Tag: अनेरास्ववियु

  • अनेरास्ववियु जाजरकोटको अध्यक्षमा भारती, सचिव आचार्य

    अनेरास्ववियु जाजरकोटको अध्यक्षमा भारती, सचिव आचार्य

    सुर्खेत । नेकपा एमालेनिकट अनेरास्ववियु जाजरकोटको नेतृत्व चयन भएको छ । १२ औं जिल्ला अधिवेशनबाट नवगठित कमिटीको अध्यक्षमा विवश भारती चयन भएका छन् ।

    उपाध्यक्षमा प्रकाशमान सिंह, सचिवमा महेन्द्र आचार्य, सहसचिवमा योगेन्द्र शाही चयन भएका छन् । त्यस्तै सहसचिवमा गणेश सिंह, रामु सिंह र छवि राना तथा कोषाध्यक्षमा सम्झाना थापा चयन भएको अनेरास्ववियु जाजरकोटले जनाएको छ ।

    जाजरकोटमा ३३ सदस्यीय कमिटी गठन भएको हो ।

  • अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, कसले के जिम्मा पाए ? (सर्कुलरसहित)

    अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, कसले के जिम्मा पाए ? (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ । यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बताए ।

    हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो । बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाएका छन् ।

    विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

  • त्रिवि र अनेरास्ववियुबीच ५ बुँदे सहमति, करार शिक्षक स्वत: स्थायी गर्ने निर्णय कार्यान्वयन नहुने

    त्रिवि र अनेरास्ववियुबीच ५ बुँदे सहमति, करार शिक्षक स्वत: स्थायी गर्ने निर्णय कार्यान्वयन नहुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने गरी गरेको निर्णय अहिले कार्यान्वयन नगर्ने भएको छ ।

    त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखेर आन्दोलन गरिरहेको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुसँग ५ बुँदे सहमति गर्ने त्रिविले उक्त प्रतिबद्धता जनाएको हो ।

    त्रिवि र अनेरास्ववियुबीच भएको भएको सहमतिपत्रमा अस्थायी वा करार सेवामा कार्यरत शिक्षकहरूले मात्रै उपप्राध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम संशोधन गर्ने निर्णयका विरुद्ध सर्वोच्चमा समेत म्द्दा विचाराधीन रहेकाले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्ने उल्लेख छ ।

    त्यस्तै २०७८ साउन १८ गते स्थगित गरिएको उपप्राध्यापक पदको विज्ञापनको कार्यतालिका यथाशीघ्र प्रकाशन गर्न त्रिवि सेवा आयोगलाई अनुरोध गर्ने, विषयअनुसारका थप दरबन्दी व्यवस्थापन गर्ने, रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने र प्रत्येक छ/छ महिनामा शिक्षक कर्मचारीको खुल्ला विज्ञापन गर्ने प्रकृया तत्काल अगाडि बढाउने पनि सहमति भएको छ ।

    त्रिभुवन विश्वविद्यालको दर्ता अभिलेखमा रहेका विद्यार्थी संगठनहरूको नेतृत्वसँग आवश्यक छलफल गरी निर्धारित समयमा नै सम्पन्न गर्ने गरी स्ववियू निर्वाचन प्रकृया अगाडि बढाउने पनि अनेरास्ववियुसँग सहमति भएको छ ।

    सहमतिको ५ नम्बर बुँदामा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयहरूमा अनेरास्ववियुले लगाएका ताला पनि खोल्ने उल्लेख छ ।

    सहमतिपत्रमा त्रिविको तर्फबाट वार्ता समिति संयोजक संयोजक प्रा. पशुपति अधिकारी, सदस्यहरू, विष्णुप्रसाद वाग्ले, हिक्मतबहादुर राया, खगेश्वर मण्डल र अखिलेशकुमार सिंह साथै अनेरास्ववियुको तर्फबाट वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, सदस्यहरू मदनकुमार विष्ट, रमेश विष्ट, अम्मरराज जोशी र मनिता खत्रीले हस्ताक्षर गरेका छन् ।

    त्रिवि र अनेरास्ववियुबीचको सहमतिपत्र

  • सीडीओसँग अनेरास्ववियुको माग- विद्यार्थीबाट जथाभावी शुल्क असुल्ने केएमसीलाई कारबाही गरियोस्

