Tag: अर्थमन्त्री

  • सरकार र निजी क्षेत्रको साथले मात्रै अर्थतन्त्रको उन्नति हुन्छ: अर्थमन्त्री

    सरकार र निजी क्षेत्रको साथले मात्रै अर्थतन्त्रको उन्नति हुन्छ: अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले इमान्दार भएर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

    नेपाल चेम्बर अफ कमर्ससँग आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको छ । सरकारले त उपयुक्त वातावरण बनाइदिने मात्र हो । समग्र अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ ।’

    व्यापार गर्नेले उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको अर्थमन्त्री शर्माको भनाइ छ । उद्योग, व्यवसायमैत्री वातावरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माको भनाइ छ ।

    आगामी आर्थिक वर्षको बजेट गृहकार्य लगायतका विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासँग अर्थमन्त्रालयमा आज छलफल गरेका हुन् । मन्त्री शर्मासँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयत व्यवस्थित गर्नुपर्ने बताए।

    आवश्यक वस्तुको अभाव हुन नदिन औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुलाई व्यवस्थित तवरले आयत गर्न दिनुपर्ने मल्लको भनाइ छ ।नेपालको भन्सार प्रक्रियामा सहजीकरण नहुँदा निर्यात प्रवद्र्धन हुन नसकेको चेम्बर पदाधिकारीले गुनासो गरेका थिए ।

    अध्यक्ष मल्लले भने,‘मुख्य मुख्य भन्सार नाकामा अन्तराष्ट्रियस्तरको उच्चस्तरीय प्रयोगशाला राख्न सकियो भने गुणस्तरीय बस्तु मात्रै आयत हुने वातावरण बन्छ । यसबाट स्वभाविक रुपमा आयात कम गर्न सकिन्छ ।’ व्यापार घाटा बढ्नुको मुख्य कारण पेट्रोलिय पदार्थको उच्च आयात रहेको भन्दै अध्यक्ष मल्लले आगामी बजेटमा विद्युतीय सामाग्रीको उच्चतम प्रयोग हुनेगरी बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

    घर जग्गा कारोबारलाई पनि करको दायरामा ल्याउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।मुलुकको अर्थतन्त्रलाई दोहोरो अङ्कमा वृद्धि गर्ने हो भने एकलदरको ब्याजदर कायम गर्नेगरी नीतिगत व्यवस्था हुनुपर्नेमा चेम्बरको जोड छ ।

    नेपाल चेम्बर अफ कमर्सले एकल दरको ब्याजदर कायम गर्न राष्ट्र बैंकलाई पनि आग्रह गर्दै आएको छ । गाँजा खेतीलाई कानुनी मान्यता दिन पनि चेम्बर पदाधिकारीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । गाँजाबाट औषधि तथा कपडा पनि बनाएर निर्यात गर्न सकिने भन्दै अध्यक्ष मल्लले गाँजा खेतीलाई व्यापार घाटा कम गर्ने विकल्पका रुपमा लिनुपर्ने बताए ।

  • सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक

    सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलन ८२ दशमलब ८१ प्रतिशत भएको अर्थमन्त्रालयले जनाएको छ ।

    कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब रुपैयाँ र गैह्रकर राजस्व १ खर्ब ५९ अर्ब लाख गरी कुल १० खर्ब ७२ अर्ब संकलन गर्ने लक्ष्य राखेकोमा कुल ८ खर्ब ८८ अर्ब १ करोड संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ मध्ये ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।

    यस्तै कुल खर्चमा नेपाल सरकारको श्रोतबाट ८२.३२ प्रतिशत तथा कुल खर्चको १७.६८ प्रतिशत वैदेशिक स्रोतबाट व्यहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको हिस्सा ३. ४ प्रतिशत र ऋणको हिस्सा १४ .६४ प्रतिशत रहेको छ ।

    आ.व.२०७७/७८ मा संघीय सरकारको संचीत कोषमा १२ खर्ब ६७ अर्ब प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब भुक्तानी भइ चालु आ.व. कोष अवस्था १ खर्ब ७ अर्ब १६ करोडले बचतमा रहेको छ ।

    अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच महालेखा नियन्त्रक सुमनराज अर्यालले आ.व. २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन मन्त्रीसमक्ष पेस गरेका छन् ।

    प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजस्व संकलन र बेरुजु फछ्यौटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान गएको बताए । उनले विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानूनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए ।

  • अर्थमन्त्री-गभर्नरबीच छलफल, तरलता अभाव समाधान मुख्य एजेण्डा

    अर्थमन्त्री-गभर्नरबीच छलफल, तरलता अभाव समाधान मुख्य एजेण्डा

    काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

    छलफलमा पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभावको समस्या समाधानको मुख्य एजेण्डा रहेको बताइएको छ । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्न लागेको र पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाका बारेमा बिफ्र गरेको अर्थमन्त्रालयका एक अधिकारीले नेपाल प्रेसलाई बताए ।

    अर्थतन्त्रमा देखिएको पछिल्लो असन्तुलनबारे मन्त्रालयले चासो दिँदै रेमिटान्स, आयात तथा विदेशी मुद्राको तथ्यांकको सुक्ष्म विश्लेषण गरिरहेको ती अधिकारीले बताए । बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, ब्याजदर वृद्धि र बढ्दो शोधान्तरघाटाले अर्थतन्त्रमा पार्न सक्ने संभावित जोखिमका विषयमा अर्थमन्त्री गम्भीर बनेको उनको दाबी छ ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको अनावश्यक हस्तक्षेपका कारण बजारमा तरलता अभावको समस्या देखिएको र त्यसपछि बैंक वित्तीय संस्थाले ब्याजदर बढाउने होडबाजीमा उत्रिएका थिए । बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गरेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

    तरलता समस्या समाधानका संम्भावित विकल्पहरुबारे २७ वटै बाणिज्य बैंकका सीईओ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली र अर्थमन्त्री शर्मासहितकाे टीमले शुक्रबार पनि छलफल गरेको थियो ।

    बैंकर्सले अर्थमन्त्रीलाई पुँजीगत खर्च बढाउन, स्थानीय तहमा जाने शतप्रतिश रकम निक्षेप गणनामा प्रयोग गर्न दिन, निर्माण व्यवसायीको बाँकी रहेको रकम तत्कालै भुक्तानी गर्न र रेमिटान्समा भएको चुहावट रोकेर बैंकिङ प्रणालीमार्फत भित्र्याउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । यसैगरी उनीहरुले उद्योगी व्यवसायीहरुले कर छली गर्न न्यूनबिजिकरण गरी वस्तु आयात गर्दै भुक्तानी हुण्डीमार्फत गर्ने गरेको भन्दै त्यसलाई रोक्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए ।

    अर्थमन्त्री शर्माले जवाफमा अहिले तरलता अभावको समस्या हुनुपर्ने कुनैपनि कारण नरहेको भन्दै नेपाल राष्ट्र बैंकलाई नीति परिवर्तन गर्न सुझाव दिएका थिए ।

    सचिव मधुकुमार मरासिनीले स्थानीय तहमा जाने रकम किस्ता-किस्ता गरे जाने भएकाले यसले तरलताको समस्या समाधान नहुने भन्दै अनुउत्पादिनशील क्षेत्रमा जाने कर्जा र आयातमा दिने कर्जामा कडाई गरेर सहयोग गर्न आग्रह गरेका थिए ।

  • ठूला लगानीको आयस्रोत नखोज्ने निर्णय : प्रधानमन्त्री गुमराहमा, उच्च अधिकारीहरू असन्तुष्ट

    ठूला लगानीको आयस्रोत नखोज्ने निर्णय : प्रधानमन्त्री गुमराहमा, उच्च अधिकारीहरू असन्तुष्ट

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको ठाडो उल्लंघन गर्दै सरकारले ठूला लगानीको आयस्रोत नै नखोज्ने कानूनी व्यवस्था गर्न लागेको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्योगलगायतका १० क्षेत्रमा २०८० सालसम्म गरिएका ठूला लगानीको स्रोत नखोज्ने गरी ‘आयकर ऐन २०५८’ संसोधनको प्रक्रिया अघि बढाएका हुन् ।

    गत भदौ २५ गते अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेको अर्थसम्वन्धी विधयेकमा जलविद्युत, पूर्वाधार, पर्यटन, रेलमार्ग, उद्योगलगायत १० क्षेत्रमा भएका लगानीको स्रोत नखोजिने उल्लेख छ । यस्तो प्रस्तावले गैरकानूनीरूपमा कमाएको ‘कालोधन’ लाई ‘सेतो’ बनाउन बाटो खुल्ने अर्थमन्त्रालयकै अधिकारीहरू बताउँछन् । यसले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको गम्भीर उल्लंघन हुने तथा अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जाने उनीहरूको भनाइ छ ।

    पूर्वअर्थमन्त्री विष्णु पौडेलको पालादेखि नै यस्तो व्यवस्थाका लागि कतिपय उद्योगी-व्यवसायीले लविङ गर्दै आएका थिए । तर, मन्त्री पौडेलले ‘कानूनीरूपमा नमिल्ने’ भन्दै पन्छाएको अर्थमन्त्रालय स्रोत बताउँछ । तर, अहिलेका अथर्मन्त्री शर्मामार्फत उनीहरूले आफ्नो स्वार्थपूर्ति गर्न सफल भएका छन् ।

    ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको गम्भीर उल्लंघन र अन्तर्राष्ट्रिय प्रभावलाई ख्याल नगरी केही सीमित व्यापारीको इसारामा अर्थमन्त्रीले उक्त प्रावधान राख्नुभयो,’ स्रोतले भन्यो ।

    प्रधानमन्त्री नै गुमराहमा

    अर्थमन्त्रीले ल्याएको यस्तो प्रावधानप्रति सरकारका उच्चपदस्थ अधिकारीहरू नै सन्तुष्ट छैनन् । मुख्यसचिव शंकरदास वैरागी र केही सचिवहरूले प्रधानमन्त्रीलाई भेटेरै यस विषयमा ध्यानाकर्षण गराएको स्रोतले बतायो । स्रोतका अनुसार यस देउवाले यसबारे अनभिज्ञता दर्शाएका थिए ।

    ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई थाहै नदिएर अर्थमन्त्रीले यति गम्भीर निर्णय लिनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई जानकारी गराउँदा उहाँ आफैं आश्चर्यमा पर्नुभयो ।’

    यस्तो व्यवस्थाले सम्पत्ति शुद्धीकरणसम्वन्धमा निगरानी गरिरहेका अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई कालोसूचीमा राख्न सक्नेबारे अधिकारीहरूले प्रधानमन्त्री देउलालाई सचेत गराएका छन् ।

    नेपाली कांग्रेसका पूर्वअर्थमन्त्रीहरूले पनि प्रधानमन्त्री देउवालाई भेटेर उक्त विषयमा अवगत गराएका छन् । भेटमा उनीहरूले यस्तो प्रावधान तत्काल सच्याउन आग्रह गरेका थिए ।

    अर्थमन्त्रालयका केही पुराना कर्मचारीलाई भूमिकाविहीन बनाएर प्रतिस्थापन विधेयक तयार पारिएको थियो । विधेयक निर्माणको अन्तिम चरणमा अर्थका सीमित अधिकारीको संलग्नतामा अर्थमन्त्री शर्माले सो बुँदा थप गर्न लगाएको स्रोतले बतायो ।

    को-कोलाई छुट ?

    आर्थिक ऐन प्रतिस्थापन विधेयकको आयकर ऐन संशोधनसम्बन्धी व्यवस्थाको दफा ६ मा उक्त व्यवस्था गरिएको छ । आयकर ऐनको दफा ११ ‘ख’ पछि ११ ‘ग’ मा राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजना तथा उद्योगलाई सहुलियतसम्बन्धी व्यवस्था गरिएको छ ।

    राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडक मार्ग, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजनाले यस्तो सहुलियत पाउनेछन् । यस्तै, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्वन्धी उद्योग तथा ३०० भन्दा बढी नेपाली नागरिकलाई रोजजारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग (चुरोट, बिँडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मदिरा र वियर उद्योगबाहेक) मा २०८० साल चैत समान्तसम्म गरेको लगानीको आयस्रोत नखोजिने आर्थिक ऐनको पेज नम्बर १७८ मा उल्लेख गरिएको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा आर्थिक वर्ष २०७५/७६ को बजेटमा जलविद्युत आयोजना, ठूला परियोजना तथा पूर्वाधारमा गरेको लगानीमा स्रोत नखुलाउँदा पनि हुने व्यवस्था गरिएको थियो । त्यसको चर्को विरोध भएपछी खतिवडाले उक्त व्यवस्था हटाउने सार्वजनिक प्रतिक्रिया दिएका थिए । लगानीको स्रोत नखोजिने व्यवस्था हटाएर बजेट संसदबाट पास भएको थियो ।

    खतिवडाको पालामा पूर्वाधार, जलविद्युत लगायतका क्षेत्र मात्रै समेटिएको भए पनि यसपटकको विधेयकमा सिमेन्ट, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रलाई पनि यसमा समावेश गरिएको छ ।

    अन्तर्राष्ट्रिय प्रभाव

    सम्पत्ति शुद्धीकरण सम्वन्धि विषय हेर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सेस टाक्स फोर्स ‘एफटीएफ’ र एसिया प्रशान्त क्षेत्र समूह ‘एपीजी’ ले यसै वर्ष कुनै पनि समयमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल्यांकन अगाडि बढाउन सक्ने बताइएको छ । नेपाल सरकारका विभिन्न मन्त्रालय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय, कानून मन्त्रालय) र नेपाल राष्ट्र बैंकले आफ्नो कामको विवरण ती निकायलाई बुझाउन थालिसकेका छन् ।

    डा. युवराज खतिवडाको अर्थमन्त्री भएको समयमा नेपालको आग्रहअनुसार कोभिड १९ का कारण मूल्यांकन पछाडि सारिएको थियो ।

    आयस्रोत नखोज्ने व्यवस्थाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा बदनाम तुल्याउन सक्ने प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । यसले नेपालको आर्थिक गतिविधिमाथि शंका उत्पन्न हुने ती अधिकारीको भनाइ छ ।

    ‘एपीजी र नेपालको पारस्परिक सहमतिमा प्रत्येक ५/७ वर्षमा मूल्यांकन हुन्छ । उक्त मूल्यांकनमामा सफल हुन सकेनौं भने मित्रराष्ट्रहरूले एलसी खोल्न नदिने, अन्तर्राष्ट्रिय व्यापार नहुने, अन्तर्राष्ट्रिय सहायताहरू कमजोर हुने र विशेषगरी वैदेशिक लगानी प्रभावित हुन्छ,’ ती अधिकारीले भने ।

    सरकारको यस व्यवस्थाका कारण नेपाललाई आइसोलेसनमा राख्न सक्ने र भिषासमेत प्रभावित हुने विज्ञहरू बताउँछन् ।

    ‘उक्त नीतिगत व्यवस्थाका कारण नै नेपाल कालो सूचीमा नपरे पनि नेपाल शंकाको घेरामा चाँही पर्‍यो’,अर्थमन्त्रालयका अधिकारीले बताए ।

    अर्थविद् डा.डिल्लीराज खनालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनको उपेक्षा गरेर गरिएको यस व्यवस्था मुलुकका लागि हानीकारक रहेको बताएका छन् । ‘लगानीको आम्दानीको स्रोत नखोजिने व्यवस्था सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनविपरीत छ । यसले गर्दा युरोपियन युनियन लगायत अन्तर्राष्ट्रियस्तरमा नेपाल समस्या भोग्नुपर्ने हुनसक्छ’, उनले भने ।

    नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा नेपालमा सम्पत्ति रेकर्ड गर्ने व्यवस्था नभएकाले एकपटक छुट दिनुपर्छ भन्ने उद्देश्यले सरकारले उक्त व्यवस्था गरेको हुनसक्ने बताउँछन् ।

    ‘नेपालमा सम्पत्ति रेकर्ड गर्ने कुनै पनि प्रणाली नै छैन । सही स्रोतबाट पैसा आइरहेको हुनसक्छ, तर त्यसको स्रोत राखिन्न । यसै सन्दर्भमा सरकारले एकपटक छुट दिनुपर्छ भन्ने मान्यता राखेको हुन सक्छ,’ उनले भने ।

    नेपाल सन २०१४ एपीजी र एफएटीएएफको नकारात्मक सुचीमा परेको थियो । उक्त सूचीमा परेपछि नेपालले आफ्ना कानूनहरु संसोधन गरेको छ । ती निकायले दिएका सुझावका आधारमा विभिन्न कानूनहरू संशोधन भएका हुन् ।

    नेपालमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६६ ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई वर्जित गरेको छ । यस्ता कसुर निवारणका लागि अन्तरनिकाय समन्वय र सरकारलाई सुझाव दिन राष्ट्रिय समति गठन गरिएको छ ।

    नेपालमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) नियमावली २०७३ का अनुसार डेपुटी गभर्नर बमबहादुर मिश्रको संयोजकत्वमा करिब १ दर्जन निकायका अधिकारी संलग्नतामा कार्यान्वयन समितिको व्यवस्था गरिएको छ ।

    आफूलाई आर्थिक विधेयकमा भएको उक्त व्यवस्थाबारे जानकारी रहेको भन्दै यस विषयमा आवश्यक छलफल अगाडि बढाउने मिश्रले नेपाल प्रेसलाई बताए ।

    ‘हामीलाई जानकारी भएको छ, नेपाल राष्ट्र बैंक तथा सम्बद्ध सबैसँग आवश्यक परामर्श गरेर मात्रै केही प्रतिक्रिया दिन सकिएला,’ उनले भने ।

    आयस्रोज नखोजिने प्रावधान विवादित बनेपछि अर्थमन्त्रालयले हिजो यसबारे विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको छ । विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, आतंकवाद वा अन्य कसुरजन्य क्रियाकलापबाट प्राप्त आम्दानीका हकमा यस्तो छुट प्रदान नदिइने दावी गरिएको छ । विज्ञप्तिमा मन्त्रालयका प्रवक्ता महेश आचार्यले हस्ताक्षर गरेका छन् ।

  • अर्थमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको भेट, महामारी नियन्त्रणका लागि थप सहयोगमा जोड

    अर्थमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको भेट, महामारी नियन्त्रणका लागि थप सहयोगमा जोड

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याउनुभएको छ ।

    सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति मन्त्री शर्माले धन्यवाद दिए । ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड-१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।’

    मन्त्री शर्माले भने, ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ ।’

    भेटमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे । बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे ।

  • एमालेसँग सहमति प्रयास असफल भएपछि प्रतिस्थापन विधेयक ल्याउनुपर्‍यो : अर्थमन्त्री शर्मा

    एमालेसँग सहमति प्रयास असफल भएपछि प्रतिस्थापन विधेयक ल्याउनुपर्‍यो : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमाले सरकारले ल्याएको अध्यादेश बजेटलाई सहमतिका आधारमा अघि बढाउने प्रयास असफल भएपछि प्रतिस्थापन विधेयक ल्याएको स्पष्टीकरण दिएका छन । विधेयकमा साथ दिन उनले प्रतिपक्षी दललाई आग्रहसमेत गरे ।

    एमालेको अवरोधबीच संसदमा प्रतिस्थापन विधयेक प्रस्तुत गरेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै शर्माले आर्थिक अराजकतालाई नियन्त्रण गर्न विधयेक ल्याउनु परेको बताए ।

    ‘हामीले प्रतिपक्षसँग सहमति गरेर अध्यादेश पारित गराउँ भनेर चाहेका थियौं । कानूनमन्त्रीले वार्तासमेत गर्नुभएको हो । तर सहमति नभएपछि अध्यादेशको अवधिभित्रै प्रतिस्थापन विधयेक ल्याएका छौं ।’ शर्माले भने ।

    प्रतिस्थापन विधयेकलाई मिलेर पारित गर्न उनले प्रतिपक्षसँग आग्रह गरे ।

    अर्थमन्त्री शर्माले आर्थिक वृद्धिको नयाँ प्रक्षेपण हासिल हुन सम्भव रहेको दावी गरे कोभिडविरुद्धको लडाइँ जितेर आर्थिक क्षेत्र चलायनमान भइसकेपछि वृद्धिदर माथि उठ्ने उनको भनाइ छ ।

    शर्माले सामाजिक सुरक्षा भत्ता राज्यले बोक्न नसक्ने अवस्था रहेको समेत बताए । भविष्यमा सामाजिक सुरक्षा कोषलाई आत्मनिर्भर बनाउनका लागि कोषको रकम बढी आम्दानी हुने क्षेत्रमा परिचालन गर्ने योजना उनले सुनाए ।

  • बजेटको आकार घटाइयो, नयाँ बजेट- १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)

    बजेटको आकार घटाइयो, नयाँ बजेट- १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)

    काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ । नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

    अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १४ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

    कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

    वित्तीय हस्तान्तरण मध्ये चालु खर्चमा समानिकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४.११ प्रतिशत र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड अर्थात १५.८९ प्रतिशत विनियोजन गरिएको छ ।

    चालु आर्थिक वर्षको अनुमान गरिएको खर्चको व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने उल्लेख गरिएकव छ । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजनमा खर्चमा न् राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा न्यून हुन जाने ५ खर्ब २२ अर्ब ९ करोड रूपैयाँमध्ये आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड व्यहोरिने अर्थमन्त्रालयले जनाएको छ ।

    भ्रमण र इन्धन खर्चको १० प्रतिशत कटौती

    सरकारले इन्धन र भ्रमण खर्च १० प्रतिशत कटौती गरेको छ । सरकारले भत्ता, इन्धन र भ्रमण खर्चको १० प्रतिशत बजेट कटौती गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश प्रस्तुत गर्दा इन्धन, भत्ता, सवारी लगायत मर्मतमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरिएको बताए । कटौतीबाट वचत भएको ५ अर्ब कोरोनाविरुद्धको खोप खरिदमा प्रयोग गरिने शर्माले बताए ।

    हेर्नुस् प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटको पूर्णपाठ:

  • एमालेको अवरोध छल्दै दौडिएर रोष्टम पुगे अर्थमन्त्री शर्मा (भिडिओ)

    एमालेको अवरोध छल्दै दौडिएर रोष्टम पुगे अर्थमन्त्री शर्मा (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेको नारावाजी र अवरोधका बीचमा अर्थमन्त्रीले जनार्दन शर्माले आर्थिक अध्यादेश पेस गरेका छन् ।

    सभामुखले अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्न समय दिएपछि दौडेर रोस्टममा पुगेका थिए । राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र आर्थिक अध्यादेश अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेका छन् ।

    अर्थमन्त्री शर्मा दौडेर रोष्टमतर्फ लाग्दा एमाले सांसदहरुले रोक्न खोजेकाले मर्यादापालकले रोकेका । शर्मा अध्यादेश पेश र अश्वीकृत गर्ने लामो प्रक्रिया चलुन्जेल रोष्टमबाट नफर्की त्यहीँ बसेका थिए ।

    शर्मा साबधानीपूर्वक दौडदै अघि बढ्दा उनलाई मर्यादापालकले ‘कभर’ दिएका थिए ।

  • सेयर कर्जामा मुठीभरका ऋणीको हालीमुहाली, १२ करोडभन्दा बढी लिने जम्मा ११२ जना

    सेयर कर्जामा मुठीभरका ऋणीको हालीमुहाली, १२ करोडभन्दा बढी लिने जम्मा ११२ जना

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा राखेर दिने मार्जिन प्रकृतिको कर्जामा नियामक नेपाल राष्ट्र बैंकले लगाम कसेपछि सेयर बजारमा उथलपुथल भइरहेको छ । यससँगै राष्ट्र बैंकको कदमलाई लिएर विभिन्न खाले प्रतिक्रियाहरू व्यक्त भइरहेका छन् ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गरिदिएको थियो । ठूला लगानीकर्ताहरूको सानो समूहले यस्तो कर्जाको अत्यधिक हिस्सा ओगटेर सेयर बजारमा हालीमुहाली गरेपछि नीति परिमार्जन गर्नुपरेको राष्ट्र बैंकको तर्क छ । मौद्रिक नीतिले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंकिङ प्रणालीभित्रबाट १२ करोड रूपैयाँमात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ ।

    केन्द्रीय बैंकले भदौ ९ गते ‘एकीकृत निर्देशन २०७७’ लाई परिमार्जन गर्दै एकाघरका परिवारले उक्त सिमाभित्र रहेर कर्जा लिन पाउने व्यवस्था गरेको हो । उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीले आगामी आर्थिक वर्ष वा कर्जा परिपक्व हुने अविधिमध्ये जुन पहिले आउँछ सोही आधारमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख गरिएको छ । विगतमा लगानीकर्ताले आफ्ना परिवारका सबै सदस्यहरूको नाममा मार्जिन कर्जा लिन पाउथे । कर्जाको सीमा नै थिएन ।

    मार्जिन प्रकृतिको कर्जामा लगाइएको थ्रेसहोल्डप्रति लगानीकर्ताहरूले तीव्र असन्तुष्टी व्यक्त गर्दै आएका छन् । लगानीकर्ता रामकृष्ण ढकालको नेतृत्वमा गठन भएको पुँजी बजार संघर्ष समितिले गभर्नरको आलोचना गर्दै उक्त नीति फिर्ता नलिए आमरण असन्नसम्मको घोषणा गरेका छन् । समितिले गभर्नरको राजीनामासमेत माग गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई यो नीति फिर्ता लिन निर्देशन दिएका छन् । तर, लामो गृहकार्य गरेर कर्जाको थ्रेसहोल्ड बनाएको भन्दै यसबाट पछि हट्न राष्ट्र बैंक तयार छैन । मार्जिन कर्जाका कारण अर्थमन्त्री, गभर्नर र लगानीकर्ताबीच आगामी दिनमा थप टकराव बढ्ने देखिएको छ ।

    ८ हजार ६ ऋणीले मात्रै लिएका छन् सेयर कर्जा

    नेपालको बैंकिङ प्रणालीबाट मार्जिन प्रकृतिको कर्जा कुल ८ हजार ५६४ जनाले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिको, ५० लाखदेखि १ करोडसम्म, २५ लाखदेखि ५० लाखसम्म र ५० लाखभन्दा कम गरी चार भागमा विभाजन गरी मार्जिन कर्जा दिने गरेका छन् ।

    गत आर्थिक वर्षको तथ्यांकअनुसार १२ करोडभन्दा माथिको मार्जिन कर्जा लिनेको ऋणीको ११२ जना, ४ देखि १२ करोडसम्म लिने ५२४ जना छन् । बाँकी ७ हजार ९२८ जना ऋणीले ४ करोडभन्दा कम कर्जा लिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

    गत असार मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ६ अर्ब सेयर धितोका आधारमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ५० अर्ब ४० करोड रूपैयाँ बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ५५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७६/७६ मा ४५ अर्ब ४१ करोड रूपैयाँमात्रै यस्तो कर्जा प्रवाह भएको थियो ।

    नेपालको बैंकिङ प्रणालीबाट मार्जिन प्रकृतिको कर्जा कुल ८ हजार ५६४ जनाले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिको, ५० लाखदेखि १ करोडसम्म, २५ लाखदेखि ५० लाखसम्म र ५० लाखभन्दा कम गरी चार भागमा विभाजन गरी मार्जिन कर्जा दिने गरेका छन् ।

    १ करोडभन्दा माथिको मार्जिन कर्जा अघिल्लो वर्षको तुलनामा १३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३१ अर्ब ५३ करोड रूपैयाँ १ करोडभन्दा माथिको कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्ष ७३ अर्ब ५३ करोड रुपैयाँ प्रवाह भएको छ । यसैगरी ५० लाखदेखि १ करोडसम्मको कर्जा १२ अर्ब, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १३ अर्ब ३५ करोड र २५ लाखभन्दा साना कर्जा ७ अर्ब २७ करोड रुपैयाँ प्रवाह भएको छ ।

    सानो समूहका ऋणीहरुले ठूलो परिमाणको कर्जा ओगटेकाले सेयर बजारमा पनि उनीहरुकै हालीमुहाली हुने गरेको यथार्थ हो । उनीहरूले आफ्नो स्वार्थअनुकूल बजारमा अवाञ्छित चलखेल गर्ने गरेको आरोप साना लगानीकर्ताहरुको छ । राष्ट्रबैंकले ल्याएको नयाँ नीतिको यस्तो चलखेल रोक्ने विश्वास साना लगानीकर्ताहरूले लिएका छन् ।

    साथै, बैंक तथा वित्तीय संस्थाहरूको जोखिम कम गर्नका लागि पनि यस्तो थ्रेसहोल्ड अत्यावश्यक रहेको राष्ट्रबैंकको तर्क छ ।

    के भन्छन् विज्ञ ?

