Tag: अपराध/सुरक्षा

  • परस्त्रीसँग ‘डेट’ गएका पुरुष होटलको कोठाभित्रै ढले

    परस्त्रीसँग ‘डेट’ गएका पुरुष होटलको कोठाभित्रै ढले

    पन्देही । परपुरुषसँग होटलमा बसिबियालो गर्न पुगेकी एक विवाहित महिलालाई नसोचेको आपत् आइलागेको छ । होटलको कोठामै बेहोश भएका पुरुषको मृत्यु भएपछि उनका आफन्तले महिलामाथि किटानी जाहेरी दिएका छन् ।

    बुटवल–३ फूलबारीकी ३० वर्षिया महिलामाथि किटानी जाहेरी परेको हो । उनी दुई बच्चासमेत च्यापेर शनिबार दिउँसो बुटबल ६ का चाँदवारीका ५६ वर्षिय पुरुषसँगै होटल गएकी थिइन् । बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा उनीहरु बसेका थिए ।

    प्रहरीका अनुसार ती महिला र पुरुषबीच कुनै पनि पारिवारिक सम्वन्ध छैन । उनीहरुले होटलको दोस्रो र तेस्रो तलामा रहेका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी नाबालक छोरी र भतिजीलाई राखेर अर्को कोठामा आफूहरु बसे । उनीहरुले कोठाभित्रै खाजा मगाएर खाए ।

    खाजा खाएको केही समयपछि अचानक पुरुष बेहोस भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै अस्पताल पुर्याइयो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरे । मृतकको परिवारले महिलाविरुद्ध किटानी जाहेरी दिएका छन. ।

    ‘होटलमा दुईवटा कोठा लिएर बसेका पाहुनामध्ये पुरुष बेहोस भएर ढलेपछि महिलाले होटल धनीलाई खबर गरेको र तत्कालै एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका रहेछन् । प्रहरीले घटनाको अनुसन्धान गर्दैछ, पोष्टमार्टम रिपोर्ट आएको छैन’ प्रहरी कार्यालयमा गएका होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले भने ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले उनीहरू दुई बच्चासहित होटल पुगेको र दोस्रो तथा तेस्रो तलामा दुईवटा कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । मृतकलाई तत्काल बाहिरी चोटपटक केही नदेखिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    अहिले प्रहरीले होटलधनी, व्यवसायी संघका प्रतिनिधिसहित छलफल गर्दैछ ।

    मृतकका दुई छोरी र श्रीमती छन् । चाँदबारीमा घर भएका उनी मैनाबगरमा अटो व्यवसाय गर्थे । उनी मुटुका बिरामी थिए । थप कुनै औषधि खाएका कारण यस्तो भएको आशंका छिमेकीले गरेका छन् । मृतककी छोरीले इलाका प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

  • ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरी र नगर प्रहरी आमनेसामने, बालेन किन गर्दैछन् जबर्जस्ती ?

    ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरी र नगर प्रहरी आमनेसामने, बालेन किन गर्दैछन् जबर्जस्ती ?

    काठमाडौं । थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि प्रहरी बिटहरू भत्काउने विषयमा सम्वद्ध अधिकारीसँग कुनै समन्वय नगरेको ती अधिकारीले बताएका छ्न् ।

    उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहले यो ठाउँ गुठीबाट २०३२ सालमा पाएकाले भत्काउन नदिने बताए । उनले नेपाल प्रेससँग भने, ‘हामीलाई गुठीले भोगाधिकार दिएको ठाउँ हो । त्यसै हामी बसेका हैनौं । अरु घर टहरा के हुन्छ मतलबको विषय भएन । तर, हाम्रो कार्यालय भत्काउन दिँदैनौं ।’

    नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर बालेन साहको आदेश कार्यान्वयन गर्ने भन्दै जबर्जस्ती गरेको आरोप छ । यसअघि नगर प्रहरीले बालुवाटारको प्रहरी बिट पनि २४ घण्टाभित्र खाली गर्न अल्टिमेटम दिइसकेको छ । त्यो २४ घण्टा पनि आजै पुग्दैछ ।

    काठमाडौं जिल्ला प्रह‍री प्रवक्ता एसपी पवन भट्टराईले पनि महानगरले कुनै पनि समन्वय नगरेको बताए ।

    सम्पदा क्षेत्रमा संरचना बनाइएको भन्दै महानगरले त्यहाँ डोजर चलाउन लागेको हो । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।

  • प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन जना पक्राउ

    प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन जना पक्राउ

    लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर बजारस्थित घरमा ढुंगा प्रहार गर्न संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

    पक्राउ पर्नेहरूमा बेशीसहर–८ बस्ने आयुष आले मगर, दोर्दी गाउँपालिका घर भई हाल बेशीसहरमा बस्ने प्रदीप तामाङ र बेशीसहर–१० निवासी योगेश तामाङ रहेका छन्। प्रहरीले उनीहरूलाई हिजो साँझ पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ पर्ने सबै २० वर्ष उमेर आसपासका छन् ।

    राति करिब १२ बजे अध्यक्ष पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहर बजारस्थित घरमा ढुंगा प्रहार भएको थियो। घटनामा घरका झ्यालका सिसा फुटेका छन् र पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका थिए ।

    घटनाप्रति नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले घोर निन्दा प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। संगठनले लोकतान्त्रिक परिवेशमा पत्रकारका नेता र परिवारमाथि भएको यस्तो आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको धक्का भएको जनाएको छ।

    यस घटनाबारे लमजुङ प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ। उनीहरूलाई छिट्टै सार्वजनिक गरिने लमजुङका प्रहरी प्रमुख रेशम बोहोराले जानकारी दिए ।

    भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्‌वान गरिनु र गएरति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित प्रेस चौतारीले जनाएको छ ।

     

  • जेन-जी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोल खरिदबिक्री, किन्नेसहित ५ जना पक्राउ

    जेन-जी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोल खरिदबिक्री, किन्नेसहित ५ जना पक्राउ

    काठमाडौं । जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको पेस्तोल र गोली बेचेको पाइएको छ । लुटपाट तथा हतियार खरिद बिक्रीमा संलग्न ५ जना पक्राउ परेका छन् ।

    पेस्तोल लुट्ने धादिङ, धुनिवेशी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम २१ वर्षीय कृष्ण गुरुङ पक्राउ परेका हुन् ।

    उनीसँगै खरिद बिक्रीमा संलग्न अभियोगमा काठमाडौं-१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत, मोतिहारी सितामणी घर भई काठमाडौं- १५ डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, २६ वर्षका सुमिन शाक्य र क्षेत्रपाटी चोकमा कपडा पसल चलाउने ३८ वर्षीय प्रभात मल्ल पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार भदौ २४ गते लुटिएको CF98-9 पेस्तोल थान – १, म्याग्जिन थान – १ र १५ थान गोलीसहित उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनीहरूमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

  • प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा मध्यरातमा ढुंगामुढा, संगठनले गर्‍यो निन्दा

    प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा मध्यरातमा ढुंगामुढा, संगठनले गर्‍यो निन्दा

    लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा हानिएको छ । लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको उनले बताएका छन् ।

    पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् ।

    प्रेस चौतारी नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो ।’

    चौतारीले भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिएको र त्यसको पछिल्लो कडीका रूपमा यो घटना भएको दाबी गरेको छ । महासचिव हिरामान लामाले विज्ञप्तिमा यो घटना योजनाबद्ध र षड्यन्त्रपूर्वक भन्दै अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल नहुने उल्लेख गरेका छन् ।

    घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायसँग चौतारीले माग गरेको छ ।

  • जाँचबुझ आयोगका अध्यक्षलाई प्रश्न- सीडीओ र एसपीको सरुवा गर्ने सुधन गुरुङ भन्ने को हो ?

    जाँचबुझ आयोगका अध्यक्षलाई प्रश्न- सीडीओ र एसपीको सरुवा गर्ने सुधन गुरुङ भन्ने को हो ?

