Tag: अपराध/सुरक्षा

  • मोटर साइकल दुर्घटना गराई लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

    मोटर साइकल दुर्घटना गराई लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

    ललितपुरमोटरसाइकलमा सवार हुँदै लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

    जावलाखेलस्थित चिडियाखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिकको बाटोमा असोज ५ गते राति १२ बजे मोटरसाइकलमा सवार व्यक्तिले काठमाडौं महानगरपालिका १४ बस्ने ३७ वर्षीया भीमकुमारी सिर्पालीलाई घाइते बनाएर ११ लाख रुपैयाँ पर्ने सुनको सिक्री लुटेका थिए ।

    उक्त कार्यमा संलग्न काभ्रेको रोशी घर भई ललितपुर, गोदावरी १४, ठैव बस्ने गंगेबहादुर तामाङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

    बा.५२ प. १३९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भीमकुमारी सिर्पाली घाइते भएकी थिइन् । सिर्पालीको स्कुटरलाई ठक्कर दिने तामाङसहितका व्यक्तिले बा. ९३ प. ३७६७ नम्बरको मोटरसाइकलले ठक्कर दिएका थिए । सिर्पाली स्कुटरबाट लडेपछि सुनको सिक्री लुटपाट गरेका थिए । असोज १० गते पीडित सिर्पालीले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    अनुसन्धानका क्रममा ललितपुरको ठैवस्थित एक खाद्य पसल अगाडि तामाङ सवार स्कुटी फेला परेको थियो । लुटपाटमा आफूसहित अन्य पाँच व्यक्ति संलग्न रहेको तामाङले प्रहरीलाई बताएका छन् । तामाङका साथमा रहेको स्कुटरसहित एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ

  • लापसे गरी सवारी चलाउनेहरू ट्राफिकको फन्दामा- ४ पठाओ चालकसहित ६ जना पक्राउ

    लापसे गरी सवारी चलाउनेहरू ट्राफिकको फन्दामा- ४ पठाओ चालकसहित ६ जना पक्राउ

    काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी काठमाडौँ उपत्यकामा सवारी चलाउने ६ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना चालकलाई नियन्त्रणमा लिइएको छ । उपत्यकाभरिमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ ।

    नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजगाइँ, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेको प्रवक्ता सुवेदीले बताए ।

    नियन्त्रणमा लिएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी मापद पदार्थ र लागुपदार्थलगायतका जाँचमा सधै सक्रिय रूपमा खटिएको र नसालु पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने“सार्वजनिक सवारीसाधन चलाउने चालकले धेरै व्यक्ति बोकेका हुन्छन्, मापसे, लापसे गरी सावरी चलाए धेरैको ज्यान जोखिममा हुन्छ । उक्त कार्य नगर्न हामी आग्रह गर्दछौँ, अवज्ञा गरे कानुन बमोजिम कारबाही हुन्छ ।”

    -रासस

  • मिटरब्याजका एक हजार ६९७ मुद्दामा छिनोफानो

    मिटरब्याजका एक हजार ६९७ मुद्दामा छिनोफानो

    वीरगञ्ज । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३ सय ६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फर्स्योट गर्न बाँकी छ ।

    मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवका अनुसार, एक लाखको ऋण दिएर तीन लाख रुपैयाँसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन नसकेको उनी बताउँछन् ।

    पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार रुपैयाँ ऋण लिएकामा साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजार रुपैयाँको तकसुक बनाएको आरोप लगाए । उनले भने, ‘सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।’

    पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५ सय ९७ रुपैयाँ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले बताए ।

  • मानव बेचबिखन मुद्दाका फरार कैदी सशस्त्र प्रहरीको नियन्त्रणमा

    मानव बेचबिखन मुद्दाका फरार कैदी सशस्त्र प्रहरीको नियन्त्रणमा

    काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार कैदीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जेनजी आन्दोलनको क्रममा भाद्र २४ गते नख्खु कारागारबाट फरार रहेका झापाका ३७ वर्षीय मानसिंह सुवेदीलाई दुई महिनापछि प्रहरीले ललितपुर४ एकान्तकुनास्थित एक क्याफेबाट पक्राउ गरेको हो ।

    सशस्त्र प्रहरी बल, नेपाल इेन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्रको दक्षिणकाली गणले सोमबार राति नियन्त्रणमा लिएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

    नियन्त्रणमा लिइएका सुवेदीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाको भनाइ छ ।

  • मधेश भवन परिसरमा प्रहरीको लाठीबाट २ सांसद घाइते

    मधेश भवन परिसरमा प्रहरीको लाठीबाट २ सांसद घाइते

    जनकपुरधाम । जनकपुरधामा जारी सात दलको आन्दोलनक्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ ।

    मधेश भवनभित्र पुगेका प्रदेश सांसदहरू प्रहरीको कुटाइबाट घाइते भएका छ । स्थिति नियन्त्रणमा लिने प्रयासमा भएको लाठी चार्जमा परेर नेपाली कांग्रेस मधेश प्रदेश सभा सचेतक कुँवरकान्त झा र जनमतका सांसद सञ्जय यादव घाइते भएका छन् ।

    अन्य सांसदहरू पनि घाइते भएको पाइएको छ । थप विवरण आउन बाँकी छ ।

  • प्रहरी बढुवा- अर्का कार्कीको एआईजी हुने पालो

    प्रहरी बढुवा- अर्का कार्कीको एआईजी हुने पालो

    काठमाडौं । नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएसँगै बिहीबारदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) दर्जाको एक दरबन्दी रिक्त हुँदैछ ।

    संयोग कस्तो छ भने, एकजना कार्कीको बढुवा नियुक्तिपछि रिक्त हुने दरबन्दीका निम्ति अर्का कार्की नै बढुवा वरीयतामा अगाडि छन् ।

    प्रहरीका डीआईजीमध्ये कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका ईश्वर कार्की पहिलो नम्बरमा छन् । २०८१ पुस २९ मा भएको डीआईजी बढुवामा उनी पहिलो नम्बरमा थिए । उक्त बढुवामा दोस्रो राजेन्द्रप्रसाद भट्ट, तेस्रो दिनेशकुमार आचार्य, चौथो अरुण पौडेल र पाँचौ गोविन्द थपलिया थिए ।

    उनीहरू नवनियुक्त महानिरीक्षक कार्कीसँगै २०५४/१२/१८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरू २०६६/०८/२६ मा डीएसपी र २०७४/०४/१८ मा एसपी बढुवा हुँदासम्म एकै लटमा बढुवा भए । एसएसपी र डीआईजी बढुवाका क्रममा न्यून दरबन्दीका कारण कार्की, भट्ट, आचार्यसहितका अधिकृत पछाडि परेका थिए ।

    सम्भवत: कात्तिक महिनाभित्रै डीआईजी कार्कीले एआईजीमा बढुवा पाउने स्रोतले जनाएको छ ।

  • वैवाहिक बलात्कारको आरोपमा जेल, धरौटी तिरेर घर गएकै दिन पत्नीको हत्या

    वैवाहिक बलात्कारको आरोपमा जेल, धरौटी तिरेर घर गएकै दिन पत्नीको हत्या

    पर्वत । मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले जेलबाट छुटेकै दिन घर पुगेर ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका छन् । कुटपिटबाट बेहोस सीतालाई प्रहरीले उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।

    कुटपिटको घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।

    अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए ।

  • काभ्रेमा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

    काभ्रेमा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

    काभ्रे । जेन्जी आन्दोलनक्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका प्रहरी कार्यालय बनेपाबाट फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते कार्यालयमा भएको तोडफोडक्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    हिरासतबाट भागेका १२ मध्ये पाँच जनालाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएका पनौती नगरपालिका–४ का २८ वर्षीय सरोज पोडे, सोही मुद्दाका पनौती नपा–९ का ३३ वर्षीय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका–९ का ४६ वर्षीय नरबहादुर लुङ्गेली छन् । पोडेलाई पनौती नपा–७ बाट, तिमल्सिनालाई पनौती नपा–७ बाट र लुङ्गेलीलाई रोशी–९ बाट पक्राउ गरिएको हो ।

    त्यसैगरी, जबर्जस्ती करणीमा मुद्दा चलाइएका खोटाङको जन्तेढुङ्गा गापा–६ का २३ वर्षीय प्रविन मगर र सवारी अङ्गभङ्गमा हिरासतमा रही फरार रहेका रोशी गापा–१ का ३२ वर्षीय भीमबहादुर सुनारलाई पक्राउ गरिएको जनाइएको छ । मगरलाई उनकै घरबाट र सुनारलाई बनेपा नपा–८ बाट पक्राउ गरिएको विष्टले जानकारी दिए । उनीहरूलाई सोमबार पक्राउ गरी पुनः हिरासत पठाइएको र उनीहरूको मुद्दाबारे थप अनुसन्धान भइरहेको बतार्एको छ ।

  • ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    हुम्ला । सोमबार राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

    ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै थियो । बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।

    विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए ।

    घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।

  • कौडा खेल्दै गरेका २२ जना पक्राउ, १७ लाख रुपैयाँ बरामद

    कौडा खेल्दै गरेका २२ जना पक्राउ, १७ लाख रुपैयाँ बरामद

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरीबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।

    प्रहरी वृत्त थानकोटको टोलीले सोमबार साँझ विशेष सूचनाको आधारमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेकासँगै प्रहरीले १७ लाख रुपैयाँ नगद र कौडा खेल्न प्रयोग हुने सामग्री समेत बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि अनुसन्धान अघि बढाइएको छ ।

  • जेन्जी आन्दोलनमा प्रहरी कार्यालय तोडफोड गर्ने १२ पक्राउ

    जेन्जी आन्दोलनमा प्रहरी कार्यालय तोडफोड गर्ने १२ पक्राउ

    झापा । जेन्जी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रदर्शनक्रममा भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । घटनाको सिसिटिभी फुटेज, भिडियो र फोटोको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    पक्राउ पर्नेहरुमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल संग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना, सोही वडाका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई छन् ।

    यसैगरी, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुन समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका व्यक्तिहरुलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । जेन्जी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भइसकेको छ । अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • प्रहरी वृत्त बानेश्वरबाट हतियार लुट्ने पक्राउ

    प्रहरी वृत्त बानेश्वरबाट हतियार लुट्ने पक्राउ

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं-३१ आलोकनगर बस्दै आएका सिराहा-४ का २२ वर्षीय सेख सिद्धिकीको कोठामा आइतबार खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरिएको प्रहरीको भनाइ छ ।

    पक्राउ परेका सिद्धिकीलाई आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  • महाराजगञ्ज वृत्तमा आगजनि र प्रहरीमाथि कुटपिट गर्ने युवक पेस्तोलसहित पक्राउ

    महाराजगञ्ज वृत्तमा आगजनि र प्रहरीमाथि कुटपिट गर्ने युवक पेस्तोलसहित पक्राउ

    काठमाडौं । जेन-जी आन्दोलनको मौका छोपेर महाराजगञ्ज प्रहरी वृत्तमा आगजनि, लुटपाट र प्रहरीमाथि आक्रमणमा संलग्न एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका दोभाने घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय इन्द्रबहादुर राई छन् ।

    इन्द्रको कोठा खानतलासीको क्रममा Type 54 पेस्तोल, ७ राउण्ड गोलीसहितको म्याग्जिन र अन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । साथै उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट ज्यान सम्बन्धी कसूरमा मुद्दा चलेको अभिलेख भेटिएको भट्टराईले बताए ।

  • २३ लाख बराबरको अवैध सामान बरामद

    २३ लाख बराबरको अवैध सामान बरामद

    रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी २२ लाख ८८ हजार २ सय २८ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएका सामान कात्तिक २३ गते आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
    उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी एक लाख २५ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शङ्करनगरबााट भारतीय नम्बर प्लेट कारको पछाडि सिटमुनी लुकाइछिपाइ बिलबिजक नभएको सामान बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।

    त्यसैगरी, प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काँचो कपडा गरी तीन लाख २२ हजार २ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

