Tag: अग्नि खरेल

  • एमालेले भन्यो- सत्ता गठबन्धनको समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास

    एमालेले भन्यो- सत्ता गठबन्धनको समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सत्ता गठबन्धनले बनाएको दलीय संयन्त्रलाई पञ्चायतकालीन भूमिगत गिरोहको संज्ञा दिएको छ ।

    एमाले निर्वाचन विभाग प्रमुख समेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संविधानबाहिरको संयन्त्रले राजपाठ चलाउने भूमिगत गिरोहको अभ्यास सत्ता गठबन्धनले थालेको बताए ।

    खरेलले नेपाल प्रेससँग भने, ‘उहाँहरूले अहिले जुन दलीय संयन्त्र बनाउनुभएको छ त्यो के को लागि ? दलहरूसँग समन्वय गर्न त आ- आफ्ना दल छदैछन् । उहाँहरूको यो अभ्यास भनेको संविधान र कानूनविपरीत राजपाठ चलाउने भूमिगत गिरोह हो । यसले राज्यका कर्मचारीतन्त्र, सुरक्षा निकाय र अदालतलाई समेत धम्क्याउने उद्देश्य देखिन्छ ।’

    खरेलले विगतमा केपी ओली नेतृत्वको सरकारका बेला समेत तत्कालीन नेकपाका केही नेताले यस्तै समानान्तर सत्ताको अभ्यास गर्न संयन्त्रको कुरा गरेको र त्यो सम्भव नभएपछि आफ्नै सरकार ढाल्न खेल सुरू गरिएको स्मरण गर्दै अहिले गठित संयन्त्र निर्वाचित निकाय र राज्यका अंगभन्दा बाहिरबाट राजपाठ चलाउने नियतबाट आएको बताए ।

    पञ्चायतकालमा दरबारका केही व्यक्तिले समानान्तर सरकारको अभ्यास गरेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले त्यसलाई भूमिगत गिरोह भनेका थिए । उनको संकेत तत्कालीन महारानी ऐश्वर्या र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलक्षित थियो ।

  • राष्ट्रपतिले अध्यादेश जारी गर्नु हुन्नः अग्नि खरेल (भिडियो)

    राष्ट्रपतिले अध्यादेश जारी गर्नु हुन्नः अग्नि खरेल (भिडियो)

    काठमाडौं । नेकपा एमालेका नेता अग्नि खरेलले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्विकृत गर्न नमिल्ने तर्क गरेका छन्।

    पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले दल विभाजन गर्ने यसअघि अध्यादेश आउँदा सार्वजनिक रुपमा राष्ट्रपतिमाथि प्रश्न उठाउने काम भएकाले अब राष्ट्रपतिले त्यही कामलाई दोहोर्याउन नमिल्ने तर्क गरे।

    ‘दल नै विमाजन गर्ने जस्तो काम यस अघि हुँदा खेरी त राष्ट्रपतिमाथि प्रश्न उठाइएको थियो,’ उनले भने, ‘जब सार्वजनिक रुपमा त्यो प्रश्न उठाइएको थियो भने अब उहाँले राजनीतिक दलहरुसँग बसेर छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु आवश्यक हुन्छ ।’

    दल विभाजन गर्ने घोर अप्रजातान्त्रिक, अलोकतान्त्रिक र असंवैधानिक कदम प्रधानमन्त्री शेरबहादुर देउवाले चालेको भन्दै त्यसलाई तत्काल सच्याउन सत्तारुढ दल नेपाली कांग्रेससँग उनले माग समेत गरे ।

    केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गर्नेहरुले अहिले प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशलाई राम्रो भन्न नमिल्ने तर्क गरे।