    काठमाडौं । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले ‘हामी नेपाल’ भन्ने एनजीओका सञ्चालक सुदन गुरुङको दबाबमा विभिन्न जिल्लाका सिडिओ र एसपीहरूको सरुवा भइरहेको आरोप लगाएका छन् ।

    भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले हेटौंडामा गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष लामाले प्रहरीलाई अपराधी पक्राउ नगर्न गृह मन्त्रालयमा बसेर लठैतहरूले दबाब दिइरहेको दाबी समेत गरे ।

    लामाले भने-जिल्ला प्रहरी प्रमुखहरूलाई सिधै गृहमन्त्रीज्यूले मौखिकरूपमा मुद्दा दर्ता नगर भनेर दबाब दिइरहनुभएको छ । अनि प्रहरीको मोरल कसरी जोगिन्छ ? सुधन गुरुङ को हो यो देशको ? उसको दबाबमा जिल्लाका सीडीओ, एसपीहरूलाई फर्काउने, देश कता जाँदैछ ? के हुन लाग्यो ? सम्मानित आयोगको अध्यक्षबाट हामी विधिको शासनको पक्षमा रहेकाहरूले अपराधीमाथि कारबाहीको अपेक्षा छ । के यो देशको मूलधारका राजनीतिक पार्टीका मान्छे सबै मरेका हुन् ? हामी कानूनी राज्यको पक्षमा छौं । विधिपूर्वक कारबाही हुन्छ भनेर हामीले प्रहरीलाई दबाब दिएनौं । २० मिनेटमा ५ सय मान्छे जम्मा गरेर हामी पनि हाम्रा घर जलाउने मान्छेहरूका भोलि ५ मिनेटमा घर जलाउन सक्छौँ । जलाऔं ? हामी प्रतिशोधको राजनीति गर्न चाहँदैनौं । जिल्लाका प्रहरीहरू बोल्नुहुन्न, सीडीओ सा’बहरू बोल्न सक्नुहुन्न, तर उहाँहरूलाई दबाब आइरहेको छ मुद्दा दर्ता गरिस् भने भनेर । हामीले हाम्रो धैर्यको बाँध थुनेर राखेका छौं, फुटेको दिन के हुन्छ ?

    एमाले नेता समेत रहेका लामाले मल्लिक आयोगले दोषी किटान गरेका तत्कालीन मन्त्रीका छोराहरू अहिले नेपोकिड्स भन्दै अरुको घरमा आगो लगाएर हिँडिरहेको बताए । गृह मन्त्रालयबाटै प्रहरीको मनोबल गिराउने काम भइरहेको भन्दै लामाले घर जलाउने व्यक्तिको भिडिओ पेश गर्दा पनि प्रहरीमा दर्ता नभएको बताए ।

  • जेन-जी आन्दोलन: चितवनमा मारिएका २ जना अपराधिक कार्यमा संलग्न रहेको पुष्टि, एकजना भारतीय

    जेन-जी आन्दोलन: चितवनमा मारिएका २ जना अपराधिक कार्यमा संलग्न रहेको पुष्टि, एकजना भारतीय

    चितवन । जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते चितवनमा मृत्यु भएका दुई युवा अपराध र अराजक गतिविधिमा सामेल भएको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । सँगै उनीहरूलाई ‘सहिद’ घोषणा गर्न नहुने भन्दै प्रमाणसहित सरकारलाई सिफारिस गरिएको चितवनका सीडीओ गणेश अर्यालले नेपाल प्रेसलाई बताए ।

    समितिले २३ र २४ का गतिविधिलाई आन्दोलन, अपराध र अराजकता छुट्याएर आपराधिक क्रियाकलापमा सामेल भएकालाई सहिद घोषणा गर्न नहुने निर्णय गरेको हो ।

    चितवनमा २४ गते भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको घरमा आगो लगाएर लुटपाट गर्ने क्रममा १९ वर्षका सरोज गुरुङको जलेर मृत्यु भएको प्रहरी रिपोर्ट छ । गुरुङ ग्यास सिलिन्डर पड्किएर जलेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको रिपोर्ट जिल्ला सुरक्षा समितिसँग रहेको सीडीओ अर्यालले जानकारी दिए ।

    मृत्यु हुने अर्का व्यक्ति भारत विहारका १८ वर्षीय साहिल मिया छन् । रत्ननगर नगरपालिकाका मेयरको कार्यकक्षमा उनी जलेको अवस्थामा मृत भेटिएका थिए ।

    उनीहरू दुवैजना आपराधिक कार्यमा संलग्न भएको सुरक्षा रिपोर्ट छ । उनीहरूको अपराध विवरणको स्पष्ट विवरणको प्रमाणसहित सुरक्षा समितिले नेपाल सरकारलाई दुई साताअघि नै केन्द्र सरकारमा पठाएको अर्यालले बताए ।

  • विध्वंसका प्रमाण सुरक्षित गर्न एमालेले खोल्यो सूचना बैंक, सुरक्षा निकायसँग पनि समन्वय

    विध्वंसका प्रमाण सुरक्षित गर्न एमालेले खोल्यो सूचना बैंक, सुरक्षा निकायसँग पनि समन्वय

    काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नहरूको प्रमाण संकलन गरेर कारबाहीका लागि सबुत जुटाउन सूचना बैंक स्थापना गरेको छ । पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाण केन्द्रीय कार्यालयमा रहनेछन् ।

    विभिन्न व्यक्तिले तत्कालीन समयमा आफैँले राखेका भिडिओहरू टिकटक र रिलबाट डाउनलोड गरेर सोहीबेला राखिएका र नयाँ प्रमाणहरू समेत भेटिँदै जाँदा सबैलाई सबुतका रूपमा सुरक्षित गर्न सूचना बैंक खोलिएको पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रेसलाई बताए ।

    पार्टीले देशभरका सरकारी कार्यालय, प्रहरी व्यापार प्रतिष्ठान, निजी सम्पत्ति आगजनी तथा तोडफोड र लुटपाटका घटनाको भिडिओ, फोटो तथा अन्य प्रमाणहरू संकलन गर्न केन्द्रीय कार्यालयबाटै डेस्क तयार पारेको छ ।

    विध्वंसका घटनामा संलग्नहरूको पहिचान हुने सबै प्रमाण संकलन गरेर सूचना बैंकमा राख्ने र प्रहरीलाई उपलब्ध गराउने प्रक्रिया चलिरहेको संगठन विभागका सचिव माधव ढुंगेलले बताए । अहिलेको सरकारले दोषीलाई उन्मुक्ति दिए पनि भोलि राजनीतिक दलको सरकार आएपछि कानूनी दायरामा ल्याउनका लागि प्रमाणहरू संकलन गरेर एकै ठाउँमा राखिएको उनको भनाइ छ ।

    कतिपय सूचना तथा प्रमाणहरू सुरक्षा निकायसँग पनि समन्वयमा संकलन भइरहेको एमाले स्रोतले जनाएको छ । प्रहरी अधिकारीहरूसँग एमालेको कोर टीमले समन्वय गरेर सुरक्षाकर्मीको हत्या गर्नेदेखि हतियार लुट्नेहरूको जानकारी समेत उपलब्ध गराइरहेको नेताहरूले बताएका छन् ।

    एमाले स्रोतले भन्यो- हाम्रो पार्टीको देशभरको संयन्त्रले घटनाको लगत्तैदेखि ती प्रमाणहरू नष्ट नहुन् भनेर भिडिओ डाउनलोड गरेर राखेको थियो । महेश बस्नेत मैदानमा उत्रिएपछि देशभरको पंक्ति पनि बौरियो । हाम्रा देशभरका डेढ सय भन्दा बढी नेता कार्यकर्ताको घरमा आगजनी र लुटपाट गर्नेहरू अधिकांशको पहिचान गरिसकेका छौँ । ती प्रमाणका आधारमा भोलि हाम्रो सरकार आएपछि कसैलाई छाडिन्नँ, देशै छाडेर गएछन् भने पनि प्रमाण त यहिँ नै रहनेछन् ।

    एमालेले आगजनी हिंसा तोडफोडमा संलग्नहरूको प्रमाण संकलन गर्ने, सुरक्षा निकायसँग पनि समन्वय गर्ने उद्देश्यले सूचना बैंक बनाएको बस्नेतको भनाइ छ । यस्ता घटनामा संलग्नहरूको पृष्ठभूमि केलाउने, उनीहरूको नेक्सस कोसँग भनेर खोज्ने र अमनप्रताप अधिकारीलगायत नेपो बेबीहरू यो विध्वंसमा को-को थिए भनेर सुक्ष्म विश्लेषण गर्ने काम पनि भइरहेको एमालेले जनाएको छ ।