    सीडीओसँग अनेरास्ववियुको माग- विद्यार्थीबाट जथाभावी शुल्क असुल्ने केएमसीलाई कारबाही गरियोस्

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले निजी क्षेत्रबाट संचालित मेडिकल कलेजहरूले विद्यार्थीहरूबाट विभिन्न बहानामा अतिरिक्त शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ ।

    अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललगायतको टोलीले निर्वाधरूपमा पढ्न पाउँने वातारवरण सिर्जना गरी विद्यार्थीहरूको उज्जवल शैक्षिक भविष्यको सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।

    काठमाडौं मेडिकल कलेज सिनामंगलले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नतिरेको भन्दै विद्यार्थीहरुलाई कक्षाबाट निकालेर पठनपाठन बन्द गरेको थियो । अनेरास्ववियुले गैरकानूनी रुपमा सरकारले तोकेभन्दा बढी शुल्क असुलेर विद्यार्थीहरुलाई विभिन्न मानसिक दबाब दिने कलेजहरूको भर्त्सना गरेको छ ।

    आयोगबाट निर्धारण भएको भन्दा बिनाशीर्षक लाखौँ रुपैयाँ अतिरिक्त शुल्क बुझाएपछि मात्र पठनपाठन सुरू गर्ने भनी काठमाडौं मेडिकल कलेजले धम्की दिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ ।

    ‘चिकित्सा शिक्षा ऐनमा तोकेभन्दा बढी शुल्क लिए वा आयोगको निर्देशन उल्लंघन गरे कलेजलाई सम्बन्धन खारेजीको कारबाही गर्न सकिने व्यवस्था भएता पनि चिकित्सा शिक्षा आयोग र अन्य सरकारी निकायहरू मुकदर्शक भइ शैक्षिक शिक्षा आयोग र अन्य सरकारी निकायहरू मुकदर्शक भइ शैक्षिक दलाल र माफियाहरुको नै पक्षपोषण गरिरहँदा सरकार र सरकारी निकायहरुले नै यस्ता कलेजहरुलाई संरक्षण गरेको हामीले अनुभूति गरेका छौं ’, ध्यानाकर्षणमा भनिएको छ ।

    चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि अध्ययन अवधिभरको भर्ना, शिक्षण, ल्याब, पुस्तकालय सामुदायिक तालिम वा परीक्षा शुल्क, विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टि, फिल्ड भिजिट, ईन्टर्नसीप शुल्क, आवेदन शुल्क, सम्बन्धन शुल्क एवम् विद्यार्थीहरुलाई पढाई पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्क समेत समावेश गरी शुल्क निर्धारण गरेको छ ।

  • मनपरी शुल्क असुलीविरुद्ध मणिपाल कलेजअघि अनेरास्ववियुको प्रदर्शन

    मनपरी शुल्क असुलीविरुद्ध मणिपाल कलेजअघि अनेरास्ववियुको प्रदर्शन

    पोखरा । पोखराको मणिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएपछि आन्दोलन गरिरहेको नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले आज कलेजअगाडि प्रदर्शन गरेको छ ।

    प्रदर्शनको क्रममा अखिल नेताहरूले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किएर क्याम्पस प्रशासनलाई दबाब दिन आह्वान गरेका छन् । अखिलले मंसिर २० गतेबाट कलेजमा तालाबन्दीसमेत गरेको छ ।

    अध्ययन गर्न आएका विद्यार्थीलाई शुल्कबारे बाहिर नबोल्न कलेजले धम्की दिइरहेकोप्रति अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले आपत्ति जनाए ।

    नेकपा एमाले पोखरा महानगर-१६ का अध्यक्ष राजेश गुरुङले ऐक्यबद्धता जनाउँदै आफ्नो वडामा रहेको मणिपालले विद्यार्थीलाई ज्यादती गरेकोले त्यसको विरुद्धमा सम्पुर्ण समुदाय रहेको बताए । एनएमएसए का गण्डकी संयोजक प्रेम जोशी सह-संयोजक तथा अनेरास्ववियु केन्द्रीय सदस्य अनित सिन्हाले आफूहरुले गण्डकी मेडिकल कलेजमा लामो समय गरेको आन्दोलनले नै त्यहाँको समस्या समाधान भएकोले विद्यार्थीलाई चुप लागेर नबस्न आग्रह गरे ।

    अखिलका प्रदेश सचिव आरके पोखरेलले थप आन्दोलनको कार्यक्रम ल्याउने बताए । अनेरास्ववियुले संयुक्त विद्यार्थी संगठनको तर्फबाट मणिपालमा भएको मनोमानीबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।

    विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन संघर्ष गरिएको संयोजक पौडेलले बताए ।

  • विद्यार्थी संगठनमा नयाँ समीकरण- अखिलसँग आहुतीदेखि गोपाल किरातीसम्मको गठबन्धन

    विद्यार्थी संगठनमा नयाँ समीकरण- अखिलसँग आहुतीदेखि गोपाल किरातीसम्मको गठबन्धन

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट विद्यार्थीहरूको गठबन्धनको काउन्टरमा विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले पनि गठबन्धन बनाएका छन् । एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनले संयुक्त गठबन्धन बनाएका हुन् ।

    विपक्षी विद्यार्थी संगठनको गठबन्धनमा ६ विद्यार्थी संगठन आबद्ध छन् । गठबन्धनमा एमालेनिकट अनेरास्ववियुका अलवा नेकपा (माले) निकट अखिल पाँचौं, आहुतीको दल वैज्ञानिक समाजवादीनिकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, गोपाल किराती नेतृत्वको दलनिकट अखिल क्रान्तिकारी, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, महन्थ ठाकुर नेतृत्वको लोसपानिकट राष्ट्रिय विद्यार्थी संघ र पूर्वलडाकु चन्द्रबहादुर थापा ‘सागर’ नेतृत्वको दलनिकट राष्ट्रवादी विद्यार्थी संगठन आबद्ध छन् ।

    अनेरास्ववियुका महासचिव समिक बडालले मोहन वैद्य नेतृत्वको नेकपा (क्रन्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) पनि चाँडै गठबन्धनमा आबद्ध हुने जानकारी दिए । गठबन्धनले मंगलबार पेट्रोलिय पदार्थको मूल्य घटाउनुपर्नेलगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

  • विद्यार्थीबाट बढी रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

    विद्यार्थीबाट बढी रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको आरोपमा नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालाबन्दी गरेको छ ।

    संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको वताए ।

    विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आइतबार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमबारदेखि कलेजको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।

  • करारलाई स्वतः उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी

    करारलाई स्वतः उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी

    काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकले ऐन संशोधन गरेर अस्थायी र करार सेवामा कार्यरतले मात्रै उपप्रध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी बनाइएको नियमको विरोध गरेको छ । अनेरास्ववियुले त्रिविमा तालाबन्दीसमेत गरेको छ ।

    अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले विहीबार विज्ञप्तिमार्फत गरेर यो नियम प्राज्ञिक उन्नयनको खिलापमा रहेको भन्दै आपत्ति जनाएका छन् ।

  • अनेरास्ववियु कर्णाली प्रदेश कमिटी बैठक तय

    अनेरास्ववियु कर्णाली प्रदेश कमिटी बैठक तय

    सुर्खेत । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ ।

    अनेरास्ववियू कर्णाली प्रदेश कमिटीका सचिव धुपेन्द्रबहादुर शाहीका अनुसार बैठकलाई अनेरास्ववियू केन्द्रीय अध्यक्ष सुनिता बरालले सम्बोधन गर्दै छन् । बिहान १० बजेदेखि क्याम्पस रोडमा बैठक तय गरिएको हो ।

  • एमाले महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ हुँदै

    एमाले महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ हुँदै

    काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए ।

    कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु नेपाल, शिशिर योगी, राजाराजेन्द्र पौडेल, पुरुषोत्तम भण्डारी, लक्ष्मण गाम्नागे, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ दाहाल, अस्मिन घिमिरेलगायत कलाकार र स्रष्टाका प्रस्तुति हुनेछन् ।

    सो सङ्गठनका कोषाध्यक्ष कोषाध्यक्ष जेनिश लामाले अनेरास्ववियुलाई आर्थिकरूपमा बलियो बनाउन रचनात्मक क्रियाकलापमार्फत कोष निर्माण गरिने बताए ।

  • अनेरास्ववियुको ‘म अखिल’ अभियान र हेल्पलाइन शुरु

    अनेरास्ववियुको ‘म अखिल’ अभियान र हेल्पलाइन शुरु

    पोखरा । एमालेनिकट अनेरास्ववियुको गण्डकी प्रदेशले स्वयमसेवी अभियान ‘म अखिल’ र ‘अखिल हेल्प लाइन’ शुरु गरेको छ।

    प्रदेश कमिटीको आयोजनामा आइतबार भएको बृहत विद्यार्थी भेलामा ‘म अखिल अभियान र अखिल हेल्प लाइन’ शुरु गरेको हो। नागरिक र विद्यार्थीको गुनसोलाई मध्यनजर गर्दै ह्वाटस एप्स र भाइबर मा ९८४६५७०१५६ नम्बर एक्टिभ बनाइ अखिल हेल्पलाइन प्रारम्भ गरिएको हो।

    अनेरास्ववियुले ‘बिपत्तिमा साहारा, बिभेदमा बिद्रोह’ को नाराका साथ प्रदेशव्यापी ‘म अखिल’ अभियान प्रारम्भ भएकोप्रदेश कमिटीका इन्चार्ज प्रकाश पौडेलले बताए ।

  • नविना लामा महाधिवेशन प्रतिनिधिमा निर्विरोध, युवा विद्यार्थीबाट को-को चुनिए ?

    नविना लामा महाधिवेशन प्रतिनिधिमा निर्विरोध, युवा विद्यार्थीबाट को-को चुनिए ?

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि प्रबल दाबेदार मानिएकी अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामा महाधिवेशन प्रतिनिधि निर्विरोध भएकी छन् ।

    युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट नविना लामा र अनेरास्ववियुकी उपाध्यक्ष कल्पना वाइबा महिला कोटाबाट निर्विरोध भएका हुन् । त्यस्तै युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट युवा संघका उपमहासचिव रामजी सापकोटासहित प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    यसअघि अनेरास्ववियुबाट अध्यक्ष सुनिता बराल, बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल निर्विरोध चयन भएका थिए ।

    त्यस्तै अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर, पूर्व उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र शैलेस लामा पनि आ-आफ्नो जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनीहरू पनि एमालेका केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन् ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू\भिडिओ)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू\भिडिओ)

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

    काठमाडौंको रत्नराज्य क्याम्पसको गेटअगाडि विरोध प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोक्रममा प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

    पटकपटक भाउ बढाएर जनताको ढाड सेकेको भन्दै तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन उनीहरूको माग छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • बाढी र पहिरोमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न अनेरास्ववियुको माग

    बाढी र पहिरोमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न अनेरास्ववियुको माग

    कैलाली । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम कमिटीले बाढी र पहिरोमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न माग गरेको छ ।

    शुक्रबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै घाइतेहरूको निःशुल्क सहित ७ बुँदे माग राखेको छ । अनेरास्ववियु सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनाली सहितको टोलीले तत्काल पीडित परिवारलाई राहतको व्यवस्था गर्नु पर्ने,बेपत्ता भएकाहरूको खोजीमा तीव्रता दिनु पर्ने,घर विहीन भएकाहरूलाई तत्काल उचित बसोबासको व्यवस्था गर्नुपर्ने प्रदेश सरकारले युवा स्वयम सेवक तयार गरी परिचालन गर्नुपर्ने माग राखिएको छ ।

    त्यस्तै प्रदेश सरकारका सबै प्रशासनिक संयन्त्र प्रयोग गरी पीडितहरूको उचित वासस्थानको व्यवस्थापन गर्नुपर्ने र नष्ट भएको बाली नालिको वैज्ञानिक ढङ्गले क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने माग राखेका थिए ।

    सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट ३३ जनाको मृत्यु भइसकेको छ । विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् ।

    अनेरास्ववियु ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले अहिले पनि राहत र उद्धारको काम भइरहेको बताएका थिए । उनले राहत, उद्धार र किसानलाई क्षतिपूर्ति दिन तिनै तहको सरकारसँग समन्वय समेत भइरहेको बताए ।

  • शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति अनेरास्ववियुको आपत्ति, दमनविरुद्ध सशक्त संघर्ष गर्ने

    शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति अनेरास्ववियुको आपत्ति, दमनविरुद्ध सशक्त संघर्ष गर्ने

    काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।

    बुधबार भएको प्रदर्शनमा अनेरास्ववियुका नेता नरेश रोकायासहित दजर्नौ विद्यार्थी नेता–कार्यकर्ता घाइते भएको भन्दै प्रहरी दमनविरुद्ध झन् सशक्त आन्दोलन गर्ने अनेरास्ववियुले जनाएको छ ।

    अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्दतिमाथि नै प्रहार हुने गरी आएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

    अनेरास्ववियुले अध्यादेशविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

  • चुनावको स्वागत गर्दै अनेरास्ववियुले भन्यो- अब सरकारको मुख्य काम कोभिडविरुद्ध खोप

    चुनावको स्वागत गर्दै अनेरास्ववियुले भन्यो- अब सरकारको मुख्य काम कोभिडविरुद्ध खोप

    काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको भन्दै स्वागत गरेको छ ।

    अखिल अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गर्दै वाम गठबन्धन र पार्टीभित्रैबाट निरन्तर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएकोले संवैधानिक रुपमै भएको प्रतिनिधिसभा विघटनले निकास दिने दाबी गरेका छन् ।

    महरले सरकारले नेपालको नयाँ भौगोलिक नक्सा प्रकाशनदेखि जनपक्षीय कामहरु गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीविरुद्ध षडयन्त्र भएको आरोप लगाएका छन् ।

    उनले चुनावमा जाने निर्णयको स्वागत गर्दै कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन माग गरेका छन् ।

    अनेरास्ववियुले अब सरकारको ध्यान कोभिडविरुद्ध भ्याक्सिन र महमारीविरुद्ध केन्द्रित हुनुपर्ने तथा राज्यको सबै शक्ति महामारी नियन्त्रणमा लगाउन माग गरेको छ ।

  • एमालेको कारबाही अनेरास्ववियुमा सर्यो, ऐन महरले मागे तीन नेतासँग २४ घण्टे स्पष्टीकरण

    एमालेको कारबाही अनेरास्ववियुमा सर्यो, ऐन महरले मागे तीन नेतासँग २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ ।

    पार्टीले माधव नेपाल पक्षमाथि थालेकै शैलीमा अखिलले पनि स्पष्टीकरण मागेर कारबाही थालेको हो ।

    अखिल अध्यक्ष ऐन महरले आइतबार निवर्तमान सचिव सुदेश पराजुली,वसिम आलम र आरती लामालाई स्पष्टीकरण मागेको हो । हालै सम्पन्न माधव नेपाल पक्षीय भेलाले पराजुली अध्यक्ष,आलम सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो ।

    अध्यक्ष महरले २४ घण्टे स्पष्टिकरण माग्दै निर्धारित अवधिमा कुनै प्रतिक्रिया प्राप्त नभएमा विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन्।

    महरले संगठनको नाम र झण्डाको दुरुपयोग गरी कथित राष्ट्रिय भेला किन गरेको भन्ने प्रश्न उठाएका छन् ।

    चैत्र १५ गते नै ती दिनभित्र स्पष्टीकरण बुझाउनुपर्नेमा अहिलेसम्म नबुझाएको भन्दै यो नै अन्तिम मौका भएको अध्यक्ष महरको चेतावनी छ ।

  • एमाले ब्युँतिएको खुसियालीमा अनेरास्ववियुको दिपावली (तस्बिरहरु)

    एमाले ब्युँतिएको खुसियालीमा अनेरास्ववियुको दिपावली (तस्बिरहरु)

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएको खुसियालीमा अनेरास्ववियूका नेता कार्यकर्ताले देशभर दिप प्रज्वलन गर्दै खुसियाली मनाएका छन् ।

    अदालतको फैसलाको पक्षमा र आधिकारिक रूपमा नेकपा एमालेको कार्यकर्ता भएको खुशीयालीमा पुनःस्थापित एमाले समर्थित विद्यार्थी संगठन अनेरास्वियूले देशभर दीप प्रज्वलन गरेको हो ।

    साँझ ६ बजे काठमाडौंको माइतीघर र देशभर विभन्नि ठाउँमा जुलुस तथा दिप प्रज्वलन गरिएको छ ।