Tag: अभियुक्त

  • हिरासतको ग्रिल काटेर अभियुक्त फरार

    हिरासतको ग्रिल काटेर अभियुक्त फरार

    जनकपुरधाम । ईलाका प्रहरी कार्यालय लहान, सिरहाको हिरासतबाट लागुऔषध मुद्दाका एक अभियुक्त फरार भएका छन् । आज बिहान हिरासतको ग्रिल काटेर नवराजपुर गाउँपालिका १ का पशुपति यादव फरार भएका हुन् ।

    फरार भएका यादव गत जेठ २० गते लागुऔषधसहित पक्राउ परेका थिए । हिरासतमा रहेका अभियुक्तहरूको सुरक्षार्थ प्रहरी नखटेका कारण उनी सहजै फरार भएको बताइएको छ । ग्रिल कसरी काटेको कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    घटना विषयमा अनुसन्धान भइरहेको र फरार यादवको खोजी गर्न प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

     

  • सजाय तोकिएको १३ वर्षपछि लागु औषधका फरार अभियुक्त पक्राउ

    सजाय तोकिएको १३ वर्षपछि लागु औषधका फरार अभियुक्त पक्राउ

    काठमाडौं । लागु औषध मुद्दामा सजाय तोकिएपछि फरार रहेका अभियुक्तलाई झापा प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

    झापा जिल्ला अदालतले २०६४ मंसिर ३ गते साबिक खजुरगाछी गाविसका जयनारायण राजवंशीलाई लागु औषध ९गाँजा०मुद्दामा १ वर्ष कैद र जरिवाना सजाय गरेको थियो ।

    सोही बेलादेखि फरार रहेका राजवंशीलाई खोजतलास गर्ने क्रममा गौरीजञ्जबाट खटिएको प्रहरी टोलीले माघ २ गते उनकै घरबाट पक्राउ गरि फैसला कार्यन्वयनका लाागि जिल्ला अदालतमा उपस्थित गराएको छ ।

    उनलाई बाँकी कैद भुक्तानको लागि जिल्ला कारागार चन्द्रगढी पठाउने आदेश अदालतले दिएको छ । उनलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

    झापाको प्रहरी प्रमुख भएर गएपछि प्रहरी उपरीक्षक सानुराम भट्टराईले अदालतको फैसला कार्यन्वयनमा प्रहरीको तदारुकता देखाएका छन् ।