Tag: अखिल

  • सात वर्षपछि टीयूको अखिलले पायो नयाँ कमिटी, अध्यक्षमा भट्ट

    सात वर्षपछि टीयूको अखिलले पायो नयाँ कमिटी, अध्यक्षमा भट्ट

    काठमाडौं । संगठन विस्तारलाई तीव्रता दिइरहेको नेकपा एमालेनिकट विद्याथी संगठन अनेस्ववियुले त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । केही दिनअघि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको विस्तारित कार्यकर्ता भेलाले शम्भुप्रसाद भट्टको अध्यक्षतामा ३९ सदस्यीय उक्त कमिटी गठन गरेको हो ।

    सात वर्षपछि नयाँ नेतृत्व पाएको उक्त कमिटीको उपाध्यक्षमा समीरराज विष्ट, सचिवमा प्रशान्त भण्डारी, सहसचिवमा दानबहादुर धामी, सिद्धान्त भट्ट र अविना लिम्बु चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा शिला भट्टराई चुनिएको अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिएका छन् ।

    भेला अखिलकी केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    हेर्नुहोस्, सिंगो कमिटी सदस्यको सूची

  • अखिलले अघि बढायो संगठन विस्तार अभियान

    अखिलले अघि बढायो संगठन विस्तार अभियान

    काठमाडौं । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सम्मेलनमार्फत कमिटी निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीमातहतका विभाग तथा सेमेस्टर कमिटी निर्माणलाई फागुन ७ गतेदेखि अघि बढाएको हो ।

    विश्वविद्यालयका चारवटै संकायमा सम्मेलन हुने अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा त्रिवि ईन्चाज मदन विष्टले जानकारी दिए ।

    संगठन विस्तार अभियानअन्तरगत हालसम्म छात्रावासमा जनक कार्कीको अध्यक्षतामा ३५ सदस्यीय छात्रावास कमिटी गठन गरेको छ । त्यस्तै व्यवस्थापन संकाय तेस्रो वर्षमा प्रशान्त भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय समेस्टर कमिटी चयन गरेको विष्टले बताए ।

    अनेरास्ववियुले स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै संगठन अभियान अगाडि बढाएको हो । विश्विद्यालयमा भइरहेको मनलाग्दी रोक्न र विद्यार्थीको समस्या समाधान गर्न कमिटीले काम गर्ने विष्टको भनाइ छ ।म्मेलनमार्फत् कमिटी निर्माणको काम फागुन मसान्तभित्र सक्ने उनले जानकारी दिए ।

  • एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति

    एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन महासचिव तथा हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अब एमालेमा तीन लियरको नेतृत्व स्थापित हुने बताएका थिए ।

    उमेर समूहका आधारमा उनले आफूहरूसहितको पहिलो पुस्ता, ४० वर्षमाथिका दोस्रो पुस्ता र भर्खरै युवा विद्यार्थी राजनीतिबाट अघि बढेको तेस्रो पुस्तालाई मिलाएर सबै तहको नेतृत्व अघि बढाउने पोखरेलको धारणा थियो ।

    यसपटक जिल्ला अधिवेशनहरुबाट पोखरेलले सोचेभन्दा ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ । अखिल राजनीति गरिरहेकी आरती भण्डारी प्रदेश २ कमिटीको एमाले उपसचिव भएलगत्तै जिल्ला अधिवेशनमा ठूलो संख्यामा युवा विद्यार्थीको प्रतिनिधित्व देखिएको छ ।

    अनेरास्ववियुका स्थायी कमिटी सदस्य रविन्द्र सुवेदी ३० वर्षको उमेरमा इलाम जिल्ला कमिटीको उपसचिव निर्वाचित हुँदै २३ वर्षकी कल्पना पाल दार्चुला जिल्ला कमिटीमा चुनाव जितेर सदस्य बनिन् ।

    देशभर एकैसाथ सम्पन्न भएका एमाले जिल्ला अधिवेशनबाट २५ वर्ष उमेर समूहका सयौं युवा जिल्ला कमिटीमा निर्वाचित भएका छन् । यसपटक जिल्ला कमिटीहरूमा युवा नेतृत्व स्थापित भइरहेका बेला अनेरास्ववियुको विभिन्न कमिटीमा रहेका धेरैले पार्टी राजनीतिमा सफलता पाएको महासचिव समिक बडालले बताए ।

    बाजुरा जिल्ला कमिटीमा २३ वर्षीया समी विष्टले जितेपछि देशभरका अखिल कार्यकर्ताले कान्छी सदस्य भन्दै बधाई दिए । उनकै उमेर समूहकी कल्पना दोङ अनेरास्ववियु काभ्रेको सहसचिवबाटै एकैचोटी एमाले जिल्ला कमिटी सदस्यमा फड्को मार्न सफल भएकी छन् ।

    सोही उमेर समूहकी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य अस्मिता थापा ओखलढुंगा जिल्ला कमिटी सदस्य निर्वाचित भएकी छन् । एक वर्षदेखि उनी केन्द्रभन्दा जिल्लाको राजनीतिमा सक्रिय बनेकी थिइन् ।

