Tag: अमेरिकी संसद

  • अमेरिकी संसदमा नेपालको कोरोना संकटबारे छलफल, नेपाललाई अतिरिक्त सहयोग गर्ने

    अमेरिकी संसदमा नेपालको कोरोना संकटबारे छलफल, नेपाललाई अतिरिक्त सहयोग गर्ने

    वासिङ्टन । अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ ।

    कोभिड-१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए ।

    उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताए । यो दर उच्च भएको उनको टिप्पणी थियो । उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए ।

    अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने, ‘अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुने बताए

    उनले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको बताए ।

    अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् ।

    उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए ।

    भण्डारीले भने, ‘सिनेटरहरुले गर्नुभएको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ ।”

    अमेरिकाले नेपाललाई कोरोनाभाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ ।

    अमेरिकामा २५ करोड जनसङ्ख्याले कोरोनाभाइरसको खोप लगाइसकेको छ र खोपको उत्पादन तीव्रगतिमा हुँदै गएकाले कोभ्याक्समार्फतको खोप केही साताभित्र नेपाल पुग्ने अपेक्षा गरिएको छ ।

  • अमेरिकी संसदद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत

    अमेरिकी संसदद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत

    वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस)ले अनुमोदन गरेको छ ।

    राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन् ।

    बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कङ्ग्रेसबाट उक्त विधेयक पारित भएको छ तर कङ्ग्रेसमा भएको मतदानमा २२०/२११ मत खसेको थियो । अर्थात् कङ्ग्रेसमा बहुमतमा रहेका डेमोक्रेट सदस्यहरुले विधेयकको पक्षमा मतदान गरेका भए पनि रिपब्लीकन पार्टीले विपक्षमा मतदान गरेको थियो ।

    यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिन अघि बहुमतका आधारमा पारित गरिसकेको छ । अमेरिकी श्रमिकको प्रतिघण्टा पारिश्रमिक १५ डलर पुर्‍याउने प्रस्तावलाई विधेयकबाट हटाइए पनि सिनेटमा रिपब्लीकन पार्टीका सदस्यहरुले विधेयकको विपक्षमा मतदान गरेका थिए ।

    कङ्ग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति बाइडेनले ट्वीट गर्दै कङ्ग्रेसलाई धन्यवाद दिएका थिए । उनले विधेयकमा यही शुक्रबार हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउने छ ।

    प्रस्तावित विधेयकमा निकै महत्वपूर्ण मानिएको विषय हो अधिकांश अमेरिकी नागरिकलाई एक हजार ४०० डलर उपलब्ध गराउने । यसबाहेक हरेक साता ३०० डलर आपतकालीन बेरोजगार भत्ता आगामी सेप्टेम्बरसम्म उपलब्ध हुनेछ । तर यो विधेयकले त्यतिमात्र कुरा समेटेको छैन ।

    यो विधेयकले डेमोक्रेटले चुनावमा व्यक्त गरेका प्रतिज्ञा र बाइडेनको सर्वाधिक प्राथमिकतामा मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुबै समेटेको छ । अमेरिकामा कोरोनाभाइरस महामारीले सिर्जना गरेको मानवीय क्षति र आर्थिक क्षति निकै कहालीलाग्दो अवस्थामा पुगिसकेको बाइडेनको ठहर छ । यसलाई सम्बोधन गर्न प्रभावकारी कदम जरुरी भइसकेको बाइडेनले बताउँदै आएका छन् ।

    संयुक्तराज्य अमेरिकामा कोभिड-१९ को संक्रमणबाट पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

    अमेरिकी कङ्ग्रेसकी सभामुख नान्सी पेलोसीले पनि कोरोनाभाइरस महामारीका कारण देशका सामुन्ने उत्पन्न समस्या सम्बोधन गर्न सरकार र संसद एकै ठाउँमा आएकामा आभार व्यक्त गरेकी छिन् । 

    बाइडेन प्रशासनले अघि सारेको १९ खर्ब डलरको राहत योजनाले कोभिड-१९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने विश्वास लिएको छ ।

    देशको ऋणभार २२ ट्रिलियन डलर पुगे पनि डेमोक्रेट र रिपब्लीकन पार्टीले यसप्रति खासै वास्ता गरेका छैनन् ।

