Tag: अध्यादेश जारी

  • रेल्वे र एसिडका सहित निस्क्रिय ६ अध्यादेश राष्ट्रपतिबाट जारी

    रेल्वे र एसिडका सहित निस्क्रिय ६ अध्यादेश राष्ट्रपतिबाट जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक ६ वटा अध्यादेश जारी गरेकी छन् । संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेकी हुन् ।

    बुधबार जारी भएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ रहेका छन् ।

    यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ पनि जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव सागर आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    ६ वटै अध्यादेश अब राजपत्रमा प्रकाशित भएको दिनदेखि लागू हुनेछन् । यी अध्यादेश यसअघि केपी शर्मा ओलीको सरकारको पालामा जारी भए पनि संसदबाट पारित हुन नसक्दा निस्क्रिय बनेका थिए । अहिले फेरि संसद नरहेको बेलामा अध्यादेश जारी गरिएको हो ।

  • राष्ट्रपतिद्वारा थप एक अध्यादेश जारी

    राष्ट्रपतिद्वारा थप एक अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप एक अध्यादेश जारी गरेकी छन् । आज उनले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

    संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

    यसअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ जटा अध्यादेश जारी गरेकी थिइन् । यस्तै राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधनसहितका ७ अध्यादेश जारी गरेकी थिइन् ।