    पार्टी राजनीतिमा पाइला राख्दै भूगोलमा संगठन बलियो बनाउने भनेर जिल्लातर्फ लाग्नेमा अस्मिताजस्तै अखिलकी केन्द्रीय सदस्य सुष्मा रोकाहा पनि गोरखा जिल्ला कमिटी सदस्य निर्वाचित भएकी छन् ।

    काभ्रे जिल्ला कमिटीमै यो उमेर समूहका कल्पना दोङ, सुनिता थापा, नवराज ढकाल, हरिशचन्द्र घिमिरेलगायत लोकप्रिय मतसहित चुनाव जितेका छन् भने इलामजस्तो सिनियर नेताहरूको प्रतिस्पर्धा रहेको जिल्लामा २५ वर्षीय प्रवेश पराजुली जिल्ला कमिटी सदस्य निर्वाचित भए ।

    एक वर्षअघि नेकपा विभाजनको बेला गाउँपालिका कमिटी अध्यक्ष हुन पुगेकी अखिल स्थायी कमिटी सदस्य सजिना थापा मगर धादिङ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी छन् । अखिल उपाध्यक्ष कल्पना वाइबा र निशा अधिकारी यसअघि नै जिल्ला नेतृत्वमा स्थापित भइसकेका थिए । अध्यक्ष सुनिता बराल त एमालेको केन्द्रीय सदस्य भइसकेकी छन् ।

    यसपटक देशभर जिल्ला अधिवेशनहरुले एमालेमा युवाहरुको वर्चस्व कायम गरेको र नयाँ जोश जाँगरसहितका युवा पुस्ताको आकर्षण देखिएको राष्ट्रिय युवा परिषद्का पूर्वउपाध्यक्ष समेत रहेका एमाले नेता तथा अनेरास्ववियुका इन्चार्ज माधव ढुंगलले बताए । ढुंगेलले एमालेमा हस्तक्षेपकारी भूमिकामा युवा अगाडि आएको बताए ।

    जिल्ला अध्यक्षहरूमा समेत ४० वर्ष उमेर समूहका धेरै युवा नेता स्थापित भएका छन् । अखिल र युवा संघको राजनीतिबाट उदाएकाहरू जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा ठूलो संख्यामा स्थापित भएको ढुंगेलले जानकारी दिए ।

    जिल्ला अध्यक्षहरुमध्ये उदयपुरका परमेश्वर घिमिरे, रामेछापका आनन्द श्रेष्ठ, ललितपुरका पुरुषोत्तम आचार्य, बागलुङका हिरा केसी, प्युठानका विजयविराज विष्टलगायत भर्खरै युवा र विद्यार्थी राजनीति छाडेर पार्टीमा गएका हुन् ।

  • अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, कसले के जिम्मा पाए ? (सर्कुलरसहित)

    अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, कसले के जिम्मा पाए ? (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ । यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बताए ।

    हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो । बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाएका छन् ।

    विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

  • बाढीपीडितलाई तत्काल राहत दिन अखिलको आग्रह

    बाढीपीडितलाई तत्काल राहत दिन अखिलको आग्रह

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोका कारण विस्थापित भएकालाई तत्काल राहत दिन र उद्दारको पर्खाइमा रहेकाको उद्दार गर्न सरकारसँग माग गरेको छ ।

    अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै पीडितलाई उद्दारसँगै राहत दिन माग गरेकी हुन् ।

    ‘बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता भएकाहरुको खोजी र घाइते तथा विस्थापितहरुलाई उपचार एवम् राहतको काम तत्कालै अगाडि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गदर्छौ’, विज्ञिप्तिमा भनिएको छ, ‘अनेरास्ववियू, हाम्रा सबै तह र जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्ताहरुलाई सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै परिचालित हुन निर्देशन गर्दछ ।’

    अखिल अध्यक्ष बरालले बाढी तथा पहिरोमा परी मृत्यु भएकालाई श्रद्धान्जली दिँदै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

  • अनेरास्ववियुको ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता (सूचीसहित)

    अनेरास्ववियुको ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

    असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो । अखिलको २३ औं महाधिवेशन चैत २२ देखि २४ गतेलाई तोकिएको छ ।

    केन्द्रीय कमिटीलाई पूर्णता दिएर सोमबार जारी गरिएको अनेरास्ववियुको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ। अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् भने महासचिव समिक बडाल छन् । त्यस्तै ५३४ जनाको केन्द्रीय कमिटी बनाइएको छ।

    अखिलको नव गठित केन्द्रीय समिति यस प्रकार छ :-

     

     

  • ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध

    ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध

    काठमाडौं । प्रचण्ड-माधव समर्थित अनेरास्ववियूका कार्यकर्ताले नारायणहिटी अगाडि ‘प्रतिगमनको विरोध’ मा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।

    सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विभिन्न नारावाजी गर्दै जुत्ता हानेका थिए ।

    केपी ओलीको प्रतिमा बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका थिए ।

    हेर्नुस्  तस्बिरहरू: