Tag: अनेरास्ववियू

  • प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूद्वारा तेस्रो चरणका कार्यक्रम घोषणा

    प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूद्वारा तेस्रो चरणका कार्यक्रम घोषणा

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) निकट विद्यार्थी संगठनले तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    अनेरास्ववियूले शुक्रबार सार्वजनिक गरेको संघर्षका कार्यक्रममा सरकारी गाडी निषेधदेखि शिक्षा र स्वाथ्य सम्बन्धी विषय उल्लेख गरिएको छ ।


  • ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’

    ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

    प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो ।

    माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताए ।

    प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताए ।

    विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ है, ‘हामि अरु जान्दैनौँ, संसद विघटन मान्दैनाै ’ लगायतका नारा समेत लगाएका थिए ।

     

     

  • ओली पक्षीय अनेरास्ववियूको चेतावनी– संगठनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्छौं

    ओली पक्षीय अनेरास्ववियूको चेतावनी– संगठनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्छौं

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएसँगै त्यसको असर भातृ संगनठ अनेरास्ववियूमा पनि देखिएकोछ ।

    प्रचण्ड–माधव पक्षीय अनेरास्ववियूले प्रतिनिधिासभाा विघटनविरुद्ध साताव्यापी आन्दोलन घोषणा गरेका बेला ओली पक्षले संगन विपरितका काम गरेको भन्दै कारबाही गर्ने चेनावनी दिएको छ।

    संयोजक ऐन महरले बुधबार विज्ञप्ति जारी गर्दै संगनठको सम्पति जोगाउन कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

    ‘यसैबीचमा अनेरास्ववीयू केन्द्रीय कार्यालय बागबजारमा जम्मा भएर एक झुण्डले संगठन विरोधी क्रियाकलाप गरेको, संगठनको मुल नेतृत्वविरुद्ध तथनाम बोलेको पाइएकाले यस्ता कार्य तत्कालन रोक्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै संगठनको कार्यालय, लेटरप्याड र अन्य सम्पतिको दुरुपयोग नगर्न सचेत गराउँदछौं । यस्ता कारबाही जारी राखे संगठनात्मक कारबाही गर्न र संगनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्न अनेरास्ववियू बाध्य हुने छ।’

  • प्रचण्ड-माधव पक्षधर अखिलले मन्त्रीहरुलाई कालो झण्डा देखाउने

    प्रचण्ड-माधव पक्षधर अखिलले मन्त्रीहरुलाई कालो झण्डा देखाउने

    काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा समर्थित अनेरास्ववियूले सरकार विरुद्ध आन्दोलन घोषणा गरेको छ । संगठनले मंगलबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको हो ।

    आन्दोलनका क्रममा केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले बताए ।

    आन्दोलनका क्रममा प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै वयलगाडा प्रदर्शन र ज्ञापनपत्र तथा धर्ना कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइयो । सो संगठनले लिम्पियाधुरा सहितको नक्सा भएको पाठ्यपुस्कत वितरण गर्न माग गर्दै अनलाइन कक्षाको नाममा लिइएको शुल्क खारेज गर्न दबाब दिने भएको छ ।

    प्रचण्ड–माधव पक्षधर अनेरास्ववियूको संयोजक पनि ऐन महर नै

    पार्टी विभाजनपछि अनेरास्ववियू दुई समूहमा बाँडिए पनि प्रचण्ड-माधव पक्षले संयोजक ऐन महरलाई कायमै राखेको छ ।

    महरमाथि कारवाही गर्न सिफारिस गरिए पनि निर्णय भइ नसकेकोले महरालाई संयोजक मानेरै पत्रकार सम्मेलनमा विज्ञप्ति जारी भएको छ । महर ओली पक्षका नेता हुन् । महर पक्षले पनि सहसंयोजक रन्जितलाई कारवाही गरेको छैन ।

    पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर अन्य प्रदेश इन्चार्ज तथा मुख्यमन्त्रीहरुलाई हटाउने क्रम चले पनि अखिलमा महर हटाउने निर्णय नभएको एक नेताले बताए ।

  • काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

    काठमाडौंमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार गर्न लागेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा विद्यार्थीहरुले राजधानीमा सोमवार साँझ मसाल जुलुस गरेका छन् ।

    प्रचण्ड–माधव निकट अनेरास्ववियूका कार्यकर्ताले केपी ओली विरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि मीनभवन क्याम्पसबाट निस्केको जुलुस तितरबितर भएको थियो ।