    आगजनीमा नेपालीमात्र नभएर विदेशीहरूको समेत संलग्नता पाइएको हालसम्म प्राप्त भिडिओमा देखिएको र यसबारे सुरक्षा निकायलाई पनि जानकारी गराइएको उनीहरूको भनाइ छ । कन्टेन्ट क्रियटर, कलाकार, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगर, कमेडियनहरूको बढी संलग्नता देखिएको र भड्काउनमा उनीहरूको हात रहेको पाइएको बस्नेतले नेपाल प्रेसलाई बताए ।

    गोकुल बास्कोटाको घरमा आगो लगाउन कमेडियन अपूर्व क्षितिज आफैँ गएको भिडिओ बाहिर आएको छ भने विमलेन्द्र निधिको घरमा दीपकराज गिरी देखिएका छन् । घरहरूको लोकेसन पठाउने समूह समेत पहिचान भएको प्रहरीले जनाएको छ । २४ को विध्वंशअघि निश्चल बस्नेत, सुमना श्रेष्ठ, दीपकराज गिरीहरूसहितको बैठक बसेको र त्यसबाट ग्रुपहरूमा सर्कुलेट भएको एमाले नेताहरूको दाबी छ ।

  • कैलालीमा कुटपिट गरी महिलाले गरिन् श्रीमान्‌को हत्या

    कैलालीमा कुटपिट गरी महिलाले गरिन् श्रीमान्‌को हत्या

    कैलाली । कैलालीमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका–३ की ३५ वर्षीय सुनिता देवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको कुटपिट गरी हत्या गरेकी हुन् ।

    गए राति करिब ११ बजे घरायसी विवाद हुँदा सुनिताले लखनलाललाई कुटपिट गरेकी थिइन् । कुटपिटबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उपचारका क्रममा गए राति १ बजे मृत्यु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले जानकारी दिए,

    घटनापछि सुनिता देवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ ।

    घटनास्थलबाट प्रहरीले घाँस काट्ने गणसा फेला पारेको छ । तर, श्रीमान्लाई उनले कुन हतियार प्रहार गरेकी थिइन् अझै प्रस्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • वैदेशिक रोजगार ठगीमा पक्राउ परेका थिए सुनार, बहुविवाहको पनि अभियोग

    वैदेशिक रोजगार ठगीमा पक्राउ परेका थिए सुनार, बहुविवाहको पनि अभियोग

    काठमाडौं । सुशीला कार्की मन्त्रीपरिषदमा श्रममन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारका थप विवादित विषयवस्तुहरु सार्वजनिक भएका छन् । प्रहरी स्रोतका अनुसार उनी विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउ समेत परेर थुनामा बसेका व्यक्ति हुन् ।

    कांग्रेस पृष्ठभूमिका सुनार दैलेखबाट महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका थिए । उनले २०७७ सालमा नारायण नगरपालिका १ मा म्यानपावर कम्पनी खोलेर युवाहरू विदेश पठाउन थाले । तर, एक वर्ष पनि अफिस चलेन । बरु उनीविरुद्ध ठगीका उजुरीहरू परे ।

    तीनै उजुरीका आधारमा प्रहरीले सुनारलाई त्यतिबेलै पक्राउ गरेको थियो । उनको हत्कडी लगाएको फोटोसमेत प्रहरीले सार्वजनिक गरेको थियो । सुनारले ५ हजारदेखि १५ हजारसम्म ठगेको बताउने कतिपय व्यक्तिहरु उनी मन्त्री भएपछि पैसा उठ्ने आशामा छन् ।

    यस्तै, सुनारलाई जिल्ला अदालत काभ्रेले पटके कसुरमा ८० साल असारमा १० हजार जरीवानाको फैसला सुनाएको थियो । उक्त जरीवाना उनले अहिलेसम्म तिरेका छैनन् ।

    सुनारकी पत्नी राष्ट्रिय अनुसन्धान विभागका अधिकृत हुन् । उनीहरूका एक छोरा छन् । तर, श्रीमान-श्रीमतीको सम्बन्ध राम्रो छैन । श्रीमती हुँदाहुँदै विभिन्न महिलाहरूसँग अफेयरमा बस्ने गरेको उनलाई चिन्नेहरु बताउँछन् । करिब १० वर्षअघि बेहे गरेका सुनारले सुर्खेतकी एक विवाहित महिलासँग विवाहेत्तर सम्बन्ध राखेका थिए ।

    ती महिलाका श्रीमान विदेशमा छन् । यस्तै काठमाडौंमा नै एक युवतीसँग केही समय लिभ इनमा बसे । विवाह गर्ने भनेर लिभ इनमा बसे पनि विवाह गर्न नमानेपछि युवतीले महिला आयोगमा उजुरी दिएकी थिइन् । अर्की एक महिलासँग पनि सम्बन्ध राखेर उनको पैसासमेत खाइदिएको आरोप सुनारमाथि छ ।

  • महाराजगञ्ज वृत्तका २ प्रहरी हत्याको कसुरमा थप ५ जना पक्राउ

    महाराजगञ्ज वृत्तका २ प्रहरी हत्याको कसुरमा थप ५ जना पक्राउ

    काठमाडौं । जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर हत्या गरेको कसुरमा थप ५ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो । पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर हुन् ।

    महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो । उनीहरुले कार्यालयबाट तानेर नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर प्रहरीलाई कुटपिट गरेका थिए । अचेत भएपछि घिसारेर मुख्य सडकको बीचमा पुर्याएका थिए । त्यहाँ पनि कुटपिट हुँदा उनीहरुको ज्यान गएको थियो ।

    यसअघि गत सोमबार गोरखा भई धुम्बाराही बस्ने २१ वर्षीय सोमबहादुर गुरुङ पक्राउ परेका थिए । सोही घटनासँग सम्बन्धित युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होमप्रसाद पौडेल र टिकाराम विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

  • चितवन कारागारबाट भागेका ११ भारतीय नागरिकसहित १३९ कैदीबन्दी अझै फरार

    चितवन कारागारबाट भागेका ११ भारतीय नागरिकसहित १३९ कैदीबन्दी अझै फरार

    चितवन । जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।

    यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना त्यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए।

    यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन । सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए। यसरी सम्पर्कविहीन भएकाहरुमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उनले जानकारी दिए। फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन् ।

    कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । अरु नवलपरासी (वर्दघाट–सुस्ता) पूर्वसहित अन्य जिल्लाका रहेका छन् ।

    हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताए ।

    उनले भने, “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”

  • मन्त्री बन्न ठिक परेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त

    मन्त्री बन्न ठिक परेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त

    काठमाडौं । अन्तरिम सरकारको मन्त्री हुने चर्चामा आएका खगेन्द्र सुनार दुईवटा मुद्दाका फरार अभियोग रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) ले देखाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखा स्रोतका अनुसार दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी अर्थात् फरार अभियुक्तका रुपमा सुनारको नाम देखिएको हो ।

    उनका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ । यस्तै जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ ।

  • जेन-जी भन्दै शिक्षकले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका अध्यक्षले सीडीओ गुहारे

    जेन-जी भन्दै शिक्षकले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका अध्यक्षले सीडीओ गुहारे

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आफूलाई जेन-जी बताउने एक शिक्षकले धाकधम्की दिएको भन्दै कारबाहीका लागि प्रमुख जिल्ला अधिकारी गुहारेका छन् ।

    पालिकाको लेटप्याडमा लिखित उजुरी दिँदै राईले आफूलाई उदयपुर त्रियुवा-१५ सिद्दवति माविका अनुदानमा कार्यरत शिक्षक युवराज कार्कीले फोन गरेर ‘म जेन-जी हुँ भन्दै नानाथरिले गाली गलोज गर्दै अपशब्द प्रयोग गरी कुट्छु पिट्छु भन्दै हप्काउने र ज्यान मार्ने समेत धम्की दिँदै डर त्रास फैलाएको उल्लेख गरेका छन् ।

    राईले शिक्षक कार्कीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।

  • जेन-जी आन्दोलनमा तीनकुनेका प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ

    जेन-जी आन्दोलनमा तीनकुनेका प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ

    काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् ।

    आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए ।

    जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो । घिसिङमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सो दिन हतियार लुट्नेमध्येका केही व्यक्ति पक्राउ परिसकेका छन् ।

  • जेन-जी आन्दोलनमा भीआईपीसहित २१३ जनाको सेनाद्वारा उद्धार, धेरै क्षति प्रहरीको

    जेन-जी आन्दोलनमा भीआईपीसहित २१३ जनाको सेनाद्वारा उद्धार, धेरै क्षति प्रहरीको

    काठमाडौं । नेपाली सेनाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ । त्यस्तै २३ जना प्रहरीको पनि सेनाले हेलीबाटै उद्धार गरेको थियो ।

    शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ । सेनाले दिएको विवरण अनुसार जेनजी आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास,१२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका थिए ।

    नेपाल प्रहरीका ३०७ कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।

  • गृहमन्त्री भन्छन्: आपराधिक मानसिकताका व्यक्तिहरूले जेन-जी आन्दोलनलाई हिंसात्मक बनाए

    गृहमन्त्री भन्छन्: आपराधिक मानसिकताका व्यक्तिहरूले जेन-जी आन्दोलनलाई हिंसात्मक बनाए

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकताका व्यक्तिहरूले जेन-जी आन्दोलनलाई हिंसात्मक बनाएको बताएका छन् ।

    ७०औँ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा अर्यालले जेन-जीको आन्दोलनमा आपराधिक मानसिकताका व्यक्तिहरूले सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठानलगायत, निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट गरेको बताएका हुन् ।

    प्रहरीमाथि भौतिक आक्रमणका साथै हातहतियार तथा सुरक्षा उपकरणहरूको लुटपाटपछि नागरिक सहभागितामा भएको मर्मत र पुन:स्थापनाको प्रहरी नागरिक स्पन्दनमा बसेको संगठन भन्ने सत्य स्थापित भएको उनको भनाइ थियो ।

    गृहमन्त्री अर्यालले सरकार सदैव प्रहरीको साथमा रहेकाले उच्च मनोबलका साथ नागरिकको चाहनाअनुसार काम गर्न निर्देशन दिए ।

    मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा भएको र यसैको जगमा कानूनी शासन, मानवअधिकारको संरक्षण र अन्य विकासका आधारहरू निर्माण हुने गरेको उनको भनाइ छ ।

  • जेन-जी आन्दोलनमा जेलबाट भागेका २ कैदी पक्राउ

    जेन-जी आन्दोलनमा जेलबाट भागेका २ कैदी पक्राउ

    काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर भागेका दुई कैदी पुन: पक्राउ परेका छन् ।

    नख्खु कारागारबाट भदौ २४ मा भागेका ललितपुर-२ होप भ्याली निवासी ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई इमाडोल प्रहरीले विहीबार पक्राउ गरेको हो । उनी चोरी मुद्दामा सजाय काटिरहेका थिए ।

    त्यस्तै सुन्धाराबाट भागेका सामाखुशीका ३१ वर्षीय को विशाल महर्जनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको छ । उनी सवारी ज्यान मुद्दामा जेल सजाय काटिरहेका थिए ।

  • प्रहरीकाे परिचयपत्र देखाएर हाेटलमा बसेका थिए कथित जेन-जी अर्जुन शाही

    प्रहरीकाे परिचयपत्र देखाएर हाेटलमा बसेका थिए कथित जेन-जी अर्जुन शाही

    काठमाडौं । जेन-जी भन्दै विभिन्न सरकारी कार्यालयहरू गएर धम्क्याउने अर्जुन शाहीले प्रहरीको परिचयपत्र देखाएर होटलमा बसेको अनुसन्धानबाट खुलेको छ ।

    बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएका उनीमाथि अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

    उनको साथबाट सहायक निरीक्षक (असई) कुमार शर्माको परिचयपत्र बरामद भएपछि सोधपुछ गर्दा चावहिलस्थित एक होटलमा बस्नका लागि उक्त परिचयपत्र पेश गरेको उनले बताएका छन् ।

    भदौ २४ पछि उनी चावहिलका विभिन्न होटलमा बसेको प्रवक्ता भट्टराईले बताए । जिल्ला प्रहरी परिसरले सोध्दा असई शर्माले आफ्नो परिचयपत्र जेनजी आन्दोलनकै क्रममा हराएको भनेका छन् ।

    उनले आफूले अर्जुन शाहीलाई दोहोरो रुपमा नचिनेको र कार्यालयबाटै हराएको उक्त परिचयपत्र उनले फेला पारेको हुनसक्ने भनेका छन् ।

    कोटेश्वरबाट बुधबार साँझ पक्राउ परेका उनी अछामको पञ्चदेवल नगरपालिका-४ का स्थायी बासी हुन् । शाही बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा फरार थिए ।

    २६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए ।

    उनी सुशीला कार्कीको शपथमा सुधन गुरुङसँगै जेनजीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए ।

  • घोराहीमा तास खेलिरहेका १२ जना पक्राउ, पौने २ लाख बरामद

    घोराहीमा तास खेलिरहेका १२ जना पक्राउ, पौने २ लाख बरामद

    दाङ । प्रहरीले घोराहीबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

    दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल, घोराही १४ का विष्णु गुप्ता, घोराही-१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र होटेलका म्यानेजर सुरज पुन पक्राउ परेका छन् ।

    उनीहरूको साथबाट १ लाख ८८ हजार ८ सय २० रूपैयाँ, खोलेको ५ गड्डी र नखोलेको तास बरामद भएको प्रहरीले जनाएको छ ।

  • जेनजी भन्दै सरकारी कार्यालयमा गएर धम्क्याउने अर्जुन शाही पक्राउ

    जेनजी भन्दै सरकारी कार्यालयमा गएर धम्क्याउने अर्जुन शाही पक्राउ

    काठमाडौं । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् ।

    उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

    विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जनाए ।

     

  • जेन-जी आन्दोलनको साइड इफेक्ट : इन्स्पेक्टर सरुवा दलीय हस्तक्षेपमुक्त, विभागीय मूल्यांकन हावी

    जेन-जी आन्दोलनको साइड इफेक्ट : इन्स्पेक्टर सरुवा दलीय हस्तक्षेपमुक्त, विभागीय मूल्यांकन हावी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा कार्यरत इस्न्पेक्टर विक्रम सुवेदीले कोहीसँग सरुवा मागेका थिएनन् । अवधि पुगेका कारण कतै न कतै जानुपर्छ भनेर उनी मानसिकरूपमा तयार थिए । जब बुधबारको सरुवा सूचीमा उनले आफ्नो नाम पर्सास्थित वडा प्रहरी कार्यालय, बिर्तामा नाम देखे, एकछिन त ‘हो कि होइन’ भन्नेमा परे ।

    नेपाल प्रहरी प्रधान कार्यालयले असोज २८ को मितिमा बुधबार सार्वजनिक गरेको ६६५ इन्स्पेक्टरको सरुवामा परेका थुप्रै इन्स्पक्टर सुवेदीकै स्थितिमा छन् । सरुवा माग्न राजनीतिक दलका उच्चपदस्थ व्यक्ति र विभिन्न गैरप्रहरी शक्तिकेन्द्रमा धाउने प्रहरी प्रचलन जेनजी आन्दोलनयता बन्द छ ।

    दलीय प्रभावमा प्रहरी सरुवा हुँदा पहुँच नपुगेर कुँजिनुपर्ने स्थितिका थुप्रै प्रहरीलाई यसपटक प्रहरी संगठनकै मूल्यांकनका आधारमा सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैले सुवेदीजस्ता राजनीतिक शक्तिकेन्द्र नचिनेका इन्स्पेक्टर सबैभन्दा आकर्षक ठाउँमा पुगेका छन् । अपरेशनल कमाण्डमा दखल राख्ने उनले रुकुम पश्चिमस्थित प्रहरी कार्यालय, आठबीसकोटमा रहँदा २०७९ का तीनै तहको निर्वाचन सम्पन्न गराएका थिए ।

    अख्तियारबाटै महोत्तरीस्थित इलाका प्रहरी कार्यालय, गौशाला सरुवा भएका रमेश लामाले पनि त्यस्तो आकर्षक पोष्टिङ पाउने आश गरेका थिएनन् । उनी पनि सरुवामा नाम देखेर चकित परेका छन् ।

    सुवेदी र लामाजस्तै अवस्थामा रहे, झापास्थित इलाका प्रहरी कार्यालय, अनारमनीमा कार्यरत इन्स्पेक्टर सन्तोष राई । उनले सरुवा भए पनि पूर्वतिर कतै मागेका थिए । तर, परिदिए जिल्ला ट्राफिक कार्यालय, झापाका लागि । इन्स्पेक्टर दर्जामा जिल्ला ट्राफिक सबभन्दा आकर्षक मानिन्छ । ती युनिटमा सरुवा जानका लागि व्यापक शक्तिकेन्द्रको प्रयोग हुने गर्थे ।

    भक्तपुरस्थित प्रहरी वृत्त ठिमीबाट जिल्ला ट्राफिक पर्सामा सरुवा भएका युवराज कटुवाल, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट वडा प्रहरी कार्यालय नेपालगञ्ज गएका शेखर खड्का, प्रहरी प्रधान कार्यालयको कार्य विभागबाट जिल्ला ट्राफिक सिराहा सरुवा भएका लाहान ट्राफिक शालिकग्राम तिमल्सिना प्रप्रका कार्यविभागमा कार्यरत थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत राजन ढकाल कपिलवस्तुस्थित जिल्ला ट्राफिक प्रमुखका रुपमा सरुवा भएका छन् ।

    लामो समय प्रहरी महानिरीक्षक (आईजी) को गृह प्रवन्धमा बसेका विशाल मल्ललाई पर्साको बिर्ता, बाँकेको नेपालगञ्ज वा कुनै जिल्ला ट्राफिकको पोष्टिङ मिल्ने आश थियो । चाहँदा आईजीले आफूसँगै काम गर्ने एउटा अफिसरलाई त्यस्ता ठाउँमा पठाउनु ठूलो कुरा हुँदैन । तर, उनी सिराहाको महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालय सरुवा भएका छन् ।

    मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासनमा कार्यरत इन्स्पेक्टर प्रदीप पौडेल अर्को आकर्षक मानिने पर्सास्थित इलाका प्रहरी कार्यालय, पोखरिया सरुवा भएका छन् ।

    काठमाडौंका दरबारमार्ग र सोह्रखुट्टे प्रहरीमा लामो समय काम गरेका प्रदीप सुवेदी तनहुँस्थित इलाका प्रहरी कार्यालय आबुखैरेनी सरुवा भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट इन्स्पेक्टर महेशकुमार आचार्य अर्को आकर्षक मानिने कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय, गणेशपुर सरुवा भएका छन् । प्रहरी वृत्त, थानकोटबाट माधवप्रसाद चौधरी जिल्ला ट्राफिक, नवलपरासी पश्चिम गएका छन् ।

    कर्णाली प्रदेश प्रहरी कार्यालयबाट मानबहादुर बिसी रुपन्देहीस्थित वडा प्रहरी कार्यालय, भैरहवामा खटिएका छन् । झापा, भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा मोतिलाल योञ्जन तामाङ सरुवा भएका छन् । उनी सामाखुशीस्थित विपद् व्यवस्थापन कार्यालयमा थिए ।

    कास्कीस्थित वडा प्रहरी कार्यालय, बगरमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट रामप्रसाद सापकोटा सरुवा भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय, ढल्केबरमा जिल्ला प्रहरी चितवनबाट लक्ष्मण केसी जाने भएका छन् । त्यहाँ कार्यरत जटाशंकर यादव जिल्ला प्रहरी ताप्लेजुङ सरुवा भएका छन् । उनी जेनजी आन्दोलनमा प्रहरी कार्यालय, हातहतियार, सवारी साधन र जनशक्ति सुरक्षा गरेका कारण असोज महिनका लागि धुनषाका उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

    महिला जिम्मेवारी न्यून

    ६६५ इन्स्पेक्टर सरुवा हुँदा थोरै महिलाले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । त्यसमध्येकी हुन्, रुक्शा बज्राचार्य । उनले मकवानपुरको पालुङस्थित इलाका प्रहरी कार्यालयको जिम्मेवारी पाएकी हुन् । उनी कास्कीस्थित अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिइन् ।

    चितवनस्थित इलाका प्रहरी कार्यालय, फूलबारीको प्रमुखमा कल्पना सापकोटा सरुवा भइन् । उनी काभ्रेस्थित बागमती प्रदेश प्रहरीको केन्द्रीय अनुसन्धान इकाइमा थिइन् ।

    भक्तपुरको जिल्ला ट्राफिक प्रमुखमा झरना सोनार सरुवा भएकी छन् । उनी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट त्यहाँ खटिएकी हुन् ।
    कास्कीको बैदामस्थित पर्यटक प्रहरीमा इन्स्पेक्टर अमृता केसी सरुवा भएकी छन् । उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सरुवा भएकी हुन् । उक्त कार्यालयले पोखराको लेकसाइड, पार्दीसहितको अत्यधिक पर्यटक पुग्ने क्षेत्रमा काम गर्छ ।

    काठमाडौंस्थित पर्यटक प्रहरी, भृकुटीमण्डपमा कार्यरत उमा केसी नारायणहिटी सुरक्षा गारद गुल्ममा सरुवा भएकी छन् । पूर्वी नवलपरासीस्थित इलाका प्रहरी गैंडाकोटमा कार्यालय प्रमुख रहेकी कमला नराल काठमाडौंको सामाखुशीस्थित विपद व्यवस्थापन कार्यालयमा खटिएकी छन् ।

    मधेस प्रदेशका तत्कालीन डीआईजी उमाप्रसाद चतुर्वेदीद्वारा उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत भएकी इन्स्पेक्टर निकिताकुमारी मिश्रा प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएकी छन् । एआईजीमा बढुवा भएपछि चुतर्वेदी नै उक्त विभागका प्रमुख छन् ।

    काठमाडौंको पर्यटन प्रहरीमा मीनादेवी राई सरुवा भएकी छन् । उनी चितवनको गीतानगरस्थित इलाका प्रहरी कार्यालयबाट त्यहाँ सरुवा भएकी हुन् । कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयमा इन्स्पेक्टर मीरा खड्का सरुवा भएकी छन् । सिन्धुलीको डकाहास्थित इलाका प्रहरी कार्यालयको जिम्मेवारी इन्स्पेक्टर सपना खड्काले पाएकी छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भएकी हुन् ।

  • प्रचण्डविरुद्ध भ्रम फैलाएको भन्दै पूर्वएआईजीसहित २ जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

    प्रचण्डविरुद्ध भ्रम फैलाएको भन्दै पूर्वएआईजीसहित २ जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

    काठमाडौं । नेकपा माओवादी निकट वाईसीएल र अखिल क्रान्तिकारीले संयुक्तरूपमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

    सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रूपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

    हालैको जेनजी आन्दोलन पश्चात् देशलाई अस्थिर पार्ने उद्देश्यका साथ विभिन्न व्यक्ति तथा प्रवृत्तिहरूले आन्दोलनका वास्तविक मागहरूलाई अपहरण गरी भ्रम फैलाउने कार्य गरिरहेका भन्दै वाईसीएल र अखिल क्रान्तिकारीको टोलीले साइबर ब्युरोमा उजुरी दिएको हो ।

    उजुरीमा भनिएको छ, ‘पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडिया माध्यममार्फत ने.क.पा. (माओवादी केन्द्र) का संयोजक क. पुष्पकमल दाहाल प्रचण्डविरुद्ध घर जलाइँदा अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो भन्ने झुटा, तथ्यहीन र कपोकल्पित नियोजित प्रचार गरेका छन् ।’

    प्रचण्डविरुद्धको आरोप पूर्णरूपमा भ्रामक, तथ्यहीन र राजनीतिक प्रतिशोध राखेर गरिएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएका छ । प्रमाणित नहुने आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी संगठन र नेतृत्व विरुद्ध चरित्रहत्या गर्नु तथा सर्वसाधारणलाई उत्तेजित गर्नु गम्भीर आपराधिक गतिविधि भएको उल्लेख छ।

    उनीहरूले डिजिटल माध्यमबाट गरिएको गलत प्रचार-प्रसार साइवर अपराध अन्तर्गत पर्ने भएकाले सम्बन्धित व्यक्तिमाथि कानुनी अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्।

  • जजकमा पक्राउ परी नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

    जजकमा पक्राउ परी नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

    रुपन्देही । जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा रहेर जेनजी आन्दोलनका क्रममा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् ।

    धुर्कोट गाउँपालिका वडा नं ७ थेप्चेका ३६ वर्षीय साजन अर्याललाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो ।

    गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

    जबर्जस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा रहेका अर्याल जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।

     

  • साढे १४ सय लागूऔषध ट्याब्लेटसहित २ जना पक्राउ

    साढे १४ सय लागूऔषध ट्याब्लेटसहित २ जना पक्राउ

    दाङ । बाँकेमा प्रहरीले करिब साढे १४ सय बढी लागूऔषध ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ ।

    जिप्रका बाँकेका प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० राँझाबाट लागूऔषध ट्रामाडोल १ हजार ट्याब्लेट, नाईट्राभेट ४ सय १० ट्याब्लेट र स्पास्मो ३२ ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका-३ स्यालाका २२ वर्षीय राजन विकसहित २ जनालाई गएराति पक्राउ गरिएको हो ।

    उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

     

  • मध्यराति प्रहरीको बर्दी लाएर ‘चोर’ आएपछि…

    मध्यराति प्रहरीको बर्दी लाएर ‘चोर’ आएपछि…

    चितवन । कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीको बर्दी लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए ।

    घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए ।

    खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शङ्का लाग्यो ।’

    एक्ककासि नयाँ मान्छे देख्दा आत्तिएर बोल्न नसकेको उनको भनाइ छ।

    ‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो। जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए’, घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासि नयाँ मान्छे देख्दा म आत्तिए । चोर ! भन्ने सम्झे । तर बोल्न सकिनँ’

    ती व्यक्तिले त्यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताए।

    भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए । निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उनले सुनाए। घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन भन्ने एकिन भएको खतिवडाले बताए।

    राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उनले जानकारी दिए। मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखेको खतिवडाले बताए । उनका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए ।

    इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताए। उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्का बीच सोही कोणबाट समेत अनुसन्धान थालिएको जानकारी दिए ।

    उनले भने, “यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।” चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार रहेका छन् ।

  • मधेशको कमाण्ड सम्हाल्दै डीआईजी थपलियाले भने- शान्ति सुरक्षा र अपराध नियन्त्रण मेरो प्राथमिकता

    मधेशको कमाण्ड सम्हाल्दै डीआईजी थपलियाले भने- शान्ति सुरक्षा र अपराध नियन्त्रण मेरो प्राथमिकता

    जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नयाँ नेतृत्वका रूपमा डीआईजी गोविन्द थपलियाले कमाण्ड सम्हालेका छन् । थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रण रहेको प्रतिबद्धता जनाए ।

    २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा छिरेका उनले तीन दशकभन्दा बढीको सेवाकालमा संगठनका विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र धनुषाको प्रमुख, लागु औषध नियन्त्रण ब्युरो प्रमुख, मानवश्रोत विकास विभागमा शाखा प्रमुखदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश समन्वय विभाग हुँदै उनी मधेशको सुरक्षा कमाण्ड सम्हाल्न आइपुगेका हुन् ।

    लागु औषध नियन्त्रण क्षेत्रमा उनले पुर्‍याएको योगदानको संगठनमै चर्चा हुने गरेको छ । ब्युरो प्रमुख रहँदा उनले गाँजा खेती नियन्त्रणका लागि देशभर अभियान सञ्चालन गरे । गाउँ-गाउँमा पुगेर वैकल्पिक नगदे बाली प्रवर्द्धन र जनचेतनामूलक कार्यक्रम गरेका थिए ।

    मधेश प्रदेशमा बढ्दो सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै थपलियाले प्रहरीको उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन् । जनकपुरधाममा कार्यभार सम्हाल्दै उनले भनेका छन्- ‘शान्ति, सुरक्षा र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनेछ। अपराधविरुद्ध शून्य सहिष्णुता अपनाइनेछ।’

  • १८ महिनापछि फेरि किन समातिए महरा ?

    १८ महिनापछि फेरि किन समातिए महरा ?

    काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको सुन प्रकरणमा मुछिएका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन् । उही मुद्दामा पहिल्यै पक्राउ परी हाजिर जमानीमा छुटेका उनी १८ महिनापछि फेरि किन समातिए ?

    प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का प्रमुख एआईजी डा.मनोजकुमार केसीका अनुसार २०८० चैत ९ मा हाजिर जमानीमा छुटेका उनी त्यसरी छुट्न हुने व्यक्ति नभएका कारण पुनः पक्राउ परेका हुन् । ‘उक्त मुद्दामाथि पुनः अनुसन्धान गर्दा उहाँ त्यसरी छुट्नुपर्ने व्यक्ति नभएको देखियो, हामी भोलि नै उहाँलाई प्रतिवादी बनाएर अदालतमा पेश गर्दैछौँ’, उनले भने ।

    यदि महरा हाजिर जमानीमा छुट्नुपर्ने व्यक्ति थिएनन् भने प्रहरीले १८ महिनासम्म उनलाई किन चलाएन ? के अब राजनीतिक दलसम्बद्ध अन्य व्यक्ति यसरी नै पक्राउ पर्दै जालान् ? एआईजी डा.केसी भन्छन्, ‘यो मुद्दासँग राजनीतिको कुनै सरोकार छैन, फौजदारी कसुरमा उहाँको संलग्नता देखियो, हामीले समात्यौँ ।’

    उनी अहिले पक्राउ परेकै कसुरमा तत्काल अन्य कोही प्रतिवादीलाई पक्राउ गर्न बाँकी नभएको उनले बताए । तर, अरु घटना र तिनको अनुसन्धानका क्रममा कतै त्रुटी भएको भए जो पनि पक्राउ पर्नसक्ने डा.केसीले बताए । ‘अरु, अरु अनुसन्धानका क्रममा अन्य व्यक्ति पक्राउ पर्नसक्ने कुरा त हुन्छ, तर फौजदारी कसुरमा को व्यक्ति कुन पेशा र पृष्ठभूमिको छ भनेर हेरिँदैन, मुद्दाको स्थितिका आधारमा व्यवहार हुन्छ ।’

    के हो महराको काण्ड ?

    २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड ०५८७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका चिनियाँ नागरिक लि हनसङले २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए । ती सामान भन्सार कार्यालयले आफ्नो स्टोरमा राखेको थियो । भन्सारका नायव सुब्बा रेवन्त खड्कासहितका व्यक्तिले ती बट्टाभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन रहेको थाहा पाएपछि संगठित रुपमा आपराधिक लाभ लिए । उक्त कसुरमा महराको संलग्नता पुष्टि भएपछि उनी फरार भए ।

    अनुसन्धानका क्रममा चिनियाँ तस्करसँग उनी र उनका छोरा राहुनको २ सय ५६ पटक फोन सम्पर्क भएको देखिएको थियो । उक्त घटनापछि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा सुन तस्करी अनुसन्धान जाँचबुझ आयोग बनाएको थियो । उक्त आयोगले २०८० चैत १ गते प्रतिवेदन बुझाएको थियो ।

    त्यसले महरामाथि मुद्दा चलाउने १० वटा आधार किटान गरेको थियो । मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि महरा रोल्पास्थित पुख्र्याैली घर जाने भन्दै स्थलमार्गबाट भैरहवाबाट पश्चिमतिर लागे । आफ्नो साथमा रहेका सुरक्षाकर्मीलाई भैरहवामै छाडे । उनी रुपन्देहीको लुम्बिनी क्षेत्र हुँदै कपिलबस्तुको पकडीतिर लाग्दै गर्दा प्रहरीले बेरियर लगाएर पक्राउ गरेको थियो । उनी त्यहाँबाट भारततर्फ प्रवेश गर्न लागेको प्रहरीले जनाएको थियो ।

    पक्राउपछि काठमाडौं ल्याइएका उनलाई अनुसन्धान गर्नका निम्ति प्रहरीले ७ दिनको म्याद माग गरी हिरासतमा राखेको थियो । जिल्ला अदालतले उनको स्वास्थ्यस्थितिको ख्याल गर्न भन्दै आवश्यक म्याद त दियो । तर, राजनीतिक दबाबमा सिआईबीले पाँचै दिनमा महरालाई हाजिर जमानीमा रिहा गर्न सिफारिस गर्यो ।

    उनले आफूलाई क्षयरोग, युरिक एसिड र प्रोस्टेटको समस्या रहेको र ८ किसिमका औषधी दैनिक सेवन गर्नुपर्ने भन्दै अदालतमा निवेदन दिएका थिए । त्यसपछि नर्भिक अस्पतालमा भर्ना गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका निम्ति पेश गरियो ।

    उक्त मुद्दामा सिआईबीले भन्सारका नासु खड्का, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले, अमृत कार्की, निर्मलकुमार विक, दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापालाई आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधको कसुरमा प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । त्यसमध्ये पाण्डुरङ मरगले कारागारमा थुनिएका थिए । उनले बयानका क्रममा सुन तस्करीमा चिनियाँ नागरिकसँगै महराको पनि आर्थिक लगानी भएको किटान गरेपछि महरामाथि मुद्दा सोझिएको हो ।

    रोशनी प्रकरणबाट सुरु भयो दुःख

    २०४८ सालदेखि राष्ट्रिय राजनीतिक परिदृश्यमा छाएका महरा २०७६ सालको रोशनी प्रकरणपछि विभिन्न झमेलामा पर्दै आए । उनी २०४८ को आम निर्वाचनमा रोल्पाबाट संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (माओवादी) ले २०५२ फागुनमा जनयुद्ध शुरु गर्दा उनी शुरुवाती समयदेखि नै सक्रिय रहे ।

    सशस्त्र द्वन्द्वकालमा उनी पार्टी प्रवक्ता थिए, शान्तिप्रक्रियामा आएपछि पनि सोही भूमिकामा रहे । २०६३ मा गठित सरकारदेखि उनी निरन्तर मन्त्री रहँदै आए । २०७४ को निर्वाचनमा वाम गठबन्धनअन्तर्गत माओवादी केन्द्रका तर्फबाट उनले दाङमा उम्मेदवारी दिए, निर्वाचित पनि भए । सोही कार्यकालमा सभामुख भए । तर, २०७६ असोज १३ गतेको घटनापछि विवादमा मुछिएका उनी बलात्कार अभियोगमा पक्राउ परेसँगै सभामुखको पद गएको थियो ।

    असोज १३ गते तीनकुनेस्थित रोशनी शाहीको डेरामा गएर दुव्र्यवहार गरेको आरोपपछि असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । शाही संसद सचिवालयको स्वास्थ्य सेवाअन्तर्गत करारकी कर्मचारी थिइन् ।

    तर, पाँच महिनाको जेल बसाईपछि २०७६ फागुन ५ गते उक्त मुद्दामा उनले सफाई पाए । जिल्ला अदालत, काठमाडौंका अम्बरराज पौडेलको इजलासले उनलाई सफाई दिएको थियो ।

  • ‘टीओबी’ टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर भाइरल, खोजी गर्दै प्रहरी

    ‘टीओबी’ टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर भाइरल, खोजी गर्दै प्रहरी

    काठमाडौं । जेन-जी आन्दोलनका क्रममा टिओबी (तिब्बतियन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा देखिएका युवकको प्रहरीले समेत खोजी सुरु गरेको छ ।

    केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरू जेनजी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमा व्यापक भइरहेको थियो । यस्ता व्यक्तिहरुले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएका छन् । त्यसमध्ये एकजनाले पेस्तोल नै बोकेको फोटो आएपछि प्रहरीसमेत गम्भीर बनेको छ ।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उक्त फोटो र यससँग सम्वन्धित फुटेजहरु संकलन गरिएको बताए । ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको र छिट्टै पक्राउ गरिने उनको भनाइ छ ।

    तस्बिरमा बिजुलीबजार पुलजस्तो देखिने स्थानमा टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ । यो तस्बिर सक्कली भएको आँकलन प्रहरीले प्रारम्भिकरूपमा गरेको छ ।

  • बालेन र सुधनविरुद्ध भटाभट जाहेरी- प्रहरीले लिँदै, थन्क्याउँदै

    बालेन र सुधनविरुद्ध भटाभट जाहेरी- प्रहरीले लिँदै, थन्क्याउँदै

    काठमाडौं । काठमाडौं प्रहरी परिसरले तत्कालीन भदौ २३ र २४ गतेका घटनाहरूलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध भटाभट जाहेरी परिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि जाहेरी प्रहरीको दर्ता किताबमा चढेको छैन ।

    सुरूमा एमाले निकट अनेरास्ववियुले काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको थियो । त्यसपछि अन्य केही जिल्लाहरूमा पनि अखिलका नेता कार्यकर्ताले जाहेरी दिए । त्यसपछि अभियन्ता युवराज सफलले पनि बालेन र सुधनमाथि किटानी जाहेरी हाले । यस्तै आज, कांग्रेसनिकट नेविसंघले पनि काठमाडौं र ललितपुरमा जाहेरी दिएको छ ।

    प्रहरीले सबै जाहेरी बुझेर भदौ २३-२४ को घटनाबारे जाँचबुझका लागि बनेको आयोगमा पठाउने बताएको थियो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेका जाहेरी प्रहरीले आयोगमा पठाइसकेको थियो । तर, बालेन-सुधनविरुद्धका जाहेरी भने प्रहरीले आयोगमा नपठाइकन थन्क्याएको खुलेको छ ।

    काठमाडौं प्रहरी परिसरका अनुसार ओली र लेखकविरुद्धका जाहेरी आयोगले प्रहरीमै फिर्ता गरिदिएपछि बालेन-सुधनको जाहेरी नपठाइएको हो ।

    परिसरका प्रवक्ता पवन भट्टराईले नेपाल प्रेससँग भने, ‘हामीले अहिलेसम्म जाँचबुझ आयोगमा एउटामात्रै जाहेरी पठाएका हौं । अन्य जाहेरी पनि पठाउने तयारीमा थियौँ । तर, शुरूमा पठाएको जाहेरी नै फिर्ता आएपछि अरु जाहेरी के गर्ने भन्ने विषयमा छलफल गर्दैछौँ ।’

    प्रहरीमा आएका सबै जाहेरी सुरक्षित रहेको र दर्ता गर्ने वा नगर्ने विषयमा सरकारी वकिलको राय लिएर निर्णयमा पुग्ने भट्टराईले बताए ।

    नेविसंघले भने जाहेरी दर्ताका लागि २४ घण्टाको अल्टिमेटम नै दिएको छ । उक्त २४ घन्टाभित्र दर्ता गरेर कारबाही अघि नबढेको खण्डमा सडकमा उत्रिने नेविसंघका नेताहरूले बताएका छन् । अन्य जिल्लाहरूमा पनि जाहेरी दिने नेविसंघको तयारी छ ।

  • सुनसरीमा गाेली हानेर सफारी चालककाे हत्या

    सुनसरीमा गाेली हानेर सफारी चालककाे हत्या

    विराटनगर । सुनसरीको रामधुनीमा एक जनाको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा सवार तीन जनाले सफारी चालकलाई गोली हानेका हुन । गोली लागेर सफारीमा रहेका चालकको घटनास्थलमै मृत्यु भएको हो ।

    सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेवेले सफारी चालकको छातीमा चोट देखिएको बताए । उनले गोली हानिएको विषयमा चाहिँ अनुसन्धान भइरहेको बताए । मृतक रामधुनी वडा नम्बर ३ शिवनगरमा सफारी चालक रहेको स्थानीयले बताए ।

    सफारी चालकको पहिचान खुलेको छैन । बाइकमा सवार तीनजनाको समूहले गोली हानी फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

    मृतक स्थानीय दिनेश चौधरी रहेको स्थानीयले बताएका छन् ।

  • लिखतसम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका अध्यक्ष सुना सुवेदी पक्राउ

    लिखतसम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका अध्यक्ष सुना सुवेदी पक्राउ

    काठमाडौं । दर्ता नभएको नक्कली औषधि बेचबिखन गरेको कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । सुवेदी सर्लाही जिल्ला, साविक ईश्वरपुर गाविस–४ की स्थायी बासिन्दा हुन् ।

