Tag: अवहेलना मुद्दा

  • अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाए

    अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाए

    काठमाडौं । सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको हो ।

    पहिलो प्रतिनिधिसभा विघटनपश्चात सार्वजनिक वक्तव्य दिएका पूर्वन्यायाधीशहरूले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए । पूर्वन्यायाधीशहरूले संसद विघटनविरुद्धको धारणा अभिव्यक्ति स्वतन्त्रताको विषय भएको जिकिर गर्दै आएका थिए ।

    राणा र प्रधानको संयुक्त इजलासले रिट निवेदकहरुको मागदावी नपुग्ने भन्दै पूर्वप्रधानन्यायाधीश न्यायाधीशहरूलाई सफाइ दिएको हो ।

  • प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा आज ‘हेर्न नभ्याइने’मा

    प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा आज ‘हेर्न नभ्याइने’मा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनवाइ हुन सकेन । सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो ।

    सो मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगयतले अवहेलना मुद्दा दायर गरेका थिए ।

    सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो र प्रधानमन्त्रीले सोही बमोजिम जवाफ पेश गरिसकेका छन् ।

    यस्तै अवहेलना मुद्दा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी,कल्याण श्रेष्ठ,अनुपराज शर्मा र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि छन् ।

  • प्रधानमन्त्रीको जवाफ-सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु (पूर्णपाठ)

    प्रधानमन्त्रीको जवाफ-सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिंदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।

    सर्वोच्च अदालतमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत बताएका छन् ।

    प्रधानमन्त्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वाभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाएका छन् ।

    प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर गरेका छन् ।

    यस्तो छ प्रधानमन्त्रीको लिखित जवाफ:

  • सर्वोच्चमा लिखित जवाफ बुझाएर फर्किए प्रधानमन्त्री (भिडियो)

    सर्वोच्चमा लिखित जवाफ बुझाएर फर्किए प्रधानमन्त्री (भिडियो)

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ पेस गरेर फर्किएका छन् ।

    उनी केहीबेरअघि अदालत परिसरबाट बाहिरिएका छन् । अवहेलना मुद्दाको लिखित जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गरेर फर्केका छन् ।

    गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका हुन् ।

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

  • लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रधानमन्त्री ओली (भिडियो)

    लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रधानमन्त्री ओली (भिडियो)

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्‍च अदालत पुगेका छन् ।

    गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका हुन् ।

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

    बाटोको म्यादबाहेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो । यसअघि चार पूर्वप्रधानन्यायाधीशले बुधबार अदालतमा गएर म्याद बुझी लिखित जवाफ पेस गरिसकेका छन् ।

    सर्वोच्चले पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

  • अनुपराजको लिखित जवाफ-३२ वर्षे वकिलको सस्तो चर्चा कमाउने दुषित मनसाय (पूर्णपाठसहित)

    अनुपराजको लिखित जवाफ-३२ वर्षे वकिलको सस्तो चर्चा कमाउने दुषित मनसाय (पूर्णपाठसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरद्धको मुद्दा सुनुवाइ भइरहेका बेला संयुक्त रूपमा विज्ञप्तिमार्फत पुनःस्थापनाको पक्षमा अभिव्यक्ति दिएका चार पूर्वप्रधानन्यायाधीशमध्ये अनुपराज शर्माले अवहेलना मुद्दामा अलग्गै लिखित जवाफ पेश गरेका छन् ।

    सोमवार अन्य तीन पूर्व प्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, सुशीला कार्की र कल्याण श्रेष्ठसहित सर्वोच्च पुगेका शर्माले लिखित जवाफ भने बेग्लै दिएका हुन् । उनले आफूसमेतको वक्तव्यले अदालतको अवहेलना नहुने र न्याय सम्पादनमा हस्तक्षेप भएको नमानिने जिकिर गरेका छन् ।

    शर्माले आफूविरुद्ध अवहेलना मुद्दा दायर गर्ने अधिवक्ताको उमेर आफ्नो न्यायिक करिअरको जति पनि नरहेको भन्दै निवेदन खारेज गरिपाउँ भनेका छन् ।

    शर्माको लिखित जवाफमा भनिएको छ, ‘निवेदक (अधिवक्ता धनजित बस्नेत) को उमेर ३२ वर्षको देखिन्छ । मेरो ४३ वर्षको अनुभवलाई ध्वस्त पार्ने कुनियत राखी सस्तो चर्चा कमाउने दुषित मनसायले विपक्षीले निवेदन दायर गरेको देखिन्छ ।’

    शर्माले बहालवाला न्यायधीशले समेत नागरिक सरह अदालतको मर्यादा राखी बोल्न पाइने सिद्धान्त रहेको भन्दै आफूहरुको पुस २४ को विज्ञप्तिले विचाराधीन मुद्दालाई इंगित नगरेको बताएका छन् । उनले आफू मानवअधिकार आयोगको पूर्वअध्यक्ष समेत रहेको विषय समेत उठाएका छन् ।

  • यस्तो छ तीन पूर्वप्रधानन्यायाधीशको लिखित जवाफ (पूर्णपाठसहित)

    यस्तो छ तीन पूर्वप्रधानन्यायाधीशको लिखित जवाफ (पूर्णपाठसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सुनुवाइ भइरहेका बेला संयुक्त रूपमा विज्ञप्तिमार्फत पुनःस्थापनाको पक्षमा अभिव्यक्ति दिएका चार पूर्वप्रधानन्यायाधीशमध्ये अनुपराज शर्माबाहेक तीनजनाले अवहेलना मुद्दामा संयुक्त लिखित जवाफ पेस गरेका छन् ।

    पूर्व प्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमवार आफैं सर्वोच्च अदालतमा म्याद बुझेर लिखित जवाफ पेस गरेका हुन् । उनीहरूले आफ्नो अभिव्यक्ति र वक्तव्यले अदालतको अवहेलना नभएको जिकिर गर्दै रिट निवेदन खारेजीको माग गरेका छन् ।

    उनीहरुले आफूहरुको विज्ञप्ति विचाराधीन मुद्दा र अदालतलक्षित नभई प्रतिनिधिसभा विघटन गर्ने निर्णय प्रक्रियाका सहभागी अवयवहरूप्रति लक्षित रहेको भन्दै विज्ञप्तिउपर अदालतको ध्यान आकृष्ट हुनु नपर्ने बताएका छन् ।

    अन्तर्राष्ट्रिय मापदण्डले बहालवाला न्यायकर्मीले समेत आफूमा अन्तरनिहित स्वतन्त्रताको उपभोग गरी संघसंस्था खडा गर्न, भेला हुन र विचार अभिव्यक्त गर्न पाउने कुरा उल्लेख गरेको लिखित जवाफमा जिकिर गरिएको छ ।

    प्रतिनिधिसभा विघटनको विषयमा सार्वजनिक बहस पैरवी गर्नसम्म पनि नपाउने हो भने अहिले भइरहेका सबै बहस पैरवीमा भाग लिइरहेका वुद्धिजीवी, लेखक, पत्रकार, कानुनविद् र राजनीतकिर्मी आम नागरिकलगायतलाई अदालतको अवहेलना गरेको मानी सजायको भागी बनाउनुपर्ने तर्क लिखित जवाफमा गरिएको छ ।

  • लिखित जवाफसहित आफैं उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश (आदेशसहित)

    लिखित जवाफसहित आफैं उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश (आदेशसहित)

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।

    यसअघि मनोश शर्माकै इजलासले प्रधानमन्त्री केपी शर्मा ओली सहित चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलना मुद्दामा पनि सोही प्रकृतिको आदेश जारी गरेको थियो ।

    प्रचण्डले शुक्रबार विराटनगरबाट प्रतिनिधिसभा अदालतले पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने बताएका थिए । उनले अदालतप्रति भरोसा भए पनि सेटिङको प्रश्न समेत उठाउँदै अभिव्यक्ति दिएपछि हायुले अवहेलना मुद्दा चलाउन निवेदन दिएका हुन् ।

  • इजलास बस्‍न नभ्याएपछि प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुन सकेन

    इजलास बस्‍न नभ्याएपछि प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुन सकेन

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा इजलास बस्न नभ्याएपछि आज हेर्न नभ्याइनेमा परेको छ । सो मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको थियो । सो मुद्दामाथि सम्भवतः भोलि सुनुवाइ हुनेछ ।

    प्रचण्डविरुद्ध अवहेलना मुद्दा चलाउन अधिवक्ता समिर हायुले दिएको निवेदन सोमवार दर्ता भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेका बेला न्यायाधीशहरूलाई धम्क्याउने र कथित जनअदालतबाट फैसला गर्नेजस्ता उत्तेजक अभिव्यक्ति दिएको भन्दै हायुले अवहेलना मुद्दा लगाउन माग गरेका हुन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दा पनि शर्माकै इजलासमा परेको थियो । सबै विपक्षीलाई बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

  • प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता, भोलिको लागि पेसी तोकियो

    प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता, भोलिको लागि पेसी तोकियो

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

    अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए ।

    सर्वोच्च अदालतले वलामीको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ । प्रचण्डले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदको दाबी छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व सभामुख दमनाथा ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा,मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

    प्रचण्डले शुक्रवार विराटनगरको आमसभाबाट भनेका थिए- ‘सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालतनै ठूलो हो ।’

    शुक्रबार विराटनगरको विरोधसभामा प्रचण्डले यस्तो बोलेका थिए :-

  • सर्वोच्चमा अवहेलना मुद्दाको ओइरो, चार पूर्वप्रधानन्यायाधीश र दमननाथविरुद्ध पनि निवेदन

    सर्वोच्चमा अवहेलना मुद्दाको ओइरो, चार पूर्वप्रधानन्यायाधीश र दमननाथविरुद्ध पनि निवेदन

    काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ चलिरहेका बेला सर्वोच्च अदालतमा अवहेलना मुद्दाको लागि निवेदन थपिने क्रम बढ्दो छ । सर्वोच्च प्रशासनले अहिलेसम्म कुनै निवेदन दर्ता भने गरेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेको भनाइले अदालतको अवहेलना भएको भन्दै आइतबार अवहेलनाको निवेदन पेश भएको थियो । तर सो निवेदन दर्ता नहुँदै सोमबार थप तीनवटा निवेदन गएका छन् ।

    पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनवहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्कीले अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने गरी वक्तव्य निकालेर न्यायलयमाथि अवहेलना गरेको भन्दै अवहेलना मुद्दा चलाउन निवेदन परेको सर्वोच्च स्रोतले जनाएको छ ।

    त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाले पनि अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै निवेदन परेको बताइएको छ । कुनै पनि निवेदन दर्ता भएका छैनन् । यी विषय संवैधानिक इजलासमा वकिलहरुले उठाउँदा पनि प्रधानन्यायाधीशले बाहिरका कुरामा प्रवेश नगर्न आग्रह गर्दै आएका छन् ।