Tag: अखिल फोर्स

  • शंकरदेवमा माधवपक्षीय अखिल फोर्सद्वारा सेनिटरी प्याड मेसिन सहयोग (भिडियो)

    शंकरदेवमा माधवपक्षीय अखिल फोर्सद्वारा सेनिटरी प्याड मेसिन सहयोग (भिडियो)

    काठमाडौं । माधव नेपालपक्षीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।

    सोमवार शंकरदेव क्याम्पसमा अनेरास्ववियूको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो । फोर्सले देशभरका विद्यार्थीका मागहरूमा केन्द्रित रही रचनात्मक काम गर्ने योजनाअनुरूप मेसिन वितरण गरिएको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । उनका अनुसार देशभरका आंगिक क्याम्पसहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरिनेछ ।

    शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आंगिक कलेजहरूमा धेरै कुराहरू आवश्यक रहेकोले यस्ता कामहरू गर्दै जान सुझाव दिइन् । महिलाहरुको लागि अखिल फोर्सको यो कार्य उल्लेखनीय भएको भन्दै श्रेष्ठले कलेजका शौचालयमा धेरै समस्या भएको बताइन् ।

     

  • तस्वीरमा हेर्नूस माधव नेपाल पक्षीय अखिल फोर्सको र्‍याली र मार्चपास

    तस्वीरमा हेर्नूस माधव नेपाल पक्षीय अखिल फोर्सको र्‍याली र मार्चपास

    काठमाडौं । नेकपा एमालेको एकता प्रयास भइरहेका बेला दुवै पक्षले फोर्स गठन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । शनिवार माधव नेपाल पक्षले अखिल फोर्सको मार्चपास गरेको छ ।

    अखिल फोर्सको भेलाअघि आयोजित मार्चपासमा सयौंको मोटरसाइकल र्याली तथा मार्चपास आयोजना गरिएको छ । मार्चपासको नेतृत्व एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए ।

    माधव पक्षीय अनेरास्ववियुले कार्की ब्यांक्वेटमा आयोजना गरेको भेलाअघि मार्चपास आयोजना गरिएको अध्यक्ष सुदेश पराजुलीले बताए ।

    हेर्नुस अखिल फोर्सको मार्चपास :

     
     
     
     
     
     
     
     
     
    
    
     
     
     
     
     
  • युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो)

    युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो)

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

    आज अखिलको उपत्यकास्तरीय कार्यकर्ता भेलाबाट तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

    केपी ओलीनिकट राष्ट्रिय युवा संघको बुधबारको बैठकले युथ फोर्स ब्युँताएसँगै माधव पक्षको अखिल फोर्स गठन गरिएको हो ।

    नेता नेपाललगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरू प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको पराजुलीले बताए । ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर, न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ’, पराजुलीले भने, ‘अब माधव नेपालहरू प्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियू लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौँ , यदाकदा साइबर स्यालहरू हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरूलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । ती साइबर स्यालहरूलाई भौतिक रूपमा पहिचान गरेर कारवाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियूले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

    पराजुलीले माधव नेपाललाई कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारवाहीमा उत्रिने चेतावनीसमेत दिनुभयो ।