो प्रतिस्पर्धी हो । अस्कर मतदाताले यसअघि हेरेका भारतीय फिल्मभन्दा यो फिल्म भिन्न छ भनेर कन्भिन्स गर्नु निर्देशकका लागि चुनौति छ । बलिउडभन्दा धेरै पर रहेर यसले एउटा गाउँको कथा भन्छ । एउटा बाक्लो जंगलमा मध्यरात हुने भागदौड र हिंसाको घटनालाई यसले चित्रण गर्छ ।
५) लीप –चीन चीनले अहिलेसम्म दुईपटक मात्र अस्करमा मनोनयन दर्ता गर्न सक्यो । जु दोउ र हिरो नामक यी दुबै फिल्मलाई झाङ योमुले निर्देशन गरेका हुन् । स्पोर्ट्स ड्रामा लीप अस्कर जित्ने खालको फिल्म महसुस हुँदैन तर, निर्देशक पिटर चानले एउटा गाउँको थ्रीलरलाई यसमा पस्किएका छन् । अभिनेता गो लिङको स्टारपावर दर्शक तान्ने आकर्षण बन्न सक्छ ।
सन् २०१६ को आलम्पिकमा चिनियाँ महिला भलिबल टीमले गरेको संघर्ष यसको कथा हो । सन् १९८० देखि चीनको विकास र राजनीतिमा आएको ठूलो परिवर्तनको कथा यसले चित्रण गर्छ ।
६) लुनाना : अ याक इन द क्लासरुम –भुटान पाओ छ्योनिङ दोर्जी निर्देशित भुटानी फिल्म ‘लुनाना : अ याक इन द क्लासरुम’ अर्को बलियो प्रतिस्पर्धी हो । २० वर्षपछि भुटानले अस्करमा प्रतिस्पर्धा गर्दैछ । तर, फेस्टिभलमा चाहिँ यो देशको बलियो सहभागिता छ । एउटा तन्नेरी शिक्षक जसलाई उसको चाहना विपरित एउटा दुगर्म ठाउँको स्कुलमा पठाइन्छ । यसको कथा निकै महत्वपूर्ण छ ।
७) द म्यान स्ट्यान्डिङ नेक्स्ट –दक्षिण कोरिया दक्षिण कोरियाली निर्देशित उ मिङ हो निर्देशित ‘द म्यान स्ट्यान्डिङ नेक्स्ट’ अर्को बलियो प्रतिस्पर्धी हो । ‘प्यारासाइट’के जितपछि अहिले सबैको ध्यान दक्षिण कोरियाको यो फिल्ममाथि छ । सन् १९७९ मा पूर्वराष्ट्रपति पार्क चङ हीको हत्याकाण्डमाथि फिल्म आधारित छ । जब कथा सियोल हुँदै वासिङ्टन हुँदै पेरिससम्म पुग्छ, फिल्मले पटकथा शीतयुद्ध वरपर घुम्छ ।
८) अ सन् –ताइवान ताइवानी निर्देशक चुङ मोङ होङ निर्देशित ‘अ सन्’ यसपटक अस्करमा प्रतिस्पर्धा गर्दैछ । ताइवानबाट आङ लीका दुई फिल्म ‘क्राउचिङ टाइगर’ र हिडन ड्रागनले मात्र अस्कर जितेका छन् । ट्रयाजेडीले एक परिवारमा आएको विचलन यसको कथा हो । बाबु –छोरा वरपर फिल्म घुम्छ । गोल्डेन हर्स अवार्डमा फिल्मले फिल्म र निर्देशन विधामा जित दर्ता गरेको छ ।
९) द सन–इरान इरानी निर्देशिक माजिद माजिदी निर्देशित ‘द सन’ अर्को प्रतीक्षित फिल्म हो । सन् १९९८ को माजिदी निर्देशित फिल्म ‘चिल्ड्रेन अफ हेभन’ पनि अस्करमा मनोनयन भएको थियो । इरानले अघिल्लो दशकमा अस्गर फरादीको ‘अ सेप्रेसन’ र ‘द सेल्सम्यान’बाट पनि अस्कर जितेको छ । गतवर्ष भेनिसमा द सन्ले तीन अवार्ड जितेको छ । यसवर्षको हेभिवेट प्रतिस्पर्धीको रुपमा यसलाई लिन सकिन्छ ।
१०) ट्रु मदर्स –जापान नाओमी कावासी निर्देशित जापानी फिल्म ‘टु्र मदर्स’ सम्भावित विजेता हो । कान्समा रुचाइएको यो फिल्म जापानबाट यसवर्ष अस्करमा समावेश छ । विश्वव्यापी प्रवृत्तिको रुपमा रहेको बच्चा एडप्टेसनको विषयवस्तुलाई फिल्मले चित्रण गर्छ । हिरोमी नागासाकु र अजु माकिताको बलियो अभिनय यो फिल्मको दर्शनीय पक्ष हो । यी दुई पक्षले गर्दा अस्करका मतदाता आकर्षित हुनसक्ने सम्भावना छ ।
यसवर्ष अस्कर फिल्म अवार्डमा नेपालको सहभागिता नहुने भएको छ । योग्य फिल्म नभएपछि प्रतिनिधित्व नभएको काठमाडौंस्थित अस्कर कमिटिले जनाएको छ ।
आमा र सरिता दुई फिल्म छनौटको प्रतिस्पर्धामा थिए तर, कमिटिले यी दुबैलाई सिफारिस गरेन । ‘योग्य फिल्म नभएपछि सिफारिस नगरिएको हो’ कमिटि सदस्य सामिप्य तिमल्सिनाले भने, ‘अस्करकै गुनासोपछि योग्य फिल्मलाई मात्र पठाउने निधो भएको हो ।’
यसवर्षको ९३ औं संस्करणमा अन्तराष्ट्रिय फिचर विधातर्फ ९० फिल्मको सहभागिता रहेको एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले जनाएको छ । आगामी फेब्रुअरी २१ मा यस विधाको मनोनयन सार्वजनिक हुनेछ ।
अन्तराष्ट्रिय विधामा यस संस्करणमा क्यानडा, चिली, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, इरान, इजरायल, जापान, पोल्यान्ड, रोमानिया, रसिया, स्लोभाकिया, दक्षिण कोरिया, स्पेन र स्वीडेनबाट सिफारिस बलिया देखिएको गोल्ड डर्बीले प्रक्षेपण गरेको छ ।
नेपालले पहिलोपटक फिल्म सिफारिस नगरेको हो । अहिलेसम्म एरिक भ्याली निर्देशित फिल्म ‘हिमालय’ मात्र अस्करको अन्तराष्ट्रिय विधामा उत्कृष्ट पाँचमा छानिन सकेको छ ।