  • स्थानीय तहलाई प्रदेश मातहत लैजाने सरकारको प्रयासप्रति एमालेको आपत्ति

    स्थानीय तहलाई प्रदेश मातहत लैजाने सरकारको प्रयासप्रति एमालेको आपत्ति

    काठमाडौं । स्थानीय तहलाई प्रदेश मातहत ल्याउने सरकारको न्युनतम साझा कार्यक्रमप्रति एमालेले आपत्ति जनाएको छ ।
    संविधानविपरीत र संघीयताको मर्मविपरीत स्थानीय तहको अधिकार खोस्ने सरकारको प्रयास स्वीकार्य नहुने समेत एमालेले प्रष्ट पारेको छ ।

    एमाले निर्वाचन विभागका प्रमुखसमेत रहेका पूर्वमहामन्यायाधिवक्ता अग्नि खरेलले स्थानीय तहलाई प्रदेश मातहत ल्याउन पहल गर्ने भन्ने सरकारको साझा कार्यक्रम असंवैधानिक रहेको बताए । उनले यसको एमालेले विरोध गर्ने भन्दै कांग्रेस आफ्नो सिद्धान्तबाट पछि हटेको आरोपसमेत लगाए ।

    खरेलले नेपाल प्रेससँग भने, ‘संविधान बनाउने बेला मधेशवादी दलले स्थानीय तहलाई प्रदेश मातहत राख्ने भन्दा एमाले र कांग्रेसले एकम मत भएर सबै स्थानीय तह समान हैसियतका हुन्छन् भन्ने व्यवस्था गरेको हो । आज आएर स्थानीय तहलाई प्रदेश मातहत लैजाने कुरा असंवैधानिक त छँदैछ, कांग्रेसको वैचारिक पतन पनि भएको छ ।’

    संविधानको धारा ५६ मा निकै ठूलो मेहनतपछि तीन तहका सरकारको व्यवस्था गरिएको भन्दै खरेलले सरकारको न्यूनतम साझा कार्यक्रममा यस्तो विषय प्रवेश हुनु गम्भीर कुरा भएको बताए ।

  • अग्नि खरेलको टिप्पणी- फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ

    अग्नि खरेलको टिप्पणी- फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ

    काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सर्वोच्च अदालतको पछिल्लो फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको टिप्पणी गरेका छन् ।

    संवैधानिक इजलासको फैसलाप्रति संक्षिप्त निप्पणी गर्दै खरेलले भने, ‘यो फैसलाले संविधानले आत्मसात गरेको प्रणाली र शक्तिको विभाजन र सन्तुलनको सिद्धान्तलाई अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ ।’

    खरेलले संविधान एवं संवैधानिक नैतिकताको जामा पहिरिएर संसदीय शासन प्रणालीलाई ध्वस्त पार्ने ढंगले फैसला आएको भन्दै यसले देश र जनताले खोजेको राजनीतिक निकासलाई अवरुद्ध पारेको आरोप लगाएका छन् ।

    खरेलले नेपाल प्रेससँग भने, ‘यसले वैयक्तिक कुण्ठालाई संस्थागत रूपमा निकास दिएको छ । उनीहरूका निजी कुण्ठालाई अदालती व्याख्याका रूपमा संस्थागत गरेको छ ।

  • बहसमा अग्नि खरेल- हरिकृष्णले बस्दिन भन्दा हुने, तेजबहादुर र बमकुमारले बस्छौं भन्दा किन नहुने ?

    बहसमा अग्नि खरेल- हरिकृष्णले बस्दिन भन्दा हुने, तेजबहादुर र बमकुमारले बस्छौं भन्दा किन नहुने ?

    काठमाडौं । महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि संवैधानिक इजलासमा सरकार पक्षको वकिलका रूपमा उभिएका वरिष्ठ अधिवक्ता अग्नि खरेलले न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि नैतिक प्रश्न उठाएका छन् ।

    खरेलले यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउनु गलत थियो भन्दै अब इजलासमा बस्न तयार छौं भनेका न्यायाधीश नपर्नुको कारण माग गरे ।

    खरेलले भने, ‘उहाँहरुले अस्ति गरेको कुरा न्यायिक रूपमा के हो ? कागज हो कि आदेश हो ? हरिकृष्ण श्रीमानले इजलासमा बस्दिन भनेर आदेश गर्दा चाहिँ मान्ने तर तेजबहादुर केसी र बमकुमारले इजलासमा बस्नु नपर्ने कारण छैन भनेर गरेको आदेश किन कार्यान्वयन नहुने ? प्रधानन्यायाधीशलाई यसमा कहाँनेर समस्या भयो ?’

