Tag: अधिकृत क्याडेट

  • प्रधान सेनापतिद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान

    प्रधान सेनापतिद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान

    काठमाडौ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा क्याडेटले उच्चस्तरको आयुक्त पद कवाज प्रदर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    समारोहमा प्रधानसेनापति थापाले चार विदेशी, २३ महिलासहित १५५ लाई उपसेनानी पदको आयुक्त पद प्रदान गरे । तालिममा ५६ समूहका दुई अधिकृत क्याडेटलाई पनि आयुक्त पद प्रदान गरिएको थियो ।

    प्रधानसेनापति थापाले आआफ्नो समूहमा तालीममा उत्कृष्ट हुने विजय थापा, अन्तर्राष्ट्रिय अधिकृत क्याडेट केन्याकी बेरली ओपिला अकिन्यी र प्राविधिक अधिकृत उपसेनानी अर्जुन मगरलाई पुरस्कार प्रदान गरे । उक्त प्रतिष्ठानबाट हालसम्म १९ विदेशी अधिकृतले तालीम पूरा गरेका छन् । यस पटक विदेशका केन्या, माल्दिभ्स, श्रीलंका र जाम्बियाका सैनिक शिक्षार्थीको सहभागिता थियो ।

  • सेनाले माग्यो दुई सय अधिकृत क्याडेट

    सेनाले माग्यो दुई सय अधिकृत क्याडेट

    काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदका लागि दरखास्त आव्हान गरेको छ ।

    सेनाले सूचना जारी गर्दै २ सय जना अधिकृत क्याडेटको लागि भर्ना खोलेको हो ।

    भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले अधिकृत क्याडेट पदको लागि बिहिबार सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको छ ।

    योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेव साइटwww.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फारम भर्न सकिने जनाएको छ ।

    खुलातर्फ १०५, सैनिक तालिम वा आफनो कर्तव्य गर्दा कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती ५, समावेशीतर्फ महिला १८, आदिबासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्र ४ गरी २०० जनाका लागि क्याडेट अधिकृत मागेको हो ।

    माघ २२ गतेदेखि फाग्न २१ गतेसम्म र २२ गतेदेखि २८ गते सम्म थप दस्तुर तिरेर दरखास्त फारम बुझाउनुपर्ने छ ।