    करिब ६२८ पृष्ठ लामो यो विधेयकले खासगरी न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारको प्रयत्न समेटेको छ । बालबच्चा, बालस्याहार र पारिवारिक विदा बस्दा करछुट दिने समयावधि अहिले बढाइएको छ, र कतिपय डेमोक्रेट सदस्यहरु यो व्यवस्थालाई स्थायी रुपमै उपलब्ध गराउन प्रयासरत छन् ।

    प्रत्यक्ष भुक्तानी र बेरोजगार भत्ताका अलावा यस विधेयकले कोभिड-१९ को खोप र उपचार, स्कुल, राज्य र स्थानीय सरकार तथा विमानसेवादेखि कन्सर्ट हलसम्मका संकटग्रस्त उद्योग, व्यवसायका लागि अर्बौं डलरको व्यवस्था गरिएको छ ।

    साथै किसानहरुलाई राहत, निवृत्तीभरण प्रणाली र विद्यार्थी ऋण तथा स्वास्थ्य बीमा खरिद गर्नेहरुका लागि अनुदान तथा थोरै आर्जन गर्नेहरुका लागि मेडिकेड खरिद गर्न राज्यहरुलाई रकम उपलब्ध गराउने प्रावधान नयाँ विधेयकमा छ ।

    तर यी निकै राम्रा प्रावधानहरु प्रस्तावित राहत प्याकेजमा समेटिए पनि रिपब्लीकनहरु त्यति खुशी छैनन् । उनीहरुको भनाईमा अतिरिक्त खर्चले राष्ट्रमाथि अतिरिक्त बोझ सिर्जना गर्नेछ । यद्यपी राष्ट्रव्यापी जनमत सर्वेक्षणहरुले बाइडेनको राहत प्याकेजलाई डेमोक्रेट र स्वतन्त्र व्यक्तिसहित कैयौं रिपब्लीकनले समर्थन गरेको देखाएको छ ।

  • पुनः आक्रमण हुने त्रासमा अमेरिकी संसद स्थगित, वासिङ्टनमा कडा सुरक्षा

    पुनः आक्रमण हुने त्रासमा अमेरिकी संसद स्थगित, वासिङ्टनमा कडा सुरक्षा

    वासिङ्टन- अमेरिकी संसद भवन क्यापिटल हिलमा पुनः आक्रमण हुन सक्ने भयले यहाँको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ ।

    केही बन्दुकधारीले मार्च ४ मा आक्रमणको योजना बुनेको जासुसी निकायको सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा तुल्याइएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    मार्च ४ को दिनमा यसअघि अमेरिकी राष्ट्रपतिले कार्यभार सुरु गर्ने दिनको रुपमा लिइन्थ्यो ।

    सुरक्षाका कारण अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाको कार्वाही विहिबारलाई बन्द गरिएको छ । तर, सिनेटको कामकार्वाही पनि निरन्तर हुने जनाइएको छ ।

    अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिएको एउटा भीडले दुई महिनाअघि संसद भवनमा आक्रमण गरेको थियो । ट्रम्पले अहिलेसम्म निर्वाचनमा धाँधली भएको तर्क प्रस्तुत गरिरहेका छन् ।

    अमेरिकी होमल्यान्ड सेक्युरिटी एफबीआइले हालै सार्वजनिक गरेको एक सूचनामा केही अज्ञात लडाकुले संसद भवनलाई नियन्त्रणमा लिने र डेमाक्र्याट संसदलाई कब्जामा लिने कुरा उल्लेख थियो ।

  • अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित घोषणापछि ट्रम्पको प्रतिक्रियाः विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु

    अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित घोषणापछि ट्रम्पको प्रतिक्रियाः विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु

    काठमाडौं । अमेरिकी कंग्रेसले जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक पुष्टि गरेको छ । आज बिहान सकिएको इलेक्टोरल मतगणनामा बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएको घोषणा गरिएको हो । संसदले बाइडेनलाई राष्ट्रपतिमा घोषणा गर्नुको अर्थ वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नतिजालाई उल्ट्याउन गरेका प्रयास असफल भए भन्ने हो ।

    संयुक्त बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले जितको घोषणा गरेका थिए । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका थिए । उनीहरुको पदावधि जनवरी २० देखि सुरु हुने समेत पेन्सले बताए । यो घोषणासँगै अब अमेरिकी राष्ट्रपति निर्वाचित गर्ने प्रक्रिया पूरा भएको छ । पेन्सिलभेनिया र जर्जियामा बाइडेनको जितलाई लिएर रिपब्लिकन सांसदले गरेको अवरोधलाई सिनेटले खारेज गरिदिएको छ ।