  • राजीनामा घोषणा गर्दै खरेलले भने- आज चाहिँ तपाईंहरूको चाहना पूरा गरिदिएँ

    राजीनामा घोषणा गर्दै खरेलले भने- आज चाहिँ तपाईंहरूको चाहना पूरा गरिदिएँ

    काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

    शुक्रबार दिउँसाे महान्याधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी खरेलले राजीनामा दिएका हुन् ।

    केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस चलिरहेका बेला खरेलको राजीनामाको समाचार आएको थियो । उनले त्यसबेला आफूले राजीनामा नदिए पनि कतिपयले मिडियाबाट राजीनामा गराएको भन्दै यसपटक भने आफूले राष्ट्रपति समक्ष राजीनामा पेश गरेको बताए ।

    खरेलले भने, ‘आज चाहिँ तपाईंहरूको चाहना पूरा गरेको छु । मैले प्रधानमन्त्रीसँग असहमति भएर वा विमत्ति भएर होइन सल्लाहमा राजीनामा दिएको हो ।’

  • अग्नि खरेलको प्रश्न- धारा ७६ को २ बमोजिमको सरकार हो भने दुई दलहरु कुन-कुन हुन् ?

    अग्नि खरेलको प्रश्न- धारा ७६ को २ बमोजिमको सरकार हो भने दुई दलहरु कुन-कुन हुन् ?

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइको क्रममा सोमबारदेखि सरकारको तर्फबाट बहस शुरू भएको छ ।

    बहसमा भाग लिँदै महान्यायाधिवक्ता अग्नि खरेलले रिट निवेदकले आफ्नो निवेदनभन्दा बाहिर रहेर प्र‍श्‍न उठाएको जिकिर गरेका छन् ।

    त्यस्तै केपी ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठन भएको दाबी मान्‍ने हो भने संयुक्त सरकारमा कुन-कुन दल सहभागी छन् ? देखाउन विपक्षीलाई चुनौती दिएका छन् ।

    ‘विघटन बदर गरिपाउँ भन्ने रिट हाल्ने अनि राजपत्रमा आएको छैन भनेर प्रश्न उठाउनु उपयुक्त भएन श्रीमान । निवेदनभन्दा बाहिर गएर प्रश्नहरु उठाइएको छ श्रीमान । निवेदकले नै ७६ को १ को सरकार भन्नुभएको छ, खरेलले भने, ‘तर, बहस गर्दा त्यसविपरीत धारणाहरू आए । यदि ७६ को २ बमोजिमको सरकार हो भने ती २ दलहरू कुन हुन् ? निवेदकले ती दलको अस्तित्व देखाउन सक्नुपर्छ । यदि सरकार ७६ २ को सरकार हो भन्ने हो भने ती दलहरु छुट्टाछुट्टै अस्तित्वमा रहेको ठहर्छ श्रीमान ।’

    खरेलले भने, ‘राजपत्रबारे प्रष्ट पार्नुपर्ने देखियाे श्रीमान् । राजपत्रमा २ कुरा हुन्छ । एउटा प्रकाशित भएपछि लागू हुन्छ । दाेस्राे लागू गरेपछि प्रकाशित गरिन्छ । रमण श्रेष्ठजी महान्यायाधिवक्ता भएकाे बेलामा पनि धेरै राजपत्रहरु निर्णय कार्यान्वयनमा गएपछि मात्रै प्रकाशित भएका छन् ।’