  • बरहवा खोलामा युवकको शव भेटियो

    बरहवा खोलामा युवकको शव भेटियो

    रौतहट । चन्द्रपुर–६ का २० वर्षीय युवकको सदरमुकाम गौर–५ स्थित बरहवा खोलामा शव भेटिएको छ । उनी चन्द्रपुरका सुनिलकुमार कहर रहेको परिचय खुलेको छ । उनका साथबाट परिचय पत्र भेटिएको छ ।

    प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

  • जेनजी आन्दोलनमा प्रहरीलाई कुटपिट गर्नेमाथि म्याद थप गरी अनुसन्धान गरिँदै

    जेनजी आन्दोलनमा प्रहरीलाई कुटपिट गर्नेमाथि म्याद थप गरी अनुसन्धान गरिँदै

    काठमाडौं । आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।

    जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर भई हाल काठमाडौंको पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई सामाखुसी चोकबाट पक्राउ गरेको थियो ।

    पक्राउपछि उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको समय दिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक पवनकुमार भट्टराईले बताए। यसरी अपराधमा संलग्न फरार व्यक्तिको खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा प्रहरीको टाइप–५४ पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, सात राउन्ड गोली र अन्दोलनका दिन लगाएको कपडा र जुत्तासमेत बरामद गरिएको उनले बताए।

    राईमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट ज्यानसम्बन्धी कसुरमा मुद्दा चलेको समेत अभिलेखमा देखिएको उनले बताए ।

  • पुनर्स्थापना केन्द्रमा बाँधेर कुटपिट गरी राईको हत्या

    पुनर्स्थापना केन्द्रमा बाँधेर कुटपिट गरी राईको हत्या

    विराटनगर । सुनसरीको धरानस्थित पुनर्स्थापना केन्द्रमा बस्दै आएका युवकको हत्या भएको छ ।

    धरान नगरपालिका, मङ्गलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा बस्दै आएका खड्गबहादुर राईको हत्या भएको हो । लागुऔषध प्रयोगकर्ताा रूपमा रहेका राई पुनर्स्थापना केन्द्रमा उपचाररत थिए । पुनर्स्थापना केन्द्रमा उपचारत राईलाई सञ्चालकसहितले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

    रुाई तेह्रथुम, मेन्छ्यायेम गाउँपालिका–६ का हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषण राईका अनुसार, पुनर्स्थापना केन्द्रको सिसीटिभी क्यामेरा फुटेजमा मृतक राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले हातखुट्टा चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएको छ ।

  • गृहमन्त्री भन्छन्–सुशासनको सन्दर्भमा के गर्दैछौं भन्न मिल्दैन, कामबाट देखाउनेछौं

    गृहमन्त्री भन्छन्–सुशासनको सन्दर्भमा के गर्दैछौं भन्न मिल्दैन, कामबाट देखाउनेछौं

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो राजीनामा माग्ने जेनजी अगुवाहरुलाई समेत जवाफ दिदै शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको प्रष्ट पारेका छन् ।

    पछिल्लो समय आफ्नोबारे उठेका प्रश्नको जवाफ दिदै उनले गृह मन्त्रालय संवेदनशील भएकाले कतिपय विषयमा के गर्दैछौं भन्न नमिल्ने बताएका छन् । मन्त्री अर्यालले आफ्नो प्रतिक्रिया सामाजिक संजालबाट सार्वजनिक गर्दै पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकासमा लैजाने अभिभार पूरा गर्ने प्रष्ट पारेका छन् ।

    यस्तो छ गृहमन्त्री अर्यालको वक्तव्य:
    गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।

  • आक्रामक सिआईबी: दरबारमार्गपछि गोकर्णमा नजर, प्रमाण पुगे आजै पक्राउको तयारी

    आक्रामक सिआईबी: दरबारमार्गपछि गोकर्णमा नजर, प्रमाण पुगे आजै पक्राउको तयारी

    काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको जमिन अनियमित तवरले लिज (भाडा) मा दिइएको आरोपमा शनिबार पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) उक्त प्रकरणसहित अन्य अनियमिततामाथि गहिरो अनुसन्धानमा जुटेको छ ।

    शनिबार पक्राउ परेका पूर्वसहसचिव कार्कीलाई आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका निम्ति लगिने भएको छ । उक्त जमिनको लिज प्रकरणको निर्णय प्रक्रियासँग सम्बन्धित अन्य व्यक्ति माथि सोधपुछ र अनुसन्धानको कार्य आजैबाट शुरू हुने सिआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले बताए ।

    त्यसबाहेक अनियमित तवरले अन्य सरकारी जमिन लिजमा दिइएकोबारे विगतमै प्राप्त उजुरी एवं जाहेरीलाई तामेलीमा राखिएको पाइएको कारण ती प्रकरणमाथि पनि अनुसन्धान चलिरहेको उनले बताए । त्यसमध्ये गोकर्ण भिलेज रिसोर्ट सञ्चालनका निम्ति अनियमित ढंगले गरिएको सम्झौताका विषय सिआईबीले गम्भीर अनुसन्धान गरिरहेको उनले बताए ।

    ‘कुरा आइरहेको छ, प्रमाण पुग्यो भने आजै मानिस पक्राउ गर्छौं’, उनले भने । यद्यपि दरबारमार्ग जग्गा प्रकरणसँग सम्बन्धित प्रमाण संकलन तथा अन्य निर्णयकर्ता पहिचानको काम भने आजैदेखि शुरू हुने उनले बताए ।  सिआईबीमा दर्ज भएका र विभिन्न कारणले रोकिएका अनुसन्धानका कामलाई तीव्रता दिइएको उनले बताए । ‘पहिला के, कति कारण भएन, थाहा छैन, तर अब सम्पूर्ण अनुसन्धानलाई हामी फर्स्यौट गर्दै लैजान्छौं’, डा. केसीले भने ।

    डा. केसीले एसएसपी दर्जमा हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूवाती अनुसन्धान गरेका थिए । त्यसबेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए । उक्त अनुसन्धानका क्रममा उच्चपदस्थ व्यक्ति कारवाहीको दायरामा आउने भएपछि उनको सरुवा भएको थियो ।

  • घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन घाइते

    घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन घाइते

    कैलाली । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

    प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री घोडाघोडी–२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

    जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले यातायात अवरुद्ध गरेर विरोध जनाएका छन् ।

  • बसको ठक्करबाट पैदल यात्रुको मृत्यु, चालक पक्राउ

    बसको ठक्करबाट पैदल यात्रुको मृत्यु, चालक पक्राउ

    हेटौँडा । शनिबार राति ११ बजेतिर मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित पूर्व पश्चिम सडक खण्डमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार, जनकपुरबाट काठमाडौँ आइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुबाहक बसले नामथर नखुलेका अन्दाजी ३२ वर्षका पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

    उनलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा राति ११:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बस चालक महोत्तरी, रामगोपालपुर –६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ । मृतकको पहिचान खुलाउन प्रयास भइरहेको छ ।

  • जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ 

    जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ 

    डोटी । जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    जिल्लाको दिपायल सिलगढी नगरपालिका १ का ५२ वर्षीय ओम प्रकाश चन्द नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार चन्दले स्थानीय १३ वर्षीया बालिकालाई कुरीको झाडीमा लगि बलात्कार गरेको जानकारी आएपछि चन्दलाई पक्राउ गरिएको हो । शनिवार बालिकालाई जबरजस्ती करणी गरेको आफन्तहरूले इलाका प्रहरी कार्यालय, दिपायललाई जानकारी गराएका थिए ।

    घटनाबारे थप अनुसन्धानका लागि अभियुक्त चन्दलाई हिरासतमा राखिएकाे प्रहरीले जनाएको छ ।

     

     

  • इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

    काठमाडौं । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार नेपाल ल्याएको छ ।

    पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । । उनले भने, ‘एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ ।’

    रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेका निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

    निजलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

  • काठमाडौं प्रहरीका अपरेशन कमाण्डरको बयान- संसद भवनभित्र आक्रमण भएपछि गाेली चलेकाे हो

    काठमाडौं प्रहरीका अपरेशन कमाण्डरको बयान- संसद भवनभित्र आक्रमण भएपछि गाेली चलेकाे हो

    काठमाडौं । भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार बयान दिएका छन् ।

    आयोग स्रोतका अनुसार, संगठनको नीति र निर्देशनको अधीनमा रही आफूले जिम्मेवारी निर्वाह गरेको भन्दै आफ्नो तजबिजमा कुनै पनि काम नगरेको उनले बताएका छन् ।

    ‘विद्यार्थीहरूको जुलुस हो, शान्तिपूर्ण गर्ने भनेका छन् भनेर हामी ढुक्क थियौँ, त्यहीँअनुसार जनशक्ति परिचालन भएको थियो’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जब एभरेष्ट होटल अगाडिको ब्यारिगेट्स तोडियो र भिड संसद भवनतिर जान थाल्यो, त्यसपछि मात्रै बल प्रयोग शुरू गरिएको हो ।’

    उनले प्रहरीले शुरूमा माइकिङ गरेरै चेतावनी दिएको, त्यसपछि अश्रु ग्यास प्रहार गरेको र तेस्रो चरणमा मात्रै घुँडामुनि रबरको गोली प्रहार गरेर नियन्त्रणको प्रयास गरिएको भनेका छन् । प्रदर्शनकारी प्रहरीमाथि नै जाइलाग्ने, संसद भवन प्रवेश गर्ने पर्खाल र गेटहरू तोड्ने काम शुरू भएपछि संसद भवनभित्र रहेको प्रहरी टोलीले गोली हान्दा मानिसहरू हताहत भएको उनको भनाइ छ ।

    गोली प्रहार गर्ने प्रहरी नै हुन्, तर ती प्रहरी काठमाडौं जिल्ला परिसरका नभई अन्य टोली भएको संकेत उनले गरेका छन् । जिल्ला प्रहरीको कार्यक्षेत्रमा संसद भवन नपर्ने, जहाँसम्म कार्यक्षेत्र हो, त्यहाँसम्म आफ्नो टोलीले बल प्रयोग नगरेको भनेका छन् । यद्यपि, जेजति काम भएका छन्, ती सबै माथिल्लो युनिट कमाण्डरको आदेशमा भएको उनले बयानमा भनेका छन् ।

    कतिपय आदेश प्रहरीको सञ्चार सेटबाटै भएका र कतिपय आदेश मोबाइल फोनमार्फत भएको उनले बताएका छन् । सञ्चार सेटबाट भएका आदेश सुन्नका लागि उपत्यका प्रहरीको कन्ट्रोल रुमका सम्पूर्ण डाटा सुरक्षित रहेको र त्यसबाट अनुसन्धान गर्दा पनि आफूले भनेका कुराको सत्यता पुष्टि हुने उनको दावी रहेको स्रोतले जनाएको छ ।

  • आईजीपी खापुङ भन्छन्- आन्दोलनका क्रममा निजी सम्पत्तिमाथिको प्रहार नेपालमा आतंकवादको अभ्यास हो

    आईजीपी खापुङ भन्छन्- आन्दोलनका क्रममा निजी सम्पत्तिमाथिको प्रहार नेपालमा आतंकवादको अभ्यास हो

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन् ।

    इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले नेपालीको दिमागमा सोसल मिडियाबाट बिध्वंशको बारुद भर्ने प्रवृत्तिले देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी समेत दिएका छन् । उनले भदौ २३ र २४ को घटनामा प्रहरीलाई दोहोरो मारमा पार्न खोजिएको बताए ।

    खापुङले भने- यस्तो प्रदर्शनहरूमा, राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो । निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ । जब तपाईँको घर सरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरूआत हो । यो क्रम रेगुलर रहने हो भने के होला ? प्रदर्शनकारी यस्तै गर्दै जाने, सामाजिक सञ्जाल सोसल मिडिया हाम्रो त्यस्तै छ । आम सोसल मिडियाबाट मानिसको दिमागमा बारुद भर्दै जाने हो भने देश, समाज र हामी रहन्छौं ? त्यसैले हामीले शान्त भएर देशलाई सबैभन्दा अगाडि राखेर संयमित हुनुपर्छ ।

    आईजीपी खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा चित्त दुःखाएका छन् । उनले भदौ २३ मा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नदिएको र कानूनमा समेत त्यो व्यवस्था नरहेको बताए ।

    खापुङले संसद भवन, सिंहदरबारजस्ता ‘भाइटल सरकारी संरचना’ जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको भन्दै त्यस आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने प्रष्ट पारेका छन् । भदौ २३ मा पनि न्यून बल प्रयोग गर्न तत्कालीन सरकारले निर्देशन दिएको र २ हजार गोली चल्दा पनि न्यूनतम मानवीय क्षति भएको आईजीपीले बताए ।

    संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको भन्दै खापुङले केही नगर्दा पनि हतियार प्रयोग नगरेबापत छानबिन हुने र केही गर्दा पनि छानबिन हुने कुराले नीतिगत स्पष्टताको आवश्यकता रहेको आईजीपीले बताए ।

    आन्दोलनकारीले निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्दा पनि उल्टै प्रहरीमाथि नै प्रश्न उठाउने प्रवृतिले समाज सुरक्षित नहुने आईजीपीले बताएका छन् । उनले विध्वंस हुँदा प्रहरीले बल प्रयोग गर्न नपाउने हो भने संगठन नै नचाहिने प्रष्ट पारेका छन् । यस्तो बेलामा उल्टै प्रहरीलाई बयानमा बोलाउने कुरामा पनि उनले असन्तुष्टि जनाएका छन् ।

    खापुङले भने- मैले यसबीचमा सिपाही हवल्दार सबैसँग भेटेर कुरा गरेको छु । कानून बमोजिम कामकारबाही गर्दा पुलिसलाई किन छानबिनको दायरमा ल्याइन्छ ? आज मेरा प्रहरीले पानी खान नपाएर पनि काम गरिरहेका छ, राज्यप्रतिको जिम्मेवारीमा प्रहरी हिजो पनि आज पनि प्रतिबद्ध छ । कहिलेकहिँ लाग्छ ती सिपाहीको आवाज कसले बोल्ने ? जुन प्रहरीले पानी नखाई, भोकभोकै लडेको छ उसैले आज बयानको लागि धाइराख्ने परिस्थिति आउँछ भने कसले बोल्ने ? आईजीपीले बोल्नुपर्‍यो नि !

    आईजीपी खापुङले राजनीतिक आन्दोलनको कुरा र लुटपाट तथा आगजनीलाई छुट्याएर हेरिनुपर्ने बताए । खापुङले सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार आगजनी गर्नेलाई राजनीतिक भन्ने कि अपराध भन्ने भनेर पहिले प्रष्ट हुनुपर्ने समेत बताएका छन् ।

  • विव्यस अध्यक्षको कुटाइबाट घाइते प्रअ भन्छिन्- ‘पालिकाको डन हुँ’ भन्दै आँखामा हान्नुभयो

    विव्यस अध्यक्षको कुटाइबाट घाइते प्रअ भन्छिन्- ‘पालिकाको डन हुँ’ भन्दै आँखामा हान्नुभयो

    काठमाडौं । इन्द्रावती गाउँपालिका-१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङको कुटपिटबाट घाइते भएकी प्रधानाध्यापक अन्जना भण्डारीले आफूमाथि सांघातिक हमला भएको बताएकी छन् ।

    समितिका अध्यक्ष तामाङले कार्यकक्षमै कुटपिट गरे घाइते भएकी प्रअ भण्डारीमाथि दादागिरि देखाउँदै आफूमाथि आक्रमण गरेको बयान दिएकी छन् । बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला विव्यस पुनर्गठनको विषयमा छलफल भइरहेकै दौरान तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी हमला गरेका थिए ।

    प्रअ भण्डारीको भनाइ जस्ताको तस्तै

    विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सबै समितिहरूको संयुक्त बैठक भइरहेको थियो। म निर्णय लेख्दै थिएँ। सुरु देखिनै उहाँ अध्यक्ष रिसाइरहनु भएको थियो, कराउँदै हुनुहुन्थ्यो। मैले भनेँ — ‘दाइ, नकराउनु न, निर्णय लेखेपछि बसेर छलफल गरौँला।’ त्यति भन्नासाथ उहाँ झन् रिसाउनुभयो र भन्नुभयो- ‘हाम्रो ठाउँमा आएर जे पायो, त्यही गर्ने ? ’ भनेर एक्कासि आँखामै हान्नुभयो।

    उहाँ जहिले पनि हामीसँग रिसाइरहनुहुन्छ, बाटोमा भेट्दा पनि, बैठकमा पनि, सार्वजनिक ठाउँमा पनि गाली मात्र गर्नुहुन्छ। एक छिन हाँस्ने बानी पनि छैन।

    १७ गते उहाँले फोन गरेर भन्नु भएको थियो — ‘१८ गतेको लागि बैठक राख, पत्र काट।’ मैले त्यही अनुसार सबैलाई पत्र काटेँ। तर भुलवश मितिमा १७ लेखिएछ, १८ होइन। १८ गते नै सबै जना बैठकमा आउनुभयो। मैले मानवीय त्रुटि भएको भन्दै माफी मागेँ- ‘मेरो गल्ती भयो, माफ गर्नुहोस्’ भनेर। सबैले सहजै लिनुभयो, तर उहाँले चाहिँ त्यसै कुरामा निरन्तर गाली गर्न थाल्नुभयो। ‘क्यालेन्डर हेर्न सक्दैन्न ? हाम्रो ठाउँमा आएर जे पायो त्यही गर्ने ? हामीले भनेको नमान्ने ?’ भन्दै हात हाल्नसम्म आइपुग्नुभयो ।

    उहाँ त्यो विद्यालयको अभिभावकसमेत होइन रहेछ, तर हरेक चोटि विद्यालयको अध्यक्ष उहाँ नै बन्दै आउनु भएको रहेछ। किन हो कुन्नि, सबै उहाँकै डरले चुप लाग्ने। उहाँ सधैँ भन्छन् — ‘पालिका हाम्रो नै हो, हामी यहाँका डन हौँ, हामीले भनेको मान्नुपर्छ।’ त्यसरी धम्क्याउने, अपमान गर्ने उहाँको बानी नै रहेछ।

    मलाई कुट्दा पनि महिलाहरूले केही बोले, पुरुषहरू एक शब्द पनि बोल्न सकेनन्। उहाँको अगाडि कोही बोल्नै सक्दो रहेनछ। अब त्यो विद्यालयमा काम गर्ने वातावरण नै छैन। उहाँहरूले शिक्षक र कर्मचारीहरूमाथि धेरै तल्लो स्तरको व्यवहार गर्नुहुन्छ।

    शिक्षक सेवा आयोगको परीक्षा पास गरेर म २०८० साल चैतदेखि प्रधानाध्यापकको रूपमा भुवनेश्वरी आधारभूत विद्यालयमा काम गर्दै आएकी छु। तर अब त्यहाँ रहँदा ज्यान नै असुरक्षित महसुस भएको छ।

    अहिले उपचारको लागि काठमाडौँ आएकी छु। हिजो इलाका प्रहरी कार्यालय नवलपुरमा मैले उजुरी दिएकी छु। इन्स्पेक्टर साबले भन्नुभयो- ‘तपाईँ उपचारमा ध्यान दिनुहोस्, हामी तपाईँलाई न्याय दिलाउँछौँ।’ अब के हुन्छ हेर्दै छु ।”

    यो पनि पढ्नुहोस् : विद्यालय व्यवस्थापन समितिको बैठकमै अध्यक्षले प्रधानाध्यापक कुटे

  • निकोलसलाई पाँच दिन हिरासतमा राख्न अनुमति, विद्युतीय अपराधको समेत मुद्दा

    निकोलसलाई पाँच दिन हिरासतमा राख्न अनुमति, विद्युतीय अपराधको समेत मुद्दा

    काठमाडौं । सार्वजनिक शान्तिमा खलखल पार्ने कार्य गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल भनिने कमल भुसाललाई प्रहरीले अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

    उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय मुद्दा चलाएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  • प्रहरीबाट लुटिएको ३ थान हतियारसहित एक पक्राउ

    प्रहरीबाट लुटिएको ३ थान हतियारसहित एक पक्राउ

    काठमाडौं । प्रहरीबाट लुटिएको ३ थान हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ थान हतियार सहित काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको जानकारी दिएको छ ।

  • ब्राउन सुगरसहित २ जनालाई पक्राउ, अनुसन्धानका लागि १५ दिन म्याद थप

    ब्राउन सुगरसहित २ जनालाई पक्राउ, अनुसन्धानका लागि १५ दिन म्याद थप

    पोखरा । प्रहरीले ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

    कात्तिक १७ गते बेलुकी करिब ८ बजेको समयमा पोखरातर्फ आउँदै गरेको हायासमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा ३.८९ ग्राम ब्राउन सुगर बरामद भएको हो ।

    ग १ ख ४४९९ नम्बरको हायासलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियोे । उक्त गाडीमा सवार पोखरा महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष ३७ का विनोद ढकाल र मकवानपुर, हेटौडा-१२, सिक्रेनी बस्ने वर्ष ३८ विकास लामालाई खानतलासी गर्दा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जनाएका छन् ।

    अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट उनीहरूलाई १५ दिनको म्याद थप भएको डीएसपी बस्नेतले बताए ।

  • जाँचबुझ आयोगप्रति प्रहरी सशंकित- सिपाहीदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ

    जाँचबुझ आयोगप्रति प्रहरी सशंकित- सिपाहीदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ

    काठमाडौं । भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा सबभन्दा बढी क्षति व्यहोरेको नेपाल प्रहरीले उक्त घटनाको जाँचबुझ गर्न गठित आयोगलाई कतिपय सन्दर्भमा बेवास्ता गरेको भन्दै आयोगका पदाधिकारी असन्तुष्ट भएका छन् ।

    प्रहरी महानिरीक्षकको सचिवालयले २३ गते विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीको विवरण दिन आनाकानी गरेपछि जाँचबुझ आयोगले प्रहरीका जिम्मेवार उच्च अधिकृतमाथि ‘मानहानी’ मुद्दा नै लगाउने चेतावनी दियो । त्यसपछि उक्त सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई कर्मचारीहरूको विवरण आयोगलाई बुझाउन सोमबार पत्राचार गरेको छ ।

    प्रहरी स्रोतका अनुसार, आइतबार मुख्यमुख्य कमाण्डरका हकमा स्थानहद जारी गरेपछि पनि प्रहरीले खटिएका अन्य कर्मचारीको विवरण दिएन । आयोगलाई पठाइएको पत्रमा जेनजी आन्दोलनका बेला सिपाहीदेखि आइजिपीसम्म सकल दर्जा फिल्ड खटिएको जवाफ दिएको छ । देशभर सबै प्रहरीकर्मी खटिएकाले एकाधलाई भिक्टिम बनाउन नहुनेमा प्रहरी नेतृत्व चनाखो देखिएको छ ।

    त्यसपछि सोमबार आयोगले २४ घण्टाभित्र नामावली बुझाउन अर्को चेतावनीयुक्त पत्राचार गरेको थियो । उक्त पत्र प्राप्त हुनासाथ महानिरीक्षकको सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई खटिएका कर्मचारीको विवरण आयोगमा पेश गर्न पत्रसाथ आदेश दिएको छ ।

    यसबारे जाँचबुझ आयोगका प्रवक्ता एवं पूर्वएआईजी विज्ञानराज शर्मासँग जिज्ञासा राख्दा प्रहरीलाई सचेत गराइएको बताए ।

    ‘उहाँहरूले नाम संकलन गर्दैछौँ भन्नुभएको छ, हामीले ती नाम पाइसकेका छैनौँ’, उनले भने । प्रहरीका नामावली प्राप्त भएपछि उनीहरुसँग गर्नुपर्ने सोधपुछका तालिका बनाउने तयारीमा आयोग थियो । नाम नआएपछि घटनाका दुवै दिनका सम्पूर्ण कमाण्डरको पहिचान आयोग आफैँले गरेर उनीहरूका हकमा स्थानहद जारी भएको हो । प्रवक्ता शर्माका अनुसार ती कमाण्डरसँग चाँडै नै बयान सुरू हुने भएको छ ।