    संयुक्त सदनले औपचारिक रुपमा घोषणा गरेपछि मात्र नयाँ राष्ट्रपति मानिनेछ । बुधबार राति यही प्रक्रिया पूरा गर्न लाग्दा ट्रम्प समर्थकहरु हतियारसहित संसद भवनभित्र पसेपछि सदनको काम रोकिएको थियो । चार जनाको मृत्यु भएको उक्त घटनापछि १५ दिनसम्म वासिङ्टनमा संकटकालको घोषणा गरिएको छ ।

    विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु : ट्रम्प

    हिंसा भड्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । गत नोभेम्बरमा भएको चुनावको नतिजाप्रति आफू असन्तुष्ट भए पनि विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने उनले जनाए ।

    उनले भनेका छन्– हामी वैध भोट मात्रै गणना होस् भनेर लडिरहनेछौं । यसले महान कार्यकालको प्रतिनिधित्व पनि गर्छ । हाम्रो अभिनय मेक अमेरिका ग्रेट अगेनको सुरुवात मात्रै हो ।’

    यो पनि पढ्नूस :
    मृतक संख्या ४ पुग्यो, ५२ जना पक्राउ, वासिङटनमा १५ दिन आपतकाल

  • अमेरिकी घटनाको विश्व नेताद्वारा निन्दा, बेलायती प्रधानमन्त्रीले भने– लज्जास्पद

    अमेरिकी घटनाको विश्व नेताद्वारा निन्दा, बेलायती प्रधानमन्त्रीले भने– लज्जास्पद

    अमेरिकी संसदमा गएराति भएको तोडफोड र हिंसाको घटनालाई विश्व नेताहरुले निन्दा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको बताएका छन् । क्यानेडेली प्रधानमन्त्री जस्टिन टुर्डोले पनि अमेरिकी संसदमा भएको हमलाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । हिंसाले जनताको भावनालाई जित्न नसकिने उनको भनाइ छ ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक मुलुकको लागि शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण छ’ उनले भनेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि ट्वीट गर्दै अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

    न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले क्यापिटल हिलमा भैरहेको विकासक्रमलाई नियालिरहेको लेखेकी छन् । उनले लोकतन्त्रको जित हुनेमा शंका नरहेको लेखेकी छन् । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी लोकतन्त्रमा आफूलाई विश्वास रहेको उल्लेख गर्दै लोकतन्त्रको जित हुने बताएका छन् । जर्मनीका विदेशमन्त्री हेड्को मासले निर्वाचनको नतिजालाई स्वीकार्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् ।

    अमेरिकी विदेशमन्त्री जिन यभ्सले अमेरिकी लोकतन्त्रको विजय हुनेमा आफू ढुक्क रहेको बताएका छन् । गएराति राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद सत्र चलिरहेको बेला संसद भवन क्यापिटल बिल्डिङ भित्रै पसेर तोडफोड र हमला गरेका थिए ।

  • अमेरिकी संसदको खर्च विधेयकमा ट्रम्पको हस्ताक्षर, नेपाललाई साढे १५ अर्ब

    अमेरिकी संसदको खर्च विधेयकमा ट्रम्पको हस्ताक्षर, नेपाललाई साढे १५ अर्ब

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । जहाँ नेपालका लागि १३ करोड अमेरिकी डलर (साढे १५ अर्ब) भन्दा बढी विनियोजन गरिएको छ ।

    नेपालको लोकतन्त्र र विकास शीर्षकमा उक्त बजेट छुट्याइएको हो । यो विधेयकलाई लिएर अमेरिकी कंग्रेसमा रस्साकस्सी चलिरहेको थियो भने, केही रिपब्लिकन सांसदहरुले ट्वीटमार्फत असन्तोष व्यक्त गरिरहेका थिए ।

    वैदेशिक सैन्य आर्थिक सहायताको रकम भने नेपालको मानवीय कार्य, प्राकृतिक विपत्तिमा सहायता र अन्तर्राष्ट्रिय शान्ति कार्यक्रमहरुको लागि मात्र उपलब्ध हुने विधेयकमा जनाइएको छ ।