Tag: अष्ट्रेलिया

  • फागुन ९ गतेदेखि पर्यटकलाई अष्ट्रेलिया खुला

    फागुन ९ गतेदेखि पर्यटकलाई अष्ट्रेलिया खुला

    सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुला गर्ने भएको छ । यही फागुन ९ गतेदेखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन् ।

    कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरेको देशमा पर्दछ ।

    ‘झण्डै दुई बर्षपछि विदेशबाट आउने पर्यटकहरुलाई प्रवेश दिने निर्णय भएको हो,’ प्रधानमन्त्री मोरिसनले भने ।राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिए ।

    उनले भने, ‘यदी तपाईहरु कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्दछौं ।’ प्रधानमन्त्री मोरिसनले कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्धेश्यले सान् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरु आउन नदिने निर्णय गरिएको बताए । त्यसपछि निरन्तर कोरोनाभाइरसविरुद्ध लडिरहनु परेकाले अहिलेसम्म पर्यटकहरुका लागि खुल्ला गर्न नसकिएको उनले स्पष्ट पारे ।

  • अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

    अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा सुरु गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारी साधन खरिद गरिएको संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।अष्ट्रेलियामा रहेका नेपाली संस्थामध्ये बस खरिद गर्ने यो पहिलो संस्था बनेको छ । यहाँ बस्ने नेपालीलाई आइपर्ने समस्या समाधान गर्न सो बस पालैपालो काम लाग्ने संस्थाले जनाएको छ ।

    यहाँ बस्ने नेपालीले रकम जम्मा गरी खरिद गरेको बसले आपसी मेलमिलाप, एकता र सद्भाव अझ बढ्ने विश्वास गरिएको संस्थाका सदस्य हरि श्रेष्ठले बताए । ज्येष्ठ नागरिक र यहाँ आई बसोबास गरेर विभिन्न समस्यामा परेकाका लागि बसका माध्यमबाट सहयोग पुग्ने उनको भनाइ छ ।

    संस्थाले शब्दमालासँग समन्वय गरी यहाँका बालबालिकालाई नेपाली भाषा, योग शिक्षा, पूर्वीय संस्कारसमेत सिकाउँदै आएको छ । विदेशमा बसे पनि आफ्नो भूमिका, ज्ञान, विज्ञान जान्न यसबाट मद्दत मिलेको छ । चाडपर्व, रीतिरिवाज मनाउने क्रममा विभिन्न स्थानमा रहेका नेपालीलाई जुटाउनसमेत सवारी साधनले सहयोग पुग्ने पेन्ससमा बस्दै आएका श्यामबहादुर केसीले बताए ।

    यो समुदायमा धेरै नेपाली आबद्ध रहेकाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न संस्थाको आफ्नै सवारी भएपछि सहयोग पुग्ने यहाँ बसोवास गर्ने धेरै नेपालीको विश्वास छ । यहाँ आएर बसोबास गरी आपतमा परेकालाई सहयोग गर्न पनि बसको व्यवस्था सहज हुने जनाइएको छ ।

    संस्थाका अध्यक्ष श्रेष्ठको पहलमा यहाँका एक मन्त्री डेभिड कोल म्यानसँगको सहयोगमा १० लाख अष्ट्रेलियाली डलरको सामुदायिक भवन प्राप्त गर्नसमेत संस्था सफल भएको छ । यस कामको यहाँ बस्ने सबै नेपाली संस्थाले सराहना गरेका छन् । नेप्लिज अष्ट्रेलियन एसोसिएसन तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि सो संस्थाको प्रयासमा सहकार्य गर्दै आएको छ ।

    यसरी प्राप्त भएको सामुदायिक भवनलाई पनि छिट्टै प्रयोगमा ल्याउने तयारी भएको छ । अष्ट्रे«लियामा नेपालीले बसोबास गरेको तीन दशक पूरा भए पनि पहिलोपटक संस्थागत रूपमा सवारी खरिद गरेर सेवा दिने र सामुदायिक भवनमार्फत विभिन्न सेवा भने पहिलोपटक दिन लागिएको जनाइएको छ ।

  • स्वास्थ्य सहायता बोकेर अष्ट्रेलियाली रक्षा मन्त्रालयको जहाज काठमाडौंको लागि उड्यो

    स्वास्थ्य सहायता बोकेर अष्ट्रेलियाली रक्षा मन्त्रालयको जहाज काठमाडौंको लागि उड्यो

    काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सहायता आज नेपाल आइपुग्ने भएको छ ।

    अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध घोषणा गरेको ७ मिलियन अमेरिकी डलर (८ करोड २१ लाख रुपैयाँ) सहयोग प्रतिबद्धता अन्तर्गत रहेर स्वास्थ्य उपकरण काठमाण्डू आइपुग्न लागेको हो ।

    अष्ट्रेलियाली रक्षामन्त्री पिटर डटन र प्यासिफिक मामिला हेर्ने अन्तर्राष्ट्रिय विकास मन्त्री जेड सेसेल्जाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

    अष्ट्रेलियाली विदेशमन्त्री म्यारिस पाइनले ट्वीट गर्दै ती स्वास्थ्य सामाग्री आजै काठमाडौं आइपुग्न लागेको जनाएकी छिन् । अष्ट्रेलियाको रक्षा मन्त्रालयको सी–१७ए कलसाइनको एयरक्राफ्ट ती स्वास्थ्य सामाग्री लिएर पर्थबाट काठमाडौंतर्फ उडेको तस्विर समेत उनले सार्वजनिक गरेकी छिन् ।

    सोही जहाजले भारत र श्रीलंकामा समेत स्वास्थ्य सामग्री लिएर आउन लागेको हो । सो जहाजमा अक्सिजन उपकरण र अन्य स्वास्थ्य उपकरण संलग्न रहेको जनाइएको छ ।

  • अष्ट्रेलियाका विश्वविद्यालयहरुद्धारा विदेशी विद्यार्थीलाई आउन दिन आग्रह

    अष्ट्रेलियाका विश्वविद्यालयहरुद्धारा विदेशी विद्यार्थीलाई आउन दिन आग्रह

    अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोनाभाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलिया फर्किन पाएका छैनन् ।

    अष्ट्रेलियाले कोरोनाभाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।

    जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन् । अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ ।

    यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् ।

  • अष्ट्रेलियाद्वारा नेपाललाई महामारीविरुद्ध ६३ करोड सहायताको घोषणा

    अष्ट्रेलियाद्वारा नेपाललाई महामारीविरुद्ध ६३ करोड सहायताको घोषणा

    काठमाडौं । अष्ट्रेलियाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ (७ मिलियन अष्ट्रेलियन डलर) सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

    अष्ट्रेलियाली दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै कोभिड-१९ विरुद्ध नेपाललाई अतिरिक्त सहयोगको घोषणा गरेको हो ।

    नेपालसहित दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई उसले दिने भनेको १७.५ मिलियन डलरकै एउटा हिस्सा नेपाललाई घोषणा गरिएको उक्त सहयोग रहेको विज्ञप्तीमा उल्लेख छ ।

    उक्त सहयोग अन्तर्गत प्रदेश सरकारलाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीको लागि पीपीई लगायतका सामाग्री समावेश गरिएको छ ।

    अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध युरोप, अमेरिका, जापान र राष्ट्रसंघीय निकायसँग मिलेर काम गर्ने समेत जनाएको छ ।

  • अष्ट्रेलियाले २०२२ को मध्यसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने, विदेशी विद्यार्थी र पर्यटक प्रभावित

    अष्ट्रेलियाले २०२२ को मध्यसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने, विदेशी विद्यार्थी र पर्यटक प्रभावित

    क्यान्बेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै असुरक्षित रहेको बताएका छन् ।

    राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड-१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे ।

    अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१ र २२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ ।

    प्रधानमन्त्री मोरिसनले सोमबार संवाददाताहरुसँग भने, ‘अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । यसरी हुँदैन ।’

    उनले अगाडि भने, ‘खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।’