    ‘हामीसँग कार्य अवधि पनि कम छ, त्यसैले गर्नुपर्ने कामका सम्पूर्ण कानूनी र व्यवहारिक प्रक्रियाअनुसार चाँडोभन्दा चाँडो काम सिध्याउँछौँ’, उनले भने ।

    खटिएका कर्मचारीको नाम पठाउनुको अर्थ सबैमाथि उस्तै कारबाही हुन्छ भन्ने भय प्रहरीमा देखिएको आयोग स्रोत बताउँछ । तर, आदेश दिने कमाण्डर र आदेश पालना गर्नेका हकमा उस्तै व्यवहार नहुने स्रोतको भनाइ छ ।

    ‘२३ गतेको स्थिति नियन्त्रणमा लिन नसक्नुका दोषी को-को हुन् भन्ने कुराको अध्ययन आयोगले आफ्नै किसिमबाट गरिसकेको छ, २४ गते कार्यालय छोडेर हिँड्ने, ३ प्रहरी मारिने, हातहतियार लुट्पाट हुनेजस्ता घटनाका कारक कमाण्डरको पहिचान पनि भएको छ’, स्रोतले भन्यो ।

    यद्यपि, कतिपय काम गर्नका निम्ति कानूनका विधिबमोजिम अगाडि बढ्नुपर्ने कारण प्रहरीसँग खटिएका कर्मचारी विवरण माग गरिएको हो ।

    प्रहरी नेतृत्वले आयोगप्रति गरेको व्यवहारपछि आईजी चन्द्रकुवेर खापुङलाई पनि निगरानीमा राखिएको स्रोतले जनाएको छ । उनी २६ गते मध्यरात सेवा निवृत्त हुँदैछन् र त्यही रात उनको राहदानी रोक्काको औपचारिक सूचना जारी गर्ने आयोगको तयारी छ ।

    यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको राहदानी रोक्का पनि सेवा निवृत्त भएकै दिन गरिएको थियो ।

  • जेन–जी आन्दोलन : प्रहरीका यी कमाण्डरलाई जाँचबुझ आयोगले तोक्यो स्थानहद

    जेन–जी आन्दोलन : प्रहरीका यी कमाण्डरलाई जाँचबुझ आयोगले तोक्यो स्थानहद

    काठमाडौं । नेपाल प्रहरीले जेन–जी आन्दोलनमा खटिएका आफ्ना सम्पूर्ण कर्मचारीको विवरण दिन नमानेकाे भन्दै उक्त घटनाको जाँचबुझ गर्न बनेको आयोगले मुख्य–मुख्य कमाण्डरलाई आइतबार स्थानहद तोकेको छ । त्यसमध्येका केही प्रहरी कमाण्डरको बयान सोमबारदेखि सुरू भएको छ ।

    आयोगस्रोतका अनुसार आयोग गठनको प्रारम्भिक चरणमै खटिएका कर्मचारीको विवरण पठाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको थियो । तर, पटकपटक ताकेता गर्दा पनि विवरण नपाएपछि आइतबार स्थानहद तोकेर प्रधान कार्यालयस्थित महानिरीक्षकको सचिवालयलाई आयोगले पत्राचार गरेको थियो ।

    प्रधान कार्यालयले प्रहरी जवानदेखि अतिरिक्त महानिरीक्षकसम्मको दर्जाका कर्मचारी खटिएको जवाफ दिएको थियो । व्यक्ति ताेकेर नाम भने पठाएन । त्यसपछि आयोगले कमाण्डरहरूका नाममा स्थानहद जारी गरेको हो ।

    यसअघि कतिपय आयोगले कतिपय कमाण्डरको कल डिटेल्स रेकर्ड (सीडीआर) को अध्याय र विश्लेषण गरेको थियो । रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निकाल्ने घटना, विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हातहतियार र ड्युटीमा रहेका प्रहरीलाई कार्यालय छाडेर भाग्न निर्देशन दिएको विषयमा आयोगले आफ्नोतर्फको अनुसन्धान सिध्याएको छ । अनुसन्धानपछि सम्बन्धित प्रहरी कमाण्डरलाई बयानमा बोलाउनुपर्ने कारण आइतबार स्थानहद जारी गरिएको हो । उक्त आदेश आयोगले उनीहरूमाथिको अनुसन्धान निष्कर्षमा नपुग्दासम्म जारी रहने आयोग स्रोतले जनायो ।

    को–को प्रभावित छन् ?

    उक्त आदेशअनुसार काठमाडौं उपत्यका छाड्न नपाउनेमा उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, २३ गतेका निमित्त प्रमुख डीआईजी ओमबहादुर राना, एसएसपी दीपसमशेर जबरा, उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारी, सर्वोच्च अदालत सुरक्षा इकाईका प्रमुख एसपी सुरेश काफ्ले, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, फिल्ड कमाण्डर डीएसपी सुन्दर तिवारी, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी, अपरेशन कमाण्डर डीएसपी हेमन्त भण्डारी क्षेत्री, भक्तपुरका एसपी माधव बुढाथोकी, अपरेशन कमाण्डर डीएसपी ढुण्डीराज न्यौपाने, संसद भवन कमाण्डर डीएसपी एलिजा गिरी, नगर प्रहरी प्रमुख मन्जिल मुकारुङ छन् ।

    त्यस्तै वृत्तका डीएसपीमध्ये बौद्धका जयश्वर रिमाल, गौशालाका सुकदेव खनाल, दरबारमार्गका राजकुमार श्रेष्ठ, बालाजुका ज्ञानबहादुर विष्ट, जनसेवाका कृष्णकुमार चन्द, जगातेका रमेशकुमार पाल, सातदोबाटोका रामकुमार यादव, स्वयंभुका दीपकसिंह भाट, कीर्तिपुरका राजबाबु महर्जन, चापागाउँका यमकुमार श्रेष्ठले उपत्यका छोड्न नपाउने भएका छन् ।

    महाराजगन्जका डीएसपी निरन्जन थापा तालिमका क्रममा अमेरिकामा थिए । निमित्त प्रमुख इन्स्पेक्टर सुदर्शन पन्थीका हकमा स्थानहद लागु हुने आयोगस्रोतले जनाएको छ । कालिमाटी, ठिमी र लैनचौर प्रहरी वृत्तले हातहतियार जोगाएका कारण त्यहाँका डीएसपी स्थानहदमा परे पनि कडाइ नगरिएको आयोग स्रोतले बतायो । जिल्ला प्रहरी प्रहरी परिसर, भद्रकाली मालीगाउँ त्यसमा प्रभाग इञ्चार्ज रहेका केही इन्स्पेक्टर, वरिष्ठ सई र सईहरु पनि उपत्यका छोड्न नपाउनेमा परेका छन् ।

    यसअघि नै उपत्यकाबाहिर गएका ती कमाण्डरलाई तत्काल काठमाडौं झिकाउन आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई निर्देशन दिइसकेको स्रोतले जनायो । त्यसमध्ये डीआईजी राना सुदूरपश्चिम प्रहरी प्रमुखका रुपमा धनगढीमा छन् । एक अर्को विवादको विषयमा छानबिन गर्न पनि उनलाई काठमाडौं तानिने भएको छ ।

    सरुवा र विभिन्न कारणले उपत्यका बाहिर गएका अन्य तत्कालीन इञ्चार्ज पनि फिर्ता आइरहेको आयोग स्रोतले जनायो ।

  • ५ डीआईजीको पदस्थापन- भूपेन्द्र सीआईबीमा, अरु कहाँ ?

    ५ डीआईजीको पदस्थापन- भूपेन्द्र सीआईबीमा, अरु कहाँ ?

    काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका पाँच डीआईजीको पदस्थापन भएको छ ।

    कात्तिक ९ गते बढुवा सिफारिस भएका उनीहरूको बढुवा सदरसँगै पदस्थापन गरिएको हो । त्यसक्रममा भूपेन्द्रबहादुर खत्री केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), सानुराम भट्टराई प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा पदस्थापन भएका छन्

    त्यस्तै ओम अधिकारी उपत्यका प्रहरी कार्यालय, शेखर खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापित भएका छन् ।

  • जेन-जी आन्दोलनमा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न हेडक्वार्टरको आदेश, यस्तो छ कारण

    जेन-जी आन्दोलनमा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न हेडक्वार्टरको आदेश, यस्तो छ कारण

    काठमाडौं । नेपाल प्रहरीले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

    प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।

  • दाङको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ठेकेदारमाथि भ्रष्टाचार मुद्दा

    दाङको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ठेकेदारमाथि भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा दायर गरेको मुद्दामा उनीहरूलाई करिब ९५ लाख ९८ हजार रुपैयाँ बराबरको राजस्व हिनामिनाको आरोप लगाइएको छ ।

    दाङको गढवा गाउँपालिका–१ स्थित पत्रिङ्घाघाटदेखि जेठानगाउँसम्मको राप्ती नदी किनारमा कालाकाटे–गढवा सडक खण्ड निर्माणका लागि नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खननका लागि ६ वर्ष अघि २०७६ पुस १२ गते गाउँपालिकाले बज्रगुरु कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार कम्पनीलाई जेठ मसान्तसम्म ७२ हजार २८५ घनमिटर मात्र नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति थियो ।

    तर, २०७७ साउन १३ गते जिल्ला समन्वय समितिको उपस्थितिमा गरिएको नापजाँचमा कम्पनीले १ लाख १० हजार ६३८ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएको थियो । जसअनुसार सम्झौताभन्दा करिब ३८ हजार घनमिटर बढी उत्खनन गरिएको थियो ।

    सम्झौताभन्दा बढी उत्खनन भएकाले गाउँ कार्यपालिकाले मंसिर ३ गतेको निर्णयमार्फत् कम्पनीले बढी उत्खनन् गरेको परिमाणको राजस्व रकम गाउँपालिकाको विभाज्य कोषमा जम्मा गर्न पत्राचार गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत योगीले तीन पटकसम्म कम्पनीलाई उक्त रकम तिर्न ताकेता गरेका थिए । तर कम्पनीले उक्त राजस्व रकम नतिरीकन, ठेक्का सम्झौताका लागि राखिएको ९५ लाख ९८ हजार रुपैयाँको बैंक ग्यारेन्टी समेत फुकुवा गराइएको पाइएको अख्तियारले जनाएको छ ।

    आयोगका अनुसार गाउँपालिकाको नाममा रहेको बैंक ग्यारेन्टी नेपाल बंगलादेश बैंकमार्फत् २०७८ पुस १२ गते फुकुवा गरिएको थियो । गढवा गाउँपालिकाको कार्यपालिकालाई जानकारी नै नगराई प्रमुख प्रशासकीय अधिकृत योगीले आफैंले दस्तखत गरेर फुकुवा गराएको आयोगको भनाइ छ ।

    आयोगका अनुसार, ठेक्कासम्बन्धी सम्पूर्ण प्रक्रिया गाउँ कार्यपालिकाको निर्णय र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधानविपरीत सञ्चालन गरिएको छ । योगी र रानाले आपसी मिलेमतोमा गाउँपालिकाको राजस्व रकम हिनामिना गरी आर्थिक हानि पुर्‍याउने उद्देश्यले गैरकानूनी रूपमा बैंक ग्यारेन्टी फुकुवा गरेको ठहर अख्तियारले गरेको छ ।

    त्यसैले, उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

  • जेन-जी प्रदर्शनमा प्रहरीको बन्दूक लुट्ने युवक पक्राउ, सुन्धारा जेलबाट भागेको खुलासा

    जेन-जी प्रदर्शनमा प्रहरीको बन्दूक लुट्ने युवक पक्राउ, सुन्धारा जेलबाट भागेको खुलासा

    काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ परेका छन् । काठमाडौं-७ स्थित लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा राखिएको अवस्थामा बन्दूकको बट र नाल बरामद गरिएको हो ।

    काभ्रेपलाञ्चोक महाभारत-१ का राजा तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । गोकर्णेश्वर–३ मा बस्दै आएका लामाले उक्त बन्दूक राखेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

    ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका लामा आन्दोलनको मौका छोपेर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।