    हाल उनी काठमाडौं शंखमुलमा बस्दै आएकी थिइन् । पक्राउ परेकी सुवेदीमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    पशु सेवा विभाग अन्तर्गत आयात-निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन, ललितपुरबाट कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स, काठमाडौंलाई पशुपंक्षी फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन वाइण्डर आदि आयात गर्न सिफारिस पत्र जारी गरिएको थियो ।

    तर उक्त सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका Flocure 10%, Florlutin 45 %, Binodox, Levoflox BH, Piperazine लगायतका औषधिहरूको विवरण देखाउँदै विभिन्न भन्सार कार्यालयमा पेश गरी आयात गरेको पाइएको छ।

    सोही आधारमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालि विरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मिति २०८२ असोज २४ गते सुवेदीलाई काठमाडौं महानगरपालिका–३१, शंखमुलबाट पक्राउ गरिेएको सिआईबीले जनाएको छ ।

  • रुपन्देहीको सीमामा १५ हजार घुस लिने सशस्त्रका पोष्ट प्रमुखसहित दुई प्रहरी अख्तियारको फन्दामा

    रुपन्देहीको सीमामा १५ हजार घुस लिने सशस्त्रका पोष्ट प्रमुखसहित दुई प्रहरी अख्तियारको फन्दामा

    रुपन्देही । रुपन्देहीमा १५ हजार घुस लिएका सशस्त्र प्रहरी पोष्टका कार्यालय प्रमुखसहित दुई प्रहरीविरुद्ध मुद्दा दर्ता भएको छ ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीसमेतले घुस रकम लिएकोले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

    उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सीमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ ।

    ‘विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खत्रीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस–रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीसमेतको आपसी मिलोमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरी गराई पन्ध्र हजार रुपैयाँ प्रतिवादीहरु हरिचन्द्र ढकाल र यामबहादुर खत्रीको पूर्वयोजना बमोजिम लिएकाले कानुन बमोजिम कैद र जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’ अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

  • डीआईजी बढुवामा १६ प्रतिस्पर्धी, वरीयतामा को-को छन् दाबेदार ?

    डीआईजी बढुवामा १६ प्रतिस्पर्धी, वरीयतामा को-को छन् दाबेदार ?

    काठमाडौं । नेपाल प्रहरीमा हाल रिक्त चार र कात्तिकमा रिक्त हुने एक गरी पाँच डीआईजी दर्जा त रिक्त हुँदैछ । तर, प्रतिस्पर्धी संख्या झण्डै तेब्बर हुँदा को अगाडि आउने र कसले कसलाई पछार्ने भन्ने होडबाजी नै शुरु भएको छ ।

    यसअघि चार डीआईजीलाई एआईजीमा बढुवा गर्दा अघिल्लो बढुवाको वरियता नमिचिएका कारण डीआईजी बढुवा पनि त्यसरी नै हुने प्रहरीबीच अनुमान छ । यदि त्यस्तो भयो भने थुप्रै योग्य अफिसर वृत्ति विकासका दृष्टिले पछाडि पर्ने सम्भावना देखिन्छ ।

    हाल एससपी दर्जामा कार्यरत ११२ औँ टोलीका १५ र उनीहरूभन्दा अघिल्लो बढुवामा एसएसपी भएका एक गरी १६ प्रतिस्पर्धी छन् । ११२ टोली भनेको नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५६ असार ३ गते नियुक्त अधिकृत हुन् । उनीहरू २०८० वैशाख २४ मा एसएसपी बढुवा भएका थिए ।

    त्यसमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, प्रज्वल महर्जन रहेका छन् । त्यसअघि २०७९ असार २५ मा ३२ एसपीले एसएसपीमा बढुवा पाउँदा ३२ औँ नम्बरमा परेका शारदा चौधरी हालसम्म सोही दर्जामा छन् ।

    चौधरीको हालैमात्र मिर्गौला प्रत्यारोपण गरिएको छ । उनको बढुवा टोलीका सबैजसो एआईजी र डीआईजी हुँदा उनीचाहिँ एसएसपीमै थन्किएका छन् ।

    अहिले चार डीआईजीमात्र रिक्त रहेको, तर कात्तिक पहिलो साता बढुवा सिफारिस गर्दा थप एक डीआईजी रिक्त हुन्छन् । त्यसैले गृह मन्त्रालयले कात्तिक पहिलो सातामै उनीहरुको बढुवा सिफारिसको मनस्थिति बनाएको छ । कात्तिक १३ गते ३० वर्षे अवधि पूरा गरेर डीआईजी सञ्जीव शर्मा दास अवकाश हुँदैछन् । उनको अवकासभन्दा ७ दिनअघि उनको ठाउँका लागि अर्का डीआईजी सिफारिस हुनसक्छन् ।

    आफूआफूमै मारामार

    एक त सिंगो प्रहरी संगठन नै अहिले मारमा परेको छ । त्यसमाथि बढुवालाई लक्षित गर्दै एक अधिकृतले अर्को अधिकृतलाई खेदो खन्न मिडिया ट्रायलदेखि विभिन्न अफवाह फैलाउन प्रहरीभित्रैका मानिस सक्रिय छन् ।

    अघिल्लोपटक बढुवा हुँदा पहिलो नम्बरमा एसएसपी भएका विश्व अधिकारी भदौ २३-२४ को जेनजी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख थिए । अधिकारीलाई अहिले सरकारले काठमाडौंबाट सरुवा गरेको छ। उनी जाँचबुझ आयोगको छानविनमा रहेकाले कतिपयले बढुवा रोकिने आशंका पनि गरिरहेका छन् । उनीविरुद्ध आयोगमा किटानी जाहेरी परेको छ ।

    अधिकारीले भने सिंगो प्रहरी संगठन घेराबन्दीमा परेको बेला एउटा जिल्लाको प्रहरी प्रमुखमात्रैले गर्नसक्ने केही थिएन भन्दै कार्यालय प्रमुख भएकै कारण अन्याय गर्न नहुने भन्दैछन् ।

    एसएसपी शारदा चौधरी बढुवाका स्वाभाविक दावेदार हुन् । उनको शारीरिक अस्वस्थ्यताको विषय झिकेर उनीबाहेकबाट बढुवा हुने हल्ला उत्तिकै चलाइएको छ ।

    प्रहरी व्यावसायिकताको दृष्टिले उक्त व्याच सिंगो संगठनभित्र प्रशंसित छ । उच्च व्यवसायिक क्षमता राख्ने भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन सबैले यसपटक डीआईजी हुने मौका पाउँदै छैनन् ।

    यदि चौधरीसमेत बढुवा भएमा उक्त व्याचबाट अधिकारी, खत्री, भट्टराई, अधिकारी र खनालसम्म पर्न सक्छन् । चौधरी बढुवामा छिरे भने खनाल काटिने सम्भावना छ । यदि छानविनमा भएका कारण अधिकारी बढुवाबाट वञ्जित भए भने भुपेन्द्र खत्री र सानुराम भट्टराई बरियतामा अघि आउनेछन् ।

    यदि अघिल्लो बढुवाको वरीयता तलमाथि पारिए र व्यवसायिक दक्षताका आधारमा मूल्यांकन भएमा सोमेन्द्रसिंह राठौर, तारादेवी थापाहरू अगाडि आउन सक्छन् ।

  • जेन-जी आन्दोलनमा नख्खु जेलबाट भागेका आकाशले ठमेलमा गरे साथीको हत्या

    जेन-जी आन्दोलनमा नख्खु जेलबाट भागेका आकाशले ठमेलमा गरे साथीको हत्या

    काठमाडौं । जेन-जी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदीले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेका छन् ।

    फरार कैदी राप्ती गाउँपालिका-१ दाङका आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई गत असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए ।

    सुरजको वीर अस्पतालमा उपचारको क्रममा १४ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । सुरज र आकाश चिनजानकै साथी भएको प्रहरीको भनाइ छ । घटनापछि आकाश फेरि भागेका छन् ।

    अनुसन्धानको क्रममा आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा रहेको पाइएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरको कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । फरार सयौं अझै बाहिरै छन् ।

    यसअघि जेलबाटै भागेका काभ्रे पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङले असोज ५ गते श्रीमती मनीषाको हत्या गरी शव खाल्डो खनेर पुरेका थिए ।