    प्रधानमन्त्री मोरिसनले अर्को कदमका रुपमा सबै अस्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने स्पष्ट गरे ।

    हालै गरिएको जनमत सर्वेक्षणमा अधिकांश व्यक्तिले सीमा सम्बन्धी प्रधानमन्त्री मोरिसनले लिएको कदमको समर्थन गरेलगत्तै प्रधानमन्त्री मोरिसनले उक्त धारणा व्यक्त गरेका हुन् ।

    आइतबार राति सार्वजनिक गरिएको पछिल्लो न्यूजपोलमा ७३ प्रतिशत मतदाताले सरकारको सीमा सम्बन्धी नीतिको समर्थन गरेका थिए । उनीहरुले आगामी सन् २०२२ को मध्यसम्म सीमा बन्द गर्नुपर्ने बारेमा अभिमत राखेका थिए ।

    सिमा नखुल्ने अनिश्चिततासँगै त्यहाँ जान लागेका अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटकमा अन्यौल छाएको छ। अस्ट्रेलियाले हाल न्युजिल्यान्डसँगको सीमा मात्र खोलेको छ। दुबै देशका नागरिक एक अर्को देशमा बिना क्वारेन्टाइन भ्रमण गर्न पाएका छन्।

  • अष्ट्रेलियामा बाढीको वितण्डा : १८ हजार बासिन्दा विस्थापित, सिड्नी डुबानमा

    अष्ट्रेलियामा बाढीको वितण्डा : १८ हजार बासिन्दा विस्थापित, सिड्नी डुबानमा

    अष्ट्रेलियाली राज्य साउथ वेल्सको पूर्वी कोस्टमा आएको भीषण बाढीबाट प्रभावित १८,००० भन्दा मानिसलाई सुरक्षित थलोमा उद्दार गरिएको छ ।

    राज्यको राजधानी सिड्नीसहित दक्षिण-पूर्वी क्वीन्सल्यान्डमा परेको भारी वर्षाले नदीमा बाढी आएको हो । बाढीको कारण बाँधबाट पानी भरिएर सिड्नी वरपरको बस्तीमा पुगेको छ ।

    ५० वर्षमा एकपटक हुने भनिएको यो प्राकृतिक विपत्ति अझै एकसाता कायम रहने र यसबाट सजग हुन सरकारले त्यहाँका बासिन्दालाई आग्रह गरेको छ ।

    प्रधानमन्त्री स्कट मरिसनले विस्थापित हुन बाध्य नागरिकलाई राहतको व्यवस्था गर्ने बताएका छन् । न्यू साउथ वेल्स राज्यका प्रमुख ग्लाडेस बर्जिकिलनका अनुसार सोमबार कुनैपनि मृत्यु भएको छैन ।

    अष्ट्रेलियाको २५ मिलियन जनसंख्या बसोबास गर्ने प्रभावित क्षेत्रको संरचना क्षति पुर्‍याएको बीबीसीले जनाएको छ । अघिल्लो हिउँदमा भएको आगलागी र सुख्खाले प्रभावित बासिन्दालाई बाढीले झनै पीडा दिएको जनाइएको छ ।

  • अष्ट्रेलियामा थप तीन महिना आउजाउ बन्द, नेपाली विद्यार्थी पनि प्रभावित

    अष्ट्रेलियामा थप तीन महिना आउजाउ बन्द, नेपाली विद्यार्थी पनि प्रभावित

    काठमाडौं । कोरोनाभाइरस महामारीको असरलाई ध्यानमा राख्दै अष्ट्रेलिया सरकारले अन्तराष्ट्रिय सीमा बन्दको अवधिलाई तीन महिना लम्ब्याउने निर्णय गरेको छ ।

    अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार अन्तराष्ट्रिय सीमा बन्दको अवस्था जुन १७ तारिखसम्म रहनेछ । मार्चदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय सीमा बन्द गरिरहेको छ ।

    सरकारको यो निर्णयले गर्दा अन्तराष्ट्रिय यात्रु अष्ट्रेलिया जान र त्यहाँका बासिन्दा विशेष कारणले विदेश जानका लागि कम्तीमा जुन १७ सम्म नपाउने भएका छन् ।

