जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।
अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र साह अर्थमन्त्री बनेका छन् ।
उनीहरु दुवैजना जसपाका नेता हुन् । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कारण खुलाइएको छ ।
नवनियुक्त अर्थमन्त्री साहले मुख्यमन्त्रीले तजबिजमा जिम्मेवारी परिवर्तन गरेको भन्दै यसलाई पार्टीको आन्तरिक मामिला बताए ।
