Tag: असन

  • तिहारका लागि किनमेल गर्नेको असनमा घुइँचो (तस्बिर र भिडिओ)

    तिहारका लागि किनमेल गर्नेको असनमा घुइँचो (तस्बिर र भिडिओ)

    काठमाडौं । तिहारको संघारमा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचो लागेको छ ।

    नेपालीको दोस्रो ठूलो पर्व तिहारलक्षित गरेर मिठाई, भाइमसला, फूलका माला, लत्ताकपडाहरूको किनमेल बढेको छ । भाइटीकामा दीदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप दिन टोपी, अस्कोट, गन्जी र चेलीका लागि पछ्यौरा सारी, कुर्तासलवारलगायतका सामान किन्न ढाका र कपडा पसलमा भीड लागेको छ ।

     

  • असनमा तुलाधर समुदायले आज दसैँ मनाए

    असनमा तुलाधर समुदायले आज दसैँ मनाए

    काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दसैँ आज विशेष कार्यक्रम गरी मनाएका छन् ।काठमाडौं महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरुले एकापसमा दसैँ मनाएका हुन् ।

    प्रत्येक वर्ष सो समुदायले खड्गजात्रा निकालेर त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गर्ने गरेकामा कोरोना महामारीका कारण यसपटक जात्राको कार्यक्रम स्थगन गरेका थिए ।

    कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रुपमा त्यसलाई काटेर आसुरी शक्तिको नाश गरेर दसँैको टीका लगाउने परम्परा छ । यहाँ आज आयोजित कार्यक्रममा कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजयी प्राप्त गरिएको घोषणा गरिएको थियो ।

    तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताउनुभयो । सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

    सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको पूजाआराधना गरेका थिए ।

    तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरिन्छ । देशका विभिन्न स्थानमा विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता भने फरक फरक भए पनि तीनले राष्ट्र संस्कृतिलाई विशिष्ट बनाएको छ ।

  • असनलाई दसैँ लाग्यो, थामिनसक्नु घुइँचो (तस्बिरहरू)

    असनलाई दसैँ लाग्यो, थामिनसक्नु घुइँचो (तस्बिरहरू)

    काठमाडौं । दसैँ, तिहार र छठ नजिकिँदै गर्दा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचोले ‘खुट्टा राख्ने ठाउँ’ सम्म छैन ।

    महामारीका कारण लगाइएको लकडाउनको असहजताले सुनसान बनेका यी क्षेत्रमा चाडबाडको किनमेलले बढाएको चलपहलले पुनर्जीवन पाउने आशा व्यापारीहरूको छ । कोरोना जोखिम कायमै रहे पनि भीडभाडमा मास्क नलगाउनेको संख्या उल्लेख्य छ ।

    उपत्यका र उपत्यकाबाहिरका व्यापारी चाडपर्वका लागि आवश्यक पर्ने सामान किन्न न्यूरोड र महाबौद्धका होलसेल बजार धाउन थालेका छन् । मीठो खाने र राम्रो लाउने पर्वका रूपमा मानिएको दसैँमा आवश्यक पर्ने लत्ताकपडा, जुत्ताचप्पल, सजावटका सामग्री, खाद्यान्नलगायतका सामान किन्न ग्राहकको भीड बढेको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • कोरोना जोखिमका बीच पाहाँ च:ह्रे जात्रामा रम्यो असन

    कोरोना जोखिमका बीच पाहाँ च:ह्रे जात्रामा रम्यो असन

    काठमाडौं । काठमाडौंको असन क्षेत्रमा पाहाँ च:ह्रे जात्रा मनाइएको छ ।

    कोरोना महामारीका कारण गत वर्ष यहाँ खुलेर जात्रा मनाउन पाएका थिएनन् । कोरोनाको दोस्रो लहरको जोखिम बढिरहँदा बाक्लो संख्यामा भेला भएर स्थानीय जात्रा मनाएका छन् ।

    जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई असनमा भेट गराइएको छ ।

    फरक-फरक टोपी र टिसर्ट लगाएकाहरू चोकमा भेला भएर तीनवटा खट जुधाई एकअर्कामा आदर र सम्मान प्रकट गरिएको छ ।

    जात्राका क्रममा घरघरबाट फ्याँकिएको चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ ।