Tag: अनुमतिपत्र

  • सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

    सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

    काठमाडौं । झण्डै ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन आवेदन प्रणाली बन्द भएकाे छ।

    यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन प्रणाली बन्द गरिएको बताएको छ । विभागले आज एक सूचना जारी गर्दै सर्भरमा समस्या देखिएपछि बन्द गरिएको जानकारी दिएको छ ।

    जारी सूचनामा भनिएको छ,‘यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।’

    विभागले ६ महिना देखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन साेमबारदेखि खुलेको थियो ।

  • सवारी चालक अनुमतिपत्र किर्ते गर्ने पक्राउ

    सवारी चालक अनुमतिपत्र किर्ते गर्ने पक्राउ

    ललितपुर । सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका -६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।