    नेपाल राष्ट्र बैंकले कर्जामा भएको जोखिमलाई कम गर्न चाहेको कुरालाई सकारात्मक रुपमा लिन सकिने तर, यसका लागि पर्याप्त समय दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । केन्द्रीय बैंकले नीति निर्माण गर्दा उक्त नीति पूर्वानुमानयोग्य हुनुपर्ने र बजारबाट आफ्नो सम्पत्ति नगुमाइकन लगानीकर्तालाई सम्मानजनक बहिर्गमनको मौका दिनुपर्ने वित्तशास्त्री अनलराज भट्टराई बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले कर्जाको जोखिमलाई हेरर मार्जिन कर्जासम्वन्धी नीति परिवर्तन गरेकाले यसलाई सकारात्मक नै लिनुपर्छ,’ उनले भने, ‘नियामकले नीति परिवर्तन गर्दा लगानीकर्तालाई असर नगर्ने गरी गर्नुपर्छ ।’

    भट्टराई नेपालको सेयर बजारमा ‘बवल्स’ सृजना भएको हो कि भन्ने आशंकामा समेत असहमति राख्छन् । नेपालको सेयर बजार बैंक तथा वित्तीय संस्थाको कर्जाले मात्रै भई करिब ३० लाख लगानीकर्ताको आफ्नो पूँजिबाट सञ्चालन भइरहेको उनको भनाइ छ ।

    ‘पछिल्लो समय सेयर बजारमा ८ गुणा बढी लगानीकर्ता थपिएका छन् भने करिब २.५ गुणाको हाहारीमा सेयर बजार बढेको छ, तपाई कसरी सम्पत्तीमा ववल्स निर्माण भयो भन्नुहुन्छ ?’ उनले प्रश्न गरे ।

    सेयर बजारमा साना-ठूला र संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको ऐनको अधिनमा रही संस्थागत लगानीकर्ताहरु (बैंक तथा वित्तीय संस्था, सामूहिक लगानी कोष, इन्भेष्टमेन्ट कम्पनी) लगायतले समेत सेयरमा लगानी गर्ने गरेका छन् ।

    नेपालको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल पुँजीको १० प्रतिशतको हाराहारीमा करिब ३ खर्बको रूपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यसरी मार्जिन कर्जामार्फत १ खर्ब ६ अर्ब र संस्थागत लगानीकर्ताको ३ खर्ब गरी बैंक प्रणालीमार्फत ४ खर्बको हाराहारीमा मात्रै कर्जा भएको छ । नेपालको पछिल्लो समय नेप्सेको कुल पुँजीकरण ४१ खर्ब ७१ अर्ब पुगेको छ । भने दैनिक १० अर्बभन्दा बढी कारोबार भइरहेको छ ।

    लगानीकर्ताको आक्रोश

    राष्ट्र बैंकले ल्याएको नीतिले बजारमा गिरावट आएको भन्दै लगानीकर्ता भने आक्राशित छन् । गभर्नरको अपरिपक्वता र अव्यवहारिक पाटो पछिल्लो निर्णयमा झल्किएको लगानीकर्ता ताराप्रसाद फुलेलले बताए ।

    फ्रन्टलाइन रेगुलेटरहरूले पछिल्लो समयमा धितोपत्र बोर्डको स्वायत्तता खोसेको उनको बुझाइ छ ।

    ‘नेपाल राष्ट्र बैंकका गभर्नर र केही पदाधिकारीहरूको सनकका भरमा अव्यवाहारिक निर्णय गरिएको छ । धितोपत्र बोर्डको स्वयत्तामाथि नै प्रश्न उठ्ने गरी नेपाल राष्ट्र बैंकले मुद्रा आपूर्तिमार्फत बजार नियमनको प्रयास गर्नु गलत छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकले पुर्वानुमान गर्नै नसकिने खालको नीति ल्याएर बजारमा अनावश्यक हस्तक्षेप गरिरहेको उनी बताउँछन् ।

    सेयर बजारमा विकृतिका चाङ भए पनि त्यसको नियमन गर्ने जिम्मेवारी धितोपत्र बोर्डको नै भएकाले यसको नियमन बोर्डमार्फत हुनेपर्नेमा उनको जोड छ ।

    राष्ट्र बैंक भन्छ- साना लगानीकर्ताको पक्षमा निर्णय

    केन्द्रीय बैंक भने आफ्नो नीतिको बचाउ गर्दै कर्जाको प्रवाहको अवस्था र जोखिमलाई मूल्यांकन गरेर उक्त नीति ल्याइएको बताउँछ । साना लगानीकर्तालाई समेत कर्जाको पहुँचमा पुर्‍याउन उक्त नीति ल्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालल बताए ।

    ‘कर्जाको प्रवाहको अवस्था र जोखिमलाई मूल्यांकन गरिकन नै हामीले मौद्रिक नीतिमार्फत उक्त व्यवस्था गरेका हौं । सेयर कर्जामा साना लगानीकर्ताको पहूँचमा वृद्धि होस् भन्ने हाम्रो ध्येय हो’, उनको दावी छ ।

    तर, ढकालले भने अनुसार नेपाल साना लगानीकर्ताले सहजरूपमा कर्जा पाउने अवस्था भने छैन । कर्जा लिनका लागि पूरा गर्नुपर्ने प्रकृयागत झन्झटका कारण सामान्य व्यक्तिले सहजरूपमा कर्जा प्राप्त गर्न सकिरहेका छैनन् ।

    याे पनि पढ्नुस्

    अर्थमन्त्रीको दबाबमा सेयर कर्जासम्बन्धी निर्णय राष्ट्र बैंकले फिर्ता नलिने

     

  • सेयर बजारलाई प्रभाव पार्ने नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

    सेयर बजारलाई प्रभाव पार्ने नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्रालय बोलाएर सेयर लगानीकर्ताको असन्तुष्टीबारे चासो व्यक्त गरेका छन् ।

    उनले लगानीकर्ताको मनोवल गिर्ने गरी कुनै पनि काम नगर्न गभर्नर अधिकारीलाई भनेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जाको सीमा ४ करोड देखि १२ करोडसम्मको निर्धारण गरेको थियो । यसैगरी केन्द्रीय बैंकले एकीकृत निर्देशिका २०७७ लाई परिमार्जन गर्दै एकाघर परिवारले १ बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

    उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीले चालु आर्थिक वर्षको अन्त्यसम्म वा कर्जा अवधिमध्ये जुन पहिले हुन्छ सोही आधारमा कर्जा भुक्तानी गरिसक्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

    केन्द्रीय बैंकको उक्त नीतिका कारण लगानीकर्ता गभर्नरसँग चिडिएका छन् । उनीहरूले उक्त व्यवस्था तुरुन्त फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् । ठूला लगानीकर्तालाई बजारमा अप्ठ्यारो पार्ने हिसावले नीति ल्याइएको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नरको राजीनामा मागेका छन् । पुँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंक पछाडी नहटेमा केन्द्रीय बैंक समेत घेराउ गर्ने चेतावनीसमेत दिएको छ ।

    अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई जानकारी नदिइ यस किसिमको निर्णय किन गरियो भनी प्रश्न गरेको अर्थमन्त्रालय स्रोतले बतायो । शर्माले अधिकारीसँगको भेटमा लगानीकर्ताको मनोवलमा गिरावट आउने खालका कुनै पनि हस्तक्षेपकारी काम नगर्न निर्देशन दिएका छन् । लगानीकर्ताले माग गरिरहेको मार्जिन कर्जासम्बन्धी पुरानै व्यवस्थालाई निरन्तरता दिन गभर्नर अधिकारीलाई अर्थमन्त्री शर्माले भनेका छन् ।

    सेयर बजारमा जाने कर्जालाई कडाइ गर्ने यसअघिकै गभर्नरको प्रयास तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा हस्तक्षेप गर्न अनुचित रहेको भन्दै रोकेका थिए ।

    आफुलाई जानकारी नदिइ मार्जिन प्रकृतिको कर्जामा गरेको कडाइप्रति शर्मा असन्तुष्ट बनेको स्रोतको भनाइ छ । यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोष ‘आइएमएफ’ को आग्रहमा सीसीडी अनुपातलाई हटाएर सीडी अनुपात कार्यान्वयन ल्याइएको छ । मौद्रिक नीतिमार्फत सीडी अनुपात ९० प्रतिशत कायम गरिएको छ । २७ बाणिज्य बैंक मध्ये १६ वटा भन्दा बढी बाणिज्य बैंकले सीडी अनुपातभन्दा बढी कर्जा प्रावह गरिसकेका छन् । जसका कारण बजारमा तरलताको समस्या देखिएको छ ।

    यही नीतिका कारण केही बैंकहरूले यही महिनादेखि व्याजदर बढाउन थालेका छन भने आगामी दुई महिनामा अधिकांस बैंकहरूले २ प्रतिशतले ब्याजदर बढाउने तयारीमा रहेका छन् । यसले अर्थतन्त्र प्रभावित हुने भन्दै अर्थमन्त्री शर्माको ध्यानाकर्षण भएको बताएका छन् ।

    कोभिड १९ को पुनरूत्थानको समयमा कर्जाको व्याजदर बढाउनु अनुचित हुने तर्क भइरहेको समयमा नेपाल राष्ट्र बैंकले सोही नीतिलाई प्रोत्साहन दिनुलाई समेत अर्थमन्त्रीले आफूलाई राष्ट्र बैंकले असहयोग गरिरहेको रूपमा बुझेका छन् ।

  • अर्थमन्त्रीको श्वेतपत्रले देखाएको अर्थतन्त्रको चित्र वास्तविक कि अतिरञ्जित ?

    अर्थमन्त्रीको श्वेतपत्रले देखाएको अर्थतन्त्रको चित्र वास्तविक कि अतिरञ्जित ?

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको समिक्षासहितको ‘श्वेतपत्र’ प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेका छन् । उनको श्वेतपत्रमा आर्थिक वर्ष २०७४/७४ को श्वेतपत्र, आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण तथा बजेट र चालू आर्थिक वर्षको बजेटबीच तुलना गरिएको छ ।

    अघिल्लोपटक डा. युवराज खतिवडाले जस्तो आक्रमक भाषाको प्रयोग नगरे पनि अर्थमन्त्री शर्माले विगत साढे तीन वर्षमा अर्थतन्त्रको नकारात्मक तस्बिर प्रस्तुत गर्न खोजेका छन् । उनले नेपालको अर्थतन्त्रको आधार कमजोर रहेकाले लक्ष्यित वृद्धिदर हासिल गर्न सम्भव नभएको उनको प्रष्टोक्ति छ ।

    शर्माले विगतको सरकारले गरेका गल्तिलाई यो सरकारले सच्चाउने आशय श्वेतपत्रमा उल्लेख गरेका छन् । विशुद्ध अर्थतन्त्रको वर्तमान अवस्थालाई प्रतिबिम्बित गर्नेभन्दा पनि अर्थराजनीतिक दस्तावेजका रुपमा श्वेतपत्र प्रस्तुत गरिएको छ ।

    केपी शर्मा ओलीको सरकारले राष्ट्रको ऋण मात्रै बढाएर सम्झिनलायक उपलव्धि हासिल गर्न नसकेको आरोप अर्थमन्त्रीले लगाएका छन् । श्वेतपत्रको बुँदा नम्बर तीनमा सर्वोच्च अदालतको फैसलाको बुँदा नम्बर १०८ सापटी लिएर अघिल्लो सरकारले ल्याउको बजेटलाई असंवैधानिक ठहर्याइएको छ ।

    प्रतिनिधिसभा विघटन गरेर बजेट प्रस्तुत गर्नु गलत भएको दलिल उनले श्वेतपत्रमार्फत गर्न खोजेका छन् । सो कदम सच्याउन संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेर नयाँ वजेट ल्याउने अर्थमन्त्रीले बताए । विगतको सरकारका राम्रा कामलाई निरन्तरता दिने र स्रोत सुनिश्चित नभएका कार्यक्रमलाई हटाउने उनको भनाइ छ ।

    अघिल्लो सरकारले कोभिड- १९ लाई सामान्य रुघाखोकी भन्दै हल्कारुपमा लिएकाले महामारीले फैलिने मौका पाएको आरोप श्वेतपत्रमा लगाइएको छ ।

    खोप राजनीतिले पनि श्वेतपत्रमा स्थान पाएको देखिन्छ । वर्तमान सरकार निर्माण भएको एक महिनामा खोपको पहिलो डोज लगाउनेको संख्या १८ लाख ३६ हजारले बढेको तथ्याङ्कसमेत श्वेतपत्रमा उल्लेख गरिएको छ । असार मसान्तसम्ममा करिव २६ लाख ८९ हजार लाई पहिलो डोज दिइएकोमा नयाँ सरकार निर्माण भएपश्चात ४५ लाख २५ हजारलाई खोप लगाइएको दावी गरिएको छ । त्यस्तै खोपको दोस्रो डोज लगाउनेको संख्या ११ लाख १२ हजारबाट बढेर २६ लाख ६ हजार पुगेको देखाइएको छ ।

    यस्ता छन् श्वेतपत्रका आर्थिक तथ्याङ्कहरु

    उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी अपर्याप्त रहेको, उपभोग उच्च हुँदा बचत कम भइ पुँजी निर्माण हुन नसकेको, पुँजीगत खर्चको अवस्था नाजुक, विगतका सरकारले प्रचारात्मक ढङ्गले बजेट प्रस्तुत गरेका कारण बजेटको आकार बढ्दै गएको जस्ता विषयवस्तुहरु श्वेतपत्रमा समावेश गरिएको छ ।

    अर्थतन्त्रका वृहत आर्थिक सुचाङ्कहरुलाई प्रस्तुत गर्दै अर्थतन्त्रको आधार कमजोर रहेको चित्रण श्वेतपत्रमा गरिएको छ । सरकारको सञ्चिति कोष १ खर्ब ४३ अर्ब रुपैयाँले ऋणात्मक देखाइएको छ भने गत आर्थिक वर्ष बजेटमार्फत लिएको आर्थिक बृद्धिको लक्ष्य हासिल हुन कठिन रहेको बताइएको छ । अर्थमन्त्रीले सरकारी कोष १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा रहेको देखाएका छन् ।

    २०७४ सालमा केपी ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गर्दा ४८ अर्ब रुपैयाँले सञ्चित घाटामा रहेको सरकारी कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ अर्बले घाटामा रहेको तथ्य प्रस्तुत गरेका छन् ।

    श्वेतपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/७८ मा वचत हुने देखिएको ७३ अर्ब घाटा घटाउन उपयोग गर्ने हो भने पनि कोष रु १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा देखिन्छ ।’

    आर्थिक वर्ष २०७३/७४ मा ८.६ प्रतिशत, आब २०७४/७५ मा ७.४ प्रतिशत आर्थिक बृद्धिदर हासिल भए पनि विगतका दुई आर्थिक वर्षमा कोभिडका कारण आर्थिक बृद्धि लक्ष्यनुसार हुन नसकेको बताइएको छ । आ.ब २०७६/७७ मा ८.५ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य राखिएकोमा २.१ प्रतिशतले ऋणात्मक भएको र गत आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि उक्त लक्ष्य हासिल हुने अवस्था नरहेको श्वेतपत्रमा भनिएको छ ।

    यसैगरी गत आर्थिक वर्ष ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ८ खर्च २९ अर्ब रुपैयाँ मात्रै संकलन भएको तथ्याङ्क श्वेतपत्रमा प्रस्तुत गरिएको छ । विगतका आर्थिक वर्षमा भएको राजस्व संकलनसँग तुलना गर्दै नेपालको राजस्वको दिगो विकास हुन नसकेको बताइएको छ ।

    नेपालको राजस्वको प्रवृत्ति आयातमुखी रहेकाले आयात बढ्दा राजस्व बढ्ने र घट्दा घट्ने अर्थतन्त्रको पुरानै समस्यालाई अर्थमन्त्री शर्माले उल्लेख गरेका छन् ।

    आयात-निर्यात र विप्रेषण नेपालको अर्थतन्त्रको विशेषता भएकाले त्यसको प्रतिबिम्ब शोधान्तर स्थितिमार्फत देखिएको श्वेतपत्रमा उल्लेख गरिएको छ । गत वर्ष कोभिड १९ का कारण आयात कम हुँदा शोधान्तर स्थिति २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा रहेकोमा बैदेशिक व्यापार बढ्दै जाँदा आ.ब २०७७/७८ को ११ महिनासम्ममा १५ खर्ब १५ करोड रुपैयाँले घाटामा गएको बताइएको छ ।

    बैदेशिक सहायताको परिचालन र यसको उपयोगबाट प्रभावकारी नतिजा हासिल गर्न नसकिएको श्वेतपत्रमा भनिएको छ । आर्थिक वर्ष २०७३/७४ लाई आधार मानेर वैदेशिक सहायता परिचालनलाई गत आर्थिक वर्षसँग तुलना गरिएको छ ।