    एकवर्षदेखि बन्द अन्तराष्ट्रिय सीमाका कारण हजारौं अष्ट्रेलियन बासिन्दा, नागरिक र विद्यार्थी विभिन्न मुलुकमा अलपत्र छन् । विदेशमा फसेका करिब ४० हजार अष्ट्रेलियाली समेत मर्कामा परेका छन् ।

    झन्डै १५ सय नेपाली विद्यार्थी अष्ट्रेलिया जान नपाउँदा महङ्गो डलर तिरेर अनलाइन पढ्न बाध्य छन् ।

  • फेसबुक र गुगलले अष्ट्रेलियामा पैसा तिर्नुपर्ने, संसदले पारित गर्‍यो कानुन

    फेसबुक र गुगलले अष्ट्रेलियामा पैसा तिर्नुपर्ने, संसदले पारित गर्‍यो कानुन

    काठमाडौं । फेसबुक र गुगलले अबदेखि अष्ट्रेलियामा समाचार कन्टेन्ट बापत मिडिया हाउसलाई पैसा तिर्नुपर्ने भएको छ ।

    विश्वमै पहिलोपटक अष्ट्रेलियाले विहिबार ठूला प्रविधि कम्पनीले आफ्नो प्लेटफर्ममा प्रयोग हुने न्यूज कन्टेन्टलाई पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ । यो कानुनको विपक्षमा फेसबुक र गुगलजस्ता ठूला अमेरिकी प्रविधि कम्पनी उभिएका छन् ।

    गतसाता फेसबुकले अष्ट्रेलियामा समाचार कन्टेन्टमा रोक लगाएको थियो तर, सरकारसँगको सहमतिपछि भने निर्णय फिर्ता लियो । उक्त सहमतिपछि अष्ट्रेलिया सरकारले प्रस्तावित कानुनमा केही परिवर्तन गर्दै कानुन ल्याएको हो ।

    अष्ट्रेलियामा फेसबुक र सरकारको रस्साकस्सी, तरंग नेपालसम्म

    उक्त सहमतिअनुसार फेसबुक र गुगल केही ठूला अष्ट्रेलियाली मिडिया हाउसलाई निश्चित रकम तिर्न सहमत भएका छन् । यो सहमतिले कतिपयले ठूला प्रविधि कम्पनी झुकेको रुपमा लिइएका छन् ।

    अष्ट्रेलियाको उक्त कानुनलाई कतिपय देशले टेस्ट केसको रुपमा पनि हेरेका थिए । विहिबार अष्ट्रेलियाको प्रतिनिधि सभाले उक्त कानुन पारित गरेको हो । फेसबुक र गुगलले यो विवादलाई इन्टरनेटले कसरी काम गर्छ भन्ने आधारभूत कुरामा गलत बुझाइ भएको बताउँदै आएका थिए ।

  • अष्ट्रेलियाले फाइजर खोपलाई दियो अनुमति, ५० लाख जनसंख्यालाई लगाइने

    अष्ट्रेलियाले फाइजर खोपलाई दियो अनुमति, ५० लाख जनसंख्यालाई लगाइने

    काठमाडौं । अष्ट्रेलियाले फाइजर खोपलाई औपचारिक प्रयोगका लागि अनुमति दिएको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार यस्तो घोषणा गरेका हुन् ।

    फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन सुरु गरिने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले विस्तृत अध्ययनपछि मात्र फाइजर खोपलाई अनुमति दिइएको बताए ।

    अष्ट्रेलियाको थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसनले खोप प्रयोगका लागि अनुमति दिएको हो । अस्थायी र आकस्मिक नभइकन पूर्ण रुपमा खोप प्रयोगका लागि फाइजरलाई अनुमति दिइएको उनले बताए ।

    अष्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोजका लागि सम्झौता गरिसकेको छ । ५० लाख मानिसले अष्ट्रेलियामा खोप लगाउनेछन् । पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धाले खोप लगाउनेछन् ।