    वित्तीय क्षेत्रबाट प्रवाह भएको कर्जा प्रवाह कृषि, उर्जा, उद्योगलगायत प्राथमकिताप्राप्त क्षेत्रमा बढ्न नसकेको श्वेतमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरु शहरकेन्द्रीत भएको तथा वित्तीय साक्षरता बढाउन नसकेका कारण सिमित व्यक्ति मात्रै बैंकिङ पुहुँचमा पुगेको बताइएको छ । वीमा प्रमियमवापत १ खर्ब ५३ अर्ब परिचालन भएको छ ।

    सार्वजनिक संस्थाले लगानीनुसारको मुनाफा दिन नसकेको र यस्ता संस्थाहरुमा सरकारको लगानी ६ खर्ब ५४ अर्ब पुगेको श्वेतपत्रमा उल्लेख गरिएको छ । श्वेपत्रका अनुसार सरकारका संस्थानहरुमध्ये २४ वटा मुनाफा र १८ संस्थान घाटामा रहेका छन् ।

    बैदेशिक लगानीमैत्री बातावरण निर्माण गर्न नसक्दा विदेशी लगानी आउन नसकेको तथ्य श्वेतपत्रमा प्रस्तुत गरिएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा १६ अर्ब २० करोड मात्रै बैदेशिक लगानी भित्रिएको थियो । मुलुकमा १८.७ प्रतिशत जनता गरिवको रेखामुनि छन् । आर्थिक वर्ष २०७७/७८ मा ७६ अर्ब रुपैयाँ ३२ लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिइएको तथ्याङ्क छ ।

    त्यस्तै आ.ब २०७३/७४ मा ३ खर्ब ८ अर्ब अन्तर सरकारी वित्तीय हस्तान्तरण भएकोमा आ.ब २०७७/७८ को अन्त्यमा ३ खर्ब ८७ अर्ब रुपैयाँ हस्तान्तरण भएको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

    अर्थमन्त्री शर्माले श्वेतपत्रमा विगत तीन वर्षमा सरकारले सुशासन कायम गर्न नसकेको र सार्वजनिक प्रशासनका उजुरीहरु बढिरहेको तथ्य प्रस्तुत गरेका छन् ।

    आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९८ अर्ब रहेको सार्वजनिक ऋण विगत तीन आर्थिक वर्षमा २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब पुगेको तथ्याङ्क श्वेतपत्रमा उल्लेख गरिएको छ । राष्ट्रिय गौरवका आयोजना तथा रुपान्तरणकारी आयोजनामा ५८ प्रतिशत मात्रै खर्च भएको बताइएको छ ।

    चालु खर्च तिब्ररुपमा बढ्दै गए पनि पुँजीगत खर्चमा सुधार हुन नसकेको पुरानै तथ्यलाई अर्थमन्त्री शर्माले आफ्नो श्वेतपत्रमा पनि स्थान दिएका छन् । अर्थमन्त्री शर्माले कोभिड १९ को रोकथाम तथा पुनरुत्थानका लागि थप खर्च बढाउने कुरामा जोड दिएका छन् । त्यसैगरी मुद्रास्फिति बाञ्छित सिमाभित्र रहेको देखाइएको छ ।

    के भन्छन् विज्ञ ?

    अर्थविद्हरुले यस श्वेतपत्रलाई सतही विरोधाभाष र नकारात्मक चित्रण गर्ने मनशायले आएको बताएका छन् । आफु सत्तामा आउँदा अर्थतन्त्रमा समस्या देखाएर त्यसलाई समाधान गर्ने प्रयत्न गरियो भन्ने सोचका साथ श्वेतपत्र प्रस्तुत गरिएको अर्थविद् डा. डिल्लीराज खनालले बताए ।

    ‘प्रस्तुत श्वेतपत्र सतही, विरोधाभाष, नकारात्मक चित्रण र कर्मकाण्डी हिसावमा प्रस्तुत गरिएको छ,’ खनालले भने, ‘नीतिगत, संरचनागत र संस्थागत आधारभुत पक्ष खोतलेर समस्याको समाधान गर्नेभन्दा पनि पराम्परागत र प्रावधिकरुपमा प्रस्तुत गरिएको छ । यो श्वेतपत्र आर्थिक सर्वेक्षणको निरन्तरताभन्दा फरक छैन,’ डा. खनालले भने ।

    योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा पुष्पराज कँडेल पनि गठवन्धनले न्युनतम कार्यक्रम ल्याउँदा झैं नकारात्मक उद्देश्य राखेर श्वेतपत्र जारी गरेको बताउँछन् । श्वेतपत्रमा आफु अनुकुल तथ्याङ्क मात्र राख्ने प्रयास भएको उनको आरोप छ ।

    ‘नकारात्मक उद्देश्य राखेर आफु अनुकुल तथ्याङ्कको प्रयोग गरेर श्वेतपत्र ल्याउने काम भएको छ,’ उनले भने, ‘कहीँ आर्थिक वर्ष २०७४/७५ कतै २०७३/७४ र कतै २०७७/७८ का तथ्यहरु प्रस्तुत गरेर आफु अनुकुल ब्याख्या विष्लेषण गर्ने काम भएको छ ।’

    श्वेतपत्रमा धेरै नकारात्मक देखाउन जाली कुराहरु समेत समावेश गरिएको कँडेलले बताए । सरकारले काम गरेका कारण ऋण ४० प्रतिशत पुगेको उनको भनाई छ ।

    ‘राजस्वको लक्ष्यले चालु खर्च धान्न नसक्ने तथ्य श्वेतत्रमा नै उल्लेख छ । विकास निर्माणका काम गर्न ऋण लिनैपर्छ । आगामी सरकारले पनि विकास गर्न चाह्यो भने ऋण बढ्छ नै । यसमा कसैले विरोध गर्न आवश्यक छैन,’ उनले भने ।

  • सदनमा फेरि उठ्यो सांसद विकास कोषको कुरा, अर्थमन्त्री भन्छन्- जनचाहना अनुसार हुन्छ

    सदनमा फेरि उठ्यो सांसद विकास कोषको कुरा, अर्थमन्त्री भन्छन्- जनचाहना अनुसार हुन्छ

    काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले खारेज गरेको सांसद विकास कोष (सांसद पूर्वाधार साझेदारी कार्यक्रम) को निरन्तरताको लागि सदनमा आवाज उठेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गरेपछि सुझाव दिने क्रममा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले
    सांसद पूर्वाधार साझेदारी कार्यक्रमे निरन्तरता पाउँछ कि पाउँदैन ? भनी प्रश्न गरेका छन् । अर्थमन्त्रीले श्वेतपत्रमा प्रतिस्थापन विधेयक प्रस्तुत गरी नयाँ वजेट ल्याउने प्रतिबद्धतालाई सकारात्मक भन्दै केसीले नयाँ बजेटमा सांसद पूर्वाधार साझेदारी कार्यक्रमलाई पनि समेट्न आग्रह गरे ।

    ‘माननीय अर्थमन्त्रीले प्रतिस्थापन विधेयक ल्याएर आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेट ल्याउने बताउनुभएको छ । यसलाई सकारात्मकरूपमा लिन सकिन्छ । अब निर्माण हुने बजेटमा अत्यन्त लोकप्रिय कार्यक्रम सांसद पूर्वाधार साझेदारी कार्यक्रमले पनि निरन्तरता पाओस् भन्ने सुझाव राख्न चाहान्छु’, केसीले भने ।

    जवाफको क्रममा अर्थमन्त्रीले आफूले कसैप्रति आग्रह/पूर्वाग्रह नराखि वर्तमान आर्थिक अवस्था यथार्थरूपमा प्रस्तुत गरेको दावी गरे । उनले कुनै पनि तथ्यांकसमेत आफूले नबंग्याएको बताए ।

    सांसद पूर्वाधार साझेदारी कार्यक्रमको निरन्तरताको सन्दर्भमा अर्थमन्त्री शर्माले जनचाहनाबमोजिम हुने बताए ।

  • सार्वजनिक संस्थानबाट नगण्य प्रतिफल , राष्ट्रिय गौरव आयोजनामा ५८ प्रतिशतमात्र खर्च

    सार्वजनिक संस्थानबाट नगण्य प्रतिफल , राष्ट्रिय गौरव आयोजनामा ५८ प्रतिशतमात्र खर्च

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानको अवस्था कमजोर रहेको बताएका छन् । सदनमा श्वेतपत्र प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारलाई २ प्रतिशतमात्रै प्रतिफल प्राप्त हुने गरेको सार्वजनिक गरे । निजीकरण गरिएका सार्वजनिक संस्थान मार्फतबाट समेत राम्रो प्रतिफल आउन नसकेको उनको भनाइ छ ।

    मन्त्री शर्माका अनुसार राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनमा लक्षित बजेट खर्च नभएको बताए । गत वर्ष कुल बजेटको ५८ प्रतिशतमात्रै बजेट खर्च भएको उनको भनाइ छ । राष्ट्रिय गौरवका आयोजना २२ वटा र रुपान्तरकारी योजना १८ रहेको समेत अर्थमन्त्री शर्माले बताए ।

  • अर्थमन्त्रीले संसदमा श्वेतपत्र पेस गर्ने

    अर्थमन्त्रीले संसदमा श्वेतपत्र पेस गर्ने

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् ।

    मन्त्री नियुक्त भएलगत्तै शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । उनले कसैलाई दोषी करार गर्ने नभइ मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन लागेको बताएका थिए ।

    मन्त्रालयले यसलाई अन्तिमरूप दिने काम भइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । वर्तमान आर्थिक स्थितिलाई समेटेर अर्थमन्त्रीले संसदसमक्ष स्वेतपत्र प्रस्तुत गर्ने  सभामुखको सचिवालयले जनाएको छ ।

    वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च , आर्थिक वृद्धिलगायतका वर्तमान आर्थिक परिदृष्यहरूलाई श्वेतपत्रमा समेटिनेछ ।

  • अबका भौतिक संरचना अपांगमैत्री बनाइने अर्थमन्त्रीको आश्वासन

    अबका भौतिक संरचना अपांगमैत्री बनाइने अर्थमन्त्रीको आश्वासन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब बन्ने नयाँ भौतिक संरचनाहरू अपांगमैत्री हुने प्रतिबद्धता जनाएका छन् ।

    बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू निर्माण गर्दा अपांगता भएका व्यक्तिको पहुँचमा ध्यान दिने बताएका हुन् ।

    नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपांगमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, दैनिक जीवनमा चाहिने स्वास्थ्य सामाग्रीको सहज उपलब्धलगायतका माग राखेका छन् ।

  • बजेट कार्यान्वयनमा अन्योल, मौद्रिक नीतिमा अलमल

    बजेट कार्यान्वयनमा अन्योल, मौद्रिक नीतिमा अलमल

    काठमाडौं । गठबन्धन सरकारमा सहभागी दलबीच मन्त्रीको भागबण्डा नमिल्दा नेपालका मुख्य दुई आर्थिक दस्तावेज प्रभावित बनेका छन् । अघिल्लो सरकारले ल्याएको बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा सरकार नै अन्योलमा छ भने राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा ढिलाइ भएको छ ।

    अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गरेर पूरक बजेट प्रस्तुत गर्ने वा नयाँ वजेट ल्याउनेबारे अर्थमन्त्री जनार्दन शर्मा आफैं स्पष्ट छैनन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पूर्वअर्थमन्त्रीहरुसँगको छलफलमा अर्थमन्त्रीको द्विविधा स्पष्ट झल्किएको थियो ।

    सो छलफलमा पूर्वअर्थमन्त्रीहरुले प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेर पूर्णआकारको नयाँ बजेट ल्याउन सुझाव दिएका थिए । तर, अर्थमन्त्री शर्माले मन्त्रिपरिषद्ले पूर्णता नपाउँदासम्म र संसदको अंकगणित प्रष्ट नहुँदासम्म बजेटसम्बन्धी आवश्यक निर्णय लिने नसक्ने प्रतिक्रिया दिए ।

    बरु उनले अहिलेको सरकारको प्राथमिकता विकास–निर्माणभन्दा पनि कोभिड १९ रोकथाम तथा नियन्त्रण, खोप, राहत र अर्थतन्त्रको पुनरुत्थान भएको प्रष्ट्याए । उत्पादन तथा रोजगारी वृद्धि गर्ने खालका विकास परियोजना मात्रै सञ्चालन गर्ने उनले बताएका थिए ।

    अर्थमन्त्री शर्माले संसदको अंकगणितलाई मध्यनजर गरेर मात्रै नयाँ बजेटबारे निर्णय लिने भन्नुको राजनीतिक आशय छ । गठवन्धन सरकारको पक्षमा भोट दिएका माधव नेपाल पक्षका सांसदहरुले पार्टीमा एकता कायम हुँदा बजेटको पक्षमा भोट दिने ग्यारेन्टी हुन्न । अर्कोतर्फ जसपामा औपचारिक विभाजन आएकाले महन्थ ठाकुर पक्ष पनि कता उभिनछन् भन्ने अस्पष्ट नै छ । माधव नेपाल पक्ष र ठाकुर पक्षले सघाएनन् भने नयाँ बजेट पारित हुन सक्दैन । त्यसैले अर्थमन्त्रीले ‘रिस्क मोल्न’ नचाहेका हुन् ।

    सरकारले ल्याएको बजेट फेल भएमा सरकारको खर्च प्रभावित हुने भएकाले शर्मा यही बजेट संसदमा प्रस्तुत गर्ने पक्षमा छन् । नेकपा एमाले सरकारले नै अध्यादेशमार्फत ल्याएको बजेट अगाडि बढाएर जाँदा मुलुकको हितमा हुने शर्माको बुझाइ छ । आफ्नै सरकारले ल्याएको बजेटलाई संसदबाट फेल गराउन एमालेले सक्दैन ।

    उद्योगी–व्यवसायी तथा निजी क्षेत्रलाई बजेटमार्फत दिएको सहुलियतलाई अर्को बजेटमार्फत हटाउने प्रयास भएमा निजी क्षेत्रले विरोध गर्ने निश्चित छ ।

    गत साउन ३ गते अर्थमन्त्री शर्माले प्रतिधिसभामा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्रको ऋण उठाउने अध्यादेश २०७८ संसदसमक्ष प्रस्तुत गरिसकेका छन् । यद्यपि अर्थमन्त्रालयले प्रतिस्थापन विधेयक र श्वेतपत्रको तयारी भने गरिरहेको छ ।

    बजेटसम्बन्धी अध्यादेशहरु सदनमा प्रस्तुत भएकाले संसदको परामर्शनुसार अर्थमन्त्रालय अगाडि बढ्ने अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्य बताउँछन् ।

    ‘प्रतिनिधिसभाले बजेटमा आवश्यक छलफल गरेर आएका सुझावका आधारमा यही बजेट संशोधन गरेर अगाडि बढ्ने वा नयाँ बजेट प्रस्तुत गर्ने भन्ने विषय टुङ्गो लाग्छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नका लागि आवश्यक गृहकार्य भइरहेको छ ।’

    बजेटमा परिवर्तनको गुञ्जायस कम

    चालु खर्च तथा अनिवार्य दायित्वका लागि विनियोजन बजेट कार्यान्वयनमा गइसकेको छ । त्यस्तै बजेटमा व्यवस्था भएका करसम्बन्धी व्यवस्थाहरु बजेट प्रस्तुत भएकै दिनदेखि लागू भइसकेका छन् ।

    शर्माले नयाँ बजेट नै प्रस्तुत गरे पनि ९० प्रतिशत कार्यक्रमहरु परिवर्तन गर्नसक्ने अवस्था रहँदैन । राजनीतिकरुपमा आएका आयोजनाहरुलाई उनले संसोधन तथा परिमार्जन गर्ने ठाउँ भने रहन्छ । यसरी नयाँ बजेटमार्फत केही लोकप्रीय कार्यक्रम हटाए पनि प्रतिपक्षी दलको तीव्र आलोचना खेप्नुपर्ने हुन्छ ।

    उद्योगी–व्यवसायी तथा निजी क्षेत्रलाई बजेटमार्फत दिएको सहुलियतलाई अर्को बजेटमार्फत हटाउने प्रयास भएमा निजी क्षेत्रले विरोध गर्ने निश्चित छ । निर्वाचन खर्चका लागि छुट्याइएको बजेट चाहिँ खारेज भएको छ । प्रतिनिधिसभाका सांसदहरुलाई परियोजना निर्माणका लागि दिने सांसद विकास पूर्वाधार कोषको बजेट कटौती भएकाले शर्माले फेरि त्यसलाई थप गर्नसक्ने स्थिति देखिँदैन । कर्मचारीलाई वृद्धि गरिएको तलब र बृद्धाभत्ता कटौती गर्दा जनताबाट विरोध र कर्मचारीको असहयोग यो सरकारले झेल्नुपर्ने हुन्छ ।

    बजेटमा भएका चुरेदोहन, ल्यापटप खरिदमा बैंक ऋणको व्यवस्था, खोप खरिदका लागि थप बजेटको व्यवस्था र साना तथा मझौला उद्योगी व्यवसायीलाई थप राहत तथा पुनरुत्थानका कार्यक्रम, सम्भाव्यता अध्ययन तथा लागत लाभ विश्लेषण नै नगरी समावेश भएका विकास आयोजनालाई हटाएर गठबन्धन सरकारले आफ्ना कार्यक्रम समावेश गर्न सक्नेछ ।

    मौद्रिक नीति प्रभावित

    अर्थमन्त्रालयले बजेटसम्बन्धी आवश्यक निर्णय लिन नसक्दा तयारी अवस्थामा रहेको मौद्रिक नीतिसमेत प्रस्तुत हुन सकेको छैन । मौद्रिक नीति ल्याउनका लागि तीनपटकसम्म अर्थमन्त्री भेटेका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारको निर्णय पर्खन भनिएको थियो । यद्यथि अर्थमन्त्री शर्माले आफूले मौद्रिक नीति नरोकेको प्रष्टीकरण दिएका छन् ।

    केन्द्रीय बैंकले साउन ११ गते बैंक तथा वित्तीय संस्थाको आगामी आर्थिक वर्षका लागि वित्तीय विवरण तयार पार्नका लागि भन्दै एकीकृति निर्देशन २०७७ संशोधन गरेको छ । जसमा आव२०७७–७८ को वित्तीय विवरण तयार पार्दा बैक तथा वित्तीय संस्थाले समावेश गर्नुपर्ने खर्च, कर्जा प्रोभिजनिङसम्बन्धी व्यवस्था, लाभांश वितरणसम्बन्धी नीतिबारे निर्देशन जारी भएको छ ।

    अर्थमन्त्रीले शर्माले नेपाल राष्ट्र बैंकको स्वत्ततामाथि आफूले हस्तक्षेप नगरेको प्रतिकृया दिएका छन् ।

    मौद्रिक नीतिमा ढिलाइ हुँदा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्नुपर्ने कर्जा, ब्याजदर कोरिडोर, कर्जा प्रबाह गर्नुपर्ने सीमा, बजेटमा व्यवस्था भएबमोजिमका कोभिड १९ को महामारी प्रभावित उद्योगी व्यवसायीलाई दिने सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा, प्राथमिकताप्राप्त क्षेत्रमा गरिने लगानी, ब्याजदरसम्बन्धी नीतिमा अन्योल उत्पन्न हुने देखिन्छ । मौद्रिक नीति समयमा प्रस्तुत नहुँदा समग्र मुद्राप्रदाय नै प्रभावित हुने भएकाले सरकारले बजेटमामार्फत लिएका आर्थिक वृद्धि तथा मुद्रास्फीतिका लक्ष्य प्रभावित हुने भएकाले समग्र वित्तीय स्थिरता कायम गर्न कठिन हुन्छ ।

    मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको संस्थागत क्षमता तथा सुशासनसम्बन्धी आवश्यक निर्देशन दिने भएकाले यसमा ढिलाइ हुँदा बैंकिङ क्षेत्रमा अस्थिरता उत्पन्न हुन सक्छ ।

    यद्यपि अर्थमन्त्रीले शर्माले नेपाल राष्ट्र बैंकको स्वत्ततामाथि आफूले हस्तक्षेप नगरेको प्रतिकृया दिएका छन् ।

  • नयाँ बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव, प्रतिस्थापन विधेयकका लागि आग्रह

    नयाँ बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव, प्रतिस्थापन विधेयकका लागि आग्रह

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् ।

    बुधवार पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा शर्माले मन्त्रिपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यनजर गरेर मात्र नयाँ बजेट प्रस्तुत गरिने बताएका छन् । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उनले विज्ञहरूको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न गर्ने बताएका छन् । उत्पादन र रोजगारी सृजनामा सहयोग पुग्ने खालका पूर्वाधार विकासलाई अगाडि बढाइने शर्माले बताए ।

    कार्यक्रममा पूर्वअर्थमन्त्री एवं पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री डा. रामशरण महतले अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर पूर्णआकारको बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

    छलफलमा कसले के सुझाव दियो ?

    डा. रामशरण महत

    काम चलाउ सरकारले अध्यादेशबाट बजेट ल्याउनु गलत थियो । संसदको विश्वास प्राप्त सरकारले मात्र पूर्णआकारको बजेट ल्याउनुपर्छ । काम चलाउ सरकारले काम चलाउ बजेट मात्र प्रस्तुत गर्नुपर्ने हो, संसदको पुन:स्थापना हुने अवस्थामा पूर्ण आकारको बजेट ल्याउनु ठीक थिएन ।

    अध्यादेशलाई नै प्रस्तुत गर्ने काम भएको छ संसदमा, अध्यादेशमा भएका सकारात्मक कुरा समावेश गर्ने र नमिलेका कुराहरूलाई सच्याएर नयाँ बजेट ल्याउनुपर्दछ । कार्यान्वयन गर्नसक्ने बजेट ल्याउनुपर्दछ । वास्तविक बजेट ल्याउनु पर्छ, कृत्रिम बजेट प्रस्तुत गर्नुहुँदैन ।

    बजेटका लक्षहरू पूरा नहुने अवस्था आइराखेको हुन्छ । बजेटकाो आकार अनावश्यक रूपमा ठूलो बनाउने गरिएको छ । १३ अर्बभन्दा बढीको बजेट कार्यान्वयन हुन सक्दैन । १० महिनामा ८ सय अर्बजति मात्र खर्च हुने गरेको छ । साढे १६ सयको बजेट वास्तविक बजेट होइन यस्तो बजेट जिडिपीको ४० प्रतिशतको हाराहारीमा हुनपुग्यो । पुँजीगत खर्च कम हुने अवस्था जहिले पनि आउने गरेको छ । कार्यान्वयन गर्ने क्षमता कमजोर भएर यस्तो भएको हो यसलाई ध्यानमा राखेर बजेट प्रस्तुत गर्नुपर्छ । वितरणवादी बजेट बनाउनु हुँदैन । ठूलो बजेट बनाउनलाई ऋण लिने चलन छ । पहिले पहिले ८५ प्रतिशत राजश्व र वैदेशिक अनुदानको आधारमा बजेट बनाउने गरिन्थ्यो । तर, अहिले कुल बजेटको ३७ प्रतिशत ऋण लिएर बजेट बनाउने काम भयो ।

    आजभन्दा ६ वर्ष अगाडि कुल तिर्नुपर्ने ऋण जीडीपीको २५ प्रतिशत थियो तर अहिले ३८ प्रतिशत पुगिसकेको छ । प्रतिव्यक्ति ऋण भार ५२ हजार पुर्‍याइ सकिएको छ । यो ज्यादै नराम्रो स्थिति हो । जीडीपीको २ प्रतिशतसम्म मात्र आन्तरिक ऋण उठाउनुपर्दछ । हामीकहाँ जीडीपीको ६ प्रतिशत आन्तरिक ऋण पुर्‍याएर भावी पुस्तालाई अप्ठेरो पारिएको छ । कर्मचारीको संख्या घटाउनुपर्दछ । प्रशासनिक खर्च घटाउनुपर्दछ । सामाजिक सुरक्षाको कार्यक्रम सबैलाई एकैनासले हैन कि आम्दानीको स्रोत कमजोर हुनेहरुको लागि लक्षित गरेर व्यवस्था गर्नुपर्दछ ।

    प्रदेश सरकारले र स्थानीय सरकारले गर्नुपर्ने कामहरू पनि संघबाट घोषणा भएका छन् । यस्तो कुरा सच्याउनुपर्दछ । राजनैतिक हितलाई ध्यानमा राखेर बजेट बनाउने गरियो । वास्तविक खालको आकार हुनुपर्दछ । बैदेशिक ऋण बढाउनु हुँदैन । बजेटको मुख्य उद्देश्य कोभिड खोप सबै नेपालीलाई दिनुपर्दछ । नि:शुल्क खोप लगाउनुपर्दछ । स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड गर्नु पर्दछ । राहत वितरणमा निम्न वर्गलाई समेट्नुपर्दछ । रोजगारी सृजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्दछ । नेपाललाई क्लीन इनर्जी पावर हाउसका रुपमा परिणत गर्ने खालको कार्ययोजना ल्याउनुपर्दछ । हाइड्रो प्रोजेक्टहरूको निर्माण सम्पन्न गर्ने कार्यक्रम ल्याउनुपर्दछ । जलविद्युत क्षेत्रमा बैदेशिक लगानी आकर्षित गर्नुपर्दछ ।

    रोजगारी खाली पैंसा बाँड्नेमा होइन कि जनशक्तिको दक्षता बद्धि गर्नेतर्फ खर्च गर्नुपर्छ । प्राविधिक तालिमको व्यवस्था गर्नुपर्दछ । क्षमतावान बनाएर मात्र बाहिरबाट आएको जनशक्तिलाई प्रतिस्थापन गर्न सकिन्छ । औद्योगिक क्षेत्रमा उत्पादन बढाउनको लागि काम गरौं । आयस्रोत नहुनेहरुलाई बरु भत्तासहितको सीप विकास गर्नुपर्दछ ।

    आयोजना छनोट गर्दा नयाँ आयोजनामा भन्दा पूराना आयोजना सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्दछ । बिनाअध्ययनका राजनीतिक स्वार्थका नयाँ नयाँ आयोजना छनोट गर्ने चलन छ । यसलाई तोड्नुपर्दछ ।

    रेल र पानीजहाजका सपना बाँड्नेभन्दा राम्रो रोड बनाउनुपरो । रेल नै चाहिने हो भने पनि राम्रोसँग अध्ययन गरेर मात्र त्यसबारे सोच्नुपर्छ । सडक सञ्जालले धान्न नसक्नेगरी व्यापार हुनथाल्यो भने मात्र रेलको जरुरी छ । तर, अझै २० वर्षसम्म सडक सञ्जालले नै धान्नसक्छ नेपालमा । रेल भनेको निकै महङ्गो छ । गाँउ गाँउमा १२ महिना चल्ने सडक बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्दछ । आधारभूत आवश्यकता पूरा भइसकेपछि मात्र विलासिताको चरणमा प्रवेश गर्न सकिन्छ ।

    कृष्णबहादुर महरा

    अहिले पाँच दलको गठबन्धन सरकार छ । यो अवस्थालाई मध्यजनर गरेर सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनुपर्दछ । सोही आधारमा नयाँ बजेट ल्याउनुपर्दछ ।

    मेरो राय अध्यादेश बजेटलाई प्रतिस्थापन गर्नुपर्दछ भन्ने छ । नयाँ बजेट नै ल्याउनुपर्दछ । पुरक बजेट ल्याउने चर्चा पनि भइरहेको छ तर त्यसो नगरी अध्यादेशलाई प्रतिस्थापन नै गरेर नयाँ बजेट ल्याउनुपर्दछ । कोभिड महामारीलाई कुशलतापूर्वक नियन्त्रण गरेर अर्थतन्त्रलाई चलाायमाान बनाउने खालको बजेट बनाउनुपर्दछ । कोभिड भन्याछ, राजश्वका स्रोतहरु बन्द गर्‍याछ । यसरी हुँदैन । आर्थिक क्रियाकलाप संचालन हुने वातावरण बनाउनमा प्राथमिकता दिनुपर्दछ ।
    बजेट कार्यान्वय प्रक्रियामा सुधार ल्याउनुपर्दछ । बजेट कार्यान्वयनमा ढिलाइ हुने काम रोकिएन । पुँजीगत खर्च बढाउन सकिएन । समयमा काम हुँदैन । जेठ असार तिर काम गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्‍यो । बजेट कार्यान्वयन हुने खालको केही नयाँ कार्यक्रमहरु पनि ल्याउनुपर्‍यो । श्रम हामीसँग छ । स्रोत साधन हामीसँग छ । आन्तरिक स्रोतको कमी छैन । यसलाई उपयोग गर्नुपर्‍यो । मुलुकमा समृद्धिको चाहनालाई पूरा गर्ने हो भने आन्तरिक स्रोत साधनको उपयोग गर्ने खालको बजेट कार्यक्रम ल्याउनुपर्दछ ।

    वित्तीय हस्तान्तरण म अर्थमन्त्री हुँदा शुरू भएको हो । नियमनको प्रभावकारी मापदण्ड बनाएर वित्तीय हस्तान्तरण गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । सबै प्रदेशका अर्थमन्त्रीहरूसँग निरन्तर छलफल गरी उनीहरुलाई सक्रिय तुल्याउनुपर्दछ । वित्तीय अराजकता आउन नदिनेतर्फ पनि ध्यान दिनुपर्दछ । ठूला आयोजना मात्र संघीय सरकारले संचालन गर्ने तर अन्य ससाना आयोजनाहरु प्रदेश र स्थानीय तहहरुलाई नै गर्न दिनुपर्दछ । यसरी मात्र संघीयताको राम्रोसँग कार्यान्वयन हुनसक्छ ।

  • बजेटका कतिपय कार्यक्रम कार्यान्वयनमा बाध्य नभएको जनप्रतिनिधिका संगठनको भनाइ

    बजेटका कतिपय कार्यक्रम कार्यान्वयनमा बाध्य नभएको जनप्रतिनिधिका संगठनको भनाइ

    काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले नवनियुक्त अर्थमन्त्रि जनार्दन शर्मालाई भेटेर स्थानीय सरकारका समस्या समाधानको लागि लिखित अनुरोध गरेको छ ।

    गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठसहितको टोलीले अर्थमन्त्रीलाई भेटेको हो । उक्त टोलीले गत आर्थिक वर्षमा केन्द्र र प्रदेश सरकारबाट प्राप्त रकमबाट ठेक्का लागेको तर लकडाउनको कारण सम्पन्न हुन नसकेका आयोजनाहरूको निश्चित मापदण्ड बनाएर म्याद थपको व्यवस्था मिलाइ यस वर्ष भुक्तानी दिन मिल्ने गरी स्रोत सुनिश्चित गर्न माग गरिएको छ ।

    दुवै महासंघले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटमा वित्तीय समानीकरण अनुदानमा वृद्धि नभएको र बजेट वक्तव्यका केही प्रावधानले स्थानीय सरकारलाई थप दायित्व सिर्जना हुने भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

    यस बजेटमा बजेट बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धिलगायत लोकप्रिय तथा बजेटबिनाका कार्यक्रम घोषणा गरिएकोले यसले स्थानीय तहमा ठूलो वित्तीय दायित्व बढ्न जाने भन्दै त्यस्ता कार्यक्रमको दायित्व ससर्त वा समानीकरण अनुदानमा थप गरी पठाउन सरकारसँग अनुरोध गरिएको छ ।

    ‘संघीयतामा तहगत सरकारले बजेटमार्फत घोषणा गरेका कार्यक्रमको आर्थिक दायित्व पनि स्वयम् कार्यक्रम घोषणा गर्ने सरकारको नै हुने भएकोले समानीकरण अनुदानमा अत्यधिक आर्थिक दायित्व पर्ने यस प्रकारका कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिका/नगरपालिकाहरू बाध्य नहुने व्यहोरा समेत अवगत गराँदछौं ‘, दुवै महासंघको अनुरोध पत्रमा उल्लेख छ ।

  • नयाँ अर्थमन्त्रीसामू चुनौतीका चाङः बजेट कार्यान्वयनदेखि, आर्थिक पुनरुत्थानसम्म

    नयाँ अर्थमन्त्रीसामू चुनौतीका चाङः बजेट कार्यान्वयनदेखि, आर्थिक पुनरुत्थानसम्म

    काठमाडौं । विगतमा ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको जस लिएर चर्चा कमाएमा माओवादी नेता जनार्दन शर्माले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । अघिल्ला अर्थमन्त्रीजस्तै उनी पनि अर्थशास्त्रका विज्ञ भने होइनन् ।

    पाँच दलीय गठबन्धनको सरकारमा प्रधानमन्त्रीलगत्तै अर्थमन्त्री नियुक्त भएका शर्मासँग गम्भीर चुनौतीसँगै राम्रो काम गर्ने सुन्दर अवसर पनि छन् । सामान्यत: सरकारको नेतृत्व गरेको दलले नै राख्ने गरेको अर्थ मन्त्रालयको जिम्मा फरक दललाई दिएसँगै राजनीतिक वृत्तमा अनेकखाले चर्चा पनि भएको छ ।

    वर्तमान सरकारले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका तर्फबाट पूर्वअर्थमन्त्री विष्णु पौडेलले यो आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति अपनत्व ग्रहण नगरिरहेका बेला अर्थमन्त्री शर्मालाई बजेट कार्यान्वयन गराउन पक्कै चुनौती छ ।

    विगतमा गृह र शान्तिमन्त्री हुँदा क्यान्टोनमेन्टको रकम हिनामिनासँगै अनेक आरोप खेपेका नवनियुक्त अर्थमन्त्री शर्मालाई अहिलेको कोरोना महामाहारीबीच व्यापार घाटा घटाउनु, वैदेशिक ऋण घटाउनु र बजेट कार्यान्वयन गराउनु मुख्य चुनौतीका विषय हुन् ।

    अर्थतन्त्रको विज्ञता नभएकाले सुरुमा त शर्मालाई आधारभूत कुराहरु बुझ्न नै केही समय लाग्नेछ । त्यसपछि पनि धेरै नीतिगत निर्णयहरमा उनी मन्त्रालयका उच्चपदस्थ कर्मचारीमै भर पर्नुपर्ने हुन्छ । विगतमा लोडसेडिङ हटाएर कमाएको जसलाई निरन्तरता दिन उनले केही लोकप्रियतामुखी निर्णयहरु भने गर्न सक्छन् ।

    बजेट संशोधन कि नयाँ ल्याउने नै अन्योल

    पूर्वअर्थमन्त्री पौडेलले ल्याएको बजेट संशोधन गरेर कार्यान्वयन गर्ने कि नयाँ बजेट ल्याउने ? भन्नेमा अन्योल छ । संशोधन गरे पनि वा नयाँ बजेट ल्याए पनि अघिल्लो सरकारले वितरणमुखी बजेट ल्याएको भनेर विरोध गरेको गठबन्धनको सरकारका तर्फबाट एकीकृत कार्यक्रमसहितको बजेट ल्याउनुपर्ने चुनौती उनको काँधमा छ ।

    बजेटमार्फत व्यवस्था गरिएका बृद्धभत्ता एवम् कर्मचारीको तलवभत्ता वृद्धि, अर्थतन्त्रको उत्थानका लागि उद्योगी व्यवसायीलाई दिएको सहुलियत, बिजुलीको डिमाण्ड शुल्कमा दिइएको छुट र करलगायत क्षेत्रमा दिइएको छुट तथा सहुलियतलाई कटौती गर्ने आँट शर्मामा छैन ।

    आमनागरिक, र कर्मचारी र व्यवसायीलाई उपेक्षा गरेर अघि बढ्दा सरकारको लोकप्रियता घट्ने सम्भावना हुने भएकाले त्यस्ता सहुलियतका कार्यक्रमलाई शर्माले निरन्तरता दिने निश्चितप्रायः छ । उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका कुनै पनि कार्यक्रमका लागि व्यवसायीलाई दिइएको छुट तथा सुविधा घटाउने सामथ्र्य अर्थमन्त्री शर्मासँग छैन ।

    त्यस्तै, चालु खर्च तथा सञ्चालनमा रहेका परियोजनाकोका लागि बहन गर्नुपर्ने अनिवार्य दायित्व घटाउन नसक्ने भएकाले सरकारले ल्याउने नयाँ बजेटमा प्रस्तुत ‘फिस्कल स्पेस’ नभएको जानकारहरु बताउँछन् ।

    अर्थविद् डिल्लीराज खनाल सरकारसँग नयाँ बजेट ल्याउनसक्ने आधार भए पनि वजेटका नीति तथा कार्यक्रममा ठूलो परिवर्तन गर्नसक्ने ठाउँ नरहेको बताउँछन् । ‘यो सरकारले नयाँ बजेट ल्याउन चाहेको देखिन्छ । तर बजेटमा परिवर्तन गर्न सक्नेगरीका ‘फिस्कल स्पेस’ साँघुरो छ’, उनले भने ।

    बरु अर्थमन्त्रीसँग राहत तथा पुनरुत्थानका लागि बजेट बढाउन सक्ने अवस्था रहेको डा. खनालको भनाइ छ । सरकारले नयाँ बजेट प्रस्तुत गर्दा अहिलेको सिलिङ १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको ल्याउनसमेत कठिन हुने उनको बुझाइ छ ।

    कोरोना नियन्त्रण तथा व्यवस्थापन चुनौतीपूर्ण

    सरकारसामु कोरोनाका कारण जर्जर भएको अर्थतन्त्र पुनरउत्थान गर्नुपर्ने चुनौती त छँदै छ, कोरोना नियन्त्रण एवम् व्यवस्थापन गनुपर्ने जिम्मेवारी पनि छ ।

    अहिले कोरोनाविरुद्धको खोपलगायत स्वास्थ्य सामग्री खरिद गर्नु नै ठूलो चुनौतीको विषय हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा गोविन्द पोखरेल अहिलेको सरकार कोभिडका लागि खोपको प्रबन्ध र जनताको जीवनरक्षामा केन्द्रित हुनुपर्ने बताउँछन् । ‘सरकारको मुख्य प्राथमिकता कोरोनाविरुद्धको खोप खरिद गरी जनताको जीवनरक्षा र कोरोनाका कारण प्रभावित अर्थतन्त्र पुनरउत्थान तथा राहत दिनु नै अहिलेका अर्थमन्त्रीको मुख्य चुनौती हो’, पोखरेलले भने ।

    प्रधानमन्त्री शेरबाहादुर देउवाले याे आर्थिक वर्षको चैत महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेका छन् भने अर्थमन्त्री शर्माले खोप खरिदका लागि अघिल्लो आर्थिक वर्षको बजेटमार्फत नै ५ अर्ब निकासाका लागि समहतिमा हस्ताक्षर गरेका छन् । तर चैतसम्म सम्पूर्ण नेपालीलाई खोप लगाउन सहज भने छैन ।

    कोरोनाको नयाँनयाँ भेरियन्ट आइरहेको र खोपकै लागि विश्वमा ठूला चलखेल भइरहेका बेला विदेशबाट खोप किनेर सबै नेपालीलाई लगाउने कुरा असम्भवप्रायः नै छ ।

    उद्योग-व्यवसाय उकास्न कठिन, बेरोजगारी समस्या चुनौतीपूर्ण

    कोरोनाकै पछिल्लो समय धेरै उद्योग व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । उद्योग व्यवसाय सञ्चालनमा नआउँदा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । रोजगारी गुम्दा गरिबी बढेको छ । जनताको खर्च गर्नसक्ने क्षमतामा ह्रास आएको छ ।

    नयाँ अर्थमन्त्रीकासामू कोरोनाका कारण कमजोर भएको उद्योग व्यवसाय उकास्नु, रोजगारी सिर्जना गर्नु र गरिबी घटाउनु ठूलो चुनौती भएको बताउँछन्, अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल । ‘विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनुसार नेपालको गरिबी करिब ३६ प्रतिशतको हाराहारीमा देखिन्छ । यो मात्रा घटाउनु सरकारको मुख्य चुनौती हो ।’

    अर्थमन्त्रीसामु बढ्दो वैदेशिक तथा आन्तरिक ऋण पनि ठूलो चुनौतिको विषय भएको उनको भनाइ छ । ‘बढ्दो वैदेशिक तथा आन्तरिक ऋणको व्यवस्थापनमा सरकारको अग्निपरीक्षा हुने देखिन्छ’ उनी भन्छन्, ‘ओली सरकारको साँढे ३ वर्षमा ऋण ४० प्रतिशत पुगेको छ । एकातिर कोभिड १९ को महामारी अर्कोतर्फ ऋणको भार, त्यसैले वर्तमान अर्थमन्त्रीलाई सहज छैन ।’

    सबैको चित्त बुझाउनुपर्ने बाध्यता

    यो सरकार संविधानको धारा ५ अनुसार प्रत्येक सांसदको स्वतन्त्र मतबाट निर्माण हुने गरी सर्वोच्च अदालतले व्याख्या गरिदिएकाले अर्थमन्त्रीले सबैको चित्त वुझाउने दबाब बढेको प्याकुरेलको भनाइ छ । अर्थमन्त्री सांसदको चित्त बुझउनतिर नलागी र उद्योगी व्यवसायीको स्वार्थ चिरेर अघि बढ्न सके अर्थतन्त्रमा सकरात्मक संकेत देखिने उनको बुझाइ छ ।

    व्यापारघाटा घटाउनुपर्ने चुनौती

    पछिल्लो समय व्यापारघाटा तीव्ररुपमा बढिरहेको छ भने भुक्तानी सन्तुलन घटिरहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनुसार शोधान्तरस्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको देखाइएको छ भने मुद्रास्फिती ४.१९ प्रतिशतले बढेको छ ।

    आन्तरिक रोजगारी सिर्जना गर्न नसक्दा बेरोजगारी तिब्ररुपमा बढिरहेको छ । रेमिट्यान्स करिब १२ प्रतिशतले बढे पनि बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको छ । अन्तर्राष्ट्रिय यात्राका लागि कोरोनाविरुद्धको खोपलाई अनिवार्य शर्त बनाइएकाले सरकार जनतालाई खोप दिन असफल भएमा वैदेशिक रोजगारी प्रभावित हुने निश्चित छ ।

    केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदननुसार विदेशी मुद्राको सञ्चितिसमेत घट्न सुरु भएको छ । यसले सरकारको वस्तु आयातमा समस्या थप हुन सक्ने भएकाले अर्थमन्त्रीले यसतर्फ पनि पर्याप्त ध्यान दिन आवश्यक भएको अर्थविद्हरु बताउँछन् ।

    बजेट खर्चमा सुधार गर्नुपर्ने

    आर्थिक वर्ष २०७७/७८ मा पनि विनियोजित बजेट खर्च गर्न सरकार असफल छ । उक्त आर्थिक वर्षमा विनियोजित बजेटको ७० प्रतिशत पुँजीगत खर्च भएको छैन ।

    त्यस्तै सरकारले बजेटमा व्यवस्था गरेबमोजिमको राजस्व पनि संकलन गर्न सकेको छैन । बजेट विनियोजन गर्ने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्नपर्ने जिम्मेवारी पनि नयाँ अर्थमन्त्रीमा थपिएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताइए पनि कोभिड १९ को दोस्रो लहरका कारण लक्ष्य भेट्टाउन कठिन भएको देखिन्छ ।

    यसैगरी अर्थमन्त्रीसामू नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिलाई रोकेर आफ्नो वित्तीय नीतिअनुसार समायोजन गर्नुपर्ने चुनौती छ । मौद्रिक नीति र सरकारको वित्तीय नीतिबीच सन्तुलन कायम गर्न नसकेमा वित्तीय अराजकता आउने खतरा हुन्छ ।

  • बहिर्गमित जनमुक्ति सेनाले भेटे अर्थमन्त्री

    बहिर्गमित जनमुक्ति सेनाले भेटे अर्थमन्त्री

    काठमाडौं । बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर सरकारले गर्न सक्ने र गर्नुपर्ने सहयोगबारे छलफल गरेका छन्।

    संगठनका अध्यक्ष रमेश बसेलका अनुसार ओली सरकारले शुरु गरेको ‘लोकतन्त्रका योद्धा’ सम्मान कार्यक्रम, बजेटमा उल्लेखित जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ताका परिवारलगायतको अभिलेख र स्वरोजगार बन्न प्रेरित गरिनेको निरन्तरताबारे भेटमा छलफल भएको छ ।

    पहिलो भेटमा यी विषयमाथिको छलफल नटुंगिएको भन्दै बसेलले यस विषयमा छिट्टै अर्को वृहत छलफल हुने जानकारी दिए ।

  • कर्मचारीलाई धन्यवाद दिँदै बिदा भए विष्णु (तस्बिरहरू)

    कर्मचारीलाई धन्यवाद दिँदै बिदा भए विष्णु (तस्बिरहरू)

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताएका छन् ।

    पौडेलले आफूलाई जस्तै नयाँ आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

  • सरकारले दिएका सुविधा उपयोग गर्न पर्यटन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    सरकारले दिएका सुविधा उपयोग गर्न पर्यटन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

    होटल संघ नेपालको सुझावपत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरू सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका छन् ।

    बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपल्बध गराइने उल्लेख गरिएको जानकारी गराउँदै उनले कोभिड-१९ का बेला यो भन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको बताए ।

    पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रमहरू कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीलाई आग्रह गरेका छन् ।

    आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने, कोभिड -१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नु पर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिइ स्वत: नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ ।

    यस्तै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड-१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार रकम उपलब्‍ध गराउने लगायत उल्लेख गरिएको छ ।

    होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामूलक उद्योगमा राख्नु ठूलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएको सुझावहरु बजेटमा सम्बोधन भएकोमा धन्यवाद दिएकी छिन् ।

    होटल संघ नेपालले २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नु पर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनु पर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनु पर्ने लगायतका सुझाव दिएको छ ।

  • धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर अर्थमन्त्रीले भने- बजारमा नकारात्मक हस्तक्षेप नहोस्

    धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर अर्थमन्त्रीले भने- बजारमा नकारात्मक हस्तक्षेप नहोस्

    काठमाडौं । हालै धितोपत्र बोर्डले बजारमा चलखेर गरेको भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशित गरेको विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चासो राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भेटेर उनले बजारमा सकारात्मक हस्तक्षेप गर्न निर्देशन दिए ।

    अर्थमन्त्रीले लगानीकर्तालाई सचेत गर्दै बजारलाई ‘पेनिक’ हुनबाट बचाउन निर्देशन दिएको स्रोतले जानकारी दियो । सेयर बजारमा लगानीकर्ताहरु छिटो आत्तिने भएकाले त्यसमा ध्यान दिन उनले बोर्डका अध्यक्षलाई आग्रह गरेका थिए ।

    धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले ५१ कम्पनीको सूची प्रकाशन गर्नुपर्ने कारणबारे अर्थमन्त्री पौडेललाई ब्रिफ गरेका थिए । उनले दोस्रो बजारमा कारोबार भइरहेका सम्पूर्ण कम्पनीको सुचकसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न तयारी गरिरहेको समेत जानकारी गराए ।

    अध्यक्ष ढुंगानाले आफुले लगानीकर्ताको हितका लागि ५१ कम्पनीको सूची प्रकाशन गरेको भन्दै आफूलाई बदमान गर्ने गरी वदनियत ढङ्गले प्रचार प्रसार गरिएको अर्थमन्त्री समक्ष गुनासो गरेका थिए ।

    ढुंगानाले नेपाल प्रेससँग कुराकानी गर्दै ५१ कम्पनीको सूची प्रकाशन गर्नुको कारणबारे अर्थमन्त्रीलाई ब्रिफ गरेको बताएका छन् ।

    ‘लगानीकर्ताको हितका लागि कम्पनीहरुको सूची प्रकाशन गरेको भएपनि त्यसलाई नकारात्मक ढङ्गबाट प्रचारप्रसार गर्न खोजिएको भन्ने कुरा अर्थमन्त्रीसमक्ष राखेको हो,’ उनले भने ।

    अर्थमन्त्री पौडेल सेयर बजारमा हस्तक्षेप गर्न नहुने पक्षमा छन् । लगानीकर्ता अर्थमन्त्री पौडेलप्रति सकारात्मक रहेकाले उनीहरुलाई असर गर्ने खालका कुनै पनि गतिविधिहरू गर्ने पक्षमा छैनन् ।

  • बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहल लिन्छ : अर्थमन्त्री पौडेल

    बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहल लिन्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताए ।

    नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुनेमा आशंका नगर्न अनुरोध गरे ।

    उनले भने, ‘बजेटको कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडि बढ्छ । एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन । यी दुवै एकैसाथ बढाउनुपर्ने विषय हुन् । सरकारलाई निरन्तरतामा बुझ्नुपर्छ । वर्तमान सरकार बजेट कार्यान्वयनका निम्ति संकल्पवद्ध छ र यो बजेट कार्यान्वयन हुन्छ भन्ने मान्यतामा विश्वास गर्दछ । र त्यस हिसाबले पहलकदमी लिने कुरामा विश्वास गर्दछ ।’

    अर्थमन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै चुरे क्षेत्रमा कुनैपनि प्रकारका उत्खनन् नहुने बताए । चुरे क्षेत्रबाट एक डोको माटो पनि नझिकिने प्रष्ट्याउँदै उनले भने, ‘चुरे संरक्षण नेपाल र नेपालीको सुन्दर भविष्यका निम्ति चुरेको संरक्षण सर्वाधिक महत्वपूर्ण विषय हो । चुरे क्षेत्रमा हामीले कुनैपनि प्रकारले उत्खनन्का कामहरु नगर्ने, माटो, ढुंगा, गिट्टी, बालुवा, कुनैपनि चिजहरु उत्खनन् नगर्ने, चुरे क्षेत्रको सम्पूर्ण रुपमा संरक्षण गर्ने दृष्टिकोण अघि सारिएको छ । चुरे, शिवालिक, भावर क्षेत्रबाट, नदी क्षेत्रबाट हामी एक डोको माटो वा एक डोको गिट्टी वा बालुवा पनि हामी उठाउँदैनौँ ।’

    कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमहरुले मौद्रिक नीति र मौद्रिक व्यवस्थापनलाई असर पार्ने बताउँदै त्यसले चुनौती सिर्जना गर्ने बताए । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका निम्ति विभिन्न स्टेक होल्डरहरुसँग छलफल प्रारम्भ गरिसकेको बताउँदै राष्ट्र बैंकले पनि वित्तिय क्षेत्रले गर्ने काम प्रभावकारी बनाएर लाने सन्दर्भमा टास्क फोर्स गठन गरेर काम शुरू गरिसकेको गभर्नर अधिकारीको भनाइ थियो ।

    पूर्वअर्थसचिव शान्तराज सुवेदीले आगामी आवको स्रोत व्यवस्थापनमा चुनौती रहेको औंल्याए । वैदेशिक सहायता परिचालनमा गाह्रो हुनेतर्फ लक्षित गर्दै सुवेदीले आयोजना कार्यान्वयनको समस्या तथा सुशासनको पनि चुनौती हुनसक्ने भएकाले यसलाई बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेट कार्यान्वयनको अवस्थाको मासिक रूपमा समीक्षा गर्न र आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्न सरकार र निजी क्षेत्र सम्मिलित समिति बनाउनुपर्ने बताए । ठुला पूर्वाधार निर्माणमा नीजि क्षेत्र आकर्षित हुनेगरी बजेट वक्तव्य आएको भन्दै उनले स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा जोड दिए ।

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बास्तविक रूपमा बजेट कार्यान्वयन भए, नभएको नियमन हुनुपर्ने बताए । कोरोनाविरुद्धको खोप नलगाएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै मल्लले अर्थतन्त्र चलायमान गराउनको निम्ति सबैलाई खोप उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कमर्सियल बैंकको तरलता मेन्टेन गर्न सकेमा बजेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राखे ।

    अध्यक्ष गोल्छाले अर्थतन्त्रलाई चलायमान बनाउनको निम्ति कोभिड १९ विरुद्धको खोपको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

  • निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

    निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

    काठमाडौं । सरकारले संसद विघटन गरी कात्तिक २८ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि कति रकम छुट्याइँदै छ भन्ने कौतुहल थियो । तर, बजेटमा चुनावी बजेटको अंक आएन ।

    अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको’ उल्लेख भए पनि अंक तोकिएको छैन । यसलाई लिएर कतिपयले सरकार आफैं चुनाव हुनेमा विश्वस्त नभएकाले चुनावका लागि बजेट नतोकेको आशंका समेत गरेका छन् ।

    अर्थमन्त्री पौडेलले मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव खर्चको विषयमा जवाफ दिएका छन् । यद्यपि, उनको जवाफ टालटुले थियो । उनले सरकार निर्माणका सबै सम्भावना सकिएपछि संसद विघटन भएको भन्दै नयाँ निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

    ‘निर्वाचन स्वतन्त्र र निष्पक्ष गर्न सरकारको ध्यान छ,’ उनले भने, ‘त्यसमा हाम्रो सबै सामर्थ्य परिचालन गर्छौं । निर्वाचन लोकतन्त्रको प्राण हो । निर्वाचनका निम्ति हामीले आवश्यक बजेट छुट्याएका छौं ।’

    अर्थसचिव शिशिर ढुंगानाले पनि चुनावका लागि अर्थमन्त्रालय बजेटको व्यवस्थापन गर्न सक्षम रहेको बताए ।
    उनले भने, ‘सरकारले चुनाव घोषणा गरिसकेपछि त्यसका लागि आवश्यक रकमको कमी हुन दिँदैनौं ।’

    यसअघि गत पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा चालु खर्च कटौति गर्दै निर्वाचन खर्चको व्यवस्था गर्ने बजेटको अर्धवार्षिक समीक्षामा बताइएको थियो । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटन गरेपश्चात निर्वाचन आयोगले माग गरेको बजेट खर्च सरेण्डर भएको थियो ।

    आयोगले खर्च गरेको बाहेकको रकम निर्वाचन आयोगलाई निकासा गरिएको थिएन ।

  • पूर्णबजेटको विकल्प थिएन, कार्यान्वयन गरेर देखाउँछौं : अर्थमन्त्री

    पूर्णबजेटको विकल्प थिएन, कार्यान्वयन गरेर देखाउँछौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।

    बजेटको कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने, ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौं ।’

    उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।

    ‘योभन्दा अर्को वैधानिक विकल्प थिएन । यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन मिल्दैनथ्यो,’ उनले भने ।

    सरकारले महामारीलाई ध्यानमा राखेर नै बजेटमा कर छुटको व्यवस्था तथा राहातको कार्यक्रम प्रस्तुत गरेको अर्थमन्त्रीको भनाइ थियो । ‘ मतदातालाई रिझाउन नभई सरकारले जनता तथा राष्ट्रको जिम्मेवारी पूरा गर्नका लागि बजेट ल्याएको हो’, पौडेलले भने ।

    सरकारले जनताको जीवनरक्षा गर्ने हिसावले बजेट प्रस्तुत गरेको उनको भनाइ थियो ।

  • सरकारले दियो करदातालाई राहत, कसलाई कति छुट ?

    सरकारले दियो करदातालाई राहत, कसलाई कति छुट ?

    काठमाडौं । सरकारले वार्षिक बजेटमार्फत आयकरका दायरा तथा दरमा हेरफेर गरेको छ । करदातालाई उनीहरुको आयस्तरका आधारमा छुटको घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

    अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्दै आयकरमा राहत दिएका हुन् । अर्थमन्त्रीका अनुसार अब वार्षिक २० लाखसम्म कारोबार भएका करदाताले ९० प्रतिशत कर छुट पाउने छन् । यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार गर्नेले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने भएका छन् ।

    कोभिड-१९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, टेकिङ यातायात हवाइ चलचित्र र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने भएको छ । ती व्यवसायको नोक्सानी सार्न सक्ने अवधि पनि बढाएर १० वर्ष पुर्‍याएको छ ।

    कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेसन ऐन २०१४ अनुसार आव ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले ०७८ असोज मसान्तभित्र नवीकरण शुल्क र जरिवानाको १० प्रतिशत बुझाएमा बाँकी शुल्क तथा जरिवाना छुट दिइने छ ।

  • अर्थ मन्त्रालयमा रातिसम्म चटारो, यस्तो छ कोर टिम

    अर्थ मन्त्रालयमा रातिसम्म चटारो, यस्तो छ कोर टिम

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण प्रक्रिया अहिले उत्कर्षमा पुगेको छ । बजेट प्रस्तुत हुन ३ दिनमात्र बाँकी छँदा अर्थमन्त्रालयका अधिकारीहरू चरम व्यस्तता र दबाबमा छन् ।

    प्रतिनिधिसभा विघटन गरिएकाले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको कार्यालयबाट बजेट भाषण गर्ने तयारी गरेका छन् । बजेट निर्माणमा सक्रिय नेतृत्व गरिरहेका अर्थमन्त्री पौडेल संसदमा बजेट प्रस्तुत गर्न नपाउँदा भने खिन्न बनेको स्रोतको भनाइ छ ।

    संसदमा बजेट प्रस्तुत गर्न नपाउने थोरै अर्थमन्त्रीको सूचीमा उनी पनि परेका छन् । यसअघी नेपाली कांग्रेसका अर्थराज्यमन्त्री महेश आचार्य र रामशरण महत, एमालेका सुरेन्द्र पाण्डे, भरतमहोन अधिकारी, माओवादीका वर्षमान पुनले संसदमा बजेट पेस गर्न पाएका थिएनन् । पछिल्लो करिब ३० वर्षीय संसदीय इतिहासमा ९ पटकभन्दा बढी बजेट अध्यादेशमार्फत प्रस्तुत गरिएको छ । वर्तमान संविधान जारी भएपछि भने यो पहिलोपटक हो ।

    बजेट निर्माण अन्तिम चरणमा

    गत फागुनमा राष्ट्रिय योजना आयोगले सिलिङ पठाएसँगै बजेट निर्माणको काम अर्थमन्त्रालले थालेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय संघ तथा प्रदेशमा बाँडफाँड हुने सशर्त, समपुरक, विशेष अनुदानको सूत्र पठाएको थियो भने सरकारको आन्तरिक राजस्व कार्यालय तथा भन्सार कार्यालयले राजस्व र करका दर तथा दायराबारे अर्थमन्त्रालयलाई सुझाव प्रस्तुत गरेका थिए । पूर्वसचिव महेश दाहालको नेतृत्वमा रहेको राजश्व परामर्श विकास समितिले बजेटमा राजस्वका नयाँ संभावित स्रोतका बारेमा प्रतिवेदन बुझाइसकेको छ ।

    त्यसैगरी विषयगत मन्त्रालयहरूले राष्ट्रिय योजना आयोगको सिलिङभित्र रहेर बजेट माग गरी अर्थमन्त्रालयसँग छलफल समेत सम्पन्न गरिसकेका थिए । त्यस्तै प्रदेशका मुख्यमन्त्रीहरूसँग अन्तरवित्त परिषदमा बजेट सम्बन्धी छलफल गराई आवश्यक सुझावहरू बजेटमा समावेस गर्ने काम सम्पन्न भइसकेका छन् ।

    मन्त्रीस्तरीय निर्णयमा हस्ताक्षर गर्दै अर्थमन्त्री पौडेल ।

    पूर्वअर्थमन्त्री, पूर्वमुख्यसचिव, पूर्वअर्थसचिव तथा अर्थशास्त्रीहरू, विभिन्न पेशागत संघ-संगठन, दातृ निकायहरू छलफल गरी बजेटको मस्यौदा अन्तिम अवस्थामा पुगेको हो । त्यस्तै राष्ट्रिय योजना आयोगको १५ औं योजना, दीगो विकासका लक्ष्यहरू, सरकारका प्राथमिकतालाई बजेटमा समावेश गरिएको अर्थमन्त्रालयले बताएको छ । मध्यकालीन खर्च संरचना र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन २०७६ का अधिनमा रहेर बजेट निर्माण गरिएको मन्त्रालयको दावी छ ।

    अर्थमन्त्रालयले तयार पार्ने आर्थिक सर्वेक्षण, नीति तथा कार्यक्रम, बजेट वक्तव्य, रातो पुस्तिका अर्थात् आयव्ययको विवरण, पहिलो पुस्तिका अर्थात सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, सेतो पुस्तिका, वैदेशिक सहायता सम्वन्धी आयोजनाहरूको स्रोतपुस्तिका लगायत एक दर्जनभन्दा बढी पुस्तिकाहरू तयार भइसकेका छन् ।

    अर्थमन्त्रीको चटारो

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणमा राजनीतिक नेतृत्व गरिरहेका छन् । अर्थतन्त्रका ज्ञाता नभए पनि बजेटको आकार, प्राथमिकता र केही महत्वपूर्ण कार्यक्रमहरूमा उनको चासो रहेको स्रोतले बतायो । अर्थमन्त्रीका रूपमा यो उनको दोस्रो बजेट हो ।

    कोभिड-१९ को आवश्यक सतर्कता अपनाउदै अर्थमन्त्रालयले विगत १ महिनादेखि बजेट निर्माणको गृहकार्य तीव्र पारेको छ । अर्थमन्त्रीसहित बजेट निर्माणको कोर टिम र अर्थमन्त्रालयका कर्मचारीहरू शनिबार पनि कार्यालय आइरहेका छन् । उनीहरू बिहान ८ बजेदेखी बेलुकी ६ बजेसम्म मन्त्रालयमा व्यस्त हुन्छन् ।

    अर्थमन्त्री पौडेलले राजनीतिक भेटघाटलाई कम गरी बढी समय बजेटको तयारीमा लगाइरहेको अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले बताए । ‘वैशाखदेखि नै उहाँ बिहान ८ बजे अर्थमन्त्रालय आउने राति अबेर निस्कने गर्नुभएको छ,’ उनले भने ।

    स्वास्थ्य समग्री आयात तथा अक्सिजन प्लान्ट निर्माणका लागि स्रोत व्यवस्थापन गर्न र अन्य अतिवाश्यक काम लागि अर्थमन्त्रीले केही समय छुट्याउने गरेका छन् । विकास तथा आयोजनाका काम बजेट अभावमा नरोकियोस् भन्नेमा पनि अर्थमन्त्रीको चासो रहेको छ । उनले मेलम्ची आयोजनाको काम अगाडि बढाउन, गरिबहरूको परिचयपत्र वितरण र ३९५ स्थानीय तहमा अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड बजेट निकासाका लागि सहमति दिएका थिए ।

    अर्थमन्त्रीले बजेटमा कोभिडको रोकथाम र आर्थिक पुनरउत्थानको प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

    यस्तो छ कोर टिम

    बजेटको प्राविधिक तयारीमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्वसचिव रामशरण पुडासैनी, अर्थमन्त्रालयका ५ सदस्य सहसचिवहरूको मस्यौदा लेखन टोली र अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ सहितको कोर टिम संलग्न छ ।

    फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयनुसार फागुन २३ गते अर्थमन्त्रालयका ‘आर्थिक नीति विश्लेषण महाशाखाका’ प्रमुख डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन टोली निर्माण गरिएको थियो । टोलीमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमूख धनीराम शर्मा, प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल, राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गाल र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् । बजेट मस्यौदा लेखन टीममा डा. रामप्रसाद घिमिरे, रामेश्वर दङ्गाल र सुमन दाहाल नयाँ अनुहार हुन् भने अरु सबैजना चालू आर्थिक वर्षको बजेट निर्माण टिममा संलग्न भई काम गरिसकेका प्रशासक हुन् ।

    अर्थसचिवका रूपमा शिशिरकुमार ढुंगाना र राजस्वसचिव रामशरण पुडासैनीको यो दोस्रो बजेट हो । राजस्व सचिवका रूपमा ढुंगानाले अर्थमन्त्री डा. युवराज खतिवडाका पालामा बजेट निर्माणको टिममा रहेर काम गरिसकेका छन् । अर्थसचिव हुनुभन्दा अगाडि उनी प्रधानमन्त्री कार्यालय सचिव रहेर केही समय काम गरेका थिए । अर्थमन्त्रालयअन्तर्गत नै रहेर आफ्नो करिअर गुजारेका ढुंगाना बजेट निर्माणमा अनुभवी र दक्ष मानिन्छन् ।

    बजेट मस्यौदा लेखन टिममा रहेका सहसचिव डा. रामप्रसाद घिमिरे फागुन १४ गते अर्थमन्त्रालय तानिएका थिए । उनलाई अर्थमन्त्रालयमा आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ । यसअघि उनी श्रम मन्त्रालयबाट प्रदेश २ को सामाजिक विकास मन्त्रालयहुदैँ गण्डकी प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे सचिवका रूपमा काम गरेका थिए । श्रम मन्त्रालयमा रहँदा उनले सामाजिक सुरक्षा कार्यक्रम, मलेसिया र जापानसँग श्रम सम्झौता गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    अहिले घिमिरेले अर्थमन्त्रालयमा बजेट मस्यौदा लेखनको टोली नेताको भूमिका निर्वाह गरिरहेका छन् । घिमिरे र राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल तथा प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल पहिलोपटक बजेट मस्यौदा लेखनको टिममा रहेर काम गरिरहेका छन् । दंगाल गत पुसमा गण्डकी प्रदेशको सचिवबाट अर्थमन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी हुँदै राजस्व महाशाखाको जिम्मेवारी पाएका हुन् । यसअघि उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सहसचिव एवम प्रवक्ताबाट सरुवा भएर भन्सार विभागकाे महानिर्देशकमा रही ६ महिना काम गरेका थिए ।

    प्रशासन क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएका सुमन दाहाल सहसचिव भएपछि अर्थमन्त्रालयको प्रशासन महाशाखामा तानिएका थिए । उनी रामेश्वर दंगालपछि भन्सार विभागको महानिर्देशकको रूपमा करिब डेढ वर्ष काम गरेर त्यहाँबाट अर्थमन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै पुन: प्रशासन महाशाखा रही बजेट मस्यौदा लेखनको काममा व्यस्त छन् ।

    बजेट निर्माणको सम्पूर्ण कामहरू अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव महेश आचार्य बताउँछन् । ‘अहिले बजेट निर्माणको कोर टिमले तीव्ररूपमा काम गरिरहेको छ, अबको दुई दिनमात्रै रहेकाले केही अंकगणितीय जोडघटाउ र भेरिफाइ गर्ने कामहरू भइरहेको छ,’ उनले भने ।

    त्यस्तै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले डा. युवराज खतिवडाको दुई वटा बजेट लेखन मस्यौदा टोलीमा रहेर काम गरिसकेका छन् । बजेट तथा कार्यक्रम महाशाखाले राष्ट्रिय योजना आयोगसँग प्रत्यक्ष सम्पर्कमा रही बजेट निर्माण तथा लेखनमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ । बजेट तथा कार्यक्रम महाशाखाले बजेटको आकार तथा सिलिङ्ग निर्धारण गर्ने र अन्य विषयगत मन्त्रालयसँग बजेट निर्माण तथा नयाँ आयोजना र कार्यक्रमका विषयमा छलफलको नेतृत्व गर्ने गर्दछ । यस बिषयमा महाशाखा प्रमुख शर्मासँग ३ वर्षको अनुभव रहेको छ ।

    अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल पनि बजेट निर्माण कोर टिममा रहेर काम गरिरहेका छन् । गत वर्ष पनि उनी उक्त महाशाखामा रही बजेट निर्माण कार्यमा संलग्न रहेका थिए ।

    बजेट निर्माणको सम्पूर्ण कामहरू अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयका प्रवक्ता  समेत रहेका सहसचिव महेश आचार्य बताउँछन् । ‘अहिले बजेट निर्माणको कोर टिमले तीव्ररूपमा काम गरिरहेको छ, अबको दुई दिनमात्रै रहेकाले केही अंकगणितीय जोडघटाउ र भेरिफाइ गर्ने कामहरू भइरहेको छ,’ उनले भने ।

  • स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई तिब्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

    भर्चुअल रूपमा गरिएको एक कार्यक्रमका बीच अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई केन्द्र, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

    उनले एकातिर कोभिड-१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

    अर्थमन्त्री पौडेलले कोभिड-१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन समेत निर्देशन दिएका छन् ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

    राजस्वसचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरूसँग समन्वय गरी २४ सै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

    भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरिरहेको जानकारी दिए ।

  • अर्थमन्त्रीको पहिलो निर्णय – तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन

    अर्थमन्त्रीको पहिलो निर्णय – तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन

    काठमाडौं । अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णु पौडेलले पदभार सम्हालेका छन् ।

    सपथ ग्रहणपश्चात अर्थमन्त्री पौडेलले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंजमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम, उपचार र समग्र अर्थव्यवस्थालाई पुन:उत्थान गर्न यसले सहयोग पुर्‍याउने मन्त्री पौडेलको अपेक्षा छ ।

  • नयाँ बजेटका लागि चेम्बरको १९ बुँदे सुझाव, आर्थिक पुनरुत्थानमा जोड

    नयाँ बजेटका लागि चेम्बरको १९ बुँदे सुझाव, आर्थिक पुनरुत्थानमा जोड

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नयाँ बजेटका लागि १९ बुँदे सुझाव पेस गरेको छ ।

    अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ बजेट निर्माण गर्न माग गरेको हो ।

    कोरोना महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरताको लागि चेम्बरले माग गरेको छ ।

    अर्थमन्त्री पौडेलले चेम्बरको सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने जवाफ दिएका थिए । ‘हामी नेपालको निजी क्षेत्रसँग मैत्रीपूर्ण सम्बन्ध बनाई सहकार्य गर्न चाहन्छौं । चेम्बर निजी क्षेत्रकै पुरानो संस्था पनि भएकोले तपाईंहरूका सुझाव बजेटका लागि महत्वपूर्ण छन्’, पौडेलले भने ।

    चेम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षहरू दीपक मलहोत्रा, दीपक श्रेष्ठ र सुरेन्द्रकुमार श्रेष्ठ तथा राजश्व समितिका सभापति परशुराम दाहाल र मन्त्रालयबाट अर्थमन्त्री, अर्थसचिव शिशिरकुमार ढुंगानासहितका अधिकारी छलफलमा थिए ।

    कोरोना महामारीको दोस्रो लहर खतरनाक भएको भन्दै यसको रोकथाम तथा नियन्त्रण गरी अर्थतन्त्रलाई बचाउन निजी क्षेत्रलाई बजेटलाई खोप आयातको प्रबन्ध बजेटमार्फत व्यवस्था गरिदिन चेम्बरको आग्रह छ ।

    चालु आर्थिक वर्षको बजेटमा व्यवस्था सरकारले ल्याएको ५० अर्बको स्टिमुलस प्याकेज पूर्णरुपमा कार्यान्यवनमा नभएको भन्दै चेम्बरले आगामी आर्थिक वर्षको बजेटमा जीडीपीको ५ प्रतिशत राहत प्याकेज ३ प्रतिशत ब्याजदरमा गर्न आग्रह गरेको छ ।

  • कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

    कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

    काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्पन्न गर्न सकिने आयोजनाहरु मात्रै प्रस्ताव गर्न बिषयगत मन्त्रालयहरुलाई आग्रह गरेका छन् ।

    मन्त्रालयहरुले बजेट खर्च हुन नसकेर सरेन्डर गर्नु पर्ने अवस्था भएको भन्दै अर्थमन्त्री पौडेलले बहुवर्षिय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गरेका छन् ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन ।
    सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको भन्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन आग्रह गरेका छन् ।

    उनले प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता रहेको भन्दै उनले कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने बताए ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड९१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह आग्रह गरे ।

    अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने दिनुपर्ने बताए ।

    अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरिरहेको छ ।

  • अर्थमन्त्रीको चेतावनी- राजस्व चुहावट गर्नेलाई उन्मुक्ति दिँदैनौं

    अर्थमन्त्रीको चेतावनी- राजस्व चुहावट गर्नेलाई उन्मुक्ति दिँदैनौं

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने बताएका छन् । उनले अनियमित कार्यमा संलग्न हुनेमाथि कठोर रूपमा प्रस्तुत हुने पनि चेतावनी दिए ।

    केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा व्यवसाय विस्तार र संरक्षणलाई ध्यान दिँदै राजस्व चुहावटप्रति सरकारले कडाइ गर्ने बताएका हुन् ।

    अर्थमन्त्री पौडेलले निर्दोष नपर्ने र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजकता अपनाउन विभाग र सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

    स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउन भन्दै उनले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए । उनले प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्ने जानकारी गराए ।

    अर्थसचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान-प्रदानको आवश्यकता ‌औंल्याए । राजस्वसचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको उल्लेख गरे ।

    गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् ।

    नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि सबै सहयोग गर्न गर्ने प्रतिवद्धता जनाए । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले निमयित अनुगमनको आवश्यकता औंल्याए ।

  • तत्काल लकडाउन हुँदैन, स्वास्थ्य मापदण्डमा भने कडाइ हुन्छ : अर्थमन्त्री (भिडियो)

    तत्काल लकडाउन हुँदैन, स्वास्थ्य मापदण्डमा भने कडाइ हुन्छ : अर्थमन्त्री (भिडियो)

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने प्रष्ट्याएका छन् । स्वास्थ्य मापदण्डलाई पालना गर्ने गराउनेतर्फ भने सरकारले कडाइ गर्ने उनले बताए ।

    कोभिड-१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्थासँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने तर लकडाउन र सीमानाका बन्द नगर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

    ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्नुपर्ने आवश्यकता छ, उनले भने, ‘त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

  • अर्थमन्त्रीसँग नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासंघका प्रतिनिधि भेटघाट, ‘टाक्स फोर्स’ बनाएर अगाडि बढ्ने सहमति

    अर्थमन्त्रीसँग नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासंघका प्रतिनिधि भेटघाट, ‘टाक्स फोर्स’ बनाएर अगाडि बढ्ने सहमति

    काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको संयोजनमा ५० वटा वस्तुसंघहरुले आफ्ना उद्योग व्यवसायका समस्यालाई अर्थमन्त्रीबिष्णु पौडेल समक्ष लिखित प्रस्तुत गरेका छन् ।

    फागुन ३ गते राष्ट्रिय उद्योग व्यवसायी महासंघको आयोजनामा हुन लागेको उद्योगी व्यवसायीको राष्ट्रिय भेलाका विषयमा जानकारी गराउन पनि अर्थमन्त्रीसँग भेटघाट गरिएको विघटित प्रतिनिधिसभाका सदस्य समेत रहेका राष्ट्रिय उद्योग व्यवसायी महासंघका नेता एलपी साँवा लिम्बुले बताए ।

    भोली हुने भेला प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री बिष्णुप्रसाद पौडेल उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट र परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीले संवोधन गर्ने कार्यक्रम तय भएको समेत उनले नेपाल प्रेसलाई जानकारी दिए ।

    उद्योगी व्यवसायीले अर्थमन्त्रीसँगको भेटकाक्रमा उद्योगी व्यवसायी समस्या राख्दै अर्थसचिवको संयोजकत्वमा एक’टाक्स फोर्स’  निर्माण अगाडि वढ्ने सहमति भएको छ ।

    त्यसैगरी प्रत्येक वस्तुगत समितिसँग छलफल गर्दै ततकाल ससोधन गर्न सकिने समस्यालाई ततकाल समाधान गर्ने , बजेट निर्माणबाट संवोधन हुने समस्यालाई बजेट मार्फत संवोधन गर्ने र कानून संसोधन हुने समस्या कानून संसोधन गरेर भएपनि गरिने गरी सहमति भएको उनको